कर्णाली प्रदेश सरकारले विपदमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले बेमौसमी बाढी, पहिरोलगायत प्राकृतिक विपदमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दुर्घटना बीमाबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
हालै आएको बेमौसमी बाढी पहिरोमा परी कर्णाली प्रदेशमा आठ जनाको मृत्यु र चार जना घाइते भएका थिए । प्रदेश सरकारले यसअघि लागू गरेको सामूहिक दुर्घटना बीमा कार्यक्रमअन्तर्गत यसपटकको बाढी, पहिरोमा परी मृत्यु भएका हुम्लाका ६, कालीकोट र जुम्लाका एक/एक जनालाई राहत रकम दिने भएको हो ।
प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठका अनुसार विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी र पहिरोबाट अन्नबालीमा पुगेको क्षतिको लगत संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने, पूर्णरुपमा क्षति भएका घरको विवरण संकलन गरी पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रमका लागि संघीय सरकारसँग समन्वय गर्नेलगायतका निर्णय गरेको छ ।
बेमौसमी वर्षाको वितण्डा ; बर्दगोरियामा राहात र क्षतिपूर्तिका लागि निवेदन दिने किसानको घुइँचो
बौनिया(कैलाली) । बर्दगोरिया गाउँपालिकामा बेमौसमी वर्षाले खेतिजन्य बस्तुमा ठूलो नोक्सानी पारेपछि राहत र क्षतिपूर्तिका लागि निवेदन दिने किसानको घुइँचो लाग्न थालेको छ । पालिकाले वर्षाका कारण भएको क्षतिको विवरण पेसगर्न किसानहरूलाई सूचना जारी गरेपछि यहाँका वडा कार्यालयहरुमा राहात र क्षतिपूर्तिको लागि निवेदन पेसगर्ने किसानको घुइँचो देखिन थालेको छ ।
पालिकाले गत असोज ३१ गतेदेखि परेको वर्षा,हावाहुरी ,डुवान, कटान, र बाढीका कारण खेतिजन्य बस्तुमा पारेको क्षतिको विवरण पेसगर्न किसानलाई बिहिवार सूचनामार्फत आग्रह गरेको थियो ।पालिकाले बेमौसमी वर्षाबाट धान, तोरी, आलु, तरकारी ,फलफूल आदिमा के- कति हानी नोक्सानी पुर्याएको हो ? त्यसको विवरण ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदनसहितको विवद्रण बुझाउन भनेको थियो । यद्यपि यहाँका किसानलाई भने वर्षाको पानीले खेतमा तैरिएको धान उठाउने कि राहात र क्षतिपूर्तिका लागि वडामा निवेदन पेसगर्न जाने भन्नेमा सकस उत्पन्न भएको छ ।
विवरण बुझाउदा किसानले एकप्रति नेपाली नागरिकताको प्रतिलिपी, जग्गा धनी लालपुर्जा ,वा ठेक्कामा खेती गरिएको भए त्यसको सम्झौतापत्र, ऐलानी जग्गाको हकमा भए वडाको सिफारिस ,कर तिरेको रसिद वा अन्य कागजपत्र समेत बुझाउनुपर्ने छ ।
वर्षा र डुबानले गरेको क्षतिको एकिन तथ्यांक संकलन गरि तत्पश्चात उनीहरूलाई राहात सहयोगको काम थाल्ने पालिकाले जनाएको छ । बर्दगोरियामा ७५ प्रतिशत किसानको धानखेतीमा क्षति पुर्याएको आकलन गरिएको छ । गत आइतबारदेखि मंगलबारसम्म परेको बेमौसमी वर्षा र बाढीको डुबानले पालिकाका ६ वटै वडामा रहेका किसानले भित्राउन ठिक्क पारेको धानमा क्षति पुर्याएको हो ।
वर्षाका कारण यहाँका ७५ प्रतिशत किसानले भित्राउनका लागि काटेको धान खेतमै तैरिएको पाइएको पालिकाका आर्थिक विकास समिति संयोजक भेखु चौधरीले जानकारी दिए । यसपटकको बेमौसमी वर्षा र डुबानले यहाँका सैयौ किसान प्रभावित बनेको चौधरीले जानकारी दिए ।
वर्षा र डुबानले यहाँका किसानलाई पारेको क्षतिबारे ६ वटै वडामा गरिएको अनुगमनका क्रममा किसानको अबस्था दयनीय पाइएको उनले बताए । उनले भने – हामीले यहाँका ६ वटै वडामा अनुगमन गर्यौ, जसबाट किसानले भित्राउनका लागि काटेको ७५ प्रतिशत धान खेतमै तैरिएको पाएको छौ । यसबाट किसान नराम्ररी प्रभावित भएका छ्न, किसानलाई उचित राहतको व्यवस्थापनका लागि पहल थाल्दैछौ ।
संयोजक चौधरीकाअनुसार बेमौसमी वर्षाले सबैभन्दा बढी वडा नम्बर ६,५,२, ४ ,१ र ३ मा पारेको छ । वर्षाले किसानलाई पारेको समस्या समाधान र राहत कसरी प्रदान गर्न सकिन्छ भन्ने बारेमा बिहीबार पालिकाको आर्थिक विकास समितिको बैठक समेत बसेको थियो । बैठकले किसानलाई उचित राहात प्रदान गर्नका लागि के – कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गरेको संयोजक चौधरीले बताए । उनकाअनुसार अब पालिकाले मातहतका सवै वडाहरु मार्फत तथ्यांक संक्लनको काम गर्नेछ ।
किसानको मुख्य खाद्य बालिका रूपमा पर्ने धान वर्षाले खेतमै तैरिएपछि यसपालि भोकमरी पर्नेहोकी भन्ने यहाँका किसानलाई चिन्ता छाएको पालिकाका कृषि विकास अधिकृतहरूको झङ्कर बहादुर रावतले बताए ।
उनले यसवर्ष बर्दगोरियामा १० देखि १५ प्रतिशतले धान उत्पादन वृद्धि हुने आकलन गरिएको भएपनि धान भित्राउने बेला आएको बेमौसमी वर्षाले ठूलो क्षति पूराएको छ ।
काठमाडौं । कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गठन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम अभाव भएको छ । कोरोना महामारी सुरु भएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग पु-याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्दै रकम संकलन गरेको थियो ।
कोषमा रकम अभाव भएपछि कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा हालै बसेको १२औं बैठकले कोषका लागि सरकारसँग थप १ अर्ब रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रहेको रकमबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सञ्चालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार सहायता कोषमा अहिले झन्डै ४ अर्ब रुपैयाँ रहेको छ । सो ४ अर्बबाट कोषले १ अर्ब रुपैयाँ माग गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सो कोषमा जम्मा भएको २ अर्ब ७७ करोड रुपैयाँमध्ये हालसम्म २ अर्ब ४५ करोडभन्दा बढी रकम सकिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न तथा संक्रमितको उपचारका लागि भन्दै सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थाले सो कोषमा रकम सहयोग गरेका थिए । पछिल्लो समयमा कोषमा सहयोग गर्ने दाताहरूको संख्यामा कमी आएपछि कोषमा रकम अभाव भएको हो । हाल कोषमा झन्डै ३० करोड रुपैयाँ मात्रै मौज्दात छ ।
कोषमा संकलन भएको रकम सरकारले कोरोनाबाट प्रभावित भएकाहरूको उपचार गर्न तथा विभिन्न स्थानीय तहमा क्वारेन्टिन र अस्पताल निर्माणका लागि स्थानीय तहमा पठाउँदै आइरहेको छ भने औषधि खरिदका लागि सेना तथा स्वास्थ्य मन्त्रालयलाई समेत रकम उपलब्ध गराउँदै आइरहेको छ ।
यसैगरी सो कोषबाटै प्रदेश सरकारलाई पनि कोरोना नियन्त्रणका लागि रकम निकासा गर्दै आएको छ । सुरुमा सो कोषमा विभिन्न प्रतिष्ठित संघसंस्थाले उल्लेख्य सहयोग गरेका थिए तर अहिले आएर कोषमा सहयोग गर्नेहरू समेत उत्साहित छैनन् ।
सरकारी कर्मचारीले पनि आफ्नो तलबबाट कटाएर कोषलाई सहयोग गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाउने तलब सुुविधा सुरुदेखि नै सो कोषलाई प्रदान गर्दै आइरहेका छन् । कोषमा रकम जम्मा हुनेभन्दा कोषबाट निकासा हुने क्रम बढेकाले कोषमा रकम अभाव भएको प्रधानमन्त्री कार्यालयले जनाएको खवर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
बौनिया ,कैलाली । बाढी प्रभावित क्षेत्रमा नबिल बैंक टिकापुर शाखाले सहयोग गरेको छ । बैंकले बिहीवार बाढि प्रभावित क्षेत्र टिकापुर नगरपालिका वड नम्बर ८ बटनपुरका करिब १ ह्जार घर परिवारलाई खाद्यान्न स्वरुप राहात सामाग्री सहयोग गरेको हो ।
बैंकले बाढी प्रभावित घरपरिवारलाई वडा नम्बर ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाको रोहबरमा ८ ह्जार प्याकेट वाईवाई चाउचाउ , २ हजार १ सय रियो ज्युस, २ हजार बोतल पानी र १ हजार किलो चिउरा सहयोग गरेको टिकापुर शाखा प्रमुख तेज भट्टले जानकारी दिनुभयो ।
बैंकले सामाजिक उत्तरदायीतब बहन गर्दै केही दिन पहिले आएको अबिरल बर्षा पछि बाढिका कारण प्रभावित क्षेत्रमा सहयोग गरेको हो । बैंकले टिकपुर नगरपालिकाको बिपद व्यवस्थापन समिति र चौधरी फाउन्डेसनको सहकार्यमा बैंकले सहयोग गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।
बाढिले गर्दा टिकापुर क्षेत्र डुबान भइ बिपतको घडिमा धेरै नभएनी थोरै बैंकको सामाजिक उत्तरदायीत्वलाई बहन गर्दै खाध्य सामाग्री सहयोग गरेको टिकापुर शाखा प्रमुख भट्टले बताए ।
बेमौसमी वर्षाले पुर्याएको क्षतिको विवरण पेशगर्न किसानलाई बर्दगोरिया गाउँपालिको आग्रह(सूचना )
बौनिया(कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकाले बेमौसमी वर्षाका कारण भएको क्षतिको विवरण पेसगर्न किसानहरूलाई आग्रह गरेको छ । गत असोज ३१ गतेदेखि परेको वर्षा,हावाहुरी ,डुवान, कटान, र बाढीका कारण खेतिजन्य बस्तुको विवरण पेस गर्न किसानलाई आग्रह गरेको हो ।
बिहीवार एक सूचना जारी गर्दै पालिकाले बेमौसमी वर्षाबाट भएको खेतिजन्य बस्तु धान, तोरी, आलु, तरकारी ,फलफूल आदिमा के- कति हानी नोक्सानी पुर्याएको हो ? त्यसको सत्यतथ्य विवरण ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा बुझाउन निर्देशन गरेको हो ।
विवरण बुझाउदा किसानले एकप्रति नेपाली नागरिकताको प्रतिलिपी, जग्गा धनी लालपुर्जा ,वा ठेक्कामा खेती गरिएको भए त्यसको सम्झौतापत्र, ऐलानी जग्गाको हकमा भए वडाको सिफारिस ,कर तिरेको रसिद वा अन्य कागजपत्र समेत बुझाउनुपर्ने छ ।
वर्षा र डुबानले गरेको क्षतिको एकिन तथ्यांक संकलन गरि तत्पश्चात उनीहरूलाई राहात सहयोगको काम थाल्ने पालिकाले जनाएको छ ।
बेमौसमी वर्षाले बर्दगोरियाका ७५ प्रतिशत किसानको धानमा क्षति पुर्याएको आकलन सवै वडाहरुमार्फत तथ्यांक संक्लनको काम गर्ने तयारी
बौनिया(कैलाली) । बेमौसमी वर्षाका कारण कैलालीको बर्दगोरियामा ७५ प्रतिशत किसानको धानखेतीमा क्षति पुर्याएको आकलन गरिएको छ । गत आइतबारदेखि मंगलबारसम्म परेको बेमौसमी वर्षा र बाढीको डुबानले पालिकाका ६ वटै वडामा रहेका किसानले भित्राउन ठिक्क पारेको धानमा क्षति पुर्याएको हो ।
वर्षाका कारण यहाँका ७५ प्रतिशत किसानले भित्राउनका लागि काटेको धान खेतमै तैरिएको पाइएको पालिकाका आर्थिक विकास समिति संयोजक भेखु चौधरीले जानकारी दिए । यसपटकको बेमौसमी वर्षा र डुबानले यहाँका सैयौ किसान प्रभावित बनेको चौधरीले जानकारी दिए ।
वर्षा र डुबानले यहाँका किसानलाई पारेको क्षतिबारे ६ वटै वडामा गरिएको अनुगमनका क्रममा किसानको अबस्था दयनीय पाइएको उनले बताए । उनले भने – हामीले यहाँका ६ वटै वडामा अनुगमन गर्यौ, जसबाट किसानले भित्राउनका लागि काटेको ७५ प्रतिशत धान खेतमै तैरिएको पाएको छौ । यसबाट किसान नराम्ररी प्रभावित भएका छ्न, किसानलाई उचित राहतको व्यवस्थापनका लागि पहल थाल्दैछौ ।
संयोजक चौधरीकाअनुसार बेमौसमी वर्षाले सबैभन्दा बढी वडा नम्बर ६,५,२, ४ ,१ र ३ मा पारेको छ । वर्षाले किसानलाई पारेको समस्या समाधान र राहत कसरी प्रदान गर्न सकिन्छ भन्ने बारेमा बिहीबार पालिकाको आर्थिक विकास समितिको बैठक समेत बसेको थियो । बैठकले किसानलाई उचित राहात प्रदान गर्नका लागि के – कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गरेको संयोजक चौधरीले बताए । उनकाअनुसार अब पालिकाले मातहतका सवै वडाहरु मार्फत तथ्यांक संक्लनको काम गर्नेछ ।
किसानको मुख्य खाद्य बालिका रूपमा पर्ने धान वर्षाले खेतमै तैरिएपछि यसपालि भोकमरी पर्नेहोकी भन्ने यहाँका किसानलाई चिन्ता छाएको पालिकाका कृषि विकास अधिकृतहरूको झङ्कर बहादुर रावतले बताए ।
उनले यसवर्ष बर्दगोरियामा १० देखि १५ प्रतिशतले धान उत्पादन वृद्धि हुने आकलन गरिएको भएपनि धान भित्राउने बेला आएको बेमौसमी वर्षाले ठूलो क्षति पूराएको छ ।
बर्दगोरियामा वर्षाका कारण भित्र्याउन लागिएको सैयौ किसानको धानबाली नष्ट, पालिकाको टोलीद्वारा अनुगमन
रमेश बम, बौनिया(कैलाली) । आइतबारदेखिको बेमौसमी वर्षाका कारण कैलालीको बर्दगोरियामा सैयौ बिगाहमा लगाएको धानखेती नस्ट हुने अबस्थामा पुगेको छ । वर्षाका कारण किसानले भित्राउनका लागि काटेको धान खेतमै तैरिएपछि सैयौ किसान प्रभावित बनेका छ्न ।
लगातारको वर्षाका कारण पालिका अन्तर्गतका ६ वटै वडाका किसानले लगाएको धानखेती नस्ट हुने अबस्थामा पुगेको कृषि विकास अधिकृतहरूको झङ्कर बहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका ६ वटै वडाका किसानले भित्राउनका लागि काटेर राखेको धान खेतमै वर्षाको पानीले डुबाएको छ भने यहाँका किसानले गरेको केराखेतिमा समेत असर पारेको छ । उहाँका अनुसार अझै पानी परे धान पुरै नस्ट हुने अबस्थामा पुगेको छ ।
किसानको मुख्य खाद्य बालिका रूपमा पर्ने धान वर्षाले खेतमै तैरिएपछि यसपालि भोकमरी पर्नेहोकी भन्ने यहाँका किसानलाई चिन्ता छाएको छ । कृषि विकास अधिकृत रावतकाअनुसार यहाँका २०-२५ प्रतिशत किसानले मात्रै धान भित्राएका छ्न भने ३५ प्रतीशत किसनले धान काट्न बाकी रहेको र अन्यले काटीसकेका छ्न । जुन केही दिनदेखिको वर्षाले डुवानमा पारिसकेको पाइएको छ ।
यसवर्ष बर्दगोरियामा १० देखि १५ प्रतिशतले धान उत्पादन वृद्धि हुने आकलन गरिएपनि धान भित्राउने बेला आएको बेमौसमी वर्षाले ठूलो क्षतिपूराएको अनुमान छ । उहाँका अनुसार बर्दगोरियाको ३ हजार ३ सय ४४ विगाहा क्षेत्रफल मध्य २५ सय विगाहमा किसानले धान खेती गर्दै आएका छ्न । पालिकाले वडा नम्बर २ लाई नै मुख्यगरि धानखेतीको लागि पकेट क्षेत्र निर्धारण गरेको छ। तर लगातारको वर्षाले वडा नम्बर १ देखि ६ सम्मका किसानको धानबालीमा ठूलो क्षति पुर्याएको पाइएको छ ।
वर्षाका कारण किसानको धानखेतीको अबस्था बुझ्न मंगलबार बर्दगोरिया गाउँपालिकाको टोलि अनुगमनमा समेत गएको थियो । अनुगमनका क्रममा किसानले काटेर भित्राउनका लागि तयारी अबस्थामा राखेको थुप्रै धान खेतमै डुबानमा पारेको अबस्थामा भेटिएको अनुगमन समिति संयोजक भगवती देवि डगौराले बताउनुभयो । उहाँले लगातारको वर्षाले वडा नम्बर एकदेखि ६ सम्मका सवै किसान मारमा पारेको बताउनुभयो ।
अनुगमन समिति संयोजक डगौराको नेतृत्वमा कृषि विकास अधिकृतहरूको झङकर रावत,सहकारी शाखा प्रमुख सिताराम चौधरी, कृषि शाखा प्राविधिक वीरेन्द्र चौधरी ,रमेश देवकोटा, कृषि शाखा इकाई पृथ्वीपुरकि आशिका कुमारी कठरीया, ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख भिमदत्त जोशी लगाएतको टोलि सहभागी थियो । टोलिले मंगलबार वडा नम्बर १ र ६ मा अनुगमन गरेको हो,भने बुधबार अन्य वडामा अनुगमन गर्नेछ ।
प्रभावकारी बन्दै स्वास्थ्य बीमा
वालिङ । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको छ । निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्ने वा स्वास्थ्य जाँच गराउने यहाँका नागरिक पछिल्लो समय स्वास्थ्य बीमामार्फत वालिङमै उपचार गराउन थालेका हुन् ।
गह्रौँ प्राथमिक अस्पतालमा २०७६ जेठ १ गतेदेखि लागू भएको स्वास्थ्य बीमाबाट स्वास्थ्य जाँच गराउने, औषधि लिनेको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको अस्पतालको बीमा शाखामा कार्यरत प्रमोद जिसी (शङ्कर) ले जानकारी दिनुभयो ।
अस्पतालमा गत वैशाख १ देखि भदौ मसान्तसम्म पाँच महिनाको अवधिमा सात हजार ८३५ ले स्वास्थ्य सेवा लिइसकेका छन् । त्यस्तै २०७७ को वैशाखदेखि चैत मसान्तसम्म कूल २० हजार ४७७ र २०७६ जेठ १ देखि चैत मसान्तसम्म १४ हजार १९९ बीमितले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालमा स्वास्थ्य बीमा लागू भएदेखि गत भदौ मसान्तसम्ममा कूल ४२ हजार ५११ जना बीमितले बीमा कार्डमार्फत स्वास्थ्य उपचार तथा औषधि लिएका जिसीले बताउनुभयो ।
स्याङ्जा जिल्लाकै मध्यभाग वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पतालमा वालिङ नगरपालिकासहित, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा छिमेकी जिल्ला दक्षिण पर्वत र पाल्पाको केही भागका बिरामीले यहाँबाट सेवा लिने गरेका अस्पतालले जनाएको छ । “अस्पतालमध्ये भाग वा धेरै ठाउँको पायक पर्ने स्थानमा भएकाले पनि यहाँ जिल्लाका अन्य स्वास्थ्य संस्थाको तुलनामा धेरै बिरामी स्वास्थ्य सेवा लिन आउने गर्नुहुन्छ”, जिसीले भन्नुभयो, “यहाँबाट दैनिक ९० बढी बिरामीले स्वास्थ्य सेवा लिनुहुन्छ ।”
वालिङ नगरपालिकाभित्र २१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेकाले उनीहरूका नगरपालिकाले निःशुल्करूपमा स्वास्थ्य बीमा गरिदिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “स्वास्थ्य बीमा गर्नतर्फ वालिङका नागरिकलाई प्रेरित गरेका छौँ”, प्रमुख खाँणले भन्नुभयो, “जसले स्वास्थ्य बीमा गर्न सक्दैनन्, जसको आर्थिक अवस्था कमजोर छ उनीहरुको निःशुल्क बीमा नगरपालिकाले गरिदिन्छौँ ।” वालिङ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा गर्नेको छुट्टै लाइन बनाइएको र बिना झण्झट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको प्रमुख खाँणले बताउनुभयो ।
नगरपालिकाले न्यून आय भएका वा गरिबीको रेखामुनि रहेका २१ प्रतिशत नागरिक तथा राष्ट्रिय र स्थानीय तहका खेलाडी तथा परिवारको नगरपालिकाले निःशुल्क बीमा गरिदिने प्रमुख खाँणले बताउनुभयो । स्याङ्जा जिल्लाभरिमै सबैभन्दा राम्रो र धेरैले सेवा लिने गह्रौँ प्राथमिक अस्पताल भएकाले यसलाई नमूनाको रुपमा अगाडि बढाउन सकिने राष्ट्रिय बीमा बोर्डका सिनियर अहेब भगवान रेग्मीले बताउनुभयो ।
अस्पतालले बीमाबाट पाउने औषधि पर्याप्त मात्रामा उपलब्ध गराउनुका साथै राम्रो सेवा दिएका कारण स्वास्थ्य जाँच गराउन वा औषधि लिन आउनेको सङ्ख्यामा वृद्धि भएको हो । जिल्लाका अन्य पालिकामा रहेका स्वास्थ्य संस्थामा भन्दा यस स्वास्थ्य संस्थाले बीमाबापतको रकम बीमा बोर्डबाट धेरै भित्र्याउने गरेको दाबी रेग्मीको छ ।
प्राप्त हुने औषधि सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको अस्पतालले जनाएको छ । कोभिड–१९ को महामारीका समयमा यस अस्पतालमा वालिङ नगरपालिकाले आइसोलेसन सेन्टर स्थापना गरी निःशुल्क उपचारको व्यवस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । यहाँ भर्ना भएर बसेका कोरोना सङ्क्रमित तथा कुरुवालाई नगरपालिकाले निःशुल्क खाना, खाजा तथा औषधिसमेत उपलब्ध गराएको थियो ।
केही समयअघि शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणका आधारमा वालिङस्थित यस अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका क्षेत्रमा निक्कै उदाहरणीय र प्रशंसनीय रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।
रासस
काठमाडौ । मौसम पुर्बानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। जसका कारण बुधबारसम्म पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । हाल देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक ०१ गते (सोमबार)
राती: देशभर सामान्य देखि पूर्ण बदली रहने छ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र बाँकी हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावाना छ।
कार्तिक ०२ गते (मंगलवार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहने छ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरु तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरू गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको छ।
कार्तिक ०३ गते (बुधवार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
बेमौसमी वर्षाले खेतमै तैरियो धान, १० प्रतिशत उत्पादन घट्ने, नदिमा बढ्यो पानीको बहाब
कैलाली । लागातारको वर्षाका कारण यसपालि कैलालीमा धान उत्पादनमा कमी आउने भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार आइतबारदेखिको झरिका कारण १० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिएको छ ।
धान खेतीका लागि पकेट क्षेत्र मानिएको कैलालीमा लगातारको झरिले काटेको धान खेतमै तैरिएको छ । दशैको चटारो संगै यहाँका किसानले धान भित्राउने तयारी गरेका थिए । तर बेमौसमी झरिले किसानले भित्राउन ठिक्क पारेको धान खेतमै डुबानमा परेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माकाअनुसार कैलालीमा करिब ७० हजार हेक्टर क्षेत्रफलमा ध्यान खेती गरिन्छ । यहाँका किसानले मुख्य बालिका रूपमा धान खेती गर्दै आएका छन ।
बेमौसमी बर्षाका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादनमा कमी आउने शर्माले बताए ।
जिल्लामा यो वर्ष समयमै पानी परेका कारण किसानले धान खेती गर्न कुनै समस्या खेप्नु परेको थिएन । यसैगरी यसपटक बिगतका बर्षझै यसपटक धान खेतमा कुनैपनी रोग नदेखिएकाले उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर आइतबारदेखिको झरिले यहाँको बर्दगोरिया, जानकी, जोशीपुर,भजनी ,टीकापुर ,धनगढी आसपासका सैयौ किसानले लगाएको खेती खेतमै तैरिन पुगेको छ ।
केन्द्रकाअनुसार जिल्लामा किसानहरूले ७० देखि ८० प्रतिशतसम्म धान काटिसकेका छ्न । लगातारको वर्षाका कारण धानबालीमा ठूलो किसानलाई क्षती पुग्ने आसङ्का गरिएको छ भने यसपालि भोकमरी पर्ने होकि भन्ने किसानमा त्रास छाएको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार अझै केही दिन सुदुरपश्चिम सहित देशका विभिन्न स्थानमा वर्षा हुने छ । लगातारको झरीका कारण यहाँका खोला नदिमा पानीको बहाब बढेपछि स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ ।