तनहुँ, ३० साउन २०७८ ।
जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिनुभयो । उक्त औषधिमा गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादीलगायतका जडीबुटीको समिश्रणबाट औषधि तयार गरिएको उहाँले बताउनुभयो ।
बिरामी लक्षण र अवस्थाअनुरुप औषधिको मात्रामा थपघट गरिन्छ । उहाँले भन्नुभयो, “उक्त औषधि सेवन गरेका बिरामीले कोरोना जित्न सफल भएका छन् ।” जिल्लामा कोरोनाको सङ्ख्या बढ्दै गएका कारण अहिले स्वास्थ्य केन्द्रमा उपचारको लागि आउने बिरामीको स्वास्थ्य परीक्षण गर्ने कार्य रोकिएको छ । उनीहरुको समस्याका पहिचान गरी आयुर्वेदिक औषधि प्रदान गर्न थालिएको छ । कोरोना सङ्क्रमण बढेसँगै उपचारमा आउने बिरामीको सङ्ख्या करिब ५० प्रतिशत घटेको सो कार्यालयले छ ।
कोरोना हुनुअघि दिनमा ५०–६० सम्म बिरामी आउने गरे पनि अहिले मुस्किलले १५–२० को हाराहारीमा आउने गरेका छन् । उपचारको लागि तनहुँ, गोरखा, लमजुङ र कास्कीका केही भेगका मानिस आउने गर्छन् ।
लिच थेरापी प्रभावित :
जुकालाई (लिच) चुसाएर उपचार गर्ने पद्धति प्रभावित भएको छ । उक्त विधि अपनाएर केही बिरामीको उपचार गरेपछि राम्रो प्रभाव देखिए पनि जुका मर्दै गएकाले प्रभावित भएको हो ।
गत वर्ष तनहुँमा सरुवा भएर आएको केही समयपछि भारतको मद्रासबाट पाँचवटा जुका तीन हजारका दरले किनेर उक्त विधिबाट उपचार थालिएको थियो । दमौलीको पानीमा अत्यधिक मात्रामा चुन मिसिएका कारण जुका मर्ने गरेकाले टिकाउन नसकिएको डा मण्डलले बताउनुभयो । लिच थेरापी विधि नेपालको तुलनामा विदेशी मुलुकमा अझ बढी मात्रामा प्रयोगमा रहेको बताइएको छ । उक्त पद्धतिबाट निको भएका रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी देखिएको हो । एउटा जुकालाई बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि दश मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ । उहाँले भन्नुभयो, “एकजना बिरामीको बढीमा सात पटकसम्म रगत चुस्न लगाइन्छ ।”लिच थेरापीका माध्यमबाट तालु खुइलिने, मधुमेहका घाउ, हाइपरटेन्सन थ्रम्बोसिसलगायतका रोगको उपचार गर्न सकिन्छ ।
जुकाको ¥यालमा १०० भन्दा बढी यस्ता तत्व हुन्छन् जसले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ । जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुनसमेत सहयोग पु¥याउँछ ।
कुश्मिसेरामा निषेधाज्ञा कडाई बनाउन छलफल, अटेरी गर्नेलाई कारवाहीको लागि सिफारिस गरिने
बागलुङ, २९ साउन २०७८ ।
कुश्मिसेरामा निषेधाज्ञाको अवस्थाबारे अन्तरक्रिया गरिएको छ । निषेधाज्ञा पालना गराउन बनेको अनुगमन समिति र वडा कार्यलयको तर्फबाट निषेधाज्ञाको अवस्था सम्बन्धी जानकारी गराएको हो ।
बागलुङको जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा कोरोना संक्रमितहरु बढ्दै गएपछि निषेधाज्ञा लगाइएको थियो तर निषेधाज्ञाको पालना नभएको गुनासो आएपछि अनुगमन समिति गठन गरी अनुगमन हुन थालेको छ ।
समितिले अनुगमनका क्रममा केहि व्यापारीहरुले अटेर गरेर पसल खोल्ने गरेको र पटक पटक सम्झाउँदा पनि अटेर गर्ने गरेकाले जनप्रतिनिधिहलाई सम्झाउन आग्रह गरिएको समितिका संयोजक क्याप्टेन पदम बहादुर श्रीसले जानकारी दिनुभयो ।
जनप्रतिनिधिले सम्झाउँदा पनि अटेर गरे त्यस्ता व्यवसायीहरुको विवरण नगरपालिकामा दिने र नगरपालिका हुँदै जिल्ला प्रशासन कार्यलयमा समेत कारवाहीको लागि पठाउने समितिले चेतावनी दिएको छ ।
दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गर्न सांसदको माग
काठमडौँ, २९ साउन २०७८ ।
प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले उक्त घटना भएको लामो समय बित्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै आपत्ति जनाउनुभयो ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएको घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र परिवारलाई रोजगारी दिन तथा त्यहाँका सबै क्षेत्रमा तत्काल पुल निर्माण गरी असुरक्षित यात्राको अन्त्य गर्न माग गर्नुभयो । उहाँले दार्चुला–तिंकर सडक यथाशीघ्र निर्माण गर्न पनि माग गर्नुभएको छ ।
कांग्रेसका अर्का सांसद डा डिला सङ्ग्रौलाले गोरखा सैनिक न्याय माग्दै बेलायतमा आमरण अनशनमा बसेको जानकारी गराउँदै उनीहरुको जीवनरक्षाका लागि कूटनीतिकरूपमा पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । सोही पार्टीका सांसद दिव्यमणि राजभण्डारीले अनियमिता र भ्रष्टाचार नियन्त्रणमा लागि विशेष समिति बनाई छानबिन गरेर कारबाही गर्न माग गर्नुभयो ।
कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ऐतिहासिक धरहरा उद्घाटन भयो, तर चढ्न पाइन्न, मेलम्ची खानेपानी उद्घाटन भयो तर खान पाइन्न, अपर तामाकोशी उद्घाटन भयो तर बत्ती बाल्न पाइन्न, सुस्ता सुस्ता चर्चा चल्छ तर झोलुङ्गे पुलबाट हिँड्न पाइन्न, त्रिवेणीधाम बाल्मीकि आश्रम जाने झोलुङ्गे पुल शिलान्यास भयो तर छ वर्ष हुँदा पनि पुल हेर्न पाइएन भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले कोभिड–१९ ले नेपाल–भारत सीमा बन्द छ, तर मान्छे आवतजावत भइरहेको भन्दै आपत्ति जनाउनुभयो । अर्का सांसद पुष्पा भुषाल गौतम अर्घाखाँचीको कारागारमा अधिकांश कैदीबन्दीमा कोरोना देखिएकाले सरलरूपमा उपचार व्यवस्था मिलाउन र खुला कारागारको अवधारणा लागू गर्न माग गर्नुभयो ।
बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णकुमारी सुवेदीले बाढीपहिरोबाट नागरिकको जीउधन रक्षा गर्न माग गर्नुभयो । अर्का सांसद टेकबहादुर बस्नेतले बजेटको उचित प्रयोग र व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका सांसद दुर्गाबहादुर राउतले कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकासहित विभिन्न क्षेत्रमा विपद्बाट घरबारविहीन भएकालाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गर्नुभयो । जनअनुमोदित सरकारले जनतको काममा ढिलाइ गर्न छुट नभएको पनि उहाँले बताउनुभयो ।
सोही पार्टीका अर्का सांसद देवेन्द्र पौडेल मध्यपहाडी लोकमार्गको बागलुङदेखि घोडाबानेसम्मको बाटो चार वर्षसम्म पनि नबनेर हिलाम्मे भएको जानकारी गराउँदै धेरैपटक संसद्मा बोलेको र मन्त्रालय धाउँदा पनि सम्बन्धित पक्षको ध्यानाकर्षण हुन नसक्नु विडम्बना भएको बताउनुभयो । उहाँले गत वर्ष ढोरपाटनमा आएको बाढीबाट क्षति पुगेका पूर्वाधार निर्माण गर्न पनि सरकारसँग माग गर्नुभयो ।
अर्का सांसद धर्मशिला चापागाईँले निवर्तमान केपी शर्मा ओलीले केही अघि सदनमा बोल्ने क्रममा जनयुद्धका घाइतेले उपचार नपाए पार्टी कार्यालयमा पठाइदिनु भनेको कुरा कोट्याउँदै सँगै जेल बसेका साना दुर्गा अधिकारी, मानकुमार तामाङहरू कहाँ छन् भनी प्रश्न गर्नुभयो । उहाँले संविधानसभाका सदस्य धर्मप्रसाद घिमिरे गम्भीर बिरामी हुँदा सरकारबाट राहत पाउन नसकेको कुरा पनि स्मरण गराउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद दलबहादुर रानाले भूमि आयोग खारेज गरेकामा आपत्ति जनाउँदै जनतालाई जग्गा नदिने सरकारको नियत देखिएको आरोप लगाउनुभयो । सोही पार्टीका अर्का सांसद दामोदर भण्डारीले दार्चुलामा तुइन चुँडाएर बेपत्ता भएका जयसिंह धामीको सन्दर्भमा भारतसँग कुनै पनि कूटनीतिक पहल नगरेकामा दुःख व्यक्त गर्नुभयो ।
सोही पार्टीका डा दीपकप्रकाश भट्ट कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने आठ लेनको पुल निर्माणको क्रममा गत महिना वर्षाका कारण बगाएकाले छिटोभन्दा छिटो पुल निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँले सुदूरपश्चिम क्षेत्रमा कुनै पनि मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत नभएकाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउन माग गर्नुभयो ।
सोही पार्टीका नवीना लामाले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले सम्पन्न नागरिकका पक्षमा मात्रै काम गरेको आरोप लगाउनुभयो । सांसद नवराज रावतले कोरोना नियन्त्रणमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारदमुनी राना दार्चुलाका जयसिंह धामी आँखा अगाडि बेपत्ता हुँदा र मेलम्ची बाढीले पुरिँदा पनि सरकार बेखबर र मौन रहेको आरोप लगाउनुभयो ।
नेकपा (एमाले)का निरुदेवी पालले पार्टी व्यक्तिभन्दा माथि देश भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरी नेपाली नक्सा सार्वजनिक गरेको जानकारी गराउँदै अब उक्त भूभाग लिन राष्ट्रिय सहमति जुटाउनुपर्ने आवश्यकता होइन र ? भन्दै सरकारसँग प्रश्न गर्नुभयो ।
सोही पार्टीका सांसद नारायणप्रसाद खतिवडाले कोरोना नियन्त्रणका लागि स्वास्थ्य संस्थालाई सुविधासम्पन्न गराउन माग गर्नुभयो । उहाँले बालबालिकाको उपचारको व्यवस्था गर्न र पिसिआर परीक्षण प्रभावकारी बनाउन अनुरोध गर्नुभयो । अर्का सांसद निरादेवी जैरुले दार्चुला घटनाको बारेमा सत्यतथ्य बाहिर नआएकामा आपत्ति जनाउनुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिताताको छानबिनको माग गर्नुभयो । जनता समाजवादी पार्टीका सांसद दिलकुमारीले कोभिडका कारण सीमा क्षेत्र बन्द भए पनि तस्करीका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले सर्वसाधारण जनताले सास्ती खेपिरहेकाले प्रदेश नं २ का सबै सीमा खुला गर्न आग्रह गर्नुभयो ।
बैठकमा कांग्रेसका सांसदहरु पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी, प्रकाश रसाइली स्नेही र पर्मिला राई, नेकपा (एमाले)का पार्वतीकुमारी विशुन्के र पवित्रा निरौला खरेल, जसपाका प्रदीप यादव र प्रमोद साह तथा अर्का सांसद नारायणप्रसाद मरासैनीले शून्य समयमा धारणा राख्नुभएको थियो ।
भदाै लागेसंगै आइपिओ खुल्ने लहरः फेरि पनि अर्काे आइपिओ खुल्याे, कति कित्ता भर्ने ?
काठमाडौँ, २९ साउन २०७८ ।
साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ ।
सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि भने ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला गरिएको छ ।
कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ३५ लाख कित्ता अर्थात् रु ३५ करोड बराबरको सेयर जारी गरेको हो । योसँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् ।
आइपिओमा ग्लोबल आइएमइ बैंक र माछापुच्छे« बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
काठमाडौँ, २९ साउन २०७८ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो
नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो ।
प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।
पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।
संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।
मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमीअर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।
सुजन प्रेमी
बागलुङ, २९ साउन २०७८ ।
निषेधाज्ञाको पालना भए नभएको भन्दै बागलुङको कुश्मिसेरा बजार अनुगमन गरिएको छ । जैमिनी नगरपालिका १ नं वडा कार्यलयले गठन गरेको अनुगमन समितिले बजारको छड्ने अनुगमन गरेको हो ।
निषेधाज्ञाको समयमा पसलहरु खोल्ने र निषेधाज्ञाको उल्लंघन गरिएको छ की ? भनेर अनुगमन गरिएको अनुगमन समितिका सदस्य सन्ध्या आचार्यले जानकारी दिनुभयो । कोरोना संक्रमण बढ्दै गएपछि अहिले कुश्मिसेरा बजार पनि सुनसान देखिएको छ ।
अनुगमनको क्रममा नियमको पालना भएको पाइएको समितिले जनाएको छ । केहिले अझैपनि नियम नमान्ने र पसल खोल्ने गरेपनि अधिकांश बजारवासीहरुले नियम पालना गर्दै समय तालिका अनुसार पसल खोल्ने गरेको पाइएको छ ।
अहिले जिल्लाभर १० दिनको लागि कडा निषेधाज्ञा लगाइएको छ । कुश्मिसेरामा अत्यावश्यक बाहेकका फेन्सी तथा कस्मेटिक सहित टेलरहरु पनि खोल्ने गरेको ाइएकाले उनिहरुलाइृ सचेत गराइएको कुश्मिसेरा प्रहरी चौकीले जनाएको छ ।
अधिकांशले नियमको पालना गरेपनि केहिले अझै अटेरी गरिरहेकाले उनिहरुलाई चेतावनी दिइएको प्रहरी चौकी कुश्मिसेराका ईन्चार्ज नवराज रिमालले जानकारी दिनुभयो । अहिले प्रहरीले पनि निषेधाज्ञाको पालना भए नभएको भन्दै अनुगमन गरिरहेको छ ।
याे पनि हेर्नुहाेस्
निषेधाज्ञाको असरः कुश्मिसेरा बजार सुनसान, अनुगमन समितिद्वारा छड्के अनुगमन
शुक्रवार शुक्रदेवकाे एक दर्शनले पनि सफलता मिल्छ, दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवेश रमाइलाे देखिए पनि चिन्ताले मन पिराेलिनेछ। मनोरञ्जनमा अलमलिँदा काम रोकिन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकाचारले फजुल खर्च निम्त्याउला। प्रयत्न गर्दा बिस्तारै काम बन्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समय लागे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ।
वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।
कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला।
सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ।
कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तार्किक क्षमता बढ्नेछ। प्रयत्न गर्दागर्दै पनि केही कमजोरी फेला पर्नेछ। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। अपेक्षित लाभ नभए पनि पछिका लागि लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। तत्कालको मात्र फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।
धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मिहिनेतीहरूलाई कार्यसिद्धिको समय छ। नाम, दाम र इनाम हातलागी हुनेछ।
कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ। शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।
मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले फाइदा दिलाउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।
Breaking News: जैमिनीमा फेरि थपिए कोरोना संक्रमित, आधा भन्दा बढिमा संक्रमण पुष्टि
बागलुङ, २८ साउन २०७८ ।
जैमिनीमा थप २४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बागलुङको जैमिनी नगरपालिका ४ सर्कवाका ४६ जनाको पीसिआर परिक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
मंगलबार सर्कुवाका ४६ जनाको स्वाव संकलन गरी पीसिआर परिक्षणका लागि पठाइएकोमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
कोरोना संग मिल्दोजुल्दो लक्षण भएका र कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाव संकलन गरी परिक्षण गरिएको थियो ।
काठमाडौँ, २८ साउन २०७८ ।
असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको तयारीस्वरूप आठ हजार ५०० सुपरिवेक्षकलाई तालिमसमेत दिइसकेको छ ।
जनगणनाका लागि ७७ जिल्लाका ८७ कार्यालयमा सामानसमेत पु¥याइएको छ । विभागको ३३ जिल्लामा कार्यालय छ । अरु केही जिल्लाका कार्यालय सरकारी भवनमा सञ्चालन गरिए पनि धेरै जिल्लामा कार्यालयका भाडा तिर्न बाध्य हुनुपरेको छ । कार्यालय बन्द गर्दा सामान कहाँ राख्ने भन्ने समस्या छ ।
असारसम्मका लागि लिइएको जिल्ला जिल्लाका जनगणना कार्यालयको म्याद असोजसम्म थपिए पनि काम हुने नहुने भन्ने निश्चित नभएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो । जनगणनाको काम फेरि शुरु गर्न मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्छ । जनगणनाका लागि सुपरिवेक्षक छनोट गरी ३९ हजार गणक छान्ने प्रक्रिया शुरु भएको थियो ।
गणकका लागि डेढ लाखले आवेदन दिएका छन् । सुपरिवेक्षक र गणकका लागि दुई महिनाको तलब दिने गरी आवेदन माग गरिएको थियो । विसं १९६८ देखि शुरु भएको जनगणनाका क्रममा यसपटक आवेदन नै आह्वान गरेर जनशक्ति व्यवस्थापन गरिएको हो । यसअघि सामुदायिक विद्यालयका शिक्षकलगायत सरकारी कर्मचारीबाट जनगणना गरिन्थ्यो । सुपरिवेक्षकका लागि स्नातक तह उत्तीर्ण र गणकका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिन पाउने गरी जनशक्ति माग गरिएको थियो ।
मन्त्रिपरिषद्ले जनगणना सार्ने वा गर्नेमध्ये निर्णय नगर्दा कार्यालय र कर्मचारी भए पनि काम अघि बढ्न सकेको छैन । असारदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर अरु सेवा सुरु भए पनि जनगणना भने रोकिएको छ । यसपटक वडा तहसम्मको तथ्याङ्क लिने गरी जनगणनाको तयारी भएको छ ।
जनगणनालाई सहयोग गर्न वडाध्यक्षको अध्यक्षतामा वडा सहजीकरण समिति गठन गरिएको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय तह समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला समन्वय संयन्त्रको व्यवस्था गरिएको छ । जिल्ला समन्वय संयन्त्रमा स्थानीय तहका प्रमुख, उपप्रमुखको प्रतिनिधित्व रहेको छ ।
विसं १९६८ देखि १०र१० वर्षमा हुँदै आएको जनगणना २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २००८ सालमा हुन सकेन । विसं २००९ मा महोत्तरी पूर्व र २०११ सालमा महोत्तरी पश्चिम गरेर दुई चरणमा जनगणना गरिएको थियो । त्यसबेला दुई चरणमा जनगणना गरिए पनि अहिले त्यसो गर्न नसकिने निर्देशक लामिछाने बताउनुहुन्छ । नेपालमा भएको जनगणनाले अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य भनी मान्यता पाएको पनि विसं २०११ देखि नै हो ।
पहिलोपटक विषयगत प्रतिवेदन तयार पारिने विभागले पहिलोपटक विषयगत प्रतिवेदन तयार पार्ने गरी जनगणनाको तयारी गरेको छ । यसपटक १३ वटा विषयगत प्रतिवेदन तयार पारिएको विभागले जनाएको छ ।
ज्येष्ठ नागरिक, बालबालिका तथा युवा, शिक्षा, श्रमशक्ति तथा आर्थिक क्रियाकलाप, बसाइँसराइ र शहरीकरण, मातृ मृत्यु, जन्म तथा मृत्यु, विवाह र प्रजनन, अपाङ्गता, जातजाति, भाषा, धर्म र जनसङ्ख्या प्रक्षेपणको छुट्टाछुट्टै प्रतिवेदन तयार पारिने छ ।
प्रतिवेदन तयार पार्न विश्वविद्यालयका प्राध्यापक, विषय विज्ञ, भूतपूर्व कर्मचारी तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञसहितको कार्यदल बनाउने विभागले जनाएको छ । कार्यदलले आवश्यकतानुसार अन्तक्र्रिया तथा छलफल गर्नेछ । यस्तो प्रतिवेदन विसं २०८० असार मसान्तसम्म प्रकाशन गर्ने तयारी पनि गरिएको छ ।
माथि उल्लिखित प्रतिवेदनबाहेक घर तथा घरपरिवार सूचीकरण र सामुदायिक विवरणबाट आवश्यकतानुसार अन्य विषयगत प्रतिवेदन प्रकाशन गर्न सकिने जनाइएको छ । जनगणनाबाट आउने तथ्याङ्क तथा विषयगत प्रतिवेदन सङ्घ, प्रदेश, जिल्ला र स्थानीय तहलाई प्राथमिकता क्रमअनुसार वितरण गरिने छ ।
जनगणनाको भौगोलिक भ्रमांश र विवरणगत भ्रमांशको दर पत्ता लगाउन जनगणना सम्पन्न भएको मितिले तीन महिनाभित्र जनगणना जाँच सर्वेक्षण सञ्चालन गर्ने गरी तयारीसमेत अघि बढाइएको छ । सामाजिक, आर्थिक, वातावरणीयलगायत विषयका नीति बनाउन तथ्याङ्क आवश्यक पर्ने भएकाले जनगणना आवश्यक पर्छ ।
पन्ध्रौँ योजनामा पनि समन्यायिक विकास र समृद्धिका लागि गणना आवश्यक पर्ने उल्लेख छ । संवैधानिकरूपमा सुनिश्चित गरिएका मौलिक हक, सामाजिक सुरक्षा, आरक्षणलगायतका लागि पनि तथ्याङ्क आवश्यक पर्छ । सबै तथ्याङ्कीय क्रियाकलाप ठप्प भए अनुमानका आधारमा काम गर्नुपर्ने बाध्यता आइपर्ने निर्देशक लामिछानेको भनाइ छ ।
आयोगका प्रवक्ता डा किरण बुढाथोकी असारमै सक्ने गरी गणनाको तयारी गरिएकामा कोरोना जोखिमका कारण निषेधाज्ञा जारी भएका बेला स्थगन गरिएकाले फेरि गर्ने विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रस्ताव पठाइएको बताउनुहुन्छ ।
चट्याङ लागेर एक बालकको मृत्यु, अरु तीन जना गम्भीर घाइते
गुल्मी, २८ साउन २०७८ ।
गुल्मीमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । बुधबार बेलुकी परेको चट्याङबाट गुल्मीकाे इस्मा गाउँपालिका-४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको हाे ।
चट्याङ लागेर घाइते भएका ती बालककाे ज्यान गएकाे पुष्टि भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयाे । चट्याङका कारणा स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर अरु तीन जना गम्भीर घाइते भएका छन् । घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ वर्षकी रुपा नेपाली र ११ वर्षका किस्मत नेपालीको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाएको उपरीक्षक पाण्डेले बताउनुभयाे ।
चट्याङ लागेर सामान्य घाइते भएका अन्य ३ जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।