कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौ । सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९२ हजार २०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठुलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।
मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४ सय ३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो ।
मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।
त्यसका लागि आज दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ ।
दोब्बरले बढ्यो बेरुजु
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा आ।व। २०७७\७८ मा सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढेको छ ।
प्रतिवेदनले आ।व। २०७६\७७ मा कुल खर्चको २.११ प्रतिशत बेरुजु भएको उल्लेख गरेको छ । सरकारले गत आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेकोमा ११ खर्ब ९६ अर्ब ६० करोड रुपियाँ खर्च गरेको थियो । राजस्वतर्फ भने गत आर्थिक वर्ष २३ करोड ६१ लाख रुपियाँ बेरुजु भएको देखिन्छ ।
यो कुल राजस्वको ०.०२ प्रतिशत मात्र हुन आउँछ । सरकारले गत आर्थिक वर्ष नौ खर्ब ७६ अर्ब ३२ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै धरौटीतर्फ छ लाख सात हजार रुपियाँ बेरुजु रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म ४६ अर्ब २५ करोड रुपियाँ धरौटी रकम रहेको थियो ।
प्रतिवेदन अनुसार कार्यसञ्चालन कोषतर्फ २९ लाख ५० हजार रुपियाँ बेरुजु देखिएको छ । कुल बेरुजुमध्ये नियमित गर्नुपर्ने बेरुजु रकम छ अर्ब ९५ करोड रुपियाँ रहेको छ । त्यस्तै असुल उपर गर्नुपर्ने ५९ करोड १९ लाख र म्याद नाघेको पेस्की रकम १७ अर्ब ७१ करोड रुपियाँ रहेको छ ।
गत आर्थिक वर्ष पेस्कीतर्फ म्याद नाघेको पेस्की रकम १७ अर्ब ७१ करोड र म्याद ननाघेको पेस्की रकम १९ अर्ब ३९ करोड रुपियाँ रहेको छ । गत आर्थिक वर्ष बिल भरपाइ बेगर ९६ करोड ६७ लाख रुपियाँ खर्च भएको पनि देखिन्छ ।
त्यस्तै एकै शीर्षकमा चार करोड ९९ लाख दोहोरो भुक्तानी पनि भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै प्रचलित मान्यताविपरीत ९७ लाख ९६ हजार खर्च भएको कार्यालयले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ ।
सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको भन्दै निर्माण पक्ष चाइना स्टेट इन्जिनियरिङले म्याद थपको माग गरेको हो ।
नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड)ले म्याद थपको माग भएको जानकारी दिएको छ । योजना प्रमुख रमेशकुमार दिष्टीले निर्माण पक्षले सडक विस्तारको म्याद थप गर्न माग गर्दै कन्सल्टेन्सलाई कागजपत्र बुझाएको बताउनुभयो । “सडक विस्तारको सबै काम कन्सल्टेन्टले हेर्छ”, उहाँले भन्नुभयो, “हामीले त अनुगमन र निर्देशन दिने मात्रै हो ।” निर्माण पक्षले म्याद थप गर्न माग गरेका कारण चित्त बुझ्दो भएको अवस्थामा कन्सल्टेन्टले नारायणगढ–बुटवल सडक योजनालाई सिफारिस गर्ने दिष्टीले बताउनुभयो ।
“म्याद थपका लागि सम्झौतामा भएको प्रावधानअनुसार निर्माण व्यवसायीले कन्सल्टेन्टमा कागजपत्र पेस गरेको छ”, उहाँले भन्नुभयो, “सडकको कामको मूल्याङ्कन भइरहेको छ, म्याद थप कति समयका लागि उचि लाग्छ सोहीअनुसार प्रक्रिया अगाडि बढ्छ ।” कन्सल्टेन्टले म्याद थपको सबै फाइल तयार पारेर योजनालाई पठाउने दिष्टीले बताउनुभयो । “त्यसपछि मात्रै यहाँबाट म्याद थपको प्रक्रियाका लागि हामीले मन्त्रालयमा फाइल पठाउँछौँ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय सडक विस्तारको कामले गति लिएको भन्दै दिष्टीले म्याद थप गरेर भएपनि समयमा नै निर्माणको काम सक्नुपर्ने बताउनुभयो । निर्माण पक्षले दुई वर्ष म्याद थप गर्न माग गरेको भएपनि उनीहरुले मागेकै भरमा म्याद थप नहुने उहाँको भनाइ छ । “कति समय म्याद थप गर्नु उचित हो भन्ने कुरा मूल्याङ्कनपछि सिफारिस हुन्छ”, उहाँले भन्नुभयो, “नियम कानुन हेरेर विभागीय प्रमुख र सचिवलाई फाइल पेस गर्छौं ।” कन्सल्टेन्टबाट केही दिनमा नै फाइल आफू भएको ठाउँमा आइपुग्ने भन्दै योजना प्रमुख दिष्टीले पुस महिनाभित्र म्याद थपको निर्णय आउने बताउनुभयो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले पछिल्लो तीन महिनामा सडक विस्तारले गति लिएको बताउनुभयो । एक वर्षजति म्याद थप गरेर त्यो मितिभित्र सडक निर्माणको काम सकाउनुपर्ने उहाँको भनाइ छ ।
नेपाल सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सडक विस्तारको काम सुरु भएको थियो । सडक विस्तारको काम २०७९ साउन २२ मा सक्नुपर्ने गरी सम्झौता भएको थियो भने विसं २०७५ पुस ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गर्नुभएको थियो ।
विसं २०१८ सालमा राजा महेन्द्रले गैँडाकोटबाट शिलान्यास गर्नुभएको सडक ५८ वर्षपछि विस्तार गर्न लागिएको हो । दुई लेनमा रहेको यो सडक विस्तारपछि चार लेनको हुनेछ भने सहरी क्षेत्रमा अतिरिक्ति दुई लेन ९सर्भिस लेन० थप हुनेछ ।
दाउन्नेको उकालोमा करिब चार किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार हुने सडक योजनाले जनाएको छ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा उकालो चढ्नका लागि दुई लेन तथा ओरालो झर्नका लागि एक लेन हुनेछ । रासस
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १२० रुपैयाँ ३० पैसा, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६२ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ ।
यसैगरी कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिदमा ३९५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३९७ रुपैयाँ ४४ पैसा र बहराइन दिनार एकको खरिदमा ३१७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१९ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो
काठमाडौँ । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा सोमबार १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।
छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
त्यस्तै , चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।
गोकर्णको उपचारका लागि दोदोधरा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीद्वारा आर्थिक सहयोग
बौनिया,कैलाली । बोनम्यारो रोगबाट पीडित कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का ३६ वर्षिय गोकर्ण प्रसाद उपाध्यायको उपचारका लागि यहाँका स्वास्थ्यकर्मीले आर्थिक संकलन गरि सहयोग गरेका छ्न ।
आर्थिक अभावमा कोही कसैको पनि ज्यान जानू हुँदैन, एउटा व्यक्ति अप्ठ्यारोमा पर्दा सबैले सहयोग गर्नुनै सबैभन्दा ठुलो मानव धर्म भएको भन्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले आर्थिक संकलन गरि पीडित उपाध्याय परिवारलाई शुक्रबार हस्तान्तरण गरेका छ्न ।
स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यचौकी इन्चार्ज नृप बहादुर विष्टसहितका कर्मचारीले बोनम्यारो रोगबाट पीडित उपाध्यायको उपचारका लागि सहयोग पुर्याउन व्यक्तिगत हिसाबले सक्दो सहयोग गरेका हुन । संकलित ११ हजार रूपया शुक्रबार उपाध्यायको परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ ।
बर्दगोरिया गाउँपालिकाको एम्बुलेन्स संचालक समेत रहेका उपाध्याय दिनरात बिरामीको सेवामा खटिदै आएका थिए भने कोरोना महामारीमा समेत अहोरात्र सेवामा तल्लीन थिए । उपाध्यायको बेलैमा आफ्नै स्वास्थ्य उपचार हुन नसक्दा अहिले ज्यानै जोखिमपूर्ण अवस्थामा छ ।
उपाध्यायको जीवन रक्षाका लागि यतिबेला गोकर्ण उपाध्याय बचाउ अभियान नै जारी छ। पीडित गोकर्णप्रसाद उपाध्यायको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उहाँको नाममा एनआईसी एसिया बैंक बौनिया शाखामा रहेको खाता नम्बर ९५५७०३६३७१८५२४०१ र लक्ष्मी बैंक खाता नम्बर ०७७२०००१५२२ मा रकम जम्मा गर्न सकिने परिवार स्रोतले जनाएको छ ।
अरुको स्वास्थ्यप्रति चिन्तित हुँदै बिरामीलाई विभिन्न अस्पतालमा कसरी छिटो पुर्याउन सकिएला भनि दिनहुँ कुदिरहने उपाध्याय आफ्नो उपचारको पर्खाइमा रहेकोे वर्षौँ दिन बितिसकेको छ । उपाध्यायको अहिले पनि आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन । गएको साढे २ वर्ष देखि गाउँपालिकाको एम्बुलेन्स चलाएर जीविकोपार्जन गर्दै आएका उपाध्यायको बेलैमा उपचार हुन नसके ज्यानै जोखिमको अवस्थामा छ ।
उहाँको शरीरको हड्डीभित्रको भागमा बोनम्यारो उत्पादन हुन नसकी प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या आएको हो । उपचारमा चाहिने खर्चको जोहो गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका उपाध्याय परिवारलाई चिन्ताले सताइरहेको छ ।
गोकर्ण उपाध्यायको उपचारका लागि सरस्वती माविका विद्यार्थीले गरे आर्थिक सहयोग
बौनिया,कैलाली । बोनम्यारो पीडित कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का ३६ वर्षिय गोकर्ण प्रसाद उपाध्यायको उपचारका लागि लम्कीचुहा नगरपालिका वडा नम्बर ७ मा संचालित सरस्वती माद्यामिक विद्यालयका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अभावमा कोही कसैको पनि ज्यान जानू हुँदैन, एउटा व्यक्ति अप्ठ्यारोमा पर्दा सबैले सहयोग गर्नुपर्ने मानव धर्म पनि भएकाले उपाध्यायको उपचारका लागि आफ्नो खाजा खर्च कटायर सहयोग गरिएको विद्यार्थीहरुले बताएका छ्न ।
आर्थिक अभावमा बोनम्यारो पीडित गोकर्ण उपाध्यायको उपचार हुन नसकेको खवर सामाजिक संजाल र मिडियामा देखेपछि आफुहरुले पनि आफ्नो तर्फबाट गर्न सकिने सहयोग गरिएको उनीहरूले बताए । विद्यार्थीबाट संकलित ७ हजार ५ रुपैयाँ शुक्रबार विद्यालयका प्रधानाध्यापक ठन्डराज जोशीले गोकर्ण उपाध्याय बचाउ अभियानमा सक्रिय युवाहरूलाई बुझाएका थिए ।
गोकर्णको उपचारका लागि सरस्वती माविका पल्स टु मा अध्यनरत विद्यार्थीले व्यक्तिगत रूपमा आर्थिक संकलन गरेको कक्षा १२ मा अध्यनरत छात्रा नेहा जोशीले बताइन् । सामाजिक संजाल र मिडियामा गोकर्णको उपचारका लागि आर्थिक अभावको समाचार पढेपछि सरस्वती माविमा जोशीकै पहलमा आर्थिक संकलन गरिएको थियो । हामीले एकदिन खाजा नखाएर कसैको जीवन बाच्दछ भने किन सहयोग नगने’ भन्दै आर्थिक संकलन गरेको उनले बताइन् ।
बोनम्यारो पीडित उपाध्याय विगत केही बर्ष देखि ए प्लाष्टिक एनिमिया रोगले ग्रसित छ्न । आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन । उपाध्यायको उपचारका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा युवाहरुले गोकर्ण उपाध्याय बचाउ अभियान संचालन गरेका छ्न ।
बर्दगोरिया १ निवासी उपाध्याय यस क्षेत्रकै समाजसेवी र सहयोगी व्यक्तिका रूपमा चिनिन्छ्न । बर्दगोरिया गाउँपालिकाको एम्बुलेन्स संचालक समेत रहेका उपाध्याय दिनरात बिरामीको सेवामा खटिदै आएका थिए भने कोरोना महामारीमा समेत अहोरात्र सेवामा तल्लीन थिए । उपाध्यायको बेलैमा आफ्नै स्वास्थ्य उपचार हुन नसक्दा अहिले ज्यानै जोखिमपूर्ण अवस्थामा छ ।
बौनियाँ । बोनम्यारो पीडित कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का ३६ वर्षिय गोकर्ण प्रसाद उपाध्यायको उपचारका लागि आर्थिक संकलनको अभियान थालिएको छ । बर्दगोरियासहित यहाँका विभिन्न स्थानमा गोकर्ण उपाध्याय बचाउ अभियान संचालन गरिएको छ ।
बोनम्यारो पीडित उपाध्याय विगत केही बर्ष देखि ए प्लाष्टिक एनिमिया रोगले ग्रसित छ्न । आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन । उपाध्यायको उपचारका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा युवाहरुले गोकर्ण उपाध्याय बचाउ अभियान संचालन गरेका छ्न । यसै अभियान मार्फत सडकपुर बौनिया र मुडा बजारबाट विभिन्न व्यापारी ,उधोगी, व्यवसायी ,समाजसेवी ,कर्मचारीबाट संकलित रकम शुक्रबार उपाध्यायको परिवारलाई हस्तान्तरण गरिएको छ । अभियानमार्फत संकलित १ लाख ४० हजार ५७० रुपैयाँ शुक्रबार बिहान परिवारलाई हस्तान्तरण गरिएको हो ।
अभियानमा बर्दगोरियाका धिरज शाही, कृष्ण बिष्ट ,ब्रीजेस रावल ,प्रमोद मल्ल, गोविन्द बम, दिनेश भण्डारी ,गणेश प्रसाद भट्ट ,जगत शाही, देवानन्द जैशी, ठक्कर बम, देवेन्द्र शाही, पुष्प भण्डारी ,आरपी खतिवडा ,गोविन्द डागी, हेमराज स्वार,भुमी प्रसाद सन्ज्याल, संकर खतिवडा ,जीवन बीसी, हेमन्त पौडेल ,नवीन कुवर लगाएतका युवाहरुले आर्थिक संकलनमा खटिएका थिए ।
बर्दगोरिया १ निवासी उपाध्याय यस क्षेत्रकै समाजसेवी र सहयोगी व्यक्तिका रूपमा चिनिन्छ्न । बर्दगोरिया गाउँपालिकाको एम्बुलेन्स संचालक समेत रहेका उपाध्याय दिनरात बिरामीको सेवामा खटिदै आएका थिए भने कोरोना महामारीमा समेत अहोरात्र सेवामा तल्लीन थिए । उपाध्यायको बेलैमा आफ्नै स्वास्थ्य उपचार हुन नसक्दा अहिले ज्यानै जोखिमपूर्ण अवस्थामा छ ।
उपाध्यायको जीवन रक्षाका लागि मानवीयता देखाएर सक्दो आर्थिक सहयोग गरौँ भनेर आर्थिक संकलन गर्न गोकर्णप्रसाद उपाध्याय बचाउ अभियानका लागि आव्हान गरिएको बर्दगोरिया गाउँपालिकाका युवाहरु बताउ छन । अहिले बर्दगोरिया सहित यहाँका विभिन्न स्कुलमा समेत आर्थिक संकलनको अभियान चलेको छ । अप्ठ्यारो परिस्थितिमा साथ दिनु सामाजिक तथा मानवीय कार्य भएकाले जेनतेन अस्पताल पुर्याउन सहयोग जुटेमा उपाध्यायको उपचार गर्ने योजना सफल हुने युवाहरुको भनाई छ ।
रोगबाट पीडित गोकर्णप्रसादउपाध्यायको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उहाँको नाममा एनआईसी एसिया बैंक बौनिया शाखामा रहेको खाता नम्बर ९५५७०३६३७१८५२४०१ र लक्ष्मी बैंक खाता नम्बर ०७७२०००१५२२ मा रकम जम्मा गर्न सकिने परिवार स्रोतले जनाएको छ ।
अरुको स्वास्थ्यप्रति चिन्तित हुँदै बिरामीलाई विभिन्न अस्पतालमा कसरी छिटो पुर्याउन सकिएला भनि दिनहुँ कुदिरहने उपाध्याय आफ्नो उपचारको पर्खाइमा रहेकोे वर्षौँ दिन बितिसकेको छ । उपाध्यायको अहिले पनि आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन । गएको साढे २ वर्ष देखि गाउँपालिकाको एम्बुलेन्स चलाएर जीविकोपार्जन गर्दै आएका उपाध्यायको बेलैमा उपचार हुन नसके ज्यानै जोखिमको अवस्थामा छ ।
उहाँको शरीरको हड्डीभित्रको भागमा बोनम्यारो उत्पादन हुन नसकी प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या आएको हो । उपचारमा चाहिने खर्चको जोहो गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका उपाध्याय परिवारलाई चिन्ताले सताइरहेको छ ।
बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार तीन सय
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ८०० कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।