जैमिनीले समयमा नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, यस्ता छन् प्राथमिकताका योजना
बागलुङ, ४ असार २०७८ ।
जैमिनी नगरपालिकाले समय सिमाभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । कोरोनाका कारण कतिपय समस्या परेपनि नगरपालिकाले समयमै बजेट ल्याउने तयारी गरेको हो ।
कानुन अनुसार असार १० गते भित्र नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सोहि अनुसार तयारी थालिएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
अहिले बिषयगत समितिहरु छलफलमा रहेको र वडाबाट पनि कतिपय योजनाहरु छनोट भएर आइरहेकाले असार १० गते नीति तथा कार्यक्रम र बजेट बक्तव्य आउने उहाँको भनाई छ ।
अबको बजेटलाई दिगो विकासमा केन्द्रित गरेर ल्याइने प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताउनुभयो । कृषि र पर्यटनलाई जोडेर बिकास गर्न सके नगरपालिकामा आर्थिक उन्नति हुने भन्दै उहाँले आगामी आर्थिक बर्षभित्र सम्पतीकर लागु गरिने जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम र बजेटको खाका तयार भैसकेको भन्दै उहाँले असार ५ गते कार्यपालिकाको बैठकबाट पारित गरेर नगरसभामा पेश गर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज काेइराला सँगकाे कुराकानी सुन्नुहाेस् ।
शुक्रबार शुक्रदेवकाे दर्शन गरे ग्रह दाेष हटेर भाग्य चम्किन्छ,दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । खानपिनमा पनि विचार गर्नुहोला ।
वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्नेछ ।
मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।
कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजिकको यात्राको योग छ ।
सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कुनै कुराले मनमा शान्ति छाउला । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला ।
कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।
वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ ।
धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।
मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।
कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । स्वादिष्ट भोजन पाइनेछ, तर स्वास्थ्य प्रति खर्च बढ्न सक्छ ।
मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत हुनुपर्छ ।
सडक सञ्जाल टुटेको बागलुङ दक्षिणीभेग आउने पुल मर्मत हुँदै, छिटै यातयात सञ्चालन हुने
बागलुङ, ३ असार २०७८ ।
सडक सञ्जाल टुटेको बागलुङको दक्षिणीभेग आउने पुलमा अस्थाई मर्मतको काम सुरु भएको छ । अबिरल बर्षाका कारण बागलुङ नगरपालिका १ खुदुर्के स्थित काठेखोलामा आएको बाढीले क्षति बनाएको पुलमा तत्काल सवारी सुचारु गराउने काम सुरु भएको हो ।
दक्षिणीभेगमा चल्ने सबै सवारी साधन कालिगण्डकी करिडोर हुँदै बागलुङ जानुपर्ने भएकाले तत्कालका लागि अस्थाई मर्मत गरेर सडक खुलाउने प्रयास थालिएको डिभिजन सडक कार्यालय बागलुङका ईन्जियिर सुरेन्द्र गौतमले जानकारी दिनुभयो । लगातार परेको अविरल बर्षाका कारण असार १ गते काठेखोला थुनिएर पुलको पूर्वपट्टिको भागमा क्षति पुराएको थियो ।
पुलमा क्षति भएपछि बागलुङ जिल्लाको बलेवा क्षेत्र, जैमिनी नगरपालिकाका १० वटै वडा र बरेङ गाउँपालिकाका ५ वटै वडाको सदरमुकामसँग यातयात सञ्जाल टुटेको थियो ।
याे पनि पढ्नुहाेस् ।
Breaking News: बाढीले खुदुर्केको पुल भत्कियो, बागलुङको दक्षिणीभेग सँग सम्पर्क बिच्छेद
काठमाडौँ, ३ असार २०७८ ।
विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु. १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो ।
“महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो”, नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि भन्नुभएको छ ।
नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पुँजीमा निजीक्षेत्रको पहुँच पु¥याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।
चितवन, २ असार २२०७८ ।
नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।
नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताउनुभयो । उहाँका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।
सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उहाँले जानकारी दिनुभयो । रायले भन्नुभयो, “सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।” यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उहाँले जानकारी दिनुभयो । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो ।
नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड छ ।
Breaking News: बाढीले खुदुर्केको पुल भत्कियो, बागलुङको दक्षिणीभेग सँग सम्पर्क बिच्छेद
बागलुङ, २ असार २०७८ ।
बागलुङको खुदुर्केको पुलमा बाढीले क्षति पुराउँदा दक्षिणीभेगसँग सम्पर्क बिच्छेद भएको छ । लगातार परेको अविरल बर्षाका कारण बागलुङ नगरपालिका १ खुदुर्के स्थित काठेखोलामा आएको बाढीले पुलमा क्षति पुराएको हो ।
बागलुङबाट जिल्लाको दक्षिणीभेग तर्फ आउने कालिगण्डकी करिडोर अन्तरगत काठेखोलामा रहको पुलमा बाढीले क्षति पुराएपछि दक्षिणतिरका सबै ठाउँमा यातयात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ ।
पुलमा क्षति भएसँगै बागलुङ बजारबाट बलेवा, भकुण्डे, रायडाँडा कुश्मिसेरा सहित बरेङसम्म पुग्ने यातयात अवरुद्ध भएका छन् ।
जैमिनीको बिभिन्न स्थानमा पहिरो जाँदा अधिकांश वस्ती जाेखिममा, वडाध्यक्ष पनि विस्थापित
बागलुङ, १ असार २०७८ ।
जैमिनी नगरपालिकाका बिभिन्न ठाउँमा बाढी पहिरो गएको छ । केहि दिनदेखि परिरहेको अविरल बर्षाका कारण नगरपालिकाका बिभिन्न वडामा बाढी पहिरो गएको हो ।
जैमिनी नगरपालिका वडा नं १ कुश्मिसेरा स्थित कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र अगाडि पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । स्वास्थ्य केन्द्रको गेट अगाडि नै भेलले हिलो थुपारेको डिल्ली शर्माले जानकारी दिनुभयो ।
यस्तै जैमिनी नगरपालिका वडा नं ३ स्थित कालापातालमा पनि पहिरो गएको छ । कालापातालको शिवालय स्कुल नजिकै पहिरो जाँदा कालापातालबाट गाजादह जाने सडक अवरुद्ध भएको वडा नं ३ का वडा सदस्य भैर बहादुर छन्त्यालले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिका २ दमेकको रितिपमा पनि पहिरो गएको छ । रितिपको पहिरोले पनि सडक अवरुद्ध पारेको बताइएको छ । दमेकको विराउनेमा पहिरो जाँदा कुश्मिसेरा पैयुँ राङ्खानी सडक पनि अवरुद्ध भएको छ ।
यता सर्कुवा स्वास्थ्य चौकीमा पनि पहिरो गएको छ । भवन मुनिबाट पहिरो जाँदा स्वास्थ्य चौकी नै जोखिममा परेको छ ।
जैदीको पनि बिभिन्न ठाउँमा पहिरो जाँदा करिव १२ घर विस्तापित भएको छ । सतिढुंगा माध्यामिक नजिकै आचार्यथर माथिबाट पहिरो जाँदा ८ घर विस्तापित भएको त्यहाँबाट रेशम गिरीले जानकारी दिनुभयो । पहिरोका कारण मानवीय क्षति भने नभएको र उनिहरुलाई अन्यत्र सारिएको गिरीले बताउनुभयो ।
यस्तै जैदिको ढाव भन्ने स्थानमा पहिरो जाँदा त्यहाँका चारघर विस्तापित भएका छन् । जैदीका वडाध्यक्ष जित बहादुर रानाको घर सहित अन्य ३ घरमा जोखिम भएको छ । जोखिम भएपछि अन्यत्र सरिएको वडाध्यक्ष रानाले बताउनुभयो । जैदीको काभ्रे र बाओमा पनि पहिरो गएको उहाँको भनाई छ ।
अधिकांश ठाउँमा खनिएको सडकका कारण पहिरो गएको स्थानीयहरुले बताएका छन् ।
पर्वत, १ असार २०७८ ।
लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो ।
निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने उहाँले बताउनुभयो ।
यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गए रातिदेखि नै सडक अवरुद्ध भए पनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन ।
वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ । अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन् ।
यसैगरी दक्षिण पर्वतको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन ।
Breaking News: जैमिनीमा फेरि कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या बढ्दै
बागलुङ, १ असार २०७८ ।
बागलुङकाे जैमिनीमा एकजनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । साेमबार जैमिनी नगरपालिका १ का ४ जनाको एन्टिजेन परिक्षण गर्दा १ जनामा कोरोना देखिएको हो ।
यो संगै जैमिनी नगरपालिकामा हाल ५५ जना कोरोनाका सक्रिय संक्रमित रहेको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । सक्रिय संक्रमितमध्ये पीसिआर परिक्षणबाट पुष्टि भएकाहरु ३० जना र एन्टिजेन परिक्षणबाट पुष्टि भएका ३५ जना रहेका छन् । उनिहरू सबै हाेम आइशोलेसनमा बसेका छन् ।
थप भन्दा झण्डै दाेब्बर संक्रमित निकाे भएः निकाेहुने दर बढ्दै, सक्रिय संक्रमित ६५ हजार नजिक
काठमाडौं, ३१ जेठ २०७८ ।
नाेपालमा थप भन्दा झण्डै दाेब्बर काेराेना संक्रमित एकैदिन निकाे भएका छन् ।
साेमबार देशभरीका बिभिन्न प्रयाेगशालामा काेराेना पुष्टि भएका भन्दा झण्डै दाेब्बर काेराेना संक्रमित एकैदिन निकाे भएका हुन् । गत २४ घण्टामा देशभर ५ हजार १ सय ४७ जना कोरोना संक्रमण निकाे भएका छन् । योसँगै कोरोना संक्रमण निकाेभइ डिस्चार्ज हुनेकाे कुल संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ३८ पीसीआर परीक्षणमा २ हजार ४९ जनामा र ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षणमा ८ सय ६९ जना गरी कुल २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा मात्रै कोरोना संक्रमण देखिनेको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको छ ।
देशभरका बिभिन्न स्थानमा गरी थप ५३ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ४ सय ६५ पुगेको छ । हाल देशभर ६५ हजार ८ सय ४ जनामा काेराेना भाइरसकाे संक्रमण सक्रिय रहेकाे मन्त्रालयले जनाएकाे छ ।