बागलुङ, ३० भदौ २०७८ ।
सुनौलो बागलुङ संस्थाले बिरामीलाई नगद सहयोग गरेको छ । सुगर लगायत अन्य रोगबाट पीडित जैमिनी नगरपालिका ८ छिस्तीका विरेन्द्र पुन लाई संस्थाले नगद सहयोग गरेको हो ।
संस्थाको वैदेशिक बिभागका कोषाध्यक्ष चित्र श्रीसको पहलमा संकलित ५० हजार रुपैयाँ नगद सोमबार पीडितलाई सहयोग गरिएको संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार शिव श्रीसले जानकारी दिनुभयो ।
पीडित पुुनको आर्थिक अवस्था कमजोर भएपछि संस्थाको तर्फबाट पुनको परिवार मनकुमारी पुनलाई नगद रकम हस्तान्तरण गरिएको थियो ।