काठमाडौँ । अब ह्वाट्सएपमा आठ तरिकाले टाइप गर्ने म्यासेजको ‘फन्ट’ चेन्ज गर्न सकिने नयाँ फिचर आएको छ ।
बिहीबार ह्वाट्सएपले एक्स (साबिकको ट्विटर) मार्फत टेक्स्ट परिवर्तन गर्न सक्ने फिचर सार्वजनिक गरेको हो । नयाँ फिचर अनुसार अब ह्वाट्सएपमा टाइप गर्ने म्यासेज ८ वटा फन्टहरूमा लेख्न सकिने भएको हो ।
अबदेखि बुलेटेड लिस्ट, नम्बर्ड लिस्ट, ब्ल्याक कोट, इनलाई कोड, बोल्ड, इटालिक, स्ट्राइकथ्रु र मोनोस्पेस गरी आठ फन्टहरूमा म्यासेज गर्न सकिन्छ ।
फन्ट चेन्ज गर्नका लागि प्रयोगकर्ताले टाइप गर्दा टेक्स्टको अगाडि ह्वाट्सएपले दिएका आठ वटा साइनहरू लगाएर म्यासेजको फन्ट चेन्ज गर्न सकिन्छ ।
राहदानी बनाउन साइबरमा कागज
काठमाडौँ । सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थियो तर आफ्नो पालो आउन करिब एक साता लाग्ने भएपछि उहाँ कसरी छिटो बनाउने भन्ने ध्याउन्नमा दैनिकजसो नै त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आउन थाल्नुभयो ।
ढोकामा बस्ने सुरक्षा गार्डदेखि राहदानी विभागका कर्मचारी भेटिने हरेक झ्यालमा पुगेर छिटो राहदानी लिने प्रयास गर्नुभयो तर राहदानी विभागको अनलाइन प्रणालीले तोकेको मितिभन्दा अघि प्रत्यक्ष अन्तर्वार्ता र फोटो खिच्ने काम (लाइभ इनरोलमेन्ट)मा बसेर फोटो खिच्न नपाउने भएपछि उहाँ अर्को छोटो बाटो खोज्नतिर लाग्नुभयो ।
परिसरमा त्यसरी छिटो राहदानी बनाउन खोज्ने खोज्दै हिँडेका बिचौलियासँग उहाँको जम्काभेट नहुने कुरै भएन । मिति फेरेर भोलि नै लाइभमा बस्न पाइन्छ भनेर बिचौलियाले उहाँलाई फकायो । अनि कागजपत्रसहित गोङ्गबुको एउटा साइबरमा पठायो । पालै मिचेर राहदानी पाइने भएपछि उहाँ फुरुङ्ग पर्दै साइबर पुग्नुभयो । साइबरमा बसेका व्यक्तिले उहाँको अनलाइन कागजपत्र कसो–कसो गरेर सच्याइदिए । साता दिनपछि आउने पालो भोलिपल्टकै मिति लेखिदिएर पत्र प्रिन्ट गरिदिए ।
त्यो मिति सच्याइएको पत्र लिएर भोलिपल्ट उहाँ फेरि राहदानी विभाग पुग्नुभयो । आफ्नो अन्तर्वार्ता र फोटो खिच्ने मिति आजै भएको प्रमाण विभागका कर्मचारीलाई देखाउँदै भित्र प्रवेश गर्न खोज्नुभयो । कर्मचारीले पालो हो कि होइन भनेर आफ्नो अनलाइन प्रणालीको कागजातसँग उहाँले ल्याउनुभएको पत्र रुजु गरे तर त्यहाँ त एक सातापछिको पालो थियो । “तपाईंको पालो एक सातापछि छ, यो पत्र कसरी आयो ?,” भनेर कर्मचारीले सोधे ।
कमलाले अनलाइनकै पत्र प्रिन्ट गरेर ल्याएको भनेर अडान लिनुभयो । केहीबेर भनाभन चल्यो । पछि उच्चस्तरका कर्मचारीले केरकार पारेपछि बल्ल उहाँले गोङ्गबुको साइबरबाट प्रिन्ट गरेर ल्याएको खुलाउनुभयो । पछिल्लो समय मिति सच्याएर अन्तर्वार्ता दिन आउने समस्या बढेपछि त्यस्ता बिचौलियालाई पक्राउ गरेर कारबाही गर्न प्रहरीको सहयोग लिएको राहदानी विभागका प्रवक्ता शरदराज अरनले जानकारी दिनुभयो ।
त्यसरी साइबरमा बसेर छिटो काम गराइदिने नाममा विभागको कागजपत्र सच्याउने र किर्ते गर्ने आममानिससँग अनावश्यक शुल्क असुल्ने गर्दै ठगी गर्ने एक सय जना साइबरकर्मी फेला परेको उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगमा अनुमति दिने विश्वकै पहिलो देश बन्यो बेलायत
लन्डन । बेलायत संसारमा कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगमा अनुमति दिने पहिलो देश बनेको छ । अमेरिकाको औषधि कम्पनी मर्क र रिजब्याक बायोथेराप्याटिक्सको साझा प्रयासमा विकसित गरिएको खाने औषधिलाई बेलायतमा अनुमति दिइएको हो ।
बेलायतका मेडिसन तथा हेल्थकेयर उत्पादनको नियामक प्राधिकरण एमएचआरएले मोलनूपीरावीर नामको यो औषधिलाई क्लिनिकल डाटाका आधारमा अनुमति दिएको हो । यो औषधि कोराना संक्रमण देखिएपछि संक्रमित भएको पाँच दिनपछि खान सकिने छ ।
यो संसारमा कोरोनाविरुद्ध खाने औषधिका रुपमा प्रयोगका लागि अनुमति पाउने पहिलो औषधि हो । उता अमेरिकी अधिकारीहरुले यसै महिना यो औषधि प्रयोगका लागि अनुमति दिने वा नदिने विषयमा निर्णय गर्ने बीबीसीले जनाएको छ।
संसारभर हालसम्म कोरोना संक्रमणबा ५२ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । हालसम्म कोरोनाविरुद्धको खोपलाईमात्र अनुमति दिइएको थियो । यसका साथै जीलिएडको एंटी भाइरल औषधि रेमडिसिभीर र जेनेरिक स्टेरायड डेक्सामीथासोनलाई अस्पतालहरुमा उपचारका क्रममा संक्रमितलाई दिने गरिएको छ । गत महिना प्राप्त क्लिनिकल डाटाअनुसार मर्कको औषधि मोलनूपीरावीरले कोरोनाबाट हुने मृत्युलाई आधा गरिदिन्छ ।
Facebook just revealed its new name: Meta
Kathmandu ,Facebook CEO Mark Zuckerberg announced Thursday at his company’s Connect event that its new name will be Meta. “We are a company that builds technology to connect,” Zuckerberg said. “Together, we can finally put people at the center of our technology. And together, we can unlock a massively bigger creator economy.”
To reflect who we are and what we hope to build,” he added. He said the name Facebook doesn’t fully encompass everything the company does now, and is still closely linked to one product. “But over time, I hope we are seen as a metaverse company.”
Zuckerberg owns the Twitter handle @meta (whose tweets are protected as of this writing) and meta.com, which now redirects to a welcome page on Facebook outlining the changes. The site previously redirected to meta.org, a biomedical research discovery tool that was a project of the Chan Zuckerberg Science Initiative. That’s part of the philanthropic arm Zuckerberg co-founded with his physician wife, Priscilla Chan, in 2015. In a Medium post on Thursday, the group says it’s sunsetting Meta.org on March 31st, 2022.
As The Verge first reported on October 19th, the rebrand is part of the company’s efforts to shift gears away from being known as just a social media company and focus on Zuckerberg’s plans for building the metaverse. In July, he told The Verge that over the next several years, Facebook would “effectively transition from people seeing us as primarily being a social media company to being a metaverse company.”
Zuckerberg wrote in a blog post Thursday that the company’s corporate structure would not be changing, but how it reports financial results will. “Starting with our results for the fourth quarter of 2021, we plan to report on two operating segments: Family of Apps and Reality Labs” he explained. “We also intend to start trading under the new stock ticker we have reserved, MVRS, on December 1. Today’s announcement does not affect how we use or share data.”
Facebook has been under intense scrutiny over the past several weeks, after revelations based on damning internal documents provided to the Wall Street Journal by whistleblower Frances Haugen showed, among other things, that Facebook’s Instagram platform had become a toxic place for teenagers, especially girls. And antitrust regulators are pushing for the company to be broken up, as public trust in the social media platform is flagging.
फेसबुकद्वारा कम्पनीको नाम परिवर्तन, सामाजिक सञ्जालमा भने परिवर्तन नहुने सामाजिक सञ्जालभन्दा बाहिरको पनि काम गर्ने
काठमाडौं। फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। उसले यसअघिको ‘प्योरेन्ट’ कम्पनीलाई परिवर्तन गरेर ‘मेटा’ बनाएको छ।
कम्पनीको नाम परिवर्तन भएपनि सामाजिक सञ्जालमा भने नाम परिवर्तन नहुने फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मार्क जुकरबर्गले बताएका छन्।
उनले बिहीबार कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरिसकेका छन्। सीइओ मार्कजुबर्गले आगामी भविष्यको उत्कृष्ट कार्यका लागि कम्पनीको नाम परिवर्तन गरेको प्रतिकृया दिएका छन्।
आगामी दिनमा सामाजिक सञ्जाल भन्दा बाहिरका क्षेत्रमा काम विस्तार गर्ने योजनामा रहेको उनले सुनाएका थिए। नयाँ नाम मेटाले अन्य कामहरु पनि गर्ने भन्दै युरोपमा १० हजार कर्मचारी नियुक्त गर्ने घोषणा उनले गरिसकेका छन्।
उनले नयाँ कम्पनी मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरेका छन्। अन्य कतिपयले यसलाई भर्चुअल रियालिटीकै परिष्कृत रूप पनि भनेर उल्लेख गरेका छन्।
जसरी सन् १९८० को दशकमा ठूला-ठूला मोबाइल सेटलाई अहिले स्मार्टफोनले विस्थापित गर्यो, त्यसरी नै भर्चुअल रियालिटीलाई ‘मेटाभर्स’ले विस्थापित गर्ने उनको योजना रहेको भनेर चर्चा विश्व बजारमा हुँन थालेको छ।
बीबीसीका अनुसार सबै प्रकारको डिजिटल प्रविधिलाई मेटाभर्सले जोड्ने काम गर्छ। त्यसका लागि अहिले कम्प्युटरको प्रयोग भए पनि मेटाभर्समा भने टाउकोमा लगाउने एउटा उपकरण (हेडसेट) प्रयोग गरिनेछ। फेसबुकले हाल इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस सञ्चालन गर्दै आएको छ।
स्टकहोम । नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् ।
उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको हो ।
विश्वभरी तापक्रमको मात्रा बढेको र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याहरू बढ्दै गएको भन्दै विश्वकै ध्यान खिच्नेगरी सम्मेलन गर्न लागिएको आयोजकहरूले जनाएका छन् । जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न सघाउने गरी अनुसन्धान गरेकाहरूलाई नोबेल पुरस्कार प्रदान गर्नुलाई थप सकारात्मक रूपमा हेरिएको छ ।
पुरस्कार पाउनेमध्ये मानाबे ९० वर्षको र हस्सेलमान ८९ वर्षको हुनु भएको छ । उहाँहरूले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानसम्बन्धी अनुसन्धान संयुक्त रूपमा गर्नुभएको थियो । त्यसैगरी ७३ वर्षका वैज्ञानिक पारिसीलाई भने परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको बारेमा अनुसन्धान गरेकाले पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।
नोबेल कमिटीले यसअघि शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको थियो । रासस/एएफपी
हुम्ला। एक सातादेखि विद्युत अवरुद्ध हुँदा हुम्लाको सदरमुकाम सिमकोट अन्धकार भएको छ। मर्मत गरेको एकसाता नपुग्दै पुन: विद्युत् अवरुद्ध हुँदा सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म अन्धकार भएको हो।
२०६३ सालमा जडान गरिएको पाँच सय किलोवाट क्षमताको हिल्दुम साना लघु जलविद्युत आयोजना अवरुद्ध हुँदा यहाँका उपभोक्ताहरु प्रत्यक्ष रुपमा मार्कामा पर्दै आएका छन्।
विद्युत् अवरुद्ध भएसँगै जिल्लाका सरकारी तथा गैह्रसरकारी संस्था, उद्योग, सञ्चारमाध्यम प्रभावित भएका छन्। अनलाईनबाट कामकाज हुँदै आएका सरकारी कार्यालयमा समेत अवराेध भएको छ। हिल्दुम साना लघु जलविद्युत आयोजना बर्षेनी मर्मत संभार हुँदै आएको छ। तर पनि समस्याको पूर्ण समाधान भएको छैन।
हिल्दुम साना लघु जलविद्युत वितरण केन्द्रबाट सेवा लिएका दुई हजार ७ घरपरिवारका उपभोक्ता बर्सेनी मर्कामा पर्दै आएका छन्। गत मंसिर महिनासम्म दुई हजार ७ घरपरिवारले यसै वितरण केन्द्रबाट सेवा लिएका छन्।
सिमकोट गाउँपालिकाको वडा नम्बर ८ बाहेक सिमकोट गाँउपालिका भित्रका ठेहे, दोजाम, बरगाउँ, तोर्पो, निमाटाङ्ग, लाङदु, टल्की, बुराँउसे, हिल्दुम, सिमकोट डाडाँफया र खार्पुनाथ गाउँपालिका छिप्रा, माझ, लेख र याङचु बजारका उपभोक्ताले यसै वितरण केन्द्रकाे विजुली बाल्दै आएका छन्।
यस्तो छ रु.चार करोड मुल्यपर्ने साइकल
काठमाडौ । एउटै साइकलको मुल्य ४ करोड रुपैयाँ भन्दा तपाईंलाई अचम्म लाफ्न सक्छ तर यो कुरा साचो हो । यद्यपि यो साइकल भने नेपालमा उपलब्ध छैन ।
समाचार माध्यमहरुका जनाइएअनुसार, अमेरिकामा एउटा त्यस्तो साइकल छ जुन साइकलको मुल्य ४ करोड रुपैयाँ राखिएको छ ।
अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल लिलामीमा छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ ।
फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइकलमा छ ।
मोटरसाइकलमा जस्तै ह्यान्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढी पर्ने बताइएको छ ।
आईफोन १३ को स्क्रिन फेर्ने पैसाले आउँछ एउटा नयाँ राम्रो एन्ड्रोइड फोन स्क्रिन फेर्न मोडेल अनुसार २७ हजारदेखि ३९ हजार नेपाली रुपैयाँ लाग्ने
काठमाडौं। यदि तपाईंले आईफोन थर्टिन खरिद गरिसक्नु भएको छ वा खरिद गर्ने विचारमा हुनुहुन्छ भने तपाईंले यो विषयलाई ख्याल गर्नैपर्ने हुन्छ। किन भने यदि तपाईंले आईफोन थर्टिनको डिस्प्ले फुटाउनु भयो भने मर्मतका लागि एप्पलको आधिकारिक रिपेयर सेन्टरमै जानुपर्नेछ।
यसको खास कारण भनेको एप्पलले आईफोनको डिस्प्लेलाई फेसआईडी संयन्त्रसँग गाँसेको छ। यसको अर्थ यदि तपाईंले एप्पलको आधिकारिक रिपेयर सेन्टरभन्दा बाहिरबाट नयाँ डिस्प्ले राख्नु भयो भने फेसआईडीले काम गर्ने छैन।
यो विषयमा यकिन हुन तपाईंले आईफोन रिपेयर गुरुले तयार पारेका केही भिडिओ हेर्न सक्नुहुन्छ। यी भिडिओबाट मात्र नभएर अन्य परीक्षणबाट समेत एप्पलले फेसआईडीबाट काम गर्ने सुरक्षा प्रणालीलाई डिस्प्लेसँग जोडेको छ।
जसले गर्दा तपाईंले फेरेको नयाँ डिस्प्ले आईफोनले डिटेक्ट गर्न सक्छ र फेस आईडीलाई निष्कृय तुल्याइदिन्छ। त्यसैले यदि तपाईंले डिस्प्ले फुटाउनु भयो भने तपाईंको अबको एउटा मात्र उपाय भनेको एप्पल वा एप्पलको आधिकारिक सर्भिस सेन्टर अथवा एप्पल केयर प्लस जाने हो।
वारेन्टी अवधिपछि तपाईंले आईफोन थर्टिन प्रो म्याक्सको डिस्प्लेका लागि ३२९ अमेरिकी डलर (करिब ३९ हजार रुपैयाँ) तिर्नुपर्नेछ। त्यस्तै आईफोन थर्टिन प्रोका लागि २७९ अमेरिकी डलर (करिब ३३ हजार रुपैयाँ), आईफोन थर्टिनका लागि २७९ (करिब ३३ हजार रुपैयाँ) अमेरिकी डलर र आईफोन थर्टिन मिनीका लागि डिस्प्ले फेरेको २२९ डलर (करिब २७ हजार रुपैयाँ) लाग्नेछ।
कस्तो रहला आजको मौसम ? (रिपोर्टसहित)
काठमाडौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।जसका कारण गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
आश्विन ११ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आश्विन १२ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आश्विन १३ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।