शुक्रवार सुर्यदेवकाे एक दर्शनले पनि सफलता मिल्छ, दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
तपाईंलाई आजको दिन प्रेममा सफलता प्राप्त होला, मनले इच्छाएका कुराहरू पूरा हुनाले मनमा एक प्रकारको उमंगको संचार होला, आजको दिन सुख सन्तोषका साथ बित्ला।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
शत्रुको पक्ष बलवान् हुनाको कारण बन्नै खोजेको काम बिग्रीनाले मनमा असन्तोष पैदा होला, मावली पक्षको स्वास्थ्यमा खराबी आउनाले दुखित हुनुपर्ला।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
आजको दिन तपाईंलाई पत्नीको सहयोग प्राप्त हुने समय रहेकोछ। धन,प्राप्ति तथा सामाजिक प्रतिष्ठामा वृद्धि होला, तपाईंको धैर्यता र गाम्भिरताले आजको दिन सफल रहला।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
आजको दिन अप्रिय समाचार आउनाले तनाव उत्पन्न होला, पृयजनबाटै धोका पाईएला, विभिन्न किसिमका मानिसहरूसंग भेट होला ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
आजको दिन अरुले तपाईंलाई विवादमा पार्न खोजे पनि आफै कमजोर होलान् , बिदेश यात्राका अवसर हरु पनि आउलान, धन खर्च हुने योग छ समयमै बिचार गर्नुहोला ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
तपाईंको आजको दिन अधुरा तथा पुराना कामबाट प्रगति होला। आजको दिन नया काम कारोबार शुरु गर्दा पनि राम्रो होला, आज दिनभर मन हर्षित रहला।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
आजको दिन तपाईंलाई आर्थिक तथा सामाजिक सेवाको अवसर मिल्ला सामाजिक पद प्रतिष्ठा प्राप्त होला, मनमा शान्ति तथा उत्साह प्राप्त होला।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
आजको दिन धैर्य तथा साहसले काम लिनुहोला, बिपरित लिङ्गी प्रतिको आकर्षणले विवादमा परिएला, आजको दिन बोल्दा सावधानी अपनाउनुहोला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
आजको दिन विभिन्न प्रकारका अवसरहरु आउलान, रत्न तथा रत्नादिको लाभ होला, संतान पक्षबाट सुख सन्तोष प्राप्त होला, दिउँसो तिर भने थोरै तनाव हुनसक्छ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
भाग्यले साथ दिने समय आएको छ , शत्रुहरु पनि हजुरका गोठाला होलान् , नयाँ बस्तु तथा बस्त्र प्राप्त होला ,शुभ समाचार आउनाले मन प्रसन्न होला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
आजको दिन स-साना अवरोध आउन सक्छ, कु संगतमा फसिएला सावधान रहनुहोला, पशुचौपाया वा हात हतियार बाट चोटपटक लाग्नसक्छ, आजको दिन हनुमानजीको आराधना गर्दा राम्रो होला।
काठमाण्डाै, ११ असार २०७८ ।
कोपा अमेरिका फुटबलमा उरुग्वेले बोलिभियालाई हराएकाे छ । बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जिता दर्ता गरेको हो ।
समूह ए कै अर्को खेलमा अहिले बिहान पौने ६ बजेबाट चिली र पाराग्वे खेलिरहेका छन् । समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ । जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ ।
तीन खेलमा पाँच अङ्क जोड्दै चिली दोस्रो र दुई खेलमा तीन अङ्क जोडेको पाराग्वे चौथो स्थानमा छ । यो समूहमा अर्जेन्टिना ७ अङ्कका साथ शीर्ष स्थानमा छ ।
बागलुङ, १० असार २०७८ ।
जैमिनी नगरपालिकाद्वारा ६४ करोड १३ लाख ७४ हजारको बजेट प्रस्तुत भएको छ । नवौं नगर सभा बाट नगर उप प्रमुख लीला राणाले बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले बजेटको खाका मात्रै प्रस्तुत गरेकाले आगामी नगर सभाको बैठकमा बजेट बाँडफाँड सहित पारित गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले शिक्षामा १ करोड २० लाख र कृषि तथा पशु कार्यक्रमको लागि १ करोड ३४ लाख छुट्याइएको छ । नगरपालिकाले ल्याएकाे बजेट पारित हुन भने बाँकी छ ।
पूर्णपाठ हेर्नुहाेस्
बागलुङ, १० असार २०७८ ।
जैमिनी नगरपालिकाद्वारा ६४ करोड १३ लाख ७४ हजारको बजेट प्रस्तुत भएको छ । नवौं नगर सभा बाट नगर उप प्रमुख लीला राणाले बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले बजेटको खाका मात्रै प्रस्तुत गरेकाले आगामी नगर सभाको बैठकमा बजेट बाँडफाँड सहित पारित गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले शिक्षामा १ करोड २० लाख र कृषि तथा पशु कार्यक्रमको लागि १ करोड ३४ लाख छुट्याइएको छ ।
बागलुङ, १० असार २०७८ ।
जैमिनी नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएकाे छ । बिहिबार नगर प्रमुख ईन्द्रराज पौडेलले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रम सर्वसममतले पारित गरेकाे हाे ।
कार्यक्रमको कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, जिल्लाखबर डटकम र जिल्लाखबर टिभी युटुव च्यानलबाट प्रत्यक्ष प्रशारण भैरहेकाे छ ।
जैमिनीकाे नीतिः आर्युवेद क्षेत्रलाई प्राथमिकता, कोरोना रोकथामका लागि आयुर्वेदको प्रयोग गरिने
बागलुङ, १० असार २०७८ ।
बागलुङको जैमिनी नगरपालिकाले आयुर्वेद पद्धतिलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ईन्द्रराज पौडेलले कोरोना रोकथामका लागि आयुर्वेदिक औषधिको प्रयोग गरिने बताउनुभयो ।
नियमित योग अभ्यासको लागि दमेक आयुर्वेद औषधालयमा योग हल निर्माण गरिने नगरपालिकाले नीति लिएको छ ।
कार्यक्रमको कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, जिल्लाखबर डटकम र जिल्लाखबर टिभी युटुव च्यानलबाट प्रत्यक्ष प्रशारण भैरहेकाे छ ।
जैमिनी नगरपालिकाकाे नगर सभा सुरू, नगर प्रमुखद्वारा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
बागलुङ, १० असार २०७८ ।
जैमिनी नगरपालिकाकाे नगर सभा सुरू भएकाे छ । बागलुङकाे जैमिनी नगरपालिकाकाे नवाैँ नगरसभा सुरू भएकाे हाे ।
नगर सभामा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पाैडेलले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएकाे छ ।
यस बर्ष नगरपालिकाले केहि थप कार्यक्रमहरु पनि ल्याएकाे नगर प्रमुख पौडेलले जानकारी दिनुभयो । शिक्षा अन्तरगत सामुदायिक विद्यालयहरुलाई प्रोत्साहन गरिने कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । सामाजिक विकासमा मनग्य रकम छुट्याउने तयारी गरेको नगरपालिकाले बाल शिक्षक र स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि उचित प्रोत्साहन गर्ने तयारी गरेको नगर प्रमुख पौडेलले बताउनुभयो ।
नगरसभामा प्रवेश गर्नेहरूकाे लागि मास्क र सेनिटाइजरकाे व्यवस्था गरिएकाे छ भने ज्वराे पनि नापिनेछ । स्वास्थ्य सुरक्षालाइ मध्यनजर गर्दै नगरसभा हलमा प्रवेश गर्ने ठाउँमा हेल्थ डेस्क राखिएकाे छ ।
जैमिनीकाे नगरसभा सुरू हुँदै, शुभेक्षा एफ एम र जिल्लाखबर बाट प्रत्यक्ष प्रशारण गरिने
बागलुङ, १० असार २०७८ ।
जैमिनी नगरपालिकाकाे नवाैँ नगरसभा सुरू हुन लागेकाे छ । बागलुङकाे जैमिनी नगरपालिकाकाे नवाैँ नगरसभा केहि बेरमा सुरू हुन लागेकाे हाे ।
कार्यक्रम नवनिर्मित कभर्डहलमा गर्ने तयारी भएकाे छ । ११ बजे सुरू हुने भनेपनि पानी परेका कारण केहि ढिला भएकाे नगर प्रमुख इन्द्रराज पाैडेलले बताउनुभयाे ।
नगरसभामा प्रवेश गर्नेहरूकाे लागि मास्क र सेनिटाइजरकाे व्यवस्था गरिएकाे छ भने ज्वराे पनि नापिनेछ । स्वास्थ्य सुरक्षालाइ मध्यनजर गर्दै नगरसभा हलमा प्रवेश गर्ने ठाउँमा हेल्थ डेस्क राखिएकाे छ ।
कार्यक्रमको कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, जिल्लाखबर डटकम र जिल्लाखबर टिभी युटुव च्यानलबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।
याे पनि पढ्नुहाेस् ।
बागलुङ, ९ असार २०७८ ।
जैमिनी नगरपालिकाले बिहिबार नीति तथा कार्यक्रम ल्याउने तयारी भएको छ । बागलुङ जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट वक्तव्य प्रस्तुत गर्न लागेको हो ।
बिहिबार ११ बजे जैमिनी नगरपालिका कार्यलय पछाडि रहेको नवनिर्मित कभर्डहलमा नगरसभा गर्ने तयारी भएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो ।
कोरोनाको महामारीका कारण भर्चुअल बिधिबाट कार्यक्रम गर्ने की ? भन्ने सोच गरेपनि त्यो सम्भव नभएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ ।
यस बर्ष नगरपालिकाले केहि थप कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । शिक्षा अन्तरगत सामुदायिक विद्यालयहरुलाई प्रोत्साहन गरिने कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।
“हामीले गत बर्षका केहि कार्यक्रमहरुलाई पनि निरन्तरता दिएका छौँ” जिल्लाखबर डटकमसँगको कुराकानीमा उहाँले भन्नुभयो “कृषिमा सबैलाई लाभ हुनेगरी बिभिन्न परियोजनाहरु सञ्चालन गर्ने तयारीमा छौँ जसले थोरै समुह सहित व्यक्ति व्यक्तिलाई समेत लाभ हुनेछ ।”
नगरपालिकाले सुन्दर घर, सुन्दर समुदाय तथा सुन्दर वस्ती बनाउन नयाँ कार्यक्रम ल्याउने उहाँको भनाई छ । सामाजिक विकासमा मनग्य रकम छुट्याउने तयारी गरेको नगरपालिकाले बाल शिक्षक र स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि उचित प्रोत्साहन गर्ने तयारी गरेको नगर प्रमुख पौडेलले बताउनुभयो ।
करिव ६४ करोडको बजेट ल्याउने तयारी गरेको नगरपालिकाले नयाँ बाटो खन्नेभन्दा बाटोलाई दिगो बनाउनेतर्फ बढि ध्यान केन्द्रित गरेको छ ।
कार्यक्रमको कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, जिल्लाखबर डटकम र जिल्लाखबर टिभी युटुव च्यानलबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।
मनाङ, ९ असार २०७८ ।
चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रुख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो ।
थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय पनि जोखिममा परेको छ । मङ्गलवार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।
गएकाे शनिवार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा, माटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ ।
सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षाले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले बताउनुभयो ।