एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै
उदयपुर । नेकपा (एमाले)को आठौं जिल्ला अधिवेशनबाट गठित नया जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ ।
नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरी आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताउनुभयो । कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ ।
माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमीरेले बताउनुभयो । पार्टीलाई सुदृढ बनाउन पनि सो अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ । विसं २०७९ भित्र जिल्लामा पार्टीको साधारण सदस्यको सङ्ख्या तीस हजार पु्¥याइने र जिल्लामा एक घर एक सदस्य अभियान अगाडि बढाइएको उहाँले बताउनुभयो ।
कन्दमुलमा पनि नेपाल परनिर्भर
काठमाडौं । नेपालीहरूको विशिष्ट पर्व माघेसंक्रान्तिमा उसिनेर खाइने तरुल र विभिन्न प्रकारका कन्दमुलमा पनि नेपाल परनिर्भर रहेको देखिएको छ । माघेसंक्रान्तिका अवसरमा ठूलो मात्रामा कारोबार हुने कन्दमुलमा नेपाल भारतमा निर्भर रहनुपरेको हो ।
माघेसंक्रान्तिलाई लक्षित गरेर व्यापारीहरूले भारतबाट कन्दमुल आयात गरेर बिक्रीवितरण गर्दै आएका छन् । त्यसो त माघेसंक्रान्तिमा खाइने कन्दमुल स्वदेशमा उत्पादन नहुने होइन । पछिल्लो समय कतिपय नेपाली कृषकले तरुल व्यवसायी खेतीका रूपमा समेत गर्ने गरेका छन् । माघेसंक्रान्तिलाई स्वदेशकै उत्पादनले पर्याप्त हुने केही व्यापारीले दाबी गरे पनि भारतबाट समेत ल्याइने गरिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २८ पुसको तथ्यांकअनुसार माघेसंक्रान्तिमा खाइने १० प्रतिशत तरुल भारतबाट आयात भएको छ । यस्तै, सखरखण्ड ५५ प्रतिशत आयात भएको छ ।
कालीमाटी फलफूल तरकारी बजारमा विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले माघेसंक्रान्तिका लागि स्वदेशी उत्पादन तरुल नै पर्याप्त हुँदाहुँदै पनि १० प्रतिशत तरुल भारतबाट आयात भएको बताए ।
सखरखण्ड स्वदेशमा धेरै उत्पादन नहुने हुँदा ५५ प्रतिशत बढी भारतबाट नै आयात हुने गरेको उनले बताए । माघेसंक्रान्तिमा सखरखण्डभन्दा धेरै व्यापार तरुलको हुन्छ ।
सूचना अधिकारी श्रेष्ठले भने, ‘तरुलमा आत्मनिर्भर नै नभए पनि माघेसंक्रान्तिलाई पुग्ने पछिल्लो समय स्वदेशकै उत्पादन छ । तरुल नभई नहुने वस्तु नभएकाले आयात गरेर खानैपर्छ भन्ने छैन । तर, व्यापारीले व्यापार गर्न भारतबाट आयात गर्ने गरेको पाइएको छ ।’
गत वर्ष माघेसंक्रान्ति भारतबाट तरुल खासै आयात भएको थिएन । यो वर्ष भने १० प्रतिशत आयात भएको छ । खानलाई आयातीत तरुलभन्दा स्वदेशी उत्पादन नै राम्रो हुन्छ ।
भारतबाट आयात गर्दा पनि नेपाली बजारको माग आपूर्ति गर्न स्वदेशी उत्पादन नै पर्याप्त भएको उनको भनाइ छ । श्रेष्ठका अनुसार २८ पुससम्ममा भारतबाट ६५ हजार ३ सय १४ किलो तरुल र ७५ हजार ८ सय ६० किलो सखरखण्ड आयात भएको छ ।
कालिमाटी बजारमा सबैभन्दा धेरै सर्लाही र सुनसरीको तरुल र सखरखण्डको व्यापार देखिन्छ । कालिमाटी बजारमा आउने तरुलमध्ये ४६ प्रतिशत सर्लाहीको र १९ प्रतिशत सनुसरीको छ ।
यसैगरी, धादिङबाट ७ दशमलव शून्य २ प्रतिशत, चितवनबाट १ दशमलव ५ प्रतिशत नवलपरासीबाट शून्य दशमलव ९७, मकवानपुरबाट १ दशमलव ६२, काभ्रेबाट शून्य दशमलव ४४, झापाबाट ३ दशमलव १४, तनहुँबाट १ दशमलव २७ र गोरखाबाट शून्य दशमलव ४४ प्रतिशत तरुल आएको छ । श्रेष्ठले बजारमा तरुलका प्रकार हेरेर प्रतिकिलो ६० देखि २ सय ५० रुपैयाँसम्म बिक्री भएको बताए ।
पछिल्लो केही वर्षदेखि माघेसंक्रान्तिका लागि भारतबाट तरुल आयात गर्नु नपरेको कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष गीताप्रसाद आचार्यको दाबी छ । उनले स्वदेशमै उत्पादन भएको तरुलले बजारको माग धानेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
धनगढी । कैलालीको धनगढीमा आगामी माग १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित गरिएको छ ।
आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले बुधबार एक सुचना जारी कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महोत्सव स्थगित भएको जनाएको हो ।
कैलाली प्रशासनले पनि मेला महोत्सव नगर्न आदेश दिएपछि महोत्सव अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाइएको छ ।
काठमाडौँ । चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैङ्कले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधवार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।
महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैङ्कले चालु आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो ।
कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ ।
महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एसियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ ।
सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्व अर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।रासस
सुनको मूल्य बढ्यो,कति पुग्यो तोलाको ?
काठमाडौँ ।आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।
त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । तेजाबी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।
काठमाडौं।नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा फेरि गिरावट आएको छ । यो साताको तथ्यांक हेर्दा सुनचाँदीको भाउ घट्दै गएको देखिन्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताकाे पहिलाे दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएकोमा दाेस्राे दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ४६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
फेरि घट्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ?
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं।नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
कैलालीमा एक धनाढ्य उपसचिव : जसको ३२ स्थानमा घरजग्गा १९ वटा बैंकमा रकम मौज्दात
काठमाडौं । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ ।
विष्ट दम्पतीका नाममा काठमाडौँ, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्की लगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ ।
कतिपय स्थानमा विष्टका नाममा, कतिपय स्थानमा उनकी पत्नीका नाममा, कतिपय स्थानमा दुवै जनाको नाममा घरजग्गा रहेको अख्तियारको आरोपपत्रमा लेखिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ बोनीले बताए ।
१९ वटा बैंकमा विष्ट दम्पतीका नाममा खाता रहेको पनि आरोपपत्रमा उल्लेख छ । अख्तियारले विष्टले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पत्नी रुबी जिसी विष्टको नाममा पनि राखेकाले जफत गर्न माग गरेको छ ।
यो खबर आजको नागरिक दैनिकमा छ ।
बर्दगोरियामा व्यवसायीक बाख्रा पालन सम्बन्धि तीन दिने तालिम सुरु, उपाध्यक्ष थारुद्वारा उद्घाटन
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा व्यवसायीक बाख्रा पालन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजना आयोजनामा वडा नम्बर ४,५,६ मा रहेका किसानहरुका लागि बुधबारदेखि तालीम सुरु भएको हो ।
तालिमको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पशु सेवा इकाई पृथ्वीपुरका युवराज कठरियाको स्वागत मनत्व्यसंगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष तथा पालिकाका आर्थिक विकास संयोजक भेखु चौधरीको सभापतित्व, बर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवती देवि डगौरा थारु प्रमुख अथिति तथा वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु बिशिस्ट अथिति रहनु भएको थियो ।
कार्यक्रममा सहभागी किसानलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष थारुले आर्थिक समृद्धिको आधार कृषि तथा पशुपालन भएको भन्दै पशुलाई ब्यबसायीकरण गराउन पनि तालीमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले तालिमबाट किसानलाई व्यवसायीक बाख्रा पालनको महत्व, खोरको निर्माण, वंश सुधार, पाठा-पाठीको वेस्थापन, आहारा सम्बन्धी जानकारी, बाख्रामा लाग्ने रोग, बाख्राको खोर कस्तो हुनु पर्छ ?बाख्रा फार्म शुरु गर्न के के कुरामा ध्यान दिनुपर्छ ?घाँसको व्यवस्था कस्तो चाहिन्छ ,बाख्राको प्रजनन् सिजन के हो ? व्यावसायिक बाख्रा पालन गर्दा सरकारबाट के- कस्ता सहुलियत र अनुदान पाइन्छ ? भन्ने विषयमा जानकारी लिन सहज हुने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारूले परम्परागत रुपमा बाख्रा पालन गरिरहेका किसानलाई ब्यबसायीक बनाउन तालीम उपलब्धिमुलक हुने बताउनुभयो । परनिर्भरमुखी पशुपालन नभई व्यावसायमूखी पशुपालन गर्न र स्वोरोजगार बन्न तालीमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष तथा पालिकाका आर्थिक विकास संयोजक भेखु चौधरीले पछिल्लो समय व्यवसायीक किसानका नाममा अनुदान कुम्ल्याउन र बैंकबाट ऋण लिनका लागि मात्रै फाम दर्तागर्ने प्रवृत्तिका कारण कृषि तथा पशुपालनमा गरिएको लगानी खेर जाँदै गएको बताउनुभयो ।
तालिममा सहभागी किसानलाई पशु प्राविधिकले प्रशिक्षण दिनेछ्न । बर्दगोरिया गाउँपालिकाका पशु प्राविधिक अनिल ओलीले संचालन गर्नुभएको थियो ।