बागलुङ, ३० भदौ २०७८ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट भातृ संगठनहरुको जैमिनी नगर कमिटि गठन भएको छ । मंगलबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज बलावती शर्माको प्रमुख आतिथ्यतामा कुश्मिसेरामा सम्पन्न बैठकले बिभिन्न भातृ संगठनको नगर कमिटि गठन गरेको हो ।
भेलाले मिना परियारको संयोजकत्वमा ९ सदस्यीय साँस्कृतिक संगठन, लालमाया पुनको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल महिला क्रान्तिकारी, कुल बहादुर पुनको संयोजकत्वमा ३१ सदस्यीय वाइसिएल र आशिष थापाको संयोजकत्वमा २९ सदस्यीय अनेरास्ववियु क्रान्तिकारी गठन भएको नेकपा माओवादी केन्द्र जैमिनी ईन्चार्य लाल बहादुर परियारले जानकारी दिनुभयो ।
माओवादी केन्द्र जैमिनीका संयोजक झम्मन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नव गठित कमिटिका संयोजकहरुलाई बधाई दिँदै संगठन सुदृृढिकरणको बिषयमा छलफल भएको थियो ।