सरकारको नीति तथा कार्यक्रम ; सेती लोकमार्ग र महाकाली करिडोर निमार्ण सरकारको प्राथमिकतामा
काठमाडौं । सरकारले रणनीतिक महत्त्वको सेती लोकमार्ग र महाकाली करिडोर निमार्णलाई प्राथमिकतामा राखेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।मंगलबार संघीय संसद्को संयुक्त बैठकमा उनले भने, “रणनीतिक महत्त्वका सेती लोकमार्ग तथा महाकाली करिडोरका ट्र्याक तथा संरचना निमार्णलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।”
जेठ ०१, बाैनिया । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीले आफ्नो स्थापनाको ३५औं वर्षगाठ मनाउने क्रममा मंगलबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा रहेको असाहयका लागि सहयोगी हातहरु नेपालद्धारा सञ्चालित सहारा घरमा सहयोग हस्तान्तरण गरेको छ ।सहयोग हस्तान्तरण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचन रहनु भएको थियो भने कार्यक्रमका विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओली रहनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य कपेन्द्र रावल (कमल),नेकपा एमाले माेहन्याल गाउँ कमिटी अध्यक्ष भवानी प्रसाद देवकाेटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बाेल्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचनले राष्ट्रिय युवा संघ नेपाली युवा हरु गाेलबद्घ रुपमा रहेकाे युवाहरुकाे सबैभन्दा ठुलो संगठन भएको जिकिर गर्दै युवाहरु सधैं परिवर्तनको पक्षमा रहनुपर्ने कुरामा जाेड दिनु भएको थियो ।
साेहि अवसरमा अगाडि बाेल्दै तुलाचनले युवाहरू परिवर्तनका संबाहक भएकाले युवाहरु आबद्ध रहेका संगठन का क्रियाकलाप फरक हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओलीले राष्ट्रिय युवा संघ नेपाल स्थापनाकाे ३५ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेकपा एमाले पार्टिलाइ मजबुत बनाउने महत्त्वपूर्ण जिम्मेवार राष्ट्रिय युवा संघ नेपालको काधमा रहेको बताउदै सोही बाटाेमा एक भएर अगाडि बढ्न सबैलाई अनुरोध गर्नुभएको थियोे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एव बर्दगाेरिया गाउपालिका इञ्चार्ज रामचन्द्र कठरिया , राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य विराज धमाला लगाएता राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य र विभिन्न पालिकाका अध्यक्ष हरुकाे सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य राजेन्द्र रावलकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन जिल्ला कमिटी उप सचिव छत्र बुढाले गरेका थिए ।
जीविकोपार्जनका लागि बाख्रा वितरण
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित विशालनगरका विपन्न ,एकल महिला ,मुक्तकमैया तथा मुक्तकमलहरीलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो।
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनगढी, कैलालीको सहयोगमा लालिगुरास समुह विशालनगरमार्फत यहाँका विपन्न ,दलित ,एकल महिला, मुक्तकमैया तथा मुक्तकमलहरी गरि १० जनालाई बाख्रा वितरण गरिएको हो ।सोमबार एक कार्यक्रमकाबिच सुदुरपश्चिम् प्रदेश सरकारका निवर्तमान भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बाख्रा वितरण गरेका हुन । सो क्रममा उनले सधै आफू विपन्न ,गरिब असाहयको आर्थिक सशक्तीकरणका लागि लागि पर्ने बताए ।समुहका अध्यक्ष गणेश बहादुर विस्वकर्माको सभाध्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु, वडा सदस्य धनसरा सुनार,पशु सेवा शाखा पृथ्वीपुरका पशु प्राविधिक युवराज कठरिया लगाएतको उपस्थिति थियो ।
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
३१ वैशाख,काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.२३ रुपैयाँ रहेको छ ।यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२६ रुपैयाँ रहेको छ ।
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवा सुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो । नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमार्फत नै प्राथमिकतामा समेटिन लागेको हो । विद्यालयको भौतिक संरचनालाई मात्र होइन शैक्षिकस्तर सुधार अपरिहार्य भएकाले सम्भव भएसम्म अधिकतम बजेट छुट्याउने योजना रहेको उनले बताए ।
वडाहरूलाई अब स्वायत्त बनाइने गरी थप १० करोड रकम विनियोजन गरिनेछ । वडाको जनसङ्ख्या, भूगोल, उत्पादन, कर सङ्कलनको अवस्थालगायत मापदण्डका आधारमा बजेट दिइने छ,” नगरप्रमुख श्रेष्ठले भने । राज्यकोषबाट सुविधा लिनेले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाउनुपर्नेमा जोड दिए। हाल नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् ।
कस्तो रहला आजको मौसम ? यस्तो छ पुर्वानुमान
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा हुनेछ ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाे छ ।
डिजेल र मट्टीतेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ पुगेको छ ।दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा प्रतिलिटर १५८ रुपैयाँ पुगेको छ ।तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ ।पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ बढाएर १३७ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलो लिटर सात डलर वृद्धि गरिएको निगमले जनाएको छ ।
कैलाली। मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेतीको विस्तार सुरु भएको छ ।कैलाली र कञ्चनपुरमा अभियानकै रूपमा गर्न लागिएको वसन्ते मकैखेतीका लागि सरकारले बीउमा अनुदान, सिँचाइ र अन्य प्राविधिक सहयोग गरेको छ । वसन्ते मकैखेती विस्तारलाई विशेष कार्यक्रममा समावेश गरिएको कैलाली कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले जानकारी दिए ।मुख्यमन्त्री बृहत् तथा विशेष कार्यक्रममा समेटिएको वसन्ते मकैखेती पहिलो वर्ष कैलालीको गौरीगङ्गा, घोडाघोडी, कैलारी, जानकीनगर, लम्कीचुहा, टीकापुर र कञ्चनपुरको पुनर्वास, बेलडाँडी, बेलौरीलगायत क्षेत्रमा गरिएको छ । कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको खेती आगामी तीन वर्षभित्रमा थप क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य छ ।प्रदेश सरकारले वसन्ते मकैखेतीबाहेक चिप्स बनाउन प्रयोग हुने आलुखेती र मसिनो धानखेतीलाई पनि विशेष कार्यक्रममा समावेश गरेको छ ।“दाना उद्योगलाई चाहिने कच्चा पदार्थ स्थानीय क्षेत्रबाट नै प्राप्त होस् भन्ने उद्देश्यले मकैखेती विस्तार गर्न लागिएको हो”, ज्ञान केन्द्रका प्रमुख शर्माका अनुशार, “यसबाट किसानको आयआर्जन वृद्धि हुने र विदेशबाट आयात गरिने दानाको परिमाण घट्दै जानेछ ।”कैलाली, कञ्चनपुरमा सञ्चालनमा रहेका दाना उद्योगका लागि आवश्यक पर्ने मकैलगायतका कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ । चालु आर्थिक वर्षको नौ महिनामा भारतबाट गड्डाचौकी नाका हुँदै रु १७ करोड बराबरको ४५ लाख ८३ हजार किलो मकै भित्रिएको छ ।
प्रदेशका सबै जिल्लामा झण्डै ४५ हजार एक सय ९५ हेक्टर जग्गामा बर्खे मकै र वसन्ते मकैखेती गरिएको भए पनि क्वारेन्टीइन कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले स्थानीय क्षेत्रमा दाना उद्योगका लागि चाहिने मकै पर्याप्त उत्पादन नहुँदा भारतबाट आयात भइरहेको बताए।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.९४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०३ रुपैयाँ रहेको छ ।