काठमाडौं । कर्णालीसहित महाकाली र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भएको छ । केहीमा सतर्कता तहसम्म पुग्नसक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ ।
केही साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ ।
कास्की, पर्वत, बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रूपन्देही, कपिलवस्तु, अर्घाखाँची आसपास भई बहने तथा केही साना नदीहरूमा आकस्मिक बहावको सम्भावना रहेको छ ।
प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने तथा केही ससाना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने भएकाले नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मकवानपुर, संखुवासभा, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दैलेख, सुर्खेत, अछाम, बाजुरा आसपासका साना नदीहरूमा बहाव बढ्नसक्ने फ्ल्ड अलर्टले जनाएको छ ।