घट्यो सुनको मुल्य ,कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ । त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ८९ हजार ८५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मङ्गलबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।
वडाको विकास र समृद्धिका लागि सन्तुलित र समावेशी प्रतिनिधित्व मुख्य आधार बनाएका छौ ; चौधरी
जोशीपुर,कैलाली। कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ का वडा देशराज चौधरीले वडाबासीको विकास र समृद्धिका लागि आफुले सन्तुलित र समावेशी प्रतिनिधित्वलाई मुख्य आधार बनाएको बताउनुभएको छ ।
आफ्नो कार्यकालको करिव पाँच वर्षको अबधिसम्म आइपुग्दा वडा अध्यक्ष चौधरीले विकासका हरेक क्षेत्रमा वडावासीको समावेशीता र सन्तुलित प्रतिनिधित्व गराएको बताउनुभयो । वडा अध्यक्ष भन्नुभयो – मैले सम्पुर्ण वडाबासीको मत लियर जितेको हु, त्यसैले विकासका हरेक मुद्दामा सवैलाई समेटेर लिएको छ । वडाबासीको हरेक दुःख–सुखमा साथ दिँदै वडाको विकासमा स्थानीयको उल्लेखनीय साथ समेत पाएको छु ।
वडा अध्यक्ष चौधरीले वडालाई नमुना वडा बनाउनका लागि आवश्यक शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधार विकासमा नै आफुहरु बढी केन्द्रित भएको र यहाँको धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै जनताका चाहना र आवश्यकता पुरा गर्दै आएको बताउनुभयो ।
उहाँले चालू आर्थिक वर्षमा वडाको बजेटको कुल ७० प्रतिशत रकम भौतिक पुर्वाधार र ३० प्रतिशत बजेट लक्षित बर्गको उत्थानका लागि छुट्याएको जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा वडाको करिव ३५ सय मिटर बाटो कालोपत्रे गरिएको र सतप्रतिशत बाटोहरु ग्राभेल गरिएको बताउनुभयो ।
वडा अध्यक्ष चौधरीले वडा नम्बर ५-७ जोड्ने गरि झोलुङ्गे पुल निर्माणको चरणमा रहेको, यसको लागि उपभोक्ता समिती गठन र बजेटको व्यवस्थापन समेत गरिसकिएको बताउनुभयो । यसैगरी जनता माविको भवन निर्माण प्रदेश सरकारको सहयोगमा सामुदायिक भवन र खानेपानीको भवनसमेत आफ्नै पहलमा गरिएको दावी गर्नुभयो । यसैगरी उहाँले शिव शक्ति महिला समुहको भवन समेत निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
,
बजारमा म्याद सकिएका सामान छ्यापछ्याप्ती,छैन अनुगमन
काठमाडौं । दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।
बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैंको मौका छोपी व्यापारीले नयाँ म्याद राखेर सामान बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ ।
विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र पेयपदार्थ छन् । पेयपदार्थमा रिएलजुस कोकोकोला प्mयान्टा, बोटलको पानी लगायतको म्याद नाघेका पाइन्छ । दसैंको मौका छोप्दै व्यापारीहरूले सही म्याद नाघेका खाद्य सामग्रीलाई व्यापारीले उपभोक्तालाई झुक्याएर बिक्रीवितरण गर्ने गरेका छन् ।
म्याद नाघेका खाद्य सामग्री बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कानुनी कारबाही गर्ने अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई छ । विभागको अनुगमन निरीक्षण अधिकृतलाई कुनै व्यापारीले खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिमाना गर्न सक्ने अधिकार छ भने तीन महिनादेखि एक वर्ष कैद वा १ देखि ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय गर्न सक्ने अधिकार छ ।
विभागले सोही कानुनी अधिकारको प्रयोग उपभोक्ता झुक्याएर उनीहरूको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कारबाही गर्ने गरेको विभागका प्रवक्ता सेढाईले जानकारी दिए । उनले साउन भदौ दुई महिना कानुनविपरीत व्यापार गर्ने २ सय ४ व्यापारीलाई कारबाही २१ लाख ३७ हजार रुपैयाँ जरिमाना गराएको बताए । उनले साउन महिनामा ७० व्यापारीलाई कारबाही गरेको र भदौमा १ सय ३४ व्यापारीलाई कारबाही गरेको जानकारी दिए ।
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारमा म्याद गुज्रिएका र लेबलिङ नगरेका खाद्य सामान पसलपसलमा पाइने गरेको बताए । ‘सरकारले म्याद गुज्रिएका र लेबलिङ नगरेका खाद्य वस्तु व्यापारीले बिक्री गरेको पाएको खण्डमा तत्काल नष्ट गर्नुपर्ने हुन्छ,’ मञ्चका अध्यक्ष तिमल्सिनाले भने, ‘तत्काल नष्ट नगर्दा सो सामान व्यापारीले नयाँ लेबलिङ गरेर उपभोक्तालाई झुक्यार बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको देखिएको छ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।
कति छ आज बिदेशी मुद्राको बिनिमय दर ?
काठमाडौ । विदेशी मुद्राको बिनिमय दर बेला बखत परिवर्तन भइरहन्छ। विदेशी मुद्राको कारोबार गर्दा पछिल्लोे मूल्यको बारेमा जानकारी राख्नु आवश्यक हून्छ।
पछिल्लो समय पैसा कमाउन गएकाले घरमा पैसा पठाउन होस् वा पढ्न गएका आफन्तलाइ गाह्रो परेको अवस्थामा बिदेशमा पैसा पठाउन परिवर्तन भइरहने बिनिमय दर सम्बन्धी जानकारी हुनु आवश्यक हुन्छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको बिनिमय दर भने यस्तो छ ।
नेपालमा फलामे छडको मूल्य घट्यो
काठमाडौँ । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन संघले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो ।
संघले एक विज्ञप्ति जारी गर्दै संघमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको संघका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए ।
‘नेपाल सरकारले २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको यस संघ स्वागत गर्दछ । सो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी रु चारले घट्न जाने जानकारी गराउदछौँ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा विलेटको कच्चापदार्थ स्पंज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी रु चार घटाइ फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीलाई अनुरोध गर्दछौँ ।”
सरकारले फलामे डण्डी बनाउन प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने ५ प्रतिशतको भन्सार र अन्तःशुल्कमा छुट दिएको भन्दै विलेट आयात गर्ने उद्योगी आन्दोलित बनेका छन् । सरकारले यसअघि एमएस विलेट आयातमा प्रतिटन रु एक हजार ६५० अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रु दुई हजार ५०० पुर्याइएको छ ।
सरकारको यस्तो व्यवस्थाले नेपालमै विलेट बनाएर फलामे डण्डी उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन भएको तर विलेट आयात गरी डण्डी उत्पादन गर्नेलाई समस्या भएको भन्दै केही उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।
बीउ प्रयोजनका लागि असल महिला कृषि सहकारी संस्थाले उत्पादन गरेको धानको अनुगमन
पदम ओझा बौनिया । असल महिला कृषि सहकारी संस्थाले उत्पादन गरेको धानको बिउको बुधबार अनुगमन गरिएको छ । गुड नेभर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग रहेको बीउ उत्पादन कार्यको आयोजना सेवक नेपालले गरेको हो ।
बुधबार गाउपलिका उपाध्यक्ष भगवती डगौरा थारु, वडा नम्बर २ का अध्यक्ष तथा कृषि बिकास समिती संयोजक भेखु चौधरी, कृषी बिकास अधिकृत झन्कर रावत, सेवक नेपालका प्राबिधिक विष्णु चौधरी,पन्चशक्ती सिड कम्पनिका दिलिप चौधरी,सहकारी शाखा प्रमुख सिताराम चौधरी लगाएतकाले अनुगमन गरेका हुन । असल महिला कृषि सहकारिले आफ्ना सेयर सदस्यहरुलाई पन्चसक्ती सिड कम्पनी बाट खरिद गरेर बीउ बितरण गरेको थियो ।
बर्दगोरिया गाउपालिकाको वडा नम्बर ४,५ र ६ गरेर ७० बिगाहामा सर्जु बाउन्न धानको बीउ उत्पादन गरिएको छ । सहकारिको व्यवसायी र घुम्तिकोष संचालन गरि उक्त असल महिला कृषि सहकारिले पन्चसक्ती सिड कम्पनी प्रा लि बाट धानको बीउ खरिद गरि आफ्ना शेयर सदस्यलाई बितरण गरेको प्राबिधिक बिस्णु चौधरिले जानकारी दिनुभयो ।
१ बिगाहामा ४० क्विन्टल धानको बीउ उत्पादन हुने अनुमानले ७० बिगाहामा २८० क्विन्टल धानको बीउ उत्पादन हुने असल महिला कृषि सहकारीका व्यवस्थापक रमिनी चौधरिले जानकारी दिनु भयो । उत्पादन भएको बीउ असल महिला कृषि सहकारिले पन्चशक्ती सिड कम्पनिलाई बजार मूल्य भन्दा १५ प्रतिशत बढी मुल्यमा बिक्री गरिने चौधरिले जानकारी दिनुभयो ।
बजार मूल्य भन्दा १५ प्रतिशत बढी मुल्यमा बिक्री गरेमा ३ प्रतिशत सहकारि र १२ प्रतिशत कम्पनिलाई आम्दानी हुने भएको हो । यसै गरि असल महिला कृषि सहकारी मार्फत ६० बिगाह जमिनमा गहुको बीउ पनि उत्पादन गरिने पन्चशक्ती सिड कम्पनीका प्राविधिक दिलिप चौधरिले जनकारी दिए ।
अनुगमन गर्दै गाउपालिका उपाध्यक्ष भगवती डगौरा थारुले धानको बीउ राम्रो उत्पान भएको बताउनु भयो । उहाले सहकारीले आफ्ना सेयर सदस्यलाई दिएको बिउले राम्रो उत्पादन गरेको बताउदै सहयोग गर्ने सबै संघ/संस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो ।
काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ ।
गत वर्ष सोही अवधिमा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँको मात्र व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार दुई महिनाभित्रमा गत वर्षको तुलनामा ८० प्रतिशतले व्यापार घाटामा वृद्धि भएको छ ।
गत वर्षको साउन र भदौको तुलनामा यसपालि ७६ प्रतिशतले आयात बढेको छ । गत वर्ष १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको मात्र आयात भएको थियो । आयातसँगै निर्यात पनि वढेको छ । गत वर्ष २० अर्बको निर्यात भएकोमा यस वर्ष ४४ अर्बको निर्यात भएको छ । यो १ सय १५ प्रतिशतले बढी हो ।
गत वर्षको तुलनामा भने कुल वैदेशिक व्यापारमा ८० प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा सबैभन्दा बढी ३७ अर्ब ९५ करोड ५१ लाख ३४ हजारको इन्धन आयात भएको छ । आइरन र स्टिल २८ अर्ब ५५ करोड ९४ लाख ८७ हजारको आयात भएको छ ।
२६ अर्बको खाने तेललगायतको आयात भएको छ । तरकारी मात्रै ८ अर्ब ३६ करोड ४० लाख रुपैयाँको आयात दुुई महिनामा भएको छ । दुई महिनामा ३८ करोड २२ लाख रुपैयाँको सुर्ती र चुरोट आयात भएको तथ्यांक भन्सार विभागको छ ।
प्लास्टिकजन्य वस्तुमा ११ अर्ब ४० करोड ४८ लाख ७१ हजार रुपैयाँ आयात भएको छ भने १६ करोड १४ लाख ३९ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । यसमा मात्रै नेपालले ११ अर्ब २४ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।
बहुमूल्य धातुका गरगहना १७ अर्ब २७ करोड ४६ लाख ९९ हजार रुपैयाँको आयात हुँदा सवारी साधनका पार्टपुर्जा २१ अर्ब ८४ करोड ४३ लाख ७४ हजार रुपैयाँको आयात भएको छ । मेसिनरी तथा यान्त्रिक उपकरण २२ अर्ब ६८ करोड ७ लाख १ हजार, विद्युतीय मेसिनरी, साउन्ड रेकर्डरलगायतका सामग्रीहरू २४ अर्ब ५१ करोड २ लाख २१ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
४० करोडको लागतमा थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।
स्टेसन निर्माण निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा निर्माण गरिने प्राधिकरणले जनाएको छ । पाँच सयवटा चार्जर जडान गर्ने योजनासहित जग्गा प्राप्तिको सूचना सार्वजनिक गरिएको प्राधिकरणका चार्जिङ स्टेसन परियोजना प्रमुख सागर ज्ञवालीले जानकारी दिनुभयो । प्राधिकरणले देशका प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण कार्य सुरु गरेको छ । प्राधिकरणले विद्युतीय सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो ।
चार्जिङ स्टेसन पूर्वपश्चिम राजमार्ग, पृथ्वी, सिद्धार्थ, बीपी र मदनभण्डारीलगायतका राजमार्गमा स्थापना गर्न लागिएको हो । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने छ । नौ महिनाभित्र कार्य सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ । प्रमुख ज्ञवालीले भन्नुभयो, “अबको नौ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता हो तर छ/सात महिनामै सक्ने योजनामा छौंँ ।”
उहाँका अनुसार, विद्युतीय स्टेसनबाट कार आधा घण्टामा र बस एक घण्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफरमर राखिने छ । पहिलो चरणमा ८२ स्थान सूचीकृत भएकोमा ३२ स्थानमा स्टेसन स्थापना गरिने प्राधिकरणले जनाएको छ । चार्जिङ स्टेसन निर्माणका लागि स्थान छनोट भइसकेको छ ।
चीनको जियाङ्सु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी कम्पनीले चार्जिङ स्टेसन बनाउने जिम्मा पाएको छ । प्राधिकरणले आठ महिनाअघि सो कम्पनीसँग निर्माण सम्झौता गरेको थियो ।
एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिन लागेको हो । एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ खर्च लाग्छ । ५० वटा स्टेसन निर्माणका लागत ४० करोड रुपियाँ विनियोजन गरिएको छ । प्रमुख राजमार्ग तथा सवारीको चाप हेरेर एकै स्थानमा दुईवटासम्म चार्जिङ स्टेसन स्थापना गरिने जनाइएको छ ।
हरेक प्रदेशमा पाँचवटा स्टेसन रहनेछन् । त्यस्तै काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा राखिने जनाइएको छ । प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
बौनियाका इमान्दार व्यवसायी गुप्ता जसले भेटाएको एक तोलाको सुनको औँठी फिर्ता गरे
बौनिया,कैलाली । हराएको सामान हत्तपत्त फिर्ता पाउन सकिन्न । हराएको पैसा होस या सामान फिर्ता हुन्छ ,या पाउने व्यक्तिले सहजै दिन्छ भन्ने आस पनि सबैमा हुँदैन । किनकी सम्वन्धित व्यक्तिलाई खोजेर भेटाएको सामान वा पैसा फिर्ता गर्ने इमान्दारिता जो कोहीमा हुदैन ।
तर, कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर दुई मा रहेको नव वालबाटिका विद्या मन्दिरका संस्थापक/प्रीनसिपल प्रमोद मल्लले हराएको एक तोलाको सुनको औँठी फिर्ता पाएका छ्न । बिहिवार दिउँसो बौनिया बजार स्थित प्रमोद मिस्ठान्न भण्डारमा खाजा खायर हात पुछने क्रममा हराएको सो औँठी मल्लले शुक्रबार फिर्ता पाएका हुन ।
भेटेको एक तोलाको सुनको औँठी मल्ललाई फिर्ता गर्ने महान ,इमान्दार व्यक्ति हुन् सोही मिस्ठान्न भन्डारका संचालक प्रमोद गुप्ता । उनी बौनियामा निरन्तर २० वर्षदेखि होटल व्यवसाय गर्दै आएका छ्न । गुप्ताले संचालन गर्दै आएको मिस्ठान भन्डार बौनियाकै सबैभन्दा बढी लोकपि्रय पनि छ । स्वादिष्ट परिकार खुवायर ग्राहकलाई मोहित पार्न सफल गुप्ता इमानदार पनि उत्तिकै छ्न । गुप्ताले यसअघि पनि बौनियाको खापर मेडिकल हलको दुई लाख रुपैयाँ नगद फिर्ता दिएका थिए । खाजा खाने क्रममा छुटेको सो रकम गुप्ताले खापर मेडिकल संचालकलाई बुझाएका थिए ।
यतिमात्र होइन केही वर्षअघि लम्किबाट आएका ग्राहकको छुटेको तीन तोला सुनसहितको झोला पनि सम्बन्धित व्यक्तिलाई बुझाएका थिए ।
सरकारले तोक्यो धानको समर्थन मूल्य,क्वीन्टलको कति ?
काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य रु २ हजार ७५२ र मध्यम किसिमको धानको मूल्य रु २ हजार ९०२ तोकिएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल रु १७ ले बढी हो । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको मूल्य रु दुई हजार ८८५ तोकिएको थियो ।
समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।