काठमाडौ । नेकपा एमाले कैलालीको कारबाहीमा परेका एमाले कैलालीका पूर्व अध्यक्ष रतन थापाले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
बिहीबार बिहान पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको बैठकपछि टीका ग्रहण गर्दै थापाले पार्टी प्रवेश गरेका हुन्।
सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका थापालाई नेकपा एमालेले असार १४ गते स्थानीय निर्वाचनमा असहयोग गरेको भन्दै कारबाही गरेको थियो।