काठमाडौ । नेपाल राष्ट्र बैंकले आज मंगलबार (१८ माघ) को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ आठ पैसा र बिक्री दर ११९ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ आठ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ११ पैसा र बिक्री दर १६० रुपैयाँ ९२ पैसा छ ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७४ पैसा र बिक्री दर १२८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९७ पैसा र बिक्री दर ८४ रुपैयाँ ३९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९४ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७४ पैसा र बिक्री दर ३१ रुपैयाँ ९० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७१ पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८५ पैसा र बिक्री दर नौ रुपैयाँ ९० पैसा कायम भएको छ ।
बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौँ । सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ ।
सिजनमै चिनीको मुल्यमा कालोबजारी
काठमाडौं । उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् । व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।
उन्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको मूल्य प्रतिकिलो एक सयबाट नघटेपछि उपभोक्ता अधिकारकर्मी र उपभोक्ताले यसलाई सामान्य रूपमा लिएका छैनन् । सरकारका उच्च कर्मचारी र उद्योगी व्यवसायीको मिलेमतोमा चिनीमा मनलाग्दी मूल्य लिने गरिएको हो ।
चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङ कर्पाेरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको उपभोक्ताकर्मीको भनाइ छ ।
साल्ट ट्रेडिङसँग चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ ।
‘अहिले चिनी उत्पादन हुने सिजन हो, यही सिजनमा किलोकै १ सय रुपैयाँ लिनु भनेको त अचाक्ली नै हो,’ उपभोक्ताकर्मी बानियाँले भने, ‘आफ्नै आँखा अगाडि कालोबजारी भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको झन लाजमर्दाे हो । बजार अनुगमन गरी मूल्य नियन्त्रणमा लिनुपर्ने सरकार किन कानमा तेल हालेर बसेको छ, बुझिनसक्नु छ ।’
सरकारले यसपटक साल्ट टे«डिङलाई चिनी आयातको अनुमति नदिएकाले पनि चिनीमा व्यापारीहरूको मनलाग्दी भएको हो । ‘यदि साल्ट टे«डिङसँग मौज्दात चिनी थियो भने व्यापारीले चिनीमा मनलाग्दी गर्न पाउने थिएनन् । उपभोक्ताले पनि अहिलेभन्दा सस्तोमा चिनी उपभोग गर्न पाउँथे,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँ भन्छन् ।’
विगतका सरकारले साल्ट टे«डिङलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिने गरेको थियो । चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति नदिँदा हाल साल्ट टे«डिङसँग बिक्री गर्न चिनी छैन ।
मौज्दात चिनी हुँदा साल्ट टे«डिङले पछिल्लोपटक उपभोक्तालाई प्रतिकिलो ७९ रुपैयाँ ५० पैसामा बिक्री गरेको थियो । साल्ट टे«डिङसँग मौज्दात चिनी हुँदा व्यापारीले उपभोक्तासँग मनपरी मूल्य लिने गरेका थिएनन् ।
नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन पनि चिनी उद्योगी व्यवसायीहरूको मुठीभित्र रहेकाले व्यापारीले चिनी उत्पादन हुने सिजनमै उपभोक्ताबाट मनपरी मूल्य लिने गरेको बताउँछन् ।
‘सरकार आमनागरिकको हितभन्दा उद्योगी व्यवसायीको समर्थनमा काम गर्छ,’ अध्यक्ष महर्जनले भने, ‘अहिले उद्योगी व्यवसायीले भारतबाट सस्तोमा चिनी आयात गर्छन् । सोही चिनी स्वदेशी उत्पादन हो भन्दै उपभोक्तालाई महँगोमा बिक्री गर्ने गरेका छन् । यो कुरा सरकारलाई थाहा छ । तर, पनि मौन छ ।’
‘भारतमा अहिले खुद्रा पसलमा चिनी प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा पाइन्छ । सोही चिनी ४० प्रतिशत भन्सार र ढुवानी भाडा जोड्दा नेपाली उपभोक्ताले प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्म पाउनुपर्ने हो,’ महर्जनले भने, ‘तर, चिनी उद्योगी व्यवसायीले सरकारलाई हात लिएर अनुदान लिने र भारतबाट चिनी आयात गरी स्वदेशी उत्पादन हो भनेर महँगोमा बिक्री गरेका छन् ।’
चिनी उत्पादन संघका अध्यक्ष सशिकान्त अग्रवाल अहिले उपभोक्ताले प्रतिकिलो चिनी ९० देखि ९२ रुपैयाँमा उपभोग गर्न पाउनुपर्ने बताउँछन् । सरकारले उखुको मूल्य बढाएको र विगतभन्दा ढुवानी भाडा, बैंक ब्याजदर बढेका कारणले चिनी उत्पादन लागत बढ्न जाँदा केही मूल्य बढेको अध्यक्ष अग्रवालले बताए ।
‘किलोको सय रुपैयाँ चाहिँ बढी नै हो,’ अग्रवालले भने । उनले चिनीमा व्यापारीले बढी मूल्य लिए सरकारले बजार अनुगमन गरी नियन्त्रणमा लिन सक्ने बताए ।
उद्योग, वाणिज्य उपभोक्ता संरक्षण विभागका निर्देशक प्रेमकुमार श्रेष्ठले भने कोभिडका कारण अनुमगन गर्न पर्याप्त जनशक्ति नभएको बताए । बजार मूल्य अध्ययन गरी चिनीमा बढेको मूल्यमा विभागले अनुगमन गर्ने उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा बित्तिय कारोबार गर्दै आएका बैंकहरुले सेवा लिन आउने ग्राहकहरुका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य लागू गरेका छ्न ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम वढेसंगै सरकारले सार्वजनिक स्थलमा जादा खोप कार्ड अनिवार्य लागुगरेपछि बर्दगोरियामा बित्तिय कारोबार गर्दै आएका प्रभु बैंक र सानिमा बैंकले
पनि खोप कार्ड अनिवार्य गरेका हुन ।
हामीले कोभिडको सुचाती चरणबाटै मास्क अनिवार्य गरेका थियौ, पछिल्लो समय
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम वढेसंगै सुरक्षा साबधानीका लागि खोप कार्ड पनि लागू गरेका छौ । जसबाट सेवा प्रहाहमा सहजता हुनेछ बैंकका कर्मचारीले भने ।
जसअनुसार कुनै पनि सेवा लिन जाँदा व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ । कार्ड नै नबोकेर मोबाइलबाट खोप कार्डको फोटो देखाएर पनि सेवा लिन सकिनेछ ।
स्वास्थ्य सुरक्षा सावधानीका लागि यो नियम लागू गरिएको बताईएको छ । यो नियम संगै अब ग्राहकहरुले सेवा लिन जादा आफुले कोभिड विरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने छ ।
खोप लगाउन अन्यौलता नहोस् र सेवाग्रहीले सहज रूपमा सेवा पाउन र स्वास्थ्य सुरक्षाको लागि भन्दै गरिएको यो निर्णयले जोखिम न्यूनीकरणमा समेत सहयोग मिल्ने अपेक्षा लिइएको छ ।
काठमाडौं । दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर अझै त्यो कार्यान्वयमा नआएकोप्रति किसानसँग सम्बन्धित सङ्घसंस्थाले आपत्ति जनाउँदै सो माग गरेको हो ।
यसबीचमा पशुलाई खुवाउने पराल, दाना, चोकर, औषधिलगायतको मूल्य अत्यधिक वृद्धि भएको छ तर दूधको मूल्य वृद्धि नभएका कारण किसान मर्कामा परेको बताउँदै महासचिव आचार्यले दूधको मूल्य वृद्धि नहुने हो भने दुग्ध क्षेत्र नै धराशायी हुने बताए । डेरी उद्योगीहरूले दूध नपाएर विदेशबाट आयात गर्न पाउनुपर्छ भनी कृषि मन्त्रालयसँग माग गरेका छन् ।
कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा। प्रकाश सञ्जेलले मन्त्रालय दूधको मूल्य वृद्धिमा सकारात्मक रहेको बताए । “बोर्डले तयार पारेको प्रतिवेदन अध्ययनपछि कृषिमन्त्री महिन्द्रराय यादवले दूधको मूल्य वृद्धिको प्रस्ताव मन्त्रिपरिषद्मा लग्नुभएको छ,” त्यहाँबाट पास भएपछि त्यो तत्काल कार्यान्वयन हुने उनले बताए। बोर्डले दिएको प्रतिवेदनमा प्रतिलिटर दूधमा १० रुपियाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ ।
हाल उपभोक्ताका लागि प्रतिलिटर ६५ रुपियाँमा बिक्री वितरण भइरहेको छ । बोर्डले सबै सरोकारवालालाई राखेर एउटा समिति गठन गरेको थियो । सोही समितिमार्फत सातवटै प्रदेशमा अध्ययन गराएर प्रतिवेदन तयार गरेको थियो ।
डडुवा रोगले आलु नष्ट
मान्म। कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरूले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरूले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो ।
आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरूले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताउनुभयो । “विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौँ”, उहाँले भन्नुभयो, “यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।”
नगरपालिकाको कृषि शाखाबाट अनुगमन गर्दा डडुवा रोगबाट आलु नष्ट भएको जानकारी आएको नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । “डडुवाले आलु नष्ट भएका किसानलाई राहत दिइनेछ ।”
केही बारीमा रोगले छुन नसकेपनि केहीबारीमा पुरै नष्ट भएको नगरपालिका कृषि शाखाका प्रमुख भक्तिप्रसाद पाण्डेले जानकारी दिनुभयो । “हामीले अनुगमन गर्दा रासायनिक विषादी प्रयोग गरेको तर प्राविधिक सरसल्लाह विना प्रयोग गरेको देखिएको हुनाले एकदमै डडुवा रोगको समस्या आएको पायौँ”, उहाँले भन्नुभयो, “रोग नियन्त्रण गर्न आवश्यक प्रक्रिया .थालेका छौ ।”
नुवाकोट। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र विभिन्न शीर्षकमा उठेको राजस्व रकम हिनामिनामा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र सहयोगी निलप्रसाद मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनीहरूले सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेकाले रु त्रिपन्न लाख एक हजार ८५६ बिगो कायम गरी निजहरूबाट असुलउपर हुनुपर्ने मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । गत चैत २४ गते राति सामाजिक भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकमा सङ्कलन भएको राजस्व कार्यालयबाटै हराएको भन्दै आयोगमा उजुरी परेको थियो ।
उक्त घटनाको अनुसन्धान हुँदा वडा सचिव राउत र कार्यालय सहायक गिरीले सामाजिक सुरक्षा रकम रकम बैङ्कबाट लिएर आएको तथा वडा सचिव, कार्यालय सहायक र सहयोगीको रहोबरमा कार्यालयको दराजमा राखिएको, दराजको सेफको चाबी वडा सचिव राउत र कार्यालय सहायक गिरीसँग रहेको र कार्यालयको चाबी सहयोगी मिश्रले बोकेको पाइएको आयोगले जनाएको छ ।
घटनापश्चात् कुनै पनि चाबी लगाएको ठाउँमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
गाउँपालिकाबाट ५३ लाख चोरी :वडा सचिव, कार्यालय सहायक र सहयोगी विरूद्धमा मुद्दा
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट ५३ लाख चोरी भएको विषयमा तीन जनाको विरूद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख चोरी भएको विषयमा वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्र विरूद्धमा मुद्दा दर्ता गरेको हो । आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले शुक्रबार विशेष अदालत काठमाडाैँमा मुद्दा दयार गरेको जानकारी दिनुभएको छ ।
अख्तियारले जारि गरेको विज्ञप्तिमा अनुसार – “भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रु.५३,०१,८५६।– (अक्षेरुपी त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ) कायम गरी सजाय हुन साथै, ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजहरु सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको” गरिएको छ ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काँग्रेसका सांसद दिव्यमणी राजभण्डारीको संयोजकत्वमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमिति गठन गरेको थियो ।
उक्त उपसमितिले नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर लगायतका पदाधिकारीसँग छलफल गरेको थियो । उपसमितिको माघ १२ गतेको निर्णय आज (शुक्रबार) सार्वजनिक गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम सम्बन्धमा छलफल हुँदा प्राधिकरणले २०७८ माघ १० गतेसम्म स्वदेशी तथा विदेशी विभिन्न संघसंस्थाहरूसँग १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ २८ पैसा बक्यौता रकम उठाउन बाँकी रहेको व्यहोरा प्रस्तुत भयो, उपसमितिको निर्णयमा भनिएको छ । बक्यौता रकम उठाउनका लागि प्राधिकरणलाई आगामी कार्ययोजना उपसमितिमा पेस गर्न भनिएको छ ।
उपसमितिले कोभिड-१९ को समयमा चार्टर्ड उठानमा भएको अनियमितता सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले पेस गरेको छानबिन प्रतिवेदन उपसमिति समक्ष पेस गर्न भनेको छ ।
गोकर्णको उपचारका लागि प्र ने संघ (भारत) पश्चिम मुम्बई नगर समितिद्वारा आर्थिक सहयोग
बौनिया,कैलाली । बोनम्यारो पीडित कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का ३६ वर्षिय गोकर्ण प्रसाद उपाध्यायको उपचारका लागि प्र ने संघ (भारत) पश्चिम मुम्बई नगर समिति (बाेरिवलि) ले आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावमा कोही कसैको पनि ज्यान जानू हुँदैन, एउटा व्यक्ति अप्ठ्यारोमा पर्दा सबैले सहयोग गर्नुपर्ने मानव धर्म पनि भएको भन्दै उपाध्यायको उपचारका लागि आर्थिक सहयोग गरिएको प्र ने संघ ( भारत) पश्चिम मुम्बई नगर समिति (बाेरिवलि) का
पदम बहादुर बमले बताए ।
आर्थिक अभावमा बोनम्यारो पीडित गोकर्ण उपाध्यायको उपचारमा समस्या नहोस भन्नका लागि रोजगारीका लागि भारतका विभिन्न स्थानमा कामगर्ने नेपालीहरु बाट संकलित नेपाली दस हजार रुपैयाँ समितिले उपाध्यायको लागि पठाएको थियो । सो रकम नेकपा एमाले बर्दगोरिया गाउँ कमिटीका सचिब देवेन्द्र शाहीमार्फत उपाध्यायको परिवारलाई आज हस्तान्तरण गरिएको हो ।
आर्थिक अभावले उपाध्यायको उपचारमा समस्या देखिएको समाचार सामाजिक संजाल र मिडियाबाट सार्वजनिक भएपछि समितिको नेतृत्वमा भारतका विभिन्न स्थानमा कामगर्दै आएका नेपालीले सहयोग गरेका थिए ।
बोनम्यारो पीडित उपाध्याय विगत केही बर्ष देखि ए प्लाष्टिक एनिमिया रोगले ग्रसित छ्न । बर्दगोरिया १ निवासी उपाध्याय यस क्षेत्रकै समाजसेवी र सहयोगी व्यक्तिका रूपमा चिनिन्छ्न । बर्दगोरिया गाउँपालिकाको एम्बुलेन्स संचालक समेत रहेका उपाध्याय दिनरात बिरामीको सेवामा खटिदै आएका थिए भने कोरोना महामारीमा समेत अहोरात्र सेवामा तल्लीन थिए । उपाध्यायको अहिले राजधानीमा उपचार हुदैछ ।