मनकाे देवता पाथिभरा माताकाे दर्शनले साेचेकाे कुरा पुग्छ, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धनमा रमाउने समय पनि छ ।
वृष
आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
मिथुन
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावना पनि रहेको छ ।
कर्कट
आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख पनि मिल्नेछ ।
सिंह
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।
कन्या
शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।
तुला
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
वृश्चिक
विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । आधुरा कामसमेत सम्पादन हुनसक्छ ।
धनु
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मकर
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्न सक्छ ।
कुम्भ
दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मीन
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।
काठमाडौ, १ बैशाख २०७८ ।
आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । नयाँ बर्षको दिन नयाँ संकल्प सहित मनाउने गरिएको छ ।
नयाँ वर्षको पहिलो दिन मन्दिरहरुमा पूजा गरे वा गंगा स्नान गरे लाभ प्राप्ति हुने भएकाले मन्दिर र नदी तलाउहरुमा गंगा स्नान र पुजाआजा गर्नेहरुको ठुलै भिड लाग्ने गर्दछ ।
वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।
यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।
जैमिनीमा भर्खरै सुरु भएको तेक्वान्दोलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ स्वर्ण सहित ६ पदक
बागलुङ, ३१ चैत २०७७ ।
जैमिनीमा भर्खरैमात्र सुरु भएको तेक्वान्दोलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ स्वर्ण सहित ६ पदक प्राप्त भएको छ ।
बागलुङमा सञ्चालित ९ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दो खेल अन्तरगत जैमिनी नगरपालिका तेक्वान्दो संघले १ स्वर्ण सहित ६ पदक हात पारेको हो ।
सोमबार भएको ५१ केजी तौल समुहको खेलमा शान्ती माध्यामिक विद्यालय कुश्मीसेराका सन्दिप परियारले आफ्ना प्रतिद्वन्द्वी ताराखोला गाउँपालिकाका कृष्ण बिकलाई पराजित गर्दै स्वर्ण जित्न सफल हुनु भएको जैमिनी नगर तेक्वान्डो सँघका सचिव तथा प्रशिक्षक अर्बिन थापा मगरले जानकारी दिनुभयो ।
यस्तै ४६ केजी तौल समुहको तेक्वान्दो प्रतियोगितामा हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराका सन्ध्या मल्ल द्वितीय हुँदै रजत जित्न सफल हुनुभएको छ भने ४५ केजी तौल समुहमा शान्ती माध्यामिक विद्यालय कुश्मिसेराका केशव थापा, छात्रा तर्फको ४४ केजी तौल समुहमा शान्ती माध्यामिक विद्यालयकी छात्रा मुना पुलामी थापा मगर, ४२ केजी तौल समुहको प्रतियोगितामा हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराकी पूजा मल्ल र ४८ केजी तौल समुहको प्रतियोगितामा दुर्गा थापा मगरले काश्य जित्न सफल हुनु भएको छ ।
स्थापना कालको सुरुवातमा नै जैमिनीले यति पदक पाउनु भनेको तेक्वान्दोमा भएको प्रगति मानिएको छ । तेक्वान्दोमा मात्रै जैमिनीले एक स्वर्ण, एक रजत र ४ काश्य हात पार्न सफल भएको छ ।
दोलखा, ३१ चैत २०७७ ।
दोलखामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दोलखाको बिगु गाउँपालिका-४ लादुकमा गएराति प्रदेश ३-०१-०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा एकै गाउँका चार जनाको ज्यान गएकाे हाे ।
मृत्यु हुनेहरूमा बिगु-३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटनामा परेको थियाे । दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
दुर्घटना के कारणले भयाे भन्ने अनुसन्धान भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मंगलवार गणेश भगवानकाे दर्शनले साेचेका कुरा पुरा हुन्छन्, दर्शन गर्दै राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
वृष
नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।
मिथुन
शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
कर्कट
आज दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुहरू पनि पराजित हुनेछन् ।
सिंह
पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ ।
कन्या
आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्र संग मीठो भेट घाट रहनेछ ।
तुला
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।
वृश्चिक
दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख पनि मिल्नेछ ।
धनु
अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ ।
मकर
सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ
नयाँ कार्य प्राप्तिको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्रिय व्यक्तिसंग भेट घाट हुनेछ । लाभदायक यात्रा पनि होला ।
मीन
आज पूराना रोकिएका अधूरा कार्यले गतिलिन सक्छ । आफन्तहरूको फरपूर साथ र सहयोग पाईनेछ, तर साँझमा खर्च बढ्न सक्छ ।
Breaking News: नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने, यात्रुहरू मारमा
काठमाडौँ, ३० चैत २०७७ ।
नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् ।
बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिनुभयो ।
नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।
उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवतजावत गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालिन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।
प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । “नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रुपमा निर्माण गर्न लागिरहेका छौँ”, उहाँले भन्नुभयो । प्रालिले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । प्रालिले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो ।
ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरिएको हो । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । उक्त बसपार्कमा एक हजार ५०० सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमता छ ।
इतिहासकै धेरै डढेलो लागेकाे वर्षः७७ वटै जिल्लामा डढेलाे लाग्याे,यस्ताेछ यतिधेरै डढेलाे लाग्नुकाे कारण
काठमाडाैँ, ३० चैत २०७७ ।
नेपालमा इतिहासकै धेरै डढेलो लागेको वर्ष यो वर्ष बनेकाे छ ।
याे वर्ष देशभरका ७७ वटै जिल्लाका बिभिन्न स्थानहरूमा डढेलाे लागेका कारण इतिहासकै धेरै डढेलाे लागेकाे वर्ष बनेकाे हाे । गएको कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएकाे छ ।
यो सङ्ख्या नेपालमा डढेलोको रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै भएको जनाकारी दिँदै,यसपटक सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको प्राधिकरणले जनाएकाे छ । डढेलोबाट पाँच जनाको ज्यान गएको छ भने हजारौँ पशुपक्षी तथा हजारौँ हेक्टर जमिनमा क्षति पुगेको जनाइएकाे छ । कति क्षेत्रफल जमिनमा डढेलो लाग्यो भनेर तथ्याङ्क सङ्कलनको काम भइरहेको जानकारी दिइएकाे छ ।
यस्ता छन् डढेलाे लाग्नुका कारणः
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार ६० प्रतिशत ठाउँमा मान्छेले जानाजान डढेलो लगाएको, ३० प्रतिशत ठाउँमा लापरबाहीका कारण डढेलाे लागेकाे छभने १० प्रतिशत ठाउँमा सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलो लाग्ने गरेको छ । सबैभन्दा ध्यानदिनु पर्ने कुरा नयाँ घाँस पलाउने आशामा नागरिकले डढेलो लगाउँदा त्यसले ठूलो क्षति निम्त्याइरहेको उहाँकाे भनाइ छ ।
यसपटकको इतिहासकै धेरै डढेलो लाग्नुमा मानवीय लापरबाही देखिएकाले जानाजान डढेलो लगाउनेलाई तत्कालै कारबाही गर्ने पनि उहाँले चेतावनी दिनुभयो । सहर नजिकै र मानवीय तथा भौतिक क्षति धेरै हुने ठाउँमा हेलिकप्टरबाट पानी खन्याएर डढेलो नियन्त्रणको अभ्यास सुरु गरिएको र यसलाई निरन्तरता दिइने पनि पोखरेलले जानकारी दिनुभयो ।
डढेलाेकाे दीर्घकालीन असरः
डढेलोका कारण वन मासिने, वन्यजन्तु लोप हुने, र बाक्लो तथा हानिकारक धुवाँका कारण हिमालको हिउँ समेत छिटै पग्लने जस्ता गम्भीर र दीर्घकालीन असरको जोखिम रहेको पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौँ, ३० चैत २०७७ ।
यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै सङ्क्रमित भेटिएका थए । एक महिनाको फरकमा सङ्क्रमणको ‘ग्राफ’ निकै माथि पुगेको उक्त दुई तथ्याङ्कले प्रष्टयाउँछ । त्यसमाथि अहिले देखिएकामध्ये धेरैमा नयाँ स्वरुपको भाइरस छ ।
यसपाली गत वर्ष जस्तो कोरोनाको त्रास कसैमा देखिएको छैन । शङ्कास्पद परीक्षणमा जान अनकनाउँछन् भने मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायत मापदण्ड पालनामा खास जागर चलेको देखिँदैन । सडकमा राखिएका कतिपय हातधुने भाँडा प्रयोगविहीन देखिन्छन् ।
काठमाडौँको सुन्धारा, रत्नपार्कलगायत क्षेत्रमा आज मास्क नलगाएका व्यक्ति धेरै भेटिए । “कोरोनाले अब खास केही समस्या हुने देखिएन, त्यसैले मास्क लगाइएन”, नाम नबताउने एक जनाले भन्नुभयो ।
यो क्रम देशभरी नै छ । ठूलाठूला भीडभाड क्षेत्र, जात्रा, मेला, महोत्सव, राजनीतिक कार्यक्रम अहिले यत्रतत्र भइरहेका देखिन्छन् । तर, मन्दगतिमा सङ्क्रमण दर बढिरहेको ग्राफले भने आमसमुदायको ध्यान तान्न सकिरहेको छैन । सङ्क्रमणको ग्राफ बढिरहेको बताउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भन्नुहुन्छ, “अघिल्लो महिनामा बढीमा दैनिक एक सय बिरामी हुन्थे, अहिले झण्डै दोब्बर थपिएर दैनिक तीन सयभन्दा माथि देखिनु जोखिमतर्फ उन्मुख हुनु हो ।” उहाँले अघिल्लो महिनामा सक्रिय सङ्क्रमित ९०० को हाराहारीमा रहेकोमा आज दुई हजार ७०० पुगेको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार एक महिना अघिदेखि नै सङ्क्रमण बढ्न थालेको भए पनि पछिल्लो १०-१२ दिनदेखि सङ्क्रमणको रफ्तार अलि तीव्र छ । “अब राम्ररी स्वास्थ्य मापदण्ड नअपनाउने हो भने सबै सेवा ठप्प पार्नुको विकल्प हुन्न”, डा गौतमले दाबीका साथ रासससँग भन्नुभयो ।
अघिल्ले वर्ष यही समयमा भारतमा अत्यधिक सङ्क्रमण भएको बेला नेपालमा न्यून थियो । जब भारतबाट नेपाली स्वदेश फर्किए त्यसपछि एक्कासी सङ्क्रमण दरको गति बढेको थियो । गत वर्ष चैतको अन्तिमबाट क्रमशः बढ्न थालेको सङ्क्रमणको गतिले वैशाख सकिँदा त्रास फैलाइसकेको थियो ।
यसपटक पनि विगतको पुनरावृत्ति हुने आशङ्का जनस्वास्थ्यविद्को छ । अहिले भारतमा दिन प्रतिदिन कोरोनाको सङ्क्रमण दर ह्वात्तै बढिरहेको छ । प्राप्त विवरणमा भारतमा पछिल्लो तथ्याङ्क हेर्दा एकै दिन एक लाख ५२ हजार सङ्क्रमित भेटिएका छन् । भारत–नेपाल खुला सिमानाका कारण त्यहाँबाट मानिस सजिलै नेपाल आउन सक्ने हुँदा विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । उनीहरुमा नयाँ भेरियन्टसहितको सङ्क्रमण देखिएकाले अझै चनाखो हुनुपर्ने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारी अहिले अवस्था सामान्य हुँदा पनि शङ्कास्पद व्यक्ति परीक्षणका लागि अस्पताल जान जागर देखाउन छाडेको जिकिर गर्नुहुन्छ । “शङ्कास्पद परीक्षणमा जानै पर्छ, क्वारेन्टिन बस्नैपर्छ, नभए अवस्था जटिल हुनसक्छ”, अधिकारीले भन्नुभयो, “अहिले ठूला शहर, नाका क्षेत्र, भारतबाट आउनेमा बढी सङ्क्रमण देखिएको छ”, डा अधिकारीले भन्नुभयो । प्राप्त विवरणअनुसार शनिबारसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
कोरोना बढ्न थालेपछि सरकारले विशेष सावधानी अपनाउन अपिल गरिसकेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हालैको बैठकले कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने, लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने गरी काम अघि बढाउने निर्णय पनि गरेको छ । तर जुन गतिमा हुनुपर्ने स्वास्थ्य सुरक्षाका कार्यक्रम भने न्यून देखिन्छ ।
दोस्रो चरणको खोप वैशाख ७ बाट
सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ । अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ । मन्त्रालयबाट प्राप्त विवरणअनुसार नेपालमा अहिलेसम्म कूल ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ । सहप्रवक्ता डा अधिकारीले झण्डै १४ लाख मात्रा खोप स्टक रहेको र केही आउने क्रममा रहेको जानकारी दिनुभयो ।
आगामी वैशाख ७ गतेपछि भने शुरुआती चरणमा (माघ १४ गतेदेखि) खोप लगाएका व्यक्तिका लागि दोस्रो चरणको खोप लगाइने छ । पहिलो चरणमा माघ १४ बाट फागुन १० सम्म खोप लिएका दोस्रो चरणमा सहभागी हुनेछन् । त्यसबेला चार लाख ३९ हजारलाई खोप लगाइएको थियो । दोस्रो चराणको खोप उनीहरुलाई नै लगाइने छ । उनीहरु सबै कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभावमा खटिएर काम गर्ने व्यक्ति हुन् ।
जुन ठाउँबाट खोप लगाइएको थियो, कार्ड लिएर त्यही ठाउँमा गएर खोप लगाउन सरकारले अनुरोध गरेको छ । नेपाललाई शुरुमा भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि चीनले आठ लाख मात्रा भेरोसिल खोप दिएको थियो । कोभ्याक्स सुविधाबाट तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । नेपाली सेनाले पनि एक लाख मात्रा ल्याएको छ ।
सरकारले प्रति मात्रा चार डलर तिरेर १० लाख मात्रा खोप ल्याइसकेको छ भने अब १० लाख मात्र ल्याउन बाँकी रहेको स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा झलक गौतमले बताउनुभयो । सरकारले दोस्रो अभियानअन्तर्गत गएको फागुन २३ गतेबाट ६५ वर्षमाथिका व्यक्तिका लागि खोप अभियान चलाएको थियो । नेपालमा अहिले भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिशिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनीले उत्पादन गरेको ‘भेरोसिल’ खोप मात्र प्रयोगमा छ ।
कुश्मिसेरामा तीन दिवसीय योग शिविर सम्पन्न, योगले जिवनमा हरियाली ल्याउँछ: प्रशिक्षक
बागलुङ २९ चैत २०७७ ।
कुश्मिसेरामा तीन दिवसीय योग शिविर सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा शुक्रबारदेखि सुरु भएको तीन दिवसीय योग शिविर आइतबार सम्पन्न भएको हो ।
जैमिनी नगरपालिका आयुर्वेद शाखाको आयोजनामा स्वास्थ्य प्रवर्धनका लागि तीन दिवसीय योग शिविरमा धौलागिरि आर्युवेद औषधालय बागलुङका प्रमुख डाक्टर सरोज कुमार राय, पतञ्जली योग समिति बागलुङका अध्यक्ष हिरा बहादुर केसी, जैमिनी संस्कृत आधारभुत पाठशालाका गुरु कृष्ण सापकोटा लगाएतले प्रशिक्षण दिनुभएको थियो ।
हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराको प्रांगणमा बिहान साँढे ५ बजेदेखि साँढे ८ बजेसम्म ३ घण्टा विभिन्न योगका क्रियाकलापहरु सिकाइएको शिविरमा करिव ६० जनाले सेवा लिएको जैमिनी नगरपालिका आर्युवेद शाखाका शाखा प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
नसर्ने रोगहरु प्रकोप बढ्दै गएको अवस्थामा आर्युवेदिक जिवनशैलि तथा योगको माध्यामबाट त्यस्ता रोगहरुको न्युनिकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । आहार विहार, सद्वृत्त, दिनचर्या, ऋतुचर्या र आचार रसायनको माध्यामबाट जिवनशैलि परिवर्तन गरी आम नागरिकको स्वास्थ्यमा गुणस्तरीय सुधार ल्याउन यस कार्यक्रमले मद्दत पुगेको छ ।
योग शिविरमा धौलागिरि आर्युवेद औषधालय बागलुङका प्रमुख डाक्टर सरोज कुमार रायले योग गर्ने अभ्यासहरु र त्यसका परिणामहरुका वारेमा जानकारी गराउनुभएको थियो । सन्तुलित भोजन र सकारात्मक सोचले मानव जिवनमा परिवर्तन आउने भन्दै उहाँले खानपान र व्यायाममा ध्यान दिन सुझाव दिनुभयो ।
पतञ्जली योग समिति बागलुङका अध्यक्ष हिरा बहादुर केसीले योग, ध्यान र साधनाले मान जिवनमा उत्प्रेरणा जगाउने बताउनुभयो । हरेक दिन योग गर्नु अनिवार्य भएको भन्दै उहाँले जिवन शैलि स्वच्छ र स्वस्थ्य राख्न हरेक योग अभ्यास महत्वपूर्ण रहेको बताउनुभयो ।
बागलुङ, २९ चैत २०७७ ।
बागलुङकाे गुठीमा रहेकाे एक फर्निचरमा आगलागी भएकाे छ । बागलुङ नगरपालिका–३ गुठीमा विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा गएराति आगलागी भएकाे हाे ।
गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी बिहान ९ बजेतिर मात्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल परयाेग गरेर नियन्त्रणमा लिन सफल भएकाे जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बजानकारी दिनुभयाे ।
आगलागीका कारण फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेर नष्ट भएकाे छ । प्रहरीले क्षतिकाे विवरण संकलन गरिरहेकाे र पूर्ण विवरण आइनसकेको उपरिक्षक हवारीले बताउनुभयाे ।