बिहिबार दक्षिणकाली माताकाे दर्शन गरे साेचेकाे कुरा पुरा हुन्छ,दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
तपाईंलाई आजको दिन प्रेममा सफलता प्राप्त होला, मनले इच्छाएका कुराहरू पूरा हुनाले मनमा एक प्रकारको उमंगको संचार होला, आजको दिन सुख सन्तोषका साथ बित्ला।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
शत्रुको पक्ष बलवान् हुनाको कारण बन्नै खोजेको काम बिग्रीनाले मनमा असन्तोष पैदा होला, मावली पक्षको स्वास्थ्यमा खराबी आउनाले दुखित हुनुपर्ला।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
आजको दिन तपाईंलाई पत्नीको सहयोग प्राप्त हुने समय रहेकोछ। धन,प्राप्ति तथा सामाजिक प्रतिष्ठामा वृद्धि होला, तपाईंको धैर्यता र गाम्भिरताले आजको दिन सफल रहला।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
आजको दिन अप्रिय समाचार आउनाले तनाव उत्पन्न होला, पृयजनबाटै धोका पाईएला, विभिन्न किसिमका मानिसहरूसंग भेट होला ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
आजको दिन अरुले तपाईंलाई विवादमा पार्न खोजे पनि आफै कमजोर होलान् , बिदेश यात्राका अवसर हरु पनि आउलान, धन खर्च हुने योग छ समयमै बिचार गर्नुहोला ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
तपाईंको आजको दिन अधुरा तथा पुराना कामबाट प्रगति होला। आजको दिन नया काम कारोबार शुरु गर्दा पनि राम्रो होला, आज दिनभर मन हर्षित रहला।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
आजको दिन तपाईंलाई आर्थिक तथा सामाजिक सेवाको अवसर मिल्ला सामाजिक पद प्रतिष्ठा प्राप्त होला, मनमा शान्ति तथा उत्साह प्राप्त होला।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
आजको दिन धैर्य तथा साहसले काम लिनुहोला, बिपरित लिङ्गी प्रतिको आकर्षणले विवादमा परिएला, आजको दिन बोल्दा सावधानी अपनाउनुहोला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
आजको दिन विभिन्न प्रकारका अवसरहरु आउलान, रत्न तथा रत्नादिको लाभ होला, संतान पक्षबाट सुख सन्तोष प्राप्त होला, दिउँसो तिर भने थोरै तनाव हुनसक्छ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
भाग्यले साथ दिने समय आएको छ , शत्रुहरु पनि हजुरका गोठाला होलान् , नयाँ बस्तु तथा बस्त्र प्राप्त होला ,शुभ समाचार आउनाले मन प्रसन्न होला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
आजको दिन स-साना अवरोध आउन सक्छ, कु संगतमा फसिएला सावधान रहनुहोला, पशुचौपाया वा हात हतियार बाट चोटपटक लाग्नसक्छ, आजको दिन हनुमानजीको आराधना गर्दा राम्रो होला।
जैमिनीमा दुई दिन कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाइने, १० वटा खोप केन्द्र तोकियो
सुजन प्रेमी
बागलुङ, २७ साउन २०७८ ।
बागलुङकाे जैमिनीमा साउन २८ र २९ गते कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यलय बागलुङको खोप समन्वय समितिले दिएको जानकारी अनुसार जैमिनी नगरपालिकामा २८ र २९ गते खोप लगाइने भएको हो ।
पहिलो डोज कोभिसिल्ड खोप लगाएका ६५ बर्ष वा सो भन्दा माथिका उमेर समुहलाई एष्ट्राजेनेकाको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइने जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । नगरपालिकाको केन्द्रमा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिसेरा सहित ८ वटै स्वास्थ्य चौकी र जैमिनी ३ उपल्लो दमेकमा रहेको नेपाने शहरी स्वास्थ्य केन्द्रबाट समेत कोरोना विरुद्धको दोस्रो डोज खोप लगाइनेछ ।
जैमिनीमा गत फागुनको अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा खोप लगाएर दोस्रो डोज लगाउन नपाएकाहरु करिव २ हजार ९ सय जना रहेको स्वास्थ्य शाखा संयोजक आचार्यले बताउनुभयो । नगरपालिकामा दोस्रो डोज लगाउन पुग्नेगरी खोप आएको उहाँको भनाई छ ।
भारतबाट आएको कोभिसिल्ड खोप लगाएका ६५ बर्षमाथिका बृद्धबृद्धाहरु भारतले खोप नदिँदा खोप लगाउनबाट वञ्चित भएका थिए । गत शनिबार जापानले एष्ट्राजेनेकाले उत्पादन गरेको कोभिसिल्ड खोप पठाएपछि करिव ७ महिनापछि जेष्ठ नागरिकहरुले कोभिसिल्डको दोस्रो डोज खोप पाउने भएका छन् ।
काठमाडौं, २७ साउन २०७८ ।
राष्ट्रियसभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गर्नुभएको ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएका हुन् ।
सो विधेयकमाथिको छलफलका क्रममा सांसदहरुको जवाफ दिँदै मन्त्री कार्कीले रेल सञ्चालनको कानुन अभावले विधेयक पेस गरेको बताउँदै यसले रेल्वे कानुनको अभाव हट्ने र रेल्वे सेवा विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।
आजै बैठकले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रधानमन्त्री देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सो प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सरकारको जनताप्रति दायित्व हुने भएकाले लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्र पत्रकारिता मान्यताअनुसार नै सार्वजनिक सेवा प्रसारण विधेयक आएको बताउनुभयो ।
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सदस्य खिमलाल देवकोटाले रेडियो, टेलिभिजन र नेपाल टेलिभिजनसँगै प्रदेशले सञ्चालन गरेका मिडियाहरुलाई पनि विधेयकले समेट्नुपर्ने बताउनुभयो । सदस्य प्रकाश पन्तले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा लैजाने भनिए पनि सरकारले निर्देशन दिने कुरा राखिएकाले त्यसले स्वतन्त्र पत्रकारिताको उद्देश्य हासिल नहुने बताउनुभयो ।
सदस्य उदया शर्मा पौडेलले परिषद्को सदस्य अवधि तीन वर्ष हुने भनिए पनि वर्षको एक बैठक राख्दा तीन वर्षमा जम्मा तीन बैठक हुने र यसले उद्देश्य प्राप्त हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । सदस्य राधेश्याम अधिकारीले सरकारको हालीमुहाली भएका संस्थानहरुमा प्रशासनिक र आर्थिक स्वायत्तता नभएको बताउनुभयो । सदस्य डा. विमला राई पौडेलले सरकारको लगानीमा सञ्चालित मिडियाले लैङ्गिक, जातीय र अपाङ्गता भएकालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
मानुषी लघुवित्तको आइपिओ खुल्याे, कति कित्ता पर्ला ?
काठमाडौं, २७ साउन २०७८ ।
मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ ।
आजदेखि बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु. एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट हाे ।
रु. तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जसमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको हो
आइपिओ जारी भएपछि कम्पनीको चुक्ता पुँजी रु. दश करोड ९३ लाख ७५ हजार पुग्नेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत आइपिओमा आवेदन दिन सक्नेछन् ।
पर्वत, २७ साउन २०७८ ।
पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैधरुपमा उत्खनन गरी निकालिएको बालुवा र गिट्टी लिलाम गर्ने भएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत कालीगण्डकी नदीको बगरबाट अवैधरूपमा उत्खनन भएको बालुवा सो गाउँपालिकाले जफत गरी लिलाम गर्ने भएको हो । गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकले बर्खायाममा कालीगण्डकी नदीको बगरबाट उत्खनन भएको बालुवा प्राविधिक टोलीबाट नापजाँच र मूल्याङ्कन गरी प्रतिस्पर्धाबाट बढीबढाउमा लिलामी गर्ने निर्णय गरेको हो ।
यसअघि गत असार ५ गतेको कार्यपालिका बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय कार्यान्वयनका क्रममा सर्वोच्च अदालतले फैसला नहुँदासम्मका लागि कालीगण्डकीको बगर उत्खनन रोक्न तिनै तहका सरकार र तिनका निकायलाई अन्तरिम आदेश जारी गरेपछि रोकिएको थियो ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारको निर्णय अटेर गरी व्यवसायीले नदी उत्खनन गरेर भण्डारण गरेको बालुवालगायत नदीजन्य सामग्री जफत गरी सार्वजनिक खरिद ऐनअनुसार लिलाम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । “यसअघि पटकपटक बन्द गराए पनि अटेरी गरेर मिलनचोकमा सञ्चालन गरेको अवैध क्रसर बन्द गराउन, उत्खनन रोक्न र त्यहाँका सामग्री जफत गर्न प्रहरी प्रशासनलाई पत्राचार गर्ने निर्णय गरेका छौँ” उहाँले भन्नुभयो, ‘त्यस्ता अवैध क्रसर उद्योगको विद्युत् लाइन काट्न पनि पत्राचार गर्छौँ ।”
जलजलाको लामाखेत, मिलनचोक, केराबारी, लस्ती, फर्सेलगायतका ठाउँमा एक्साभेटरको प्रयोग गरी कालीगण्डकीबाट ठूलो परिणाममा बालुवा निकालेका छन् । बर्खायामको तीन महिनामा बगेर खेर जाने बालुवालाई आयस्रोतका रुपमा रुपान्तरण गर्ने, चोरी निकासी रोक्ने उद्देश्यले न्यूनतम रु तीन करोड बराबरको नदीजन्य वस्तु उत्खनन र निकासी गर्न गाउँपालिकाले अघि बढाएको ठेक्का प्रक्रिया सर्वोच्चको अन्तरिम आदेशपछि रोकिएको थियो ।
कार्यपालिका बैठकले जलजलाको हालका ५, ६, ७ र ८ नं वडालाई दुई÷दुई वटामा विभाजन गर्ने र नगरपालिकामा स्तरोन्नति गर्नेे गाउँसभाको निर्णय कार्यान्वयनका लागि प्रदेश र सङ्घीय सरकारलाई सिफारिश गर्ने, गाउँपालिकाका सबै कर्मचारीलाई दिवाकालीन खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रवक्ता देविन्द्र भण्डारीले लामाखेतमा इलाका प्रहरी कार्यालय बनौ र मल्लाजमा प्रहरी चौकी स्थापना गर्न गृह मन्त्रालयमा माग गर्ने, वडा नं ८ नाग्लीबाङका वडाध्यक्ष हरिविकास जिसीको नेतृत्वमा नाग्लीवाङ स्वास्थ्य चौकीअन्तर्गत सञ्चालन हुने गरी समुदायस्तरबाट सङ्कलित रकमसहित तथा लेकफाँट र शालीजाका लागि गाउँपालिकामार्फत खरिद हुन लागेका दुईवटा एम्बुलेन्सको भन्सार छुटको व्यवस्था मिलाउन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।
यसैगरी बैठकले फर्से र डाँडाखोरको स्वास्थ्य एकाइमा स्थायी दरबन्दी सिर्जना गराउन, लुप्राङ, पूर्णगाउँको ओरखरबोट, बारीबेनी र मिलनचोकमा थप स्वास्थ्य एकाइ स्थापनाका लागि दरबन्दी व्यवस्था मिलाउन प्रदेश र सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको छ । धाइरिङको कीराखोरका पहिरापिडीतलाई भुरुङजा र डडुवाको चौरमा स्थानान्तरण गर्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउने र अन्य ठाउँका पहिरापिडीतलाई सामुदायिक भवन तथा सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बसोबासको व्यवस्था मिलाउने निर्णय पनि कार्यपालिकाको बैठकले गरेको बताइएको छ ।
सोलुखुम्बु, २७ साउन २०७८ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ । कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको भन्दै उहाँले अन्य केही कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणको तयारी भइरहेको बताउनुभयो ।
मङ्गलबार एक सूचना जारी गर्दै सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको छ । निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्रहीको भीड बढ्दा जोखिम पनि बढेको कार्यालयले जनाएको छ । दैनिक १५ देखि २० वटासम्म नेपाली नागरिकता लिने र सोही सङ्ख्यामा राहदानी लिन कार्यालयमा सेवाग्राही आउने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।
यस्तै जिल्ला मालपोत कार्यालय सोलुखुम्बुको पनि सेवा बन्द गरिएको छ । यही साउन २२ गते एक सूचना जारी गर्दै दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । साउन ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताउनुभयो । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङक्रमणदर बढेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला अस्पताल फाप्लुमा अहिले बिरामीको चाप बढेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले दिएको पछिल्लो जानकारीअनुसार अहिलेसम्म एक हजार ७०७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४६३ निको भएका छन् भने १३ जानाको मृत्यु भएको छ ।
भजन गाउँदा माइकमा करेन्ट प्रवाह भई दुई जनाको मृत्यु
धनुषा, २७ साउन २०७८ ।
धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
बागलुङ, २७ साउन २०७८ ।
बागलुङमा कारोना सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा मंगलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभयो ।
बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका सेवा, बैंक, सहकारी, बीमा तथा वित्तीय संस्था, शैक्षिक संस्था र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।
बैठकले अत्यावश्यक खाद्यान्न, फलफूल, माछामासु तथा दूधका पसल आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । जिल्लामा ६०३ सक्रिय सङ्क्रमित रहेका छन् भने ६३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिलाई सोमबार सिफारिस गरेको थियो । सक्रिय सङ्क्रमितको आधा सङ्क्रमित बागलुङ नगरपालिकामा छन् ।
याे पनि पढ्नुहाेस्
सन्ध्या आचार्य
बागलुङ, २६ साउन २०७८ ।
निषेधाज्ञा भएपछि बागलुङको कुश्मिसेरा बजार सुनसान देखिएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा निषेधाज्ञा पालनाको छड्के अनुगमन हुन थालेपछि बजार सुनसान बनेको हो ।
निषेधाज्ञा लागु भएपनि अटेरी गरिएको जनगुनासो आएपछि १ नम्बर वडा कार्यलयले साउन २१ गते सरोकारवालाहरुको बैठक डाकी अनुगमन समिति गठन गरेको थियो । बैठकमा उपस्थित बजारबासीहरुले केहि व्यापारीहरुले अटेर गरेको गुनासो गरेपछि छड्के अनुगमन गर्न समिति गठन भएको वडा सदस्य रुद्रनाथ शर्माले जानकारी दिनुभयो ।
कोरोना जोखिम पनि उच्च रहेको र बन्दाबन्दीका कारण कार्यलयहरु, बैंक तथा वित्तिय संस्था, विद्यालय तथा कुनैपनि गतिविधि सञ्चालन नहुँदा अन्यत्रबाट कुश्मिसेरा आउनेहरु पनि अहिले आउन पाएका छैनन् ।
अनुगमन समितिले छड्के अनुगमन गर्न थालेपछि व्यापारीहरुले अटेर गरी पसल खोल्ने क्रम रोकिएको अनुगमन समितिका संयोजक क्याप्टेन पदम बहादुर श्रीसले जानकारी दिनुभयो । नगरपालिकाको केन्द्र समेत रहेको कुश्मिसेरा बजारमा व्यापारीहरुले नै अटेर गरी तोकिएको समयभन्दा बाहेक पनि पसल खोल्ने र बन्दाबन्दीको अवज्ञा गरेपछि छड्के अनुगमन गरिएको उहाँको भनाई छ ।
कोरोना संक्रमणको दर पनि बढ्दै गएको र निषेधाज्ञालाई थप कडाई गरिएकाले अहिले कुश्मिसेरा बजार सुनसान बनेको छ । दिउँसो सुनसान भएपनि अत्यावश्यककका पसलहरुमा बिहान र बेलुका भने केहि मानिसहरुको चहलपहल देखिने गरेको छ । नगरपालिकाले निषेधाज्ञा गरेपनि अत्यावश्यकका पसलहरु बिहान ७ देखि १० र साँझ ५ देखि ७ बजेसम्म खोल्नको लागि अनुमति दिएको छ ।
कोरोना संक्रमणदर ह्वात्तै बढेपछि जैमिनी नगरपालिकाले साउन ११ गतेदेखि १८ गतेसम्मका लागि निषेधाज्ञा लगाएको थियो तर कोरोना जोखिम कायम नै रहेपछि नगरपालिकाले तेस्रो पटक निषेधाज्ञा थप गरी साउन ३२ गतेसम्मको लागि कायम गरेको छ । अहिले नगरपालिकाको वडा नं १ कुश्मिसेरा वडा नं ४ सर्कुवा र वडा नं ५ विनामारे कोरोनाको उच्च जोखममा रहेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड सेवा, पाँच लाखसम्मको क्रेडिट लिमिट पाइने
काठमाडौँ, २६ साउन २०७८ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो ।
अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै सो सेवाले ग्राहक वर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताउनुभयो । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार नेपाल, भारत र भूटानमा प्रवाह हुँदै आएको सो सेवा अब बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिनेछ ।
बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले ग्राहकको क्षमताका आधारमा बैंकले रु २० हजारदेखि पाँच लाखसम्मको क्रेडिट लिमिट ग्राहकलाई दिन सकिने जानकारी दिनुभयो । उहाँका अनुसार क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमाभित्र रहेर नगद झिक्न सक्नेछन् । बैंकले हाल ७७ जिल्लामा २४७ शाखा कार्यालय, २०९ एटिएम र ९८ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रवाह गर्दै आएको छ ।