बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जोकाहीमा निर्माण भएको श्री मोहन्याल सिचाइ डिप ट्युबवेल बोरिङ्ग सिंचाइ आयोजना संचालनमा आएको छ । संचालनमा आएको सिचाइ आयोजनाको बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) ले उद्घाटन गर्नु भएको छ । श्री मोहन्याल सिचाइ डिप ट्युबवेल बोरिङ्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बुधराम चौधरीको सभाध्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य अमर सिंह डगौरा, हिक्मत कठायत तथा समाजसेवी दिर्घ बिनाडी विशिष्ट अतिथि रहनुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रामकृष्ण ड्गौरा थारुले सिचाइ आयोजना संचालन हुनु यहाँका किसानको लागि निकै खुशीको कुरा भएको बताउनुभयो । सिचाइ आयोजनाले कृषि खेतीबाट जिविको पार्जन गर्ने किसानदेखि व्यवसायीक रुपले कृषि खेती गर्नेलाई ठूलो सहयोग पुर्याउने बताउनुभयो । उहाँले यसअघि प्रयाप्त सिचाइको सुबिधा नहुदा यहाँका आम किसानले कृषि कार्यबाट उचित प्रतिफल र आम्दानी गर्न नसकेको बताउदै अब सिचाइ आयोजना संचालन पश्चात् त्यो समस्या समाधान भएको बताउनुभयो ।
वडा अध्यक्ष थारुले सिचाइ आयोजनालाई व्यवस्थित रूपमा संचालन गरि यसको सुरक्षाका साथै सिचाइको सुबिधा लिने आम किसान दाजुभाइ तथा दिदिबहिनीलाई समान व्यवहार र नियमका साथ आयोजनालाई पार्दशी रूपमा संचालन गर्न निर्देशन समेत दिनुभयो ।
उहाँले लामो समयपछि सिचाइ आयोजना संचालन हुनु खुशीको कुरा रहेको बताउदै यस क्षेत्रका किसानहरुको कृषि उत्पादन वृद्धि हुनेमा समेत विश्वस्त रहेको बताउनुभयो ।
सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय भुमिगत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय धनगढी, कैलालीको आर्थिक सहयोगमा निर्माण भएको सिचाई आयोजनाले बर्दगोरिया ६ जोकाही ,सुगरखालका किसान लाभान्वित हुनेछ्न । यसबाट करिब ६० हेक्टर जमिन सिचाइ हुनेछ ।