काठमाण्डाै, ७ असार २०७८ ।
आज निर्जला एकादशी, आआफ्ना घरको मठमा तुलसीको बिउ राखिँदै छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बिउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।
असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
आज पानी समेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।
नयाँ रुप परिवर्तनसहितको कोरोना महामारी चलेका बेला घरघरमा तुलसीको दल राख्दा र रोपण गर्दा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेद चिकित्सक डा.शेषराज आचार्य बताउनुहुन्छ । तुलसीलाई चियाका रुपमा पनि प्रयोग गरिन्छ ।
साेमबार पशुपतिनाथकाे दर्शन गरे मनाेकांक्षा पुराहुन्छ,दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
तपाईंको आजको भाग्यफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)- आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)- गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)- मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)- शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)- विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)- आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)- आज कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)- शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)- आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,द)- धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।
सिन्धुपाल्चोक बाढीकाे एउटा कथा: न रह्यो बास, न बच्यो गाँस, सूचना दिँदादिँदै रेडियाे नै डुब्याे
सिन्धुपाल्चोक, ६ असार २०७८ ।
यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पु-याएको छ ।
बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पु¥यायो । व्यक्तिगत घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमीन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो । साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको छ छ भने सञ्चार माध्यममा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।
कोरोेनाको कहरका बीचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरण जस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरुपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयका रुपमा परिचित छ । असार १ गतेको बाढीले सामान्य क्षति पु¥याएको विद्यालयमा शनिबारको बाढीले विद्यालयको भौतिक रुपमा क्षति ग-यो ।
विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयवासीको घरमा जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो । यसले गर्दा हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिनुहुने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षापे्रमी महानुभावले चासो र चिन्ता लिइरहेको बेला प्रकृतिले किन चिन्ता लिन सकेन ? स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिले पनि पाएन । विभिन्न सङ्घसंस्था, दातृ निकाय र अभिभावकहरुको पहलमा विद्यालयको भवन निर्माण भएको थियो । २०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्घर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकहरुले भुल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो । एउटा कक्षामा पढाएकोदेखि हल्ला गरेकोसम्म सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको फाइदा चै के थियो भने विद्यालयको भवन ढले पनि जमीन चै त्यहीँ थियो । अहिले न घर छ, न जमीन । यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्नका लागि प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गर्नुहुन्छ । भूकम्पको बेला जस्तै आम अभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकारवाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको उहाँले जानकारी दिनुभयो ।
मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन यो भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो । यता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउनुहुन्छ ।
इष्ट पोइन्ट एकेडेमीमा पनि क्षति
हेलम्बु गाउँपालिका–४ ढुङ्ग्रे बजारमा इष्ट पोइन्ट एकेडेमी बोर्डिङ स्कुल छ । अहिले ५५० जना विद्यार्थी अध्यनरत छन् । सरकारी स्कुलको सन्दर्भमा बोर्डिङ स्कुलमा पूर्णतया अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले अभिभावकको ध्यान बोर्डिङ स्कुलतर्फ केन्द्रित हुन्छ । धेरै विद्यार्थीको सम्भावना बोकेको छ । निजी विद्यालय भए पनि समुदायको धरै आशा बोकेको विद्यालय खोलामा सीमित हुँदा विद्यालयका प्रधानाध्यापक दामोदर भारती निःशब्द हुनुहुन्छ । आफ्नै घर, खेत पूरै खोलाले बगाउँदा पनि उहाँलाई सबैभन्दा धरै विद्यालय र विद्यार्थीको भविष्यको चिन्ता छ । घरको पिल्लर मात्र देखाउँदै उहाँले भन्नुभयो, “मेरो आफ्नै घर छैन, वर्षभरि खाने खेत छैन जिन्दगी सुम्पेको विद्यालय पनि छैन ।” केही सोच्नै सकेको छैन भावुक हुँदै उहाँले भन्नुभयो, “प्रकृतिसँग कसैको केही नलाग्ने रैछ । भूकम्पले ढलाएको विद्यालय पुनर्निर्माणपश्चात् गुणस्तरीय शिक्षामा नै केन्द्रित थियो ।”
विद्यालयको भवन त ढल्यो नै अभिभावकहरुले पनि चासो र चिन्ता लिइरहनुभएको छ । विडम्बना चासो दिनैपर्ने निकायले चासो नदिँदा उहाँ दुःखी हुनुुहुन्छ । विद्यालयमा त्यति धेरै क्षति हुँदा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारदेखि सरोकारवाला निकायको एक कल फोनसमेत नआउँदा र सहानुभूतिका शब्द वर्षा नहुँदा दुःखित हुनुभएका उहाँले कोही नभए पनि अभिभावक त हुनुहुन्छ भन्दै चित्त बुझाउनुभएको थियो । निजी विद्यालय भए पनि शिक्षा प्रदान गर्ने पुण्य थलोलाई बहिष्कार गर्दा समाजका लागि अहिलेसम्म बिताएको समय निराशाजनक भएको प्रअभारतीको कथन छ । अबको विद्यालय के हुने ? कहाँ स्थानान्तरण गर्ने ? शैक्षिक गतिविधि कसरी अगाडि बढाउने लगायतका प्रश्नको वर्षाले उहाँ चिन्तित हुनुहुन्छ ।
रेडियो मेलम्चीको कार्यालय पूर्ण क्षतिग्रस्त
बाढीले रेडियो मेलम्ची १०७.२ मेगाहर्जको कार्यालयमा बाढीले पूर्ण क्षति पु¥याएको छ । बाढीको सूचना दिँदादिँदै आफैँ बाढीमा डुबेको रेडियो मेलम्चीले ठूलो क्षति बेहोर्नुपरेको छ । समुदायको सहयोगमा भर्खरै निर्माण सम्पन्न भएको रेडियोको भवन क्षणभरमै बाढीमा मिल्दा समुदायको मन रोएको छ । समुदायसँगै सहयोग सङ्कलन गरेर ठडिएको भवन अहिले डुबानमा छ । रेडियोको सम्पूर्ण सामानमा क्षति पुगेको छ । ल्यापटप, कम्प्युटर, विभिन्न डिभाइस, क्यामेरा, नगदपैसालगायत रेडियोसँग सम्बन्धित सम्पूर्ण कागजपत्रहरु बाढीले बगाउँदा अहिले रेडियो सञ्चालन गर्न हम्मेहम्मे भएको छ । धरै मिहिनेतपछि आफ्नै भवनबाट सञ्चालनमा आएको रेडियो फेरि पनि पुरानै अवस्था अर्थात् जस्ताको टहरोमा नै सीमित भएको छ । रेडियोमा भएको क्षतिले गर्दा ग्रामीण भेगका नागरिकको सारथी गुमेको छ भने रेडियोको हालत बिचल्ली भएको छ । करीब ६५ लाख लागतमा निर्माण गरिएको भवन र त्यहाँको संरचनामा पुगेको क्षतिले करिब एक करोड २० लाखभन्दा धेरैको क्षति पुगेको छ । अहिले रेडियो सञ्चालनका लागि हारगुहार गर्दै अगाडि बढ्नुको विकल्प छैन ।
विभिन्न व्यक्ति तथा संस्थाले तत्कालका लागि केही सहयोग गरे पनि दीर्घकालीन रुपमा रेडियो सञ्चालनका लागि बाटो हेरिरहेको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । रेडियो सञ्चालनका लागि तत्काल ल्यापटप, कम्प्युटर, रेकर्डर, फर्निचर, अडियो कन्भर्टर, डेबालगायत उपकरणको आवश्यक रहेको जनाइएको छ । छिटोभन्दा छिटो रेडियो व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि सहयोग गरिदनुहुन अपिल गरिएको छ ।
अहिलेको मेलम्ची पीडितहरु विभिन्न स्थानमा छरिएर रहेका छन् । ग्रामीण तथा विकट कतिपय स्थानमा अझै पनि राहत नपुग्दा सुविधासम्पन्न र बेँसी इलाकामा राहतको ओइरो लागेको छ । खाद्यान्नभन्दा पनि आवश्यकता हेरेर राहत ल्याउनका लागि स्थानीय सरकारले आग्रह गरिरहेका छन् । जोखिममा रहेका घर तथा बस्तीको अस्थायी रुपमा स्थानान्तरण गर्ने काम लगभग सकिएको छ भने स्थायी रुपमा पीडितहरुका लागि के गर्ने भन्ने विषयमा स्थानीय सरकार पनि रनभुल्लमा छन् । क्षतिको विवरण सङ्कलन र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको स्थानीय सरकार मैदानमा नै निरन्तर भए पनि स्थानीयवासीले भने आलोचना गर्न छाडेका छैनन् । अहिले मेलम्चीदेखि हेलम्बुको अवरुद्ध सडक खोल्नका लागि प्रयास भइरहे पनि पानीको बहावले निरन्तर काटिरहने हुनाले समस्या भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।
बरेङ गाउँपालिकाले अनावश्यक खर्च कटाैती गर्ने, भत्ता, खाना र खाजामा पनि मितव्यायी
सुजन प्रेमी
बागलुङ, ६ असार २९७८ ।
बागलुङकाे बरेङ गाउँपालिकाले अनावश्यक खर्च कटाैती गर्ने भएकाे छ । गाउँपालिकाले शनिवार ल्याएकाे बार्षिक बजेटमा अनावश्यक खर्च कटाैती गर्ने उल्लेख गरेकाे हाे ।
बार्षिक बजेट तथा कार्यक्रमकाे ५६ औँ बुँदा नम्बरमा अनावश्यक खर्च कटाैती गर्ने उल्लेख भएकाे छ । गाउँपालिकाले भत्ता, खाना र खाजामा पनि मितव्यायी अपनाउने बताएकाे छ । सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन र अनावश्यक हुने खर्चलाई कम गर्न गाउँपालिकाले यस्ताे नीति लिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रम्श थापाले जानकारी दिनुभयो ।
सार्वजनिक खर्चलाई मितव्ययी बनाउन गाउँपालिकाले अत्यावश्यक बाहेकका तालिम तथा गोष्टिमा वितरण हुने भत्ता र खाना खाजालाई पनि निरुत्साहित गरेको छ ।
अनावश्यक खर्चलाई कटौती गर्दै गाउँपालिकाले उत्पादन र परिणाममूखि योजनाहरुलाई प्राथमिकता दिको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
अनावश्यक हुने खर्चलाई बचाउन सके थोरै भएपनि देखिने काम गर्न सकिने उपाध्यक्ष दिल कुमारी पुनको विश्वास छ ।
बागलुङका १० वटा स्थानीय तहमध्ये सबैभन्दा पहिला नीति तथा कायृक्रम प्रस्तुत गरेको बरेङले उत्कृष्ट कार्यक्रम बनाएको भन्दै अन्य पालिकाहरुबाट पनि प्रसंशा गरिएको छ ।
यस्ताे छ उल्लेखित बुँदा
बागलुङ, ६ असार २०७८ ।
नेपालको पुरानो सभ्यतामध्ये एक कालीगण्डकी सभ्यता पनि हो । कालीगण्डकी नदीमा विश्वकै दुर्लभ शालिग्रामसमेत पाइन्छ । हिन्दू धर्मावलम्बीले पवित्रताका लागि जल स्नानसमेत गर्ने कालीगण्डकी नदी पछिल्लो समय भने अवैध दोहनको सिकार भइरहेको छ ।
सरकार र सरोकारवाला निकाय अवैध दोहनमा पनि मूकदर्शक प्रायः देखिन्छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीलाई अन्य नदीभन्दा अझ बढी महत्वपूर्ण मानिन्छ । विश्वकै दुर्लभ शालिग्राम पाइने नदी पछिल्लो समय मनपरी दोहन हुँदा शालिग्राम लोप हुने अवस्थामा पुग्न थालेको छ भने नदीले धारै परिवर्तन गर्दा बेनी बजार, मालढुङ्गालगायतका बस्ती कटानको जोखिममा परेका छन् ।
कालीगण्डकी नदीमाथि अवैध दोहन हुने क्रम नरोकिएपछि कालीगण्डकी नदी बचाउनका लागि यहाँका युवाहरुले सक्रियता देखाउन थालेका छन् । नदी र यहाँको सभ्यता बचाउनका लागि धौलागिरि र गण्डकीका युवाहरु स्वतःस्फूर्तरूपमा अभियानमा जुट्न थालेका छन् । मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जिल्लालगायत क्षेत्रमा कालीगण्डकी नदीको चौतर्फी दोहन हुन थालेपछि युवाहरू सामाजिक सञ्जालमार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेका हुन् । युवाहरुले ‘कालिगण्डकी बचाउ अभियान’ शुरु गरेका हुन् । यस अभियानमा नदी दोहनका विषयमा कलम चलाउने पत्रकारहरु समेत सहभागी छन् ।
गण्डकी सभ्यता नितान्त ऐतिहासिक भएको र यसको उद्गम थलो कालीगण्डकी भएका कारण यसलाई बचाउन सके कालीगण्डकी सभ्यता जोगिने नत्र यस आसपासमा भएका धार्मिक तथा पुरातात्विक संरचनासमेत लोप भएर नयाँनयाँ सङ्कट देखा पर्ने कालीगण्डकी सभ्यता बचाउ अभियानका मुख्य अभियानकर्मी आरके अदिप्त गिरीले बताउनुभयो । उहाँका अनुसार यस अभियानमा जो कसैले स्वतःस्फूर्तरूपमा सहभागिता जनाउन सक्नेछन् ।
“कालगण्डकी बचाऔँ अभियानको एउटा सञ्जाल बनेको छ, गण्डकी प्रदेशका धेरै जिल्लाका युवाहरुले यसमा हातेमालो गर्न थाल्नुभएको छ, यसले राज्यलाई कालीगण्डकी संरक्षणमा दवाब पुग्नेछ”, गिरीले भन्नुभयो, “हाम्रो संस्कृति र सभ्यता बचाउन हामीले नै पहल गर्नुपर्छ नत्र केही वर्षमा गण्डकी सभ्यता लोप भएर जानेछ, अवैध नदी दोहन रोक्नु पहिलो अभियान हुनेछ, त्यसपछि संरक्षणमा जुट्नेछौँ, यो नितान्त सरकार र सरोकारवाला निकायलाई जिम्मेवार बनाउने अभियान हो ।” उहाँका अनुसार यस अभियानमा विभिन्न जिल्लाका १०० भन्दा बढी युवाको सक्रिय सहभागिता भइरहेका छन् र धेरै अभियानमा जोडिँदै जानेछन् ।
मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएको कालीगण्डकी नदी, खोलाबाट गिटी, ढुङ्गा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति, वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था निकट देखिएकाले अभियान थालिएको गिरीको भनाइ छ । गिरीले लामो समयदेखि प्राकृतिक सुन्दरता र वातावरणका विषयमा कलम चलाउँदै समेत आउनुभएको छ ।
नदीमा अवैधरूपमा उत्खनन गर्ने कार्य रोक्न र कालीगण्डकी सभ्यता बचाउन गिरीले सबै सचेत नागरिकलाई आग्रहसमेत गर्नुभयो । कालीगण्डकी नदीमा माफियाको बिगबिगी भएको र यसलाई बचाउन आवश्यक रहेको अधिकारकर्मी राम शर्माले बताउनुभयो । कालीगण्डकीमा खुलेआम अवैध कर्म चल्दा, नदी आफ्नै स्वरूपमा बग्न नपाउने स्थितिले भोलिका दिनमा भयावहको अवस्था आउन सक्नेतर्फ समयमै सचेत हुनुपर्ने शर्माको भनाइ छ । राज्य पक्षसमेत आर्थिक प्रलोभन र प्रभावमा परी सभ्यता मास्न लागि परेको उहाँको आरोप छ ।
गण्डकी प्रदेशको नामसँग जोडिएको कालीगण्डकी र यहाँको सभ्यता जोगाउन स्थानीय, प्रदेश र सङ्घ सरकारले ध्यान दिनुपर्ने अभियानकर्मीहरूको जोड छ । गण्डकी प्रदेश सरकारको २०७८/०७९ को नीति तथा कार्यक्रममा वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरणमैत्री बनाउन आवश्यक समन्वय गरिने नीति लिइएको छ । ठेक्कामा दिएका नदीबाट तोकिएका मापदण्डभन्दा बाहिर गएर काम भए नभएको अनुगमन नहुनु र भए पनि कर्मकाण्डी हिसाबले मात्र गर्नु सबैभन्दा चिन्ताको विषय भएको छ ।
बागलुङ कालिकाकाे दर्शन गर्दा मनाेकांक्षा पुरा हुन्छ, दर्शन सहित हप्ताभरीकाे राशिफल हेर्नुहाेस्
साप्ताहिक राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि राम्रो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। कृषि, व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। भोगविलासको मानसिकताले प्रगतिमा बाधा पुग्नेछ। ज्वरो तथा टाउको वा घाँटीकाे समस्याले स्वास्थ्य कमजाेर रहनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। स्वास्थ्यमा रक्तचाप, शिर वा आँखासम्बन्धी समस्याले सताउन सक्छ। सोखका विषयमा खर्च बढ्नेछ। प्रयत्न गर्दा ठूलो जिम्मेवारी हातलागी हुनेछ। तर, बलियाे शक्तिकाे आडमा काम गर्दा धाेका हुन सक्छ। अरूको भावनालाई ख्याल नगर्दा परिवारजनमा असन्तुष्टि र मित्रजनसँग वैरभाव बढ्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। साथीभाइलाई दिएको आश्वासन पूरा गर्न नसकिएला। टाउको दुख्ने र आँखाको समस्याले सताउन सक्छ। आसन्न यात्राको व्यवस्थापनमा खर्च हुन सक्छ। महिनाकाे तेस्राे सातापछि भौतिक साधन प्राप्त हुनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। सुखद समाचारले उत्साह ल्याउनेछ। पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। समाजमा प्रभुत्व जमाउन सफल भइनेछ। व्यापार, कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। मानसम्मान पाइनेछ। तर बेसुरको यात्राले समस्या निम्त्याउन सक्छ। खुट्टामा चोटपटक लाग्ने सम्भावना देखिएकाले हतियार तथा सवारी उपयोग गर्दा होसियार रहनुहोला। बलजफ्ती गर्ने बानीले शुभचिन्तकहरू टाढिन सक्छन्।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विशेष अवसर प्राप्त हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व बढ्न सक्छ। मनग्य लाभ हुने कामको जिम्मेवारी हातलागी हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भूमि तथा वाहनका लागि रकम जुटाउने समय छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। पैत्रिक सम्पत्तिको उपयोग गरी फाइदा उठाउने माैका छ। प्रयत्न गर्दा नोकरीमा प्रवेश तथा पदाेन्नति हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। तारिफयाेग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेतले सफलताकाे उचाइमा पुर्याउनेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सम्पादित कामले कीर्तिमानी दिलाउन सक्छ। नोकरी वा राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा उठाउने समय छ। परोपकारी काम गर्नाले समाजमा ख्याति बढ्नेछ। व्यवसायले मनग्य फाइदा दिनेछ। बहुमूल्य वस्तु हातलागी हुन सक्छ। पुरस्कार, मानसम्मान आदि प्राप्त हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। प्रतिभा प्रदर्शन गरेरै शुभचिन्तकहरू बढाउन सकिनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। भूमि तथा वाहन प्राप्तिकाे याेग रहेकाे छ। पैत्रिक सम्पत्तिकाे उपयाेगबाट मनग्य लाभ उठाउन सकिनेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही अवसर प्राप्त भए पनि व्यावहारिक कठिनाइ सामना गर्नुपर्ने देखिन्छ। शारीरिक अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। अरूकाे भरपर्दा काममा धोका हुन सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। परिस्थितिलाई बुझेर अघि बढ्दा विशेष लाभ उठाउन सकिनेछ। केही जाेखिम उठाउनुपरे पनि आँटले काम लिनेहरूलाई भाग्यले साथ दिनेछ। तेस्रो सातादेखि शुभचिन्तकहरूकाे साथ जुट्नाले परिस्थिति अनुकूल बन्नेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसर आए पनि भोगविलासको मानसिकताले काममा पछि परिनेछ। व्यवसाय तथा आयमूलक काममा मन्दी आउनाले अर्थअभाव देखापर्न सक्छ। खराब व्यक्तिको विश्वास गर्नाले काममा धोका पाइनेछ। सामाजिक हिसाबले पनि अलि कमजोर भइनेछ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। चोटपटक सम्भावना देखिएकाले जोखिमपूर्ण कार्यबाट सजग रहनुहोला। तेस्राे सातादेखि स्थितिमा सुधार आउनेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झन सकिनेछ। सुखद समाचारले आनन्द पाइएला। प्रतिस्पर्धीहरूले हात झिक्नेछन् भने काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने समय छ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। तर, पारिवारिक सम्बन्ध कमजोर बन्न सक्छ। आफ्ना काममा अरूले अधिकार जमाउन खोज्नेछन्। प्रेममा धाेका हुनेछ। महिनाको अन्त्यतिर पतिपत्नीबीच असमझदारी बढ्न सक्छ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो काममा जग बसाउने समय छ। भौतिक साधनहरू पनि सजिलै जुट्नेछन्। दोस्रो सातासम्म स्थिति अनुकूल रहनेछ। तेस्राे सातापछि साझेदारीमा समस्या र सगोलको सम्पत्तिमा विवाद आउन सक्छ। नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला। पठनपाठनमा प्रगति भए पनि व्यवसायमा अलि कमजोरीको समय छ। आफ्नो उपलब्धि जोगाउन व्यवहारमा पनि सजग रहनुपर्ला।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। बलजफ्तीले पारिवारिक असमझदारी बढाउन सक्छ। एकसाथ अनेक काम सुरु भए पनि धेरै काम अधुरै रहनेछन्। कीर्ति राख्ने महत्त्वाकांक्षाले उल्टै क्षति हुन सक्छ, सजग रहनुहोला। माता-पिताको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। अरूको उक्साहटमा लगानी गर्दा बेफाइदा हुन सक्छ। तर, तेस्राे सातादेखि साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले व्यवसायमा लाभ उठाउन सकिनेछ। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर समेत प्राप्त हुनेछ। अध्ययनमा पनि सामान्य प्रगति हुनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रारम्भमा वादविवादमा समेत परिने योग देखिएकाले सावधान रहनुहोला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। दाजुभाइको सम्बन्ध प्रगाढ हुनेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
महिनाको सुरुमा शिर वा आँखाको समस्याले सताउन सक्छ। अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बन्न सक्छ। तापनि प्रयत्न गर्दा अप्ठ्यारै काम समेत सम्पादन हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। केही आरोप लागे पनि मेहनत गर्दा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ।
Breaking News: बरेङले राष्ट्रसेवककाे तलवमा मासिक २ हजार थपिदिने, सहयाेगीकाे १५ हजार
बागलुङ, ५ असार २०७८ ।
बागलुङकाे बरेङ गाउँपालिकाले राष्ट्रसेवक कर्मचारीकाे तलवमा मासिक २ हजार थपिदिने भएकाे छ । शनिवार प्रस्तुत बजेट बक्तव्यमा राष्ट्रसेवक कर्मचारीकाे तलवमा मासिक २ हजार थपिदिने उल्लेख गरिएकाे हाे ।
गाउँपालिकाका प्रवक्ता नर बहादुर बिकले आय व्यय प्रस्तुत गर्दै कृषि, स्वास्थ्य तथा वडा कार्यलयमा कार्यरत कर्मचारीहरूकाे तलव संघिय सरकारले घाेषणा गरे अनुसार १५ हजार रूपैयाँ उपलब्ध गराउने बताउनुभएकाे छ ।
याे निर्णय २०७८ साल साउन १ गतेदेखि लागु हुनेछ ।
बरेङ गाउँपालिकाकाे नीति तथा कार्यक्रम सर्वसम्मत पारित, जनमूखि बजेट भन्दै प्रशंसा
बागलुङ, ५ असार २०७८ ।
बागलुङकाे बरेङ गाउँपालिकाकाे नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएकाे छ । अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गर्नुभएकाे आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी, कृषि बाट आर्थिक उपार्जन, कोरोना महामारीको रोकथाम र नियन्त्रणलाई बढि प्राथमिकता दिइएको छ । त्यस्तै गाउँपालिकाले सञ्चारमाध्यामलाई पनि भरपुर प्रयोग गरेर रेडियो कार्यक्रम मार्फत जनतालाई सु-सुचित गराउने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषिलो खाना लगाएतका प्रभावकारी कार्यक्रमहरु पनि ल्याएको छ ।
अध्यक्ष शर्माले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम प्रभावकारी रहेको भन्दै गाउँसभा सदस्यहरुले प्रशंसा गरेका छन् । अहिलेको महामारीमा बरेङ गाउँपालिकाले ल्याएको कार्यक्रम कोषेढुंगा सावित हुने उनिहरुको तर्क छ ।
बरेङ गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट ल्याउने, यस्ता छन् प्राथमिकताका योजनाहरु
बागलुङ, ५ असार २०७८ ।
बागलुङको बरेङ गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गर्ने भएको छ । गाउँपालिकाले शनिवार आगामी आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागेको हो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यतामा आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३० करोड भन्दा माथीको वजेट ल्याउन लागिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।
सातौँ नगरसभामा पेश हुने नीति तथा कार्यक्रममा कृषि तथा पशुलाई बिशेष प्राथमिकता दिइएको छ भने कोरोना रोकथाम र नियन्त्रण लगाएत स्वास्थ्य क्षेत्रलाई पनि महत्वका साथ समावेश गरिएको छ । स्थानीय तहमध्ये अब्बल क्षमता प्रदर्शन गर्दै आएको बरेङ गाउँपालिकाले सबै क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्धारण गरेको अधिकृत थापाको भनाई छ ।
गाउँपालिकालाई समृद्ध बनाउन बितरणमूखि भन्दा उत्पादनमूखि बजेटलाई प्राथमिकता दिइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । योजना तथा कार्यक्रमको प्रभावकारीतालाई गाउँपालिकाले ध्यान दिने भन्दै उहाँले थारै बजेटबाट पनि कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्नेमा ध्यान दिने बताउनुभयो ।
गाउँपालिकाले शनिवार दिउँसो १२ बजे गाउँसभामा नीति तथा कार्यक्तम पेश गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको जिल्लाखबर डटकम, कुश्मिसेराबाट प्रशारित शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, बरेङ बजारबाट प्रशारित रेडियो बिहानी ८९ मेगाहर्ज र धौलागिरी एफ एम बागलुङबाट प्रत्यक्ष प्रशारण हुने गाउँपालिकाले जनाएको छ ।
आज शनिवार- शनिदेवकाे दर्शन गरे साेचेकाे पुग्छ, दर्शन सहित आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
वृष
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन पनि जानेछ ।
मिथुन
आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग पनि छ ।
कर्कट
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।
सिंह
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । परिवार वा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
तुला
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
वृश्चिक
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानपिनको योग पनि रहेको छ ।
धनु
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।
मकर
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा बिवाद पनि आउला ।
मीन
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ ।