बर्दगोरिया ६ मा संचालित घर रङ्ग रोगन तथा वाल पेन्टिङ्ग सम्बन्धि आधारभुत तालिम सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा संचालित घर रङ्ग रोगन तथा वाल पेन्टिङ्ग सम्बन्धि आधारभुत तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत बेरोजगार युवायुवतीहरुलाई सिप सिकेर उद्यमी बनाउने उदेश्यले तालीमको आयोजना गरीएको थियो ।पछिल्लो समय युवायुवतीहरु रोजगारी नपाएर विदेश पलाएन भईरहेको अवस्थामा उनीहरूलाई आर्कसित गराउदै उद्यमी बनाउने उदेश्यका साथ सीपमुलक तालिम अन्तर्गत गत वैशाख २९ गतेदेखि घर रङ्ग रोगन तथा वाल पेन्टिङ्ग सम्बन्धि आधारभुत तालिम संचालन गरिएको थियो ।
१५ दिनसम्म संचालन भएको आधारभुत तालिमको शनिबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यतामा समापन गरिएको छ । सो अबसरमा बोल्दै उनले तालिमका सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो । उहाँले रोजगार पाएन भनेर बिदेश पलाएन हुनु भन्दा पनि नेपालमै बसेर केही गर्न सुझाब दिनुभयो ।
कार्यक्रममा वडा सदस्य हिक्मत कठायत र धनसरा विकले बेरोजगार युवायुवतीहरुलाई प्रदान गरिएको सिपमुलक तालीम निकै उपलब्धिपुर्ण हुनुपर्ने बताउनुभयो । उहाँले तालीम सिकेर मात्र नभई व्यवहारमा लागु गरेर एक सफल उद्यमी बन्न सुझाव समेत दिनुभयो ।
तालीमका सहभागीहरुलाई विवेक आर्ट्सका संचालक तथा प्रशिक्षक बुद्धि सिंह डगौरा थारुले वाल पेन्टिङ, साइनबोर्ड लेखाई, भित्ते लेखन, हाउस पेन्टिङ लगायतका बारेमा सीप प्रदान गर्नुभएको थियो । तालीममा वडा नम्बर ६ का २२ जना युवायुवतीक सहभागीता रहेको थियो ।
तालीमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् ।
वैशाख १२,बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को कार्यालयले जथाभावी आगो नलगाउन आग्रह गरेको छ । पछिल्लो केही दिनयता प्रतिकुल मौसमका कारण बढी हावाहुरी चलिरहेको भन्दै यसप्रति सचेत रहन आग्रह गरेको हो ।कार्यालयले बुधबार सूचना जारी गर्दै यतिबेला केही किसानले गहुँबाली भित्राइसकेको र केहिले अझैपनी बाली भित्राउन बाकी रहेको हुँदा आगलागीजन्य कुनैपनी क्रियाकलाप नगर्न भनेको हो ।
आगलागीजन्य कारणबाट जनधनको ठूलो क्षति हुने तथा केही दिन अगाडि मात्रै आगलागीबाट पालिकाभित्रकै वडामा किसानले लगाएको गहुँबालीमा ठूलो क्षति पुगेको भन्दै सचेत रहन सूचनामार्फत आग्रह गरेको हो ।
यदी यस सूचनालाई अटेर गरि आगलागीजन्य क्रियाकलापबाट कोही कसैको क्षति भएको खण्डमा जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४(१) बमोजिम ५ लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक हजार १०० रुपैयाँ घटेर कारोबार भएको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । पछिल्लो वर्षमा श्रम स्वीकृति लिएर सात लाखभन्दा बढी नेपाली विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन्।
अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो। जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो।
वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए। यो तथ्यांक हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको पुष्टि हुन्छ। विभागका अनुसार यो वर्षको सो अवधिमा सबैभन्दा धेरै चैत महिनामा ७० हजार ९३३ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन्।
२०८० सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (यूएई) भएको छ। विभागका अनुसार सो अवधिमा सात लाख ११ हजार ३५१ जनाले श्रम स्वीकृति लिएकोमा यूएईका लागि लागि एक लाख ६३ हजार ७६८ जनाले श्रम स्वीकृति लिएका छन्।
अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बनेको छ। यो अवधिमा दोस्रो श्रम गन्तव्य कतार भएको छ। यो समाचार सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार २०० रुपैयाँ घटेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३८ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.१० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.८६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२३ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३१ रुपैयाँ रहेको छ ।
चैत १७, बाैनिया । लघुवित्त कर्मचारी मञ्च बाैनियाकाे आयाेजनामा शनिबार वित्तीय शाक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक संकट हुन गई ठूलो वित्तीय क्षति समेत व्यहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अबस्थालाई न्यूनीकरण गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।
सोही अबसरमा कैलालीको बर्दगोरियामा वित्तीय शाक्षरता सम्बन्धि सचेतनामुलक र्यालि सहितअन्तरक्रिया कार्यक्रममा गरिएको हो ।कार्यक्रम बर्दगाेरिया गाउँपालिमा क्रियाशिल रहेका विभिन्न लघुबित्तहरुमा कार्यरत कर्मचारीसहित सवाग्राहिहरुकाे सहभागिता रहेको थियो । र्यालिमा सहभागीहरुले जनताको बचतकाे सुरक्षा गराै, याेजनाबद्ध बचत गराै ! भबिष्य सुनिश्चित बनाऔं , वित्तीय साक्षरता अभियान सफल पाराै, कर्मचारी माथि दुर्ववहार गर्न पाइदैन लगायत प्लेकार्ड बोकेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गाैतमले लघुवित्तहरु दैनिक गुजारा गरेर बस्ने आम जनसमुदायको सुख दु;खकाे सारथि रहेको बताए । उनले कर्जा मिनाहा हुने भ्रममा दुर्गा प्रसाईं जस्ता गलत व्यत्तिहरुका पछाडि नलाग्न समेत आग्रह गरे । गाैतमले लघुवित्तहरुले समेत आफ्नो सामाजिक उत्तरदायित्व बिर्सन नहुने भन्दै त्यसका लागि गाउँपालिका संग समन्वय गरेर अघाडि बढ्न आग्रह गरे ।
साे अवसरमा कार्यक्रमका विशिष्ट अतिथि बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गाेबिन्द बि.कले लघुवित्तहरुले कर्जा लगानी गर्नमा मात्र ध्यान नदिएर सेवा प्रवाह र सामाजिक कार्यमा समेत सक्रिय हुदै जानुपर्ने कुरामा जाेड दिए ।
कार्यक्रममा हिमालयन लघुवित्तका शिवराज उपाध्याय,एन आइसि एसिया लघुवित्तका प्रदेश प्रमुख लभ शुदन सिंह, स्वराेजगार लघुवित्तका अनुगमन प्रमुख विजय नारायण ठाकुर , इन्फिनिटि लघुवित्तका अनुगमन प्रमुख बिनाेद भट्टराई लगाएतले वित्तीय शाक्षरता भनेको के हाे ? लघुवित्तले गर्ने काम, कर्जा लिदा ध्यान दिनुपर्ने कुरा , समयमा कर्जा नतिर्दा हुने अप्ठ्यारो , कर्जाको सदुपयोग गर्ने तरिकाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बर्दगाेरिया गाउँपालिकामा क्रियासिल विभिन्न १८ लघुवित्तमा कार्यरत कर्मचारी र सेवाग्राही हरुकाे सहभागिता रहेको थियो । कार्यक्रम लघुवित्त कर्मचारी मञ्च बाैनियाका अध्यक्ष दुर्गा दत्त जाेशिकाे अध्यक्षतामा भएको हाे । मञ्चले केही दिन अगाडि रक्तदान कार्यक्रम समेत सम्पन्न गरेकाे थियो ।