लाेकसेवा तयारी गर्दै हुनुहुन्छ ? लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) हेराैँ
राष्ट्रिय सुरक्षा व्यवस्था
१. नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापनका अङ्गहरू के–के हुन् ? लेख्नुहोस् ।
नेपालमा देशको सार्वभौमिकता, अखण्डता, मुलुकको आर्थिक, सामाजिक, भौतिक, मानवीयलगायत सुरक्षाका विविध पक्षको व्यवस्थापन गर्नका लागि कानुनले राष्ट्रिय सुरक्षा व्यवस्थापनका विभिन्न अङ्गको व्यवस्था गरेको छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ:
– नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषद्लाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा
परिषद् गठन,
– मुलुकको राष्ट्रिय सुरक्षासम्बन्धी नीति, कानुन, मापदण्ड एवम् योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्न रक्षा मन्त्रालय,
– देशको आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्थासम्बन्धी नीति, कानुन, मापदण्ड एवम् योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्न गृह मन्त्रालय,
– मुलुकका सबै जिल्लामा गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय,
– प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको गठन,
देहायका सुरक्षा निकायको गठन र परिचालन:
क. नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेनाको स्थापना,
ख. मुलुकको आन्तरिक शान्ति तथा सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरीको गठन,
ग. नेपालमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नका लागि सशस्त्र प्रहरी बलको गठन,
घ. गुप्तचरी निकायको कार्य गर्न राष्ट्रिय अनुसन्धान विभागको गठन ।
२. शासन प्रणाली मापनका सूचक के–के हुन् ? चर्चा गर्नुहोस् ।
देशको रक्षा प्रतिरक्षा, विकास निर्माण, विदेशी सम्बन्ध विस्तार, वस्तु तथा सेवा प्रवाहलगायत जनहितका समग्र कार्य गर्न मुलुकमा स्थापित संरचना शासन प्रणाली हो । यस्तो संरचना राजनीतिक र प्रशासनिक दुवै हुने गर्छ । राजनीतिक संरचनाको नेतृत्व राजनीतिक व्यक्तिले र प्रशासनिक संरचनाको नेतृत्व प्रशासनिक व्यक्तिले गर्छन् । यस्तो प्रकारको शासन प्रणालीबाट मुलुकमा असल वा खराव के–कस्तो शासन प्रशासन सञ्चालन भएको छ भनेर त्यसको मापन विभिन्न सूचकलाई आधार मानेर गर्ने गरेको पाइन्छ । विश्व बैङ्कलगायतका केही अन्तर्राष्ट्रिय संस्थाले विभिन्न सूचकको विकास गरेका छन् । समग्रमा शासन प्रणाली मापन गर्न निम्नसूचक प्रयोग भएको पाइन्छ:
राजनीतिक स्थिरता:
– राजनीति सबै नीतिको मूल नीति भएकाले राजनीति अस्थिर हुँदा मुलुकको सबै नीति र संरचना अस्थिर हुन्छन्, यसबाट सेवा प्रवाह कमजोर हुन्छ । त्यसकारण शासन प्रणाली सबल, सक्षम एवम् प्रभावकारी हुन राजनीतिक स्थिरताको आवश्यकता पर्छ । यसलाई शासन प्रणाली मापनको प्रमुख सूचकका रूपमा पनि लिएको पाइन्छ ।
कानुनको शासन :
– कानुनको दृष्टिमा सबै समान हुने, कानुनको पालनामा विभेद नहुने, राज्यको सबै निकाय कानुनका आधारमा स्थापना हुने र कानुनअनुसार सञ्चालन हुने पद्धति कानुनी शासन हो । यसको प्रत्याभूतिको मात्रा बढेमा शासनको सफलताको सूचक माथि हुने गर्छ ।
भ्रष्टाचार नियन्त्रण:
– सार्वजनिक पद र संरचनाको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने कार्य भ्रष्टाचार हो । यस्तो भ्रष्टाचार निवारण गर्न मुलुकमा कडा कानुनी र संस्थागत व्यवस्था गरी भ्रष्टाचार हुन नदिने र भएको पाइएमा कानुनअनुसार गरिने कारबाहीको प्रगतिले शासन प्रणालीको सबलताको उजागर गर्छ । संसारमा भ्रष्टाचार निवारणमा शून्य सहनशीलताको रणनीति लिएका मुलुकको शासन प्रशासन अब्बल भएको पाइएको छ ।
सार्वजनिक उत्तरदायित्व:
– कुनै पनि मुलुकका नागरिक सार्वभौमसत्तासम्पन्न हुन्छन् । देशको सार्वभौमसत्ता र राजकीय सत्ता नागरिकको हातमा हुन्छ । तिनै नागरिकप्रति जिम्मेवार र जवाफदेहिताको अवस्थाले शासनको प्रभावकारिता देखाएको हुन्छ ।
पारदर्शिता
– देश र जनताका लागि गरिने सबै कार्य सार्वजनिक हुनुपर्छ । सार्वजनिक पदमा बसेका व्यक्तिले गरेका निर्णय, नीति तथा सार्वजनिक सूचनामा आमनागरिकको सहज पहँुच हुनुपर्छ । अँध्यारोलाई सूर्यको प्रकाशले हटाएजस्तै अनियमितता तथा भ्रष्टाचारलाई पारदर्शिताले हटाउँछ । त्यसकारण पारदर्शिता आज शासन प्रभावकारिता मापनको बलियो सूचक बनेको छ ।
सहभागिता
– शासन प्रणालीका हरेक कार्यमा सरोकारवालाको सक्रिय र सार्थक उपस्थिति सहभागिता हो । यसले शासनप्रति नागरिकको अपनत्व र वैधता दुवैलाई थप बलियो पार्छ । सहभागिताको व्यापक अर्थमा हाल समावेशितालाई लिएको पाइन्छ । समावेशी विकास अहिलेको ज्वलन्त विषय हो । यसको सबलतामै शासनको सबलता जोडिएकाले हाल यसलाई शासनको सूचकका रूपमा विकास गरेको पाइन्छ ।
सेवा प्रवाहको अवस्था
– शासन प्रणालीको प्रमुख कार्य सेवा प्रवाह हो । नागरिकको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नेदेखि मुलुकको आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिकलगायत हरेक विकास गर्नु शासनको दायित्व हो । सेवा प्रवाह स्वतःस्फूर्त रूपमा हुने संरचना र प्रणालीको स्थापना गरेर समग्र सेवा प्रवाहलाई स्वचालित बनाउनुपर्छ । यसले नै शासन प्रणालीको प्रभावकारिताको झलक देखाउँछ ।
शासन प्रणालीको नियमन क्षमता
– शासनको परम्परागत चरणमा वस्तु तथा सेवा प्रवाहमा सरकारी निकाय एकल पात्रका रूपमा थियो । नियन्त्रण र निर्देशनका आधारमा शासन चल्थ्यो । तर, हाल आएर वस्तु तथा सेवा प्रवाहमा बहुपात्र जस्तै ः निजी क्षेत्र, सहकारी संस्था, गैरसरकारी संस्था, नागरिक समाज आदिको विकास भएको छ । अब सरकारी निकायको भूमिका यी सबै पात्रको कार्यमा सहजीकरण, समन्वय, सहकार्य गर्नेदेखि यस्ता सबै कार्यको कुशल नियमन गर्ने भएको छ । त्यसकारण सरकारको नियमन क्षमताले उसको शासकीय प्रभावकारिता देखाउँछ । त्यही भएर हिजोआज सरकारको नियमन क्षमतालाई शासनको सूचकमा राख्ने गरिएको हो । अन्त्यमा, शासन प्रणाली देशको राजनीतिक अवस्था र वातावरणले निर्धारण गर्ने भएकाले उपरोक्त सूचक सबै देशका लागि उपयुक्त नहुन पनि सक्छन् तर आधारभूत मार्गदर्शन भने अवश्य गर्न सक्छन् ।
३. नेपालमा सङ्घ, प्रदेश र स्थानीय तहको लेखापरीक्षणसम्बन्धी के–कस्तो व्यवस्था छ ? प्रस्ट गर्नुहोस् ।
सरकारी आय र व्ययको जाँच गर्ने, मूल्याङ्कन गर्र्ने तथा प्रतिवेदन गर्ने कार्य लेखापरीक्षण हो । नेपालमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार सञ्चालनमा छ र तीनै तहको सरकारको आय र व्यय अलग–अलग छ । यी तीनै तहका सरकारको आय र व्ययको लेखापरीक्षण गर्न नेपालको संविधानको धारा २४० मा महालेखा परीक्षकको गठन र धारा २४१ मा महालेखा परीक्षकका काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । सरकारी लेखापरीक्षणलाई व्यवस्थित गर्न लेखापरीक्षण ऐन–२०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ र नियमावली–२०७७, स्थानीय सरकार सञ्चालन ऐन–२०७४ तर्जुमा गरी लागू गरिएको छ । आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण गरी सरकारी लेखापरीक्षण दुईप्रकारको हुने हुँदा उपरोक्त कानुनले दुवै लेखापरीक्षणको व्यवस्था गरेका छन् । उपरोक्त कानुनअनुसार नेपालमा सङ्घ, प्रदेश र स्थानीय तहको लेखापरीक्षणसम्बन्धी निम्नअनुसारको
व्यवस्था छ:
क. सङ्घीय सरकार र अन्तर्गतका निकायको लेखापरीक्षण:
अ. आन्तरिक लेखापरीक्षण:
– महालेखा नियन्त्रक कार्यालय तथा सोअन्तर्गतको कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्ने,
आ. अन्तिम लेखापरीक्षण:
– महालेखा परीक्षकको कार्यालयले गर्ने,
ख. प्रदेश सरकार र अन्तर्गतका निकायको लेखापरीक्षण:
अ. आन्तरिक लेखापरीक्षण:
– प्रदेश लेखा नियन्त्रक कार्यालयले गर्ने,
आ. अन्तिम लेखापरीक्षण:
– महालेखा परीक्षकको कार्यालयले गर्ने,
क. स्थानीय तहको लेखापरीक्षण:
अ. आन्तरिक लेखापरीक्षण:
– स्थानीय तहकै आन्तरिक लेखापरीक्षण शाखाले गर्ने,
आ. अन्तिम लेखापरीक्षण:
– महालेखा परीक्षकको कार्यालयले गर्ने,
४. नेपालमा वैदेशिक व्यापारको महŒव उल्लेख गर्नुहोस् ।
नेपाल एक भूपरिवेष्ठित, अल्पविकसित र कृषिप्रधान देश हो । यो देश बिस्तारै औद्योगिकीकरणतिर पनि उन्मुख हुँदै छ । विभिन्न प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै पनि यसको भूधरातलीय अवस्थिति एवम् आर्थिक अवस्थाका कारणले सबै उपभोग्य वस्तुका लागि आत्मनिर्भर हुन सकेको छैन । उदाहरणका लागि यसको आफ्नो समुद्र र तेलखानी छैन । नुन र तेलजस्ता अति आवश्यक वस्तु अन्य मुलुकबाट आयात गर्नुपर्छ । आधुनिक व्यापारको सिद्धान्तअनुसार कुनै एक देशले सम्पूर्ण वस्तुको उत्पादन नगरी सीमित वस्तुको उत्पादनमा विशिष्टता हासिल गरी नाफा कमाउने प्रयास गर्छ । नेपालमा पाइने कच्चा पदार्थ र उत्पादित कृषिजन्य वस्तुको निर्यात एवम् अन्य दैनिक उपभोग्य वस्तु तथा विलासिताका वस्तुको आयातका लागि अन्तर्राष्ट्रिय व्यापार अनिवार्य छ । हाल नेपालको व्यापार घाटा चर्को छ । व्यापार सन्तुलन आफ्नो पक्षमा ल्याउनका लागि पनि वैदेशिक व्यापारलाई विस्तार गर्नु जरुरी छ । विश्वबजारको अभ्यास भइरहेको अवस्था र नेपाल विश्व व्यापार सङ्गठनमा प्रवेश गरिसकेकाले पनि वैदेशिक व्यापारको अनिवार्य आवश्यकता भएको हो । नेपालमा वैदेशिक व्यापारको महŒवलाई बुँदागत रूपमा निम्नअनुसार उल्लेख गर्न सकिन्छ:
– आयात निर्यातमार्फत देशको आर्थिक विकासमा सहयोग,
– आर्थिक सङ्कट हुनबाट मुक्ति,
– व्यापारमा हुन सक्ने एकाधिकार अन्त्य,
– आफ्नो देशमा उत्पादन हुन नसक्ने वस्तुको सहज आपूर्ति, जस्तै: नुन, सुन, पेट्रोलियम पदार्थ आदि ।
– उत्पादन प्रविधिमा सुधार,
– विदेशी पुँजी, प्रविधिको आयात,
– लगानीका लागि अनुकूल वातावरण तयारमा सहयोग,
– अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा बढोत्तरी,
– विश्व अर्थतन्त्रसँग आबद्धता ।
५. नेपालको संविधानमा सामाजिक र साँस्कृतिक रूपान्तरणसम्बन्धी के–कस्तो नीतिगत व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा ५१ (ग) मा सामाजिक र साँस्कृतिक रूपान्तरणसम्बन्धी नीतिगत व्यवस्था छ, जसलाई निम्नअनुसार उल्लेख
गर्न सकिन्छ:
– स्वस्थ र सभ्य संस्कृति विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने,
– ऐतिहासिक, पुराताŒिवक तथा साँस्कृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचार प्रसार गर्ने,
– सामाजिक, साँस्कृतिक तथा सेवामूलक कार्यमा स्थानीय समुदायको सिर्जनशीलताको प्रवद्र्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्ने,
– राष्ट्रिय सम्पदाका रूपमा रहेका कला, साहित्य र सङ्गीतको विकासमा
जोड दिने,
– समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने,
– देशको साँस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने,
– बहुभाषिक नीति अवलम्बन गर्ने ।
६. नेपालमा एकल महिला भन्नाले कस्ता महिलालाई जनाउने व्यवस्था छ ? लेख्नुहोस् ।
एकल महिला सुरक्षा कोेष (सञ्चालन) नियमावली–२०७० अनुसार नेपालमा एकल महिला भन्नाले आर्थिक दृष्टिले विपन्न देहायका महिलालाई जनाउने व्यवस्था छ:
– पतिसँग सम्बन्धविच्छेद गरेकी महिला,
– विधवा महिला,
– पैँतीस वर्ष उमेर पूरा गरेकी अविवाहित महिला,
– पाँच वर्षभन्दा बढी समयदेखि पति हराई वा बेपत्ता भएकी महिला,
– अंशबण्डा गरी वा मानो छुट्टिई पतिसँग अलग बसेकी महिला ।
७. फाइलिङको उद्देश्य के–के हुन् ?
भविष्यमा खोजेको बखत तुरुन्तै पाउनेगरी कागजपत्र फाइलमा सुरक्षित राख्नु फाइलिङको प्रमुख उद्देश्य हो । फाइलिङका अरू उद्देश्य निम्न छन्:
– आवश्यक परेको समयमा प्रमाणका रूपमा कागजात जुटाउनु,
– कार्यलाई दोहोरो हुन नदिनु,
– एक–अर्कामा तुलना गर्न सहयोग गर्नु,
– कार्यालयमा सूचना एवम् प्रतिवेदन सजिलै उपलब्ध गराउनु,
– अनुगमन र मूल्याङ्कनको कार्यमा सहयोग गर्नु ।
श्राेतः गाेरखापत्र अनलाइन
काठमाडौँ, ९ असार २०७८ ।
त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ ।
स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ ।
कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ ।
वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ । धेरै विद्यार्थी भएका कारण अनलाइन या अन्य माध्यमबाट परीक्षा लिन सम्भव नभएपछि पुरानै मोडलमा परीक्षा लिन लागिएको हो ।
विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने निर्णय भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो । विशेष अवस्था भएका कारण विश्वविद्यालयले परीक्षा केन्द्र रोज्ने अवसर दिएको हो । सामान्य अवस्थामा परीक्षा केन्द्र सार्न विश्वविद्यालयले बन्देज गरेको छ । यसका लागि परीक्षा केन्द्र थप गर्नुपर्ने अवस्था आउने जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन् ।
मंगलवार गणेश भगवानकाे दर्शनले साेचेका कुरा पुरा हुन्छन्, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलवार र बुधवार भने अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। सप्ताहान्तमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नाम, दाम र इनाम हातपार्न पनि सकिनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो साता केही चुनौती पार लगाएर अवसर हात पार्न सफल भइनेछ। सुरुमा प्रतिस्पर्धीहरूले अलि दु:ख दिनेछन्। फजुल खर्च बढ्नेछ। तापनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले दैनिकी रमाइलाे रहनेछ। खर्च लागे पनि यात्राको अवसर जुर्नेछ। काम बिग्रनाले बिहीवार र शुक्रवार आकस्मिक झमेला आइलाग्न सक्छ। स्वास्थ्य पनि कमजोर रहनेछ। बीचमा नसोचेको समस्या आए पनि सप्ताहान्तमा भाग्यले साथ दिनेछ। परोपकारी कामले लोकप्रियता दिलाउनेछ। धन र मान समेत प्राप्त हुनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। विवादमा अघि सर्नाले आलोचित भइनेछ। तापनि मन मिल्नाले प्रेमको बन्धन समेत कसिन सक्छ। सप्ताहान्तमा भने स्वास्थ्य कमजोर रहनाले काम पनि रोकिन सक्छ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको भर पर्दा काम रोकिन सक्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफन्तको सद्भाव र सहयोग जुट्नाले चिताएको काम बन्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। अध्ययनमा विशेष प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याउनुका साथै नयाँ जिम्मेवारी हातलागी हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा उछिन्न सकिनेछ। सोखले खर्च भने बढाउन सक्छ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउन सक्छ। निम्तो आए पनि आतिथ्य सुखप्रद नहुन सक्छ, सजग रहनुहोला।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। मंगलवारदेखि केही पारिवारिक असमझदारी बढ्ने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बिहीवारदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। लगनशीलताले सफलता दिलाउनेछ। पुरुषार्थी कामले प्रतिष्ठा दिलाउनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। साझेदारीमा भने अलि सावधान रहनुपर्ला
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। चिताएका घरेलु काम सम्पादन हुनेछन्। सहयोगीहरू जुट्नाले महत्त्वपूर्ण काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। शत्रुहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। लगनशीलताले काममा पनि सफलता नै दिलाउनेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा केही चुनौती देखिए पनि यो साता विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र सानो प्रयत्नले ठूलो काम बन्नेछ। मंगलवारदेखि सहयोगीहरूको साथ जुट्नाले नयाँ कामतर्फ प्रवृत्त भइनेछ। बीचमा केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ। सप्ताहान्तमा आफन्तको साथ जुट्नाले स्थितिमा सुधार आउनेछ। नयाँ कामका साथै गुमेको स्थान प्राप्त हुन सक्छ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। आँटले काम बनाउन सकिनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। आम्दानीको नयाँ स्रोत भेटिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै उपलब्धि प्राप्त हुनेछ। बिहीवारदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका लागि जुट्नुपर्दा नियमित काममा बाधा पर्नेछ। सप्ताहान्त खर्चिलो देखिए पनि प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। तर सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा ऋणभार बढ्न सक्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले नयाँ अवसर प्राप्त हुनेछ। अवरोध हट्नेछ र तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। अध्ययनमा पनि प्रगति हुनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा विवादास्पद जिम्मेवारी आउन सक्छ। आफन्तको नजरबाट टाढिनुपर्ने हुन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा कर्मसिद्धि हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बीहीवार र शुक्रवार परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि परोपकारी काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सामाजिक कामले पदीय दायित्व समेत दिलाउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। सप्ताहान्तमा दिगो काममा लगानी गर्नुपर्ने हुन सक्छ। खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ भने आँटेको काम अर्थ अभावले रोकिन सक्छ। केही जोगाउन केही वस्तु त्याग्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम बनाउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मंगलमय कर्म सम्पादन हुनेछन्। विवादास्पद काममा जुट्नुपरे पनि नाम, दाम र इनाम हात पार्ने समय छ। विशेष व्यक्तिसँग भेटघाट हुने समय छ। आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा आय बढ्नाले जीवनशैलीमा सुधार आउनेछ।
हाम्रो जैमिनी संस्थाद्वारा कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री सहयोग
बागलुङ, ८ असार २०७८ ।
कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । जैमिनी नगरपालिकामा अवस्थित हाम्रो जैमिनी संस्थाले मंगलवार स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
संस्थाको केन्द्रिय समिति र बैदेशिक बिभागका सदस्यहरुले रकम संकलन गरी स्वास्थ्य सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालीले जानकारी दिनुभयो । अहिलेको बिशेष परिस्थितिमा आफ्नो संस्थाको तर्फबाट थोरै भएपनि स्वास्थ्य संस्थालाई सहयोग गरिएको उहाँको भनाई छ ।
कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको लागि थर्मल गन ५ सय ५० थान, तौल मेसिन २ थान, बाफ लिने मेसिन २ थान, सर्जिकल पञ्जा ३० प्याकेट, सेनिटाइजर आधा लिटरको ९ वटा र ५ लिटरको ४ भाँडा, पल्स अक्सिमिटर ५ थान, मास्क ५० प्याकेट, पीपिई २५ थान सहित एक लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको केन्द्रिय सदस्य राम पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्री जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्य र अस्पतालका डाक्टर राजु भट्टराई क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो ।
संस्थाले जैमिनीमा कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोग प्रति धन्यवाद दिँदै नगर प्रमुख पौडेलले यस्ताखाले सहयोगले नगरपालिकालाई ठुलो राहत पुगेको बताउनुभयो ।
संस्थाका सदस्यहरुले व्यक्तिगत रुपमा सहयोग जम्मा गरी स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।
काठमाडाै, ८ असार २०७८ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २१ मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएसँगै ओली नेतृत्वको सरकार पाँच सदस्यमा सीमित भएको छ।
रिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत नौ जनाले उक्त मन्त्रिपरिषद् बिस्तार असंवैधानिक भन्दै सर्वोच्चमा दिएकाे रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले पछिल्लो समय नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।
जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूह, नेकपा माओवादी केन्द्र छोडेर आएका र नेकपा एमालेका नेताहरूलाई मिलाएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे ।
मन्त्रीहरूकाे पद गएसँगै अब मन्त्रिपरिषद ५ सदस्यीय मात्रै भएकाे छ ।
बागलुङमा रोकिएनन् विवाह भोज: गाउँभर सङ्क्रमित, भोजमा गएका ३५ जनामा कोरोना सङ्क्रमण
बागलुङ, ८ असार २०७८ ।
बागलुङ जिल्लाभर निषेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागी हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
एउटै गाउँमा यति धेरै जनामा सङ्क्रमण देखिएको हो । विवाहमा सहभागी भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल बताउनुहुन्छ । गाउँभरि नै ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो । यस अघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
“सात जनाभन्दा जम्मा नहुनु भन्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ”, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भन्नुभयो, “ कसैले नियम मिचे प्रशासनलाई खवर गरौँ ।” बागलुङको भकुण्डे, तित्याङ र पैञ्युपाटालगायत गाउँमा पनि यसै साता धार्मिककार्यमा धेरै जम्मा भएर भोज गरेको गुनासो छ तर प्रशासनलाई पहिले खबर नगर्ने र पछि गुनासो गर्ने धेरै रहेको कार्की बताउनुहुन्छ । बागलुङमा यो समाचार तयार गर्दासम्म ३४० जना सक्रिय सङ्क्रमित छन् । खनालका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै सङ्क्रमित देखिएको वडा नं १४ नारायणस्थान सक्रिय सङ्क्रमित मुक्त भएको छ । त्यस्तै वडा नं ११ रायडाँडा, वडा नं ५ मालिका र वडा नं ८ सिगानामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।
अधिकारकाे गलत प्रयाेग: धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता, महंगाे कार चढेर बुझ्न आउँछन्
चितवन, ८ असार २०७८ ।
वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौँ आम्दानी गर्नेहरुले पनि लिँदै आएका छन् ।
राज्यका तर्फबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि निजी क्षेत्रबाट हुने करोडौँ आम्दानीलाई भने नियमले छोएको छैन । निवृत्तिभरण बुझ्नेले यस्तो सुविधा नपाउने भए पनि निजी क्षेत्रमा व्यापार व्यवसाय गर्ने धनाढ्यहरुलाई भत्ता लिन कानूनी अड्चन छैन ।
भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढ क्षेत्रमा पर्ने वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पण्डितले भन्नुभयो, “जति नै धनी भए पनि सामाजिक सुरक्षा भत्ता लिन्न भन्ने कोही छैन ।” बच्चा लिएर एक व्यापारी मर्सिडिज कारमा आफ्नो कार्यालयमा छोराको पोषणा भत्ता लिन आएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीलाई सामाजिक सुरक्षा भत्ता चाहिँदैन भनेर उदारता देखाउने भेट्नै मुस्किल छ ।”
नारायणगढमै पर्ने वडा नं १ का सचिव मधुराम दुवाडी राज्यले सामाजिक सुरक्षा भत्ता शीर्षकमा दिएको सुविधा नारायणगढकी समाजसेवी मैयाँदेवी श्रेष्ठ र महेश्वरलाल श्रेष्ठबाहेक आफ्ना वडाका कसैले लिन्न नभनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “महेश्वरलालले लिन्न भन्नुहुन्थ्यो, उहाँ बितेर जानुभयो, मैयाँदेवीले म लिन्न नहुनेलाई दिनुपर्छ भन्नुहुन्छ ।”
जिल्लामा अधिकांश सरकारी कार्यालय रहेको सम्पन्न क्षेत्रका रूपमा परिचित महानगरको वडा नं १० का अध्यक्ष अरुण पीडित भण्डारीले सबैले सामाजिक सुरक्षा भत्ता लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निवृत्तिभरण पाउनेले सामाजिक सुरक्षा भत्ता पाउँदैनन्, अरुले म लिन्न भनेर कसैले भन्न आएका छैनन् ।”
उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम आफूले चिनेजानेका र परिवारका सदस्यलाई सामाजिक सुरक्षा भत्ता नलिन अनुरोध गर्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सम्पन्नहरुले राज्यबाट प्राप्त हुने यस्ता सुविधा लिनु उचित हुँदैन ।” राष्ट्र बैंकमार्फत् दिइने ब्याजको सहुलियत रकमसमेत सक्नेले लिन नहुने तर्क राख्दै उहाँले भन्नुभयो, “जसले सक्दैन, त्यसलाई सहयोग गर्नुपर्छ ।”
भरतपुर महानगरपालिकाको सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम हेर्नुहुने तुलसीप्रसाद श्रेष्ठका अनुसार राज्यले ७० वर्षमाथिका सबै जेष्ठ नागरिकलाई मासिक रु तीन हजार दिँदै आएको छ । यो रकम आगामी साउन १ गतेदेखि रु चार हजार हुँदैछ । यस्तै दलित जेष्ठ नागरिकले ६० वर्ष कटेपछि मासिक रु दुई हजार पाउँछन् । एकल महिलाले रु दुई हजार, दलित बालबालिकाले पोषण भत्ताबापत रु ४०० र पूर्ण अपाङले रु दुई हजार एवं आंशिक अपाङ्गले रु एक हजार ६०० मासिक भत्ता पाउँछन् । यी भत्तामा आगामी साउन १ गतेदेखि ३३ प्रतिशतले वृद्धि हुँदैछ ।
भरतपुर महानगरमा मात्रै वार्षिक रु ६९ करोड हाराहारी सामाजिक सुरक्षा भत्ता वितरण हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भत्ता लिन नचाहनेहरुले पालिकामा स्वयं घोषणा गरेमा उनीहरुलाई पुरस्कृत र सम्मान गरेर सार्वजनिक गर्ने व्यवस्थासमेत रहेको छ । यद्यपि हालसम्म महानगरमा स्वयं घोषणा गर्न कोही नआएको उहाँले बताउनुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र भट्टराईका अनुसार जिल्लाका सात पालिकामार्फत वार्षिक रु एक अर्ब ४८ करोड ४७ लाख निकासा हुँदै आएको छ । यो रकम आगामी आर्थिक वर्षमा ३३ प्रतिशतभन्दा बढीले थपिने छ ।
दिपेन्द्र परियार
बागलुङ, ८ असार २०७८ ।
बरेङ गाँउपालिकाले शिक्षा सम्बन्धि रेडियो कार्यक्रमलाई प्राथमिकता दिएपछि लक्षित वर्गहरु खुशी भएका छन् । बागलुङको बरेङ गाँउपालिकाले बिषयगत क्वीज रेडियो कार्यक्रमलाई नयाँ आर्थिक वर्ष २०७८÷०७९ मा निरन्तरता दिएसँगै बिद्यालय, शिक्षक, बिद्यार्र्थी र अविभावकहरु उत्साहित भएका हुन् ।
प्रायजसो खेलकुदमा रमाउने बालबालिकालाई रेडियो कार्यक्रमले स्वःअध्ययन तर्फ केन्द्रित गराएको भन्दै बरेङ गाँउपालिकाले नयाँ आर्थिक बर्षभरिका लागी बजेट विनियोजन गरिदिएपछि अविभावकहरुले गाउँपालिकालाई धन्यवाद दिएका छन् ।
रेडियो कार्यक्रमले निरन्तर बिद्यार्थीलाई अध्ययनशिल बनाउने मात्र नभई उनिहरुको प्रतिभा पहिचानदेखि विषयगत शिक्षक, बिद्यालय, अविभावक समेतलाई क्रियाशिल बनाएर स्थानिय सरकार सँगको सम्बन्धलाई पनि सकारात्मक बनाएको बिषयगत क्वीज रेडियो कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएकोमा महेन्द्र माध्यामिक बिद्यालयका प्रधानाध्यापक खिम बहादुर पुनले खुसी व्यक्त गर्नुभयो ।
“विषयगत क्वीज रेडियो कार्यक्रम अत्यन्तै प्रभाबकारी छ” पुनले भन्नुभयो “बरेङ गाँउपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिएकोमा हामी थप उत्साहित भएका छौ, बिगतको तुलनामा कार्यक्रमलाई थप व्यवस्थित र प्रभाबकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा सबै सँग छलफल गरेर छिट्टै सञ्चालन गर्नु पर्छ”
बरेङमा यो कार्यक्रम निकै प्रभाबकारी तथा लोकप्रिय बनेपछि अबको आर्थिक बर्षमा पनि रेडियो कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
“बन्दाबन्दी को समयमा बिद्यार्थीको सिकाई क्रियाकलापलाई निरन्तरता दिन स्थानीय सञ्चारलाई उपयोग गरौ भन्ने लाग्यो र त्यहि अनुसार यो कार्यक्रम लिएका थियौ” अध्यक्ष शर्माले भन्नु भयो “बरेङमा यो कार्यक्रम सफल र प्रभाबकारी भएपछि आउने आर्थिक बर्षमा समेत यसलाई निरन्तरता दिएका छौ”
आर्थिक बर्ष ०७७÷०७८ मा बन्दाबन्दीको समयमा परिक्षणको रुपमा हप्तामा १ दिन सञ्चालन गरिएको रेडियो कार्यक्रम बरेङमा निकै प्रभाबकारी तथा लोकप्रीय बनेपछि गत बैशाख ३१ गतेबाट असार ३ गते सम्म दैनिक १ घण्टा रेडियो बिहानी ८९ मेगाहर्ज बरेङबाट सञ्चालन गरिएको थियो । बन्दाबन्दीको अबस्थामा मात्रै नभई अन्य समयमा पनि कार्यक्रम प्रभावकारी हुने सबै सरोकारवालाहरुको सुझाब र माग अनुसार नयाँ आर्थिक बर्षभरिका लागी ३ लाख रकम बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । कार्यक्रम श्राबण १ गते बाट पुनः सञ्चालन हुने अधिकृत थापाको भनाई छ ।
बरेङमा रेडियो कार्यक्रम प्रभाबकारी भएपछि अन्य पालिकाका विद्यार्थीहरुले समेत यस्ताखाले कार्यक्रमको माग गरेका छन । कार्यक्रम बरेङ बजारमा रहेको सामुदायीक रेडियो बिहानी ८९ मेगाहर्ज र कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज बाट प्रशारण भएको थियो ।
बरेङ गाउँपालिकाले आमसञ्चारका माध्यामहरुलाई भरपुर प्रयोग गरेर प्रभावकारी रुपमा कार्यक्रमहरु गरिरहेको छ । शिक्षा, स्वास्थ्य, कृषि लगाएतका कार्यक्रमहरुलाई जनस्तरसम्म प्रभावकारी ढंगले सञ्चालन गर्न रेडियो कार्यक्रम मार्फत सचेतना दिइने गरिएको छ ।
Breaking News: जैमिनीमा फेरि निषेधाज्ञा थपियो: केहि क्षेत्र खुकुलो, बैंक दैनिक खुल्ने
बागलुङ, ७ असार २०७८ ।
जैमिनीमा जारी निषेधाज्ञाको अवधी पुनः थप भएको छ । बागलुङको जैमिनी नगरपालिकामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
सोमबार बसेको सरोकारवालाहरुको बैठकले असार १५ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । यस अवधिमा जिल्ला प्रशासन कार्यलय बागलुङले तोके अनुसारको मोडलमा निषेधाज्ञा गरिने बैठकले निर्णय गरेको छ ।
अत्यावश्यकका पसलहरु मध्ये तरकारी, फलफूल, दुध र खाद्यन्नका पसलहरु दिनको एक पटक बिहान ७ देखि १२ बजेसम्म मात्र खोल्न पाइने र बाँकी सबै पसलहरु बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलयले जारी गरेको सूचनाको आधारमा जैमिनीमा रहेका बैंक तथा बित्तिय संस्थाहरु दैनिक ९ बजेदेखि १२ बजेसम्म खुल्नेछन् ।
सूचनाको वेवास्ता र अटेरी गर्नेलाई कारवाही गरिने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यलय बागलुङले पनि यस अघि नै असार १५ गतेसम्मका लागि निषेधाज्ञाको अवधी थप गरिसकेको छ ।
जैमिनी सहित बागलुङ जिल्लाभर यसअघि थप भएको निषेधाज्ञा समय सोमबार राति १२ बजेसम्मका लागि तोकिएको थियो ।
जैमिनीकाे सूचना हेर्नुहाेस् ।
Breaking News: बागलुङमा निषेधाज्ञाकाे मिति फेरि थपियाे, सवारी जाेरबिजाेरमा चलाउन पाइने
बागलुङ, ७ असार २०७८ ।
बागलुङमा निषेधाज्ञाकाे मिति फेरि थपिएकाे छ । काेराेना संक्रमण नियन्त्रणमा नआएकाे भन्दै कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएसी) को बैठकले असार १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे ।
थप गरिएकाे निषेधाज्ञामा भने केहि क्षेत्रहरूलाइ खकुलाे बनाइएकाे संकट व्यवस्थापन केन्द्र (डिसिसिएसी) का संयाेजक तथा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयाे । छैटौं पटक थपिएकाे निषेधाज्ञामा नीजि सवारी साधनहरू जोर विजोर प्रणालीमा सञ्चालन गर्न पाइने भएकाे छ तर चारपांग्रे सवारीले ३ जना भन्दा बढि यात्रु राख्न पाइने छैन । सार्वजनीक सवारी साधनलाई भने अझैपनि चल्न नदिइने भएकाे छ ।
क तथा वित्तीय संस्था, सहकारी, मनी ट्रान्र्सफर र बीमा कम्पनी सहित सबै पसलहरु असार ८ गतेदेखि दैनिक खाेल्न पाइनेछ तर पसलहरू बिहान ७ बजेदेखि १२ बजेसम्म र वित्तीय संस्थाहरू बिहान ९ बजेदेखि १२ वजे सम्म सञ्चालन हुने भएका छन् । अत्यावश्यक सेवा, निर्माण, तरकारी, फलफूल, औषधी, अक्सिजन लगायत भने निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ ।