अफगानिस्तानको काबुल एअरपोर्ट अमेरिकाकाे नियन्त्रणमा, गाेली चल्दा पाँच जनाकाे ज्यान गयाे
काठमाण्डाै, ३२ साउन २०७८ ।
अमेरिकाले अफगानिस्तानको काबुल एअरपोर्ट नियन्त्रणमा लिएकाे छ । तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको विमानस्थलमा अचानक अराजकता बढेपछि अमेरिकी सेनाले त्यहाँको नियन्त्रण आफ्नो हातमा लिएको हाे ।
अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर पठाउनका लागि विमानस्थल क्षेत्र र एअर ट्राफिक नियन्त्रणमा लिएको छ । तर काबुलको हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा सबै व्यावसायिक उडान स्थगित गरिएको छ जसका कारण सयौँ सङ्ख्यामा अफगान र दोस्रो देशका नागरिक फसेका छन् ।
आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न अमेरिकाले ६ हजार सैनिकलाई अफगानिस्तान पठाएको छ । आफ्ना सबै दूतावासका कर्मचारीलाई त्यहाँबाट बाहिर निकाल्नका लागि विमानस्थलमा बोलाइएको अमेरिकाले बताएको छ ।
यता काबुल विमानस्थलमा गोली चल्दा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको थियाे । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको भएपनि सैन्य उडान भने भइरहेकाे छ ।
सुजन प्रेमी
बागलुङ, ३२ साउन २०७८ ।
बागलुङको जैमिनी फेरिपनि डाक्टर विहिन भएको छ । करारमा रहेका डाक्टरको अवधि सकिएपछि जैमिनी डाक्टर विहिन बनेको हो ।
नगरपालिकाको केन्द्रमा रहेको कुश्मिसेरा प्राथमिक केन्द्रमा एकजना डाक्टरको दरबन्दी भएपनि डाक्टर अध्ययन विदामा गएकाले करारमा डाक्टरको नियुक्ती गरिएको थियो । करारमा नियक्ती भएका डाक्टरको पनि असार मसान्तमा करार अवधी सकिएपछि अहिले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा बिभागमा डाक्टर पठाउन पत्राचार गरेपनि अझैसम्म नआएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । यसअघि करारमा आउनुभएका डाक्टर राजु भट्टराई क्षेत्रीको गत बैशाख १४ गते करार अवधि सकिएको थियो । तर कोरोना संक्रमणको अवस्था र तत्कालको समस्या समाधानको लागि उहाँलाई दुई महिना करार थप गरी असार मसान्तसम्म राखिएको थियो ।
जैमिनी नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड १९ अस्थाई अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावित हुने देखिएको छ । डाक्टर नभएतापनि अहिले स्वास्थ्य केन्द्रका अन्य स्वास्थ्यकर्मीहरुले नै कोरोना संक्रमितको व्यवस्थापन गर्ने संयोजक आचार्यको भनाई छ ।
सरकारको मापदण्ड अनुसार कोरोना अस्पतालमा कम्तिमा एकजना डाक्टर, एक जना प्यारामेडिक्स् एकजना स्टाफ नर्स र एक जना कार्यलय सहयोगी सहित चारजना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर जैमिनीमा एकजना पनि डाक्टर नहुँदा कोभिड उपचारमा समस्या पर्ने देखिएको छ ।
याे पनि पढ्नुहाेस् ।
कोरोना संक्रमण बढ्दै जाँदा जैमिनी डाक्टर विहिन, कोहि अध्ययन विदामा, कसैको करार सकियो
कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृत (डाक्टर)को स्थाई दरवन्दी भएपनि स्थाई डाक्टर सुस्मा आचार्य अध्ययन विदामा गएकाले मन्त्रालयमा दुईबर्षे करार सम्झौता गरी क्षेत्री कुश्मिसेरा आउनुभएको थियो ।
अहिले पनि मन्त्रालयमा निरन्तर कुराकानी भैरहेको र बिभागबाट छिटै सरकारी कोटामा अध्ययन गरेका मेडिकल अधिकृत भएपनि पठाउनेमा आफुहरु विश्वस्त रहेको संयोजक आचार्यले बताउनुभयो ।
मन्त्रालय र बिभागमा पहलकदमी भैरहेपनि डाक्टर अभावका कारण समस्या भएको छ । प्रायः प्राइभेट पढेका डाक्टरहरुले सुगम ठाउँ नै खोज्ने भएकाले सरकारी छात्रबृत्तिमा पढेकाहरुले दुर्गममा सेवा गर्नैपर्ने प्रावधान अनुसार त्यस्ता डाक्टरहरु आउने भएपनि अहिले करारमा नियुक्ती गरेर कुश्मिसेरा आइहाल्ने डाक्टर नभएको स्वास्थ्य सेवा बिभाग टेकुले जनाएको छ ।
अहिले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार त्यहाँका स्वास्थ्यकर्मीहरुले गरिरहेका छन् । श्रोत र साधन नभएका कारण डाक्टर भएपनि जटिल प्रकारका उपचार कुश्मिसेरामा सम्भव थिएन । कार्यभार बढेपनि जनताको सेवामा लाग्नुपर्ने बाध्यतामा अहिले स्वास्थ्यकर्मी रहेको स्वास्थ्य संयोजक आचार्यले बताउनुभयो ।
यस्तै कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याब टेक्निसियनको पनि अभाव भएको छ । टेक्निसियन सफल शर्माको सरुवा भएपछि अहिले कुश्मिसेराको ल्याब पनि सञ्चालन हुन सकेको छैन । करिव २ महिना अघि उहाँको चितवनमा सरुवा भएको थियो ।
डाक्टर र ल्याब टेक्निसियन नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टरको उपचार सेवा दिनुपर्ने विरामीहरुलाई रेफर गरेर अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।
आज साउनको अन्तिम सोमबार, वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भइ इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् । साउनको सबै सोमबार व्रत गर्नेले अन्तिम सोमबार बेलुकी वा मंगलबार बिहान विधिपूर्वक गोदान एवं पूर्ण पात्र गरी व्रत समापन गर्ने विधि छ ।
नयाँ व्रत सुरु गर्न पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने अध्यक्ष गौतमले बताए। शास्त्रीय मान्यताअनुसार चारवटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।
साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन्छन् ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरेको बताउनुभयाे । परम्परा अनुसार कुनै कुल विशेषले चन्द्रमासअनुसार श्रावण महिनामा व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उहाँकाे बिचार छ । यस वर्ष साउनमा ५ वटा साेमबार परेका छन् ।
तपाईंको आजको भाग्यफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)- आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)- गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)- मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)- शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)- विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)- आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)- आज कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)- शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)- आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,द)- धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।
बागलुङमा राष्ट्रिय गौरवको सडक कालोपत्र नहुँदा सास्ती: बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे
खेमराज गौतम
बागलुङ, साउन ३१ गते ।
बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पहिला एक दिन लाग्थ्यो अहिले निसीसम्मै सडक कालोपत्र छ । बागलुङ बजारदेखि घोडाँबाधेसम्मको सडक कालोपत्र भएको छैन ।
यही सडकमा घण्टौं सवारी फस्ने, जाम हुँने र सडक अवरुद्ध हुँदै आउदा नागरिकलाई सास्ती खेप्नु परेको छ । हिउँदमा एक डेढघण्टामा पार हुँने घोडा बाधेदेखि बागलुङ बजारसम्मको २५ किलोमिटर सडक बर्खामा चार घण्टासम्म लाग्ने गरेको छ ।
सडक हिलाम्मे, खाल्टाखुल्टी हुँदा सवारी फस्ने, बिग्रने मात्र होइन दुर्घटनाकोसमेत जोखिम हुँने गरेको छ । बुर्तिवाङबाट सरर कालोपत्र सडकमा आए पनि जिल्ला सदरमुकाम नजिकै सडकको हालत देख्दा यात्रा गर्न नपरोस् भन्ने लाग्ने यात्रु सविना कुँवरले गुनासो गर्नुभयो । “बागलुङको छेउमा जिल्ला सदरमुकाम छ, प्रशासनिक काम गर्न जिल्ला सदरमुकाम आउनै प¥यो” उहाँले भन्नुभयो, “कालोपत्र नुहँदा सवारी दुर्घटनाको जोखिम मोलेरै भए पनि यात्रा गर्न बाध्य छन्, यो सडक कहिले कालोपत्र होला भन्ने हामी बागलुङका पश्चिमीवासीले दिन गनेका छौं ।”
मध्यपहाडी राजमार्ग मात्रै होइन अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर बर्खा लागेपछि अवरुद्ध नै छ । खुलेको तीन चार दिनमानै अवरुद्ध हुँने सडक सडक विभागलाई हस्तान्तरण भए पनि झनै समस्यामा परेको छ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने करिडोर बन्द छ भने बलेवा हुँदै कुस्मिशेरा जाने सडक मालढुङ्गा पारी पटक–पटक पहिरो जाँदा निकै कष्टकर यात्रा गर्नुपर्ने यात्रुको गुनासो छ ।
सडक दुर्घटनाको जोखिम मोलेर यात्रु यात्रा गर्न बाध्य भएका छन् । नगरपालिकाभित्रैको रायडाँडा, भकुण्डे र तित्याङ नाम मात्रैका सडक हुन् । बर्खा लागेपछि घण्टांै लाग्छ यात्रुलाई गन्तव्यमा पुग्न छ । तित्याङ र भकुण्डेसम्मका सडक सुधार नहुँदा रायडाँडामा निकै कष्टकरले मात्रै सवारी पुग्ने गरेको बागलुङ नगरपालिका– ११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।
जिल्लाका सडक भौगोलिक कारणले समेत भिरालो पहाडमा खनेका हुनाले बर्खामा सडकमा पहिरो जाने, ज्यान हत्केलामै हालेर यात्रु यात्रा गर्न बाध्य रहेका छन् । सडक सुधार भएर नगर बस सञ्चालमा आइसकेको सिगानाको १२ किलोमिटर सडक पार गर्नै अहिले एक घण्टा भन्दा बढी समय लाग्छ । हिउँदमा २५ मिनेटमा पार हुने सडक बर्खामा बिग्रएको छ भने काठेखोला गाउँपालिकाको रेश जाने सडक अवरुद्ध हुँदा र रेशखोला बढ्दा सिगानाकै बाटो रेशमा सवारी गुड्ने गरेका छन् । सिगानाको आलामुनीमा रेश हिँडेका सवारी घण्टौं जाम हुनेभएपछि स्थानीय युवा र सवारी धनी मिलेर सडकमर्मत गरेको स्थानीयवासी कृष्ण खड्काले जानकारीदिनुभयो ।
बागलुङ बजारदेखि अछेते, भिमापोखरा हुँदै धम्जा जाने सडकको उस्तै हालत छ । सामान्यतया साढे दुईघण्टामा धम्जाको शिर ओख्ले पुग्न सक्ने सडक भिमापोखरा क्षेत्रमा बढी बिग्रिएको छ । अफ्ठ्यारो घुम्टी तथा सवारी फस्ने स्थानमा ग्राभेल, ढलान र कतै नाली निर्माण गरिएको भए पनि अन्य स्थानमा सडक निकै जोखिमपूर्ण रहेको र भाडाबापत कमाएको रकम सवारीसाधन मर्मत गर्नै खर्च हुने सवारी चालक सागर श्रीसले बताउनुभयो ।
“सवारी कहाँ फस्छ, कतिबेला बिग्रन्छ भन्ने टुङ्गो छैन, यात्रुको सेवाका लागि बर्खामा निकै जोखिम मोलेर सवारी चलाइन्छ, धम्जाको धेरै स्थामा पानीको निकास नगर्दा सवारीसाधन फस्ने र चिप्लने गरेका छन्” उहाँले भन्नुभयो,“पञ्चकोट भिमापोखराको सडक निर्माण भइरहेकाले अहिले बन्द छ त्यो सडक अलि छोटो थियो, कहिलेकाहीँ दुई तीन घण्टानै सडकमा सवारी फस्ने गरेको छ, बर्खाको तीन चार महिना सवारी चलाउनै मुस्किल छ, हिउँदमा अल्लि सहज हुन्छ ।”
जिल्लामा बर्खाको समय अधिकांश ग्रामीण सडक पहिरोका कारकण बन्द ुहँदै आएका छन् । स्थानीय तहले समय समयमा बन्द सडक खुलाउँदै आएको भए पनि निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य हुने गरेको छ । जैमिनी नगरपालिका, बरेङ तर्फका सडकमा बेला–बेलामा सवारीसाधन फस्ने र दुर्घटना हुँदै आएका छन् भने ताराखोला, तमान पुग्ने सडकसमेत दुर्घटना निम्ताउने खालका छन् ।
काठमाडौँ, ३१ साउन २०७८ ।
हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ।
नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो । टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन् ।
कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ । नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् ।
ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो । बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर टिकट काउण्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउण्टरमा हुने भीडभाड र यात्रु तानातानको अवस्था अन्त्य हुने बताउनुहुन्छ । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कका रूपमा विकास गर्ने लक्ष्यअनुसार काउण्टरमा प्रविधिको प्रयोगलाई जोड दिइएको अध्यक्ष कुँवरको भनाइ छ ।
ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटल तथा लजसमेत सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा रहेको नयाँ बसपार्क ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । ल्होत्सेले यातायात व्यवसायीसँगको सहकार्यमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल तथा लज सञ्चालनमा ल्याएको ल्होत्सेका मानव संशाधन प्रमुख पङ्कज मल्ल बताउनुहुन्छ ।
यसभन्दा पहिले विभिन्न जिल्लाबाट रातिको समयमा आएका चालक, सहचालक तथा यात्रु बसोबासका लागि बसपार्क बाहिरका होटलमा जानुपर्ने बाध्यता थियो । बसपार्कभित्र आवतजावत गर्ने चालक, सहचालक तथा यात्रुलाई सफा र शुद्ध खानेकुरा खुवाउने उद्देश्यले ल्होत्सेको पहलमा बसपार्कभित्रै खाना घर, खाजा घर, क्याफे सञ्चालनमा ल्याइएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि पहिलो र दोस्रो लहरको कोरोनाका कारण बन्दाबन्दी र निषेधाज्ञा हुँदा नयाँ बसपार्क आठ महिना पूर्णरूपमा बन्द रह्यो । कोरोनाका कारण बन्द हुँदा नयाँ बसपार्कमा रु २० करोडभन्दा बढीको नोक्सानी भएको ल्होत्से बहुउदेश्यीय प्रालिले जनाएको छ । ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ खर्च हुँदै आएको छ । यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौँ महानगरपालिकालाई समेत ल्होत्सेले वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ ।
विसं २१०२ सम्म ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ ।
काठमाडौँ, ३१ साउन २०७८ ।
नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा शनिबार सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।
तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मिति ९आगामी भदौ १६ देखि १९ गतेसम्म० मा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो । केन्द्रीय सदस्य यादवका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तय गरी भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने र भदौ ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी गाउँरनगर वडा अधिवेशन भदौ १८, गाउँरनगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
वृष
घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।
मिथुन
आजको यात्रा लाभदायक रहनेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।
सिंह
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
कन्या
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।
तुला
आज आँको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
वृश्चिक
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।
धनु
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
मकर
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।
शुभकार्यको चर्चा चल्नेछ ।
मीन
महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुश्मिसेरा बजारमा म्याद नाघेका सामग्रीहरु छ्यापछ्याप्ती, अनुगमन नहुँदा उपभोक्ता मर्कामा
सुजन प्रेमी
बागलुङ, ३० साउन २०७८ ।
कुश्मिसेरा बजारमा म्याद नाघेका सामग्रीहरु भेटिन थालेको छ । नियामक निकायबाट अनुगमन नहुँदा बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा म्याद गुज्रेका सामग्रीहरु भेटिन थालेको हो ।
विशेषगरी खाद्य सामग्रीहरु र छोटो समयमा नै उपभोग गरिसक्नुपर्ने सामग्रीहरु म्याद गुज्रेको भेटिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । पसलमा सामान किन्दा व्यापारीहरुले पनि म्याद नहेर्ने र उपभोक्ताहरुले समत म्याद नहेरी लिँदा बजारमा म्याद गएका सामानहरु विक्री हुने गरेको उपभोक्ताहरुको भनाई छ ।
अधिकांश पसलमा केहि न केहि म्याद गुज्रेका सामग्रीहरु भेटिने गरेको भएपनि व्यापारीहरुले नै लापरवाही गरेर बेच्ने गरेको बजारवासीहरुको गुनासो छ । बजारमा अहिले सूजी, आँटा, भुजा, चाउचाउ लगाएतका खाद्य सामग्रीहरु म्याद नाघेको भेटिने गरेका छन् ।
कुश्मिसेरामा म्याद नाघेका समाग्रीहरु विक्रि हुने गरेको पटक पटक गुनासो आउने गरेपनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नहुँदा उपभोक्ताहरु गुणस्तरहिन सामग्रीहरु प्रयोग गर्न बाध्य छन् ।
अहिले यातयातका साधनहरु सञ्चालन नहुँदा बजारमा म्याद नाघेका सामग्रीहरु धेरै नै भएको हुनसक्ने जानकारहरुले बताएका छन् ।
नेपालमा कोरोना संक्रमितको दर बढ्दै, पछिल्लो समय २५ सय भन्दा बढिमा संंक्रमण पुष्टि
काठमाडौ, ३० साउन २०७८ ।
नेपालमा कोरोना संक्रमितको दर बढ्दै गएको छ । पछिल्लो समय निको हुनेभन्दा संक्रमण हुनेहरुको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या बढेको हो ।
गत २४ घण्टामा आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन गरी १३ हजार पाँच सय ७३ जनाको परीक्षण गर्दा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा एक हजार तीन सय २० जना निको भएका छन् ।
अहिलेसम्म नेपालमा आठ लाख पाँच हजार एक सय ९० जना कोरोनाबाट स.क्रमित भैसकेका छन् ती मध्ये ६ लाख ८० हजार आठ सय १५ जना संक्रमणमुक्त भैसकेको मन्त्रालयले जनाएको छ ।
यता थप २० जनाकोे कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरुको कुल सङ्ख्या १० हजार दुई सय ५९ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार चार सय पाँच जना सक्रिय सङ्क्रमितहरु आईशोलेसनमा रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ६० जनाको आईसीयू र एक सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालले जनाएको छ ।
पछिल्लो समय संक्रमण पुष्टि हुनेहरुको संख्या बढ्ने र निको हुनेको संख्या घट्न थालेपछि सक्रिय संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ ।
लक्ष्मीप्रसाद सापकोटा
पर्वत, ३० साउन २०७८ ।
पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो ।
इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । “वैशाखबाटै टिप्न शुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ”, वडाध्यक्ष सुनारले भन्नुभयो, “ढिलो गरी टिपेका कारण पाँच÷सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।” विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो । उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरु गरेको सुनारले बताउनुभयो ।
साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना शुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो ।
“दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको हो”, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भन्नुभयो, “स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।” एक हजार ८०० मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको शुरुआत् गरेको थियो । साविक गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए ।
फलामखानीका वडाध्यक्ष सुनारले अहिले पुराना बोट पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाइएको बताउनुभयो । अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष थप १२ हजार बिरुवा रोप्न थालिएको छ । यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधनसम्बन्धी तीनदिने तालिमसमेत प्रदान गरिएको छ । अब समूह बनाएर यसको विस्तारमा लाग्ने बताइएको छ । महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ । यस वर्ष पनि रु तीन लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चियाखेतीको लागि आवश्यक यन्त्र उपकरण खरिद गर्ने, उत्पादित चिया प्रयोगशालामा परीक्षणका लागि पठाउने निर्णयसमेत गरेको छ ।
पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताउनुभयो । फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत रहेको उहाँको भनाइ रहेको छ ।