नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार २५७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोनाबाट पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ लाख २५ हजार ४२८ पुगेको छ ।
कुल सङ्क्रमितको शून्य दशमलव ३० प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यसैगरी, कोभिड निको दर ९८ दशमलव ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड सङ्क्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ । एजेन्सी