सामुदायिक वनको कमाई सामाजिक कार्यमा
बौनिया,कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडिकाथाईमा रहेको दानविर सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, ढुङ्गा बिक्री गरेर आउने रकम सामाजिक क्षेत्रको विकासमा लगानी गरि उदाहरणिय काम थालेको हो ।
बिहीवार सामुदायिक वनको चौथो वार्षिक साधारणसभामा वनका अध्यक्ष प्रेमबहादुर बुढाले वनको आम्दानीको रकम गाउँको शैक्षिक क्षेत्र ,सडक निर्माण तथा मर्मत खानेपानी ,विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि समेत खर्च गर्ने गरेको बताउनुभयो । समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।
वनको आम्दानी वनको विकास संगै सामाजिक क्षेत्रमा लगानी गरि उपभोक्ताको जिवबमा सुधारको कार्य थालनी गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा वनको लगानीले स्थानीय उपभोक्तानै लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वन विकास ,वनको संरक्षण तथा सामाजिक क्षेत्रको वनको लगानीले उपभोक्ताले रोजगारी समेत पाउने गरेको बताउनुभयो ।
उहाँले सामुदायिक वनको आम्दानीले सवैभन्दा पहिलो प्राथमिकता वन विकास नै भएको पनि बताउनुभयो । सामुदायिक वनले आफ्ना नयाँ कार्यक्रम अन्तर्गत यसवर्ष पनि वन क्षेत्रको विकासका लागि डढेलो नियन्त्रण ,गस्ती परिचालन ,ढढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक तालिम,अग्नि नियन्त्रण सम्बन्धि प्रचारप्रसार तथा सामाग्री,चोरी निकासी रोक्न तारबार, बृक्षारोपण, गोडमेल ,झाडी सरसफाइ लगाएतका कार्यक्रम गर्ने जनाएको छ । यी कार्यक्रममा समेत स्थानीय उपभोक्ता कै सहभागी हुनेहुदा रोजगारीको आधार समेत सामुदायिक वनबाटै हुने अध्यक्ष प्रेम बुढा क्षेत्रीले बताउनुभयो ।
यतिमात्र नभई दानविर सामुदायिक वनले उपभोक्तालाई करिव १० लाख बराबरको अनुदानमा बाख्रा वितरण गर्ने जनाएको छ । महिला संस्थाको लागि घुम्ती नमूना कोष, वनको सामुदायिक भवन, वन संरक्षण सम्बन्धि जनचेतनामुलक होडिङ बोर्ड राख्ने भएको छ । यसैगरी
सडक विकासको लागि २५ लाख, सिचाइको लागि २ लाख ५० हजार ,खानेपानीको लागि ७ लाख ५० हजार,
जेहेन्दार विद्यार्थीको सहयोगको लागि ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेको जनाएको छ ।
यसअघि उक्त सामुदायिक वन उपभोक्ता समूहले आफ्नै लगानीमा ५ किलोमिटर मोटरबाटो निर्माण गरेको थियो। सामुदायिक वनको आम्दानीको ९ लाख रुपैयाँ लगानीमा पैदलमार्गको मर्मत तथा स्तरोन्नति गरि मोटरबाटोको रूपमा विकास गरिएको थियो ।
१ सय ३६ घरधुरीका उपभोक्ताले सामुदायिक वनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले दावी गरेको छ ।
सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ ।
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कर्णाली । सुर्खेतमा खसीको मासुको मूल्य वृद्धि भएको छ । प्रतिकेजी रु ८०० मा किनबेच हुँदै आएको खसी बोकाको मासुको मूल्य बढाएर रु ९०० पुर्याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ ।
यो मूल्य आज (आइतबार)देखि लागू हुनेछ ।सङ्घका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायतका ठुला सहरमा खसी बोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताउनुभयो ।
मूल्य समायोजनका लागि अब खसी बोकाको मासु प्रतिकेजीमा रु १०० बढाइएको उहाँको भनाइ छ ।
“किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थाले, जिउँदो खसी बोका प्रतिकेजी रु ५५० सम्म खरिद गर्नुपरेको छ”, वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भन्नुभयो, “खसी बोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन ।”
जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको सङ्घले जनाएको छ । रासस
यस्तो छ आज आइतबारको विदेशी मुद्राको विनिमयदर
काठमाडौ,५ मङ्सिर। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ ।
युरो एकको खरिददर १३३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
बिजुलीको खपत बढाउँदै प्राधिकरण
काठमाडौं । नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईंको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छन् ? यदि छन् भने तपाईँले प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । सार्वजनिक बिदाको दिनबाहेक यहाँले सिधा सम्पर्क गरेर आफूले लिन चाहेको सेवाका बारेमा जानकारी लिन सक्नुहुनेछ ।
वितरण केन्द्रका कर्मचारी वा प्राधिकरणका कुनै पनि निकायले ढिलाइ गरे नगरेको जानकारीसमेत दिन सक्नुहुनेछ । बिजुलीको खपत बढाउने उद्देश्यका साथ प्राधिकरणले माग गरेको बढीमा तीन दिनभित्रै सबै प्रकारको सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । नयाँ लोड स्वीकृतिमा ढिलाइ भएको भन्ने गुनासो आएपछि त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि चासो राख्नुभएको थियो ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ । कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
नेपालमा समग्र घरजग्गाको मूल्यवृद्धि घट्यो
काठमाडौं । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो ।
नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले गत आर्थिक वर्ष ९आव० २०७७र७८ को पहिलो ९ महिनामा घरजग्गाको मूल्यवृद्धि कम भएको देखिएको हो ।
मालपोत कार्यालयबाट रजिस्ट्रेशन पास गर्दा राख्ने थैली रकम र वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको हो । त्यसमा वाणिज्य बैंक धितो मूल्यांकनको आधारमा गत आवको ९ महिनामा घरजग्गाको मूल्यवृद्धि १६ दशमलव ३१ प्रतिशतमा झरेको छ । अघिल्लो आव २०७६र७७ यस्तो मूल्यवृद्धि २६ दशमलव ४५ प्रतिशत रहेको थियो ।
यस्तै, मालपोत कारोबारको आधारमा गत आवको समीक्षा अवधिमा यस्तो मूल्यवृद्धि १२ दशमलव ५७ प्रतिशतमा झरेको छ, अघिल्लो आवमा भने यस्तो मूल्यवृद्धि १९ दशमलव ७३ प्रतिशत रहेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी तीन वटा विवादास्पद कानून खारेज भएको घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो घोषणा गरेका हुन् ।
कानूनको विरोधमा दशौं हजार किसानले राजधानी दिल्लीको सिमालगायत भारतका विभिन्न राज्यमा धर्नामा बसेका थिए । सरकारले ल्याएको कानूनले निजी क्षेत्रलाई प्रोत्साहन गरेको र किसानको उब्जनीलाई बेवास्ता गरेको किसानहरुले आरोप लगाउँदै आएका थिए ।
कानूनको विरोधमा उत्रिएका किसान र सरकारबीच विभिन्न चरणमा भएका वार्ताविना निस्कर्ष टुंगिएका थिए ।
यूपी र पन्जाबमा हुन लागेको विधान सभा निर्वाचनको पूर्वसन्ध्यामा गरिएको यस घोषणालाई अर्थपूर्ण मानिएको छ । यी राज्यमा ठूलो संख्यामा किसान छन् । किसानहरुले कानून खारेजीको स्वागत गरेपनि विरोध प्रदर्शन नरोक्ने बताएका छन् । सरकारले संसदमा कानून खारेज गरेपछि मात्रै विरोध प्रदर्शन रोक्ने उनीहरुले बताएका छन् ।
सरकारले तोक्यो व्यक्तिगत आम्दानीमा कर : हेर्नुहोस कति कमाउँदा कति तिर्नुपर्छ ?
काठमाडौँ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर निर्धारण गरेको छ ।
अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दरमा रोजगारीको आयमात्र हुनेको लागि व्यक्तिगत चार लाख र दम्पतीमा साढे चार लाखसम्म करयोग्य आम्दानीमा एक प्रतिशत कर लाग्ने उल्लेख छ । यो भनेको चार हजारदेखि चार हजार ५०० कर हो ।
त्यसैगरी व्यक्तिगततर्फ चारदेखि पाँच लाखसम्म चार हजार र १० प्रतिशतका दरले लागु हुने उल्लेख छ । दम्पतीतर्फ साढे चारदेखि साढे पाँच लाखसम्म करयोग्य आय भएमा चार हजार पाँच सय र १० प्रतिशत कर लाग्ने उल्लेख छ ।
व्यक्तिगत हकमा पाँचदेखि सात लाखसम्म करयोग्य आय भएमा १४ हजार र २० प्रतिशत दरले कर लाग्ने उल्लेख छ । दम्पतीको हकमा साढे पाँचदेखि साढे सात लाखसम्म १५ हजार ५०० र २० प्रतिशतका दरले लागु हुनेछ ।
सातदेखि २० लाखको आम्दानीमा एकल व्यक्तितर्फ ५४ हजार र ३० प्रतिशतका दरले लागु हुनेछ । साढे सातदेखि २० लाखसम्म आम्दानीमा दम्पतीतर्फ ५४ हजार ५०० र ३० प्रतिशतका दरले कर लाग्ने छ ।
२० लाखभन्दा बढी आम्दानी करयोग्य आय गर्ने व्यक्तिलाई ४ लाख ४४ हजार र ३६ प्रतिशतका दरले लागु हुने आन्तरिक राजश्व कार्यालयले जनाएको छ । दम्पतीतर्फ पनि चार लाख ४४ हजार ५०० र ३६ प्रतिशतका दरले लागु हुनेछ ।
काठमाडौँ । नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झन्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ ।
गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा रु ७४ करोड २१ लाख ३४ हजार (अर्थात् ४८.९० प्रतिशत) ले वृद्धि भई रु दुई अर्ब २५ करोड ९९ लाख चार हजार रहेको सो संस्थाले जनाएको छ ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार संस्थाको आर्थिक स्वास्थ्य सकारात्मक हुनुमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि भई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको हो ।
यसैगरी टुजी र थ्रिजी सेवाको पहुँच नपुगेका स्थानमा समेत फोरजीसम्मको सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको छ ।
कम्पनीको टिटिएच सेवा प्रतिग्राहकको आकर्षणमा वृद्धि भई एफटिटिएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपिटिभी सेवाका ग्राहक वृद्धि हुन गई फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको अधिकारीले बताउनुभयो । अघिल्लो सरकारको कार्यकालमा देशभर फोरजी सेवा विस्तार भएको थियो ।
गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा कम्पनीको सञ्चालन आय रु आठ अर्ब ६३ करोड ५३ लाख ४० हजार रहेकामा चालु आवको सोही अवधिमा रु एक अर्ब १३ करोड ९९ लाख ५४ हजार ९अर्थात्, १३।२ प्रतिशत० ले वृद्धि भई रु नौ अर्ब ७७ करोड ५२ लाख ९४ हजार हुन पुगेको छ ।
गत आवको प्रथम त्रैमासिक (२०७७ असोज मसान्त)को कूल आय रु १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा कूल आय रु ८४ करोड ७८ लाख ७१ हजार (अर्थात् ८.३९ प्रतिशत) ले वृद्धि भई रु १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेको जनाइएको छ ।
कम्पनीको सेवाको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधारजस्ता क्रियाकलापबाट कम्पनीका सेवाप्रति ग्राहक वर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको उहाँले जनाउनुभयो । रासस
काठमाडौं। नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो।
कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको छ। यस्तै उपसभापति र सचिवका लागि सात ११ शुल्क निर्धारण गरिएको छ। प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ।
पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ।