राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा छ।
शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८१ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७१ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ०७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३३ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ३९ र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८३ र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ १४ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ०९ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १४ पैसा छ। आइतबार पनि बहराइन दिनारको विनियमदर यही थियो।