१९ जेष्ठ ,काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो । उक्त हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको हो । नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो । उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, छानबिन समितिले स्वतन्त्र अनुसन्धान गर्न नसकेको धेरैले बताउँदै आएका छन् ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४१ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले काठमाडौमा सम्पन्न १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । बिहीवार एक कार्यक्रमका बीच बर्दगोरिया १ मा रहेको श्री बसन्त मुरारी नमुना माध्यमिक विद्यालयमा अध्यनरत छात्रा कृष्णा बमलाई सम्मान गरेको हो ।काठमाडौंमा सम्पन्न १४औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा सहभागीता जनाई सटफुटमा कृष्णाले स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिइन । वसन्त मुरारीमा अध्यनरत कृष्णा पढाईसङ्गै खेलकुद क्षेत्रमा अब्बल मान्निन्छन । उनी सटपुट तर्फकि राष्ट्रिय खेलाडीसम्म हुन ।
खेलकुदको क्षेत्रबाट बर्दगोरिया नाम राष्ट्रिय स्तरमा चिनाउन सफल भएकी कृष्णालाई गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना,वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम लगाएतले टीका ,अबिर र दोसल्ला ओढाएर सम्मान गरेका हुन । सो क्रममा उनलाई पालिका अध्यक्ष कुवरले पढाइसङ्गै खेलकुद क्षेत्रमा थप प्रगतिहोस भन्ने शुभकामना समेत दिए ।स्वर्ण पदक बिजेता कृष्णालाई यसअघि यहाँको जगत तारा इङलिस बोर्डिङ स्कुल र वसन्त मुरारी माविले समेत सम्मान गरेका थिए ।
यार्सा संकलनका क्रममा मुगुमा चारजनाको मृत्यु
मुगु । मुगुमा बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो । रासस
२० जेठ ,काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुने खेलमा अमेरिकाले पहिले फिल्डिङ गर्ने भएको छ । खेलका लागि भएको टस जितेर अमेरिकाले फिल्डिङ रोज्दै क्यानडालाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।
काठमाडौं । आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी दिए ।उनका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । “तराईमा पनि केही बदली त हुने सम्भावना छ, तर मुख्यतया सफा हुनेजस्तो देखिन्छ,” उनले भने, “विशेष गरी कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । अरू एक/दुई स्थानमा पनि सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”हाल देशमा स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
“बादल हुने, खुलेको जस्तो उज्यालो हुने, घामचाहिँ बिहान हुन्छ,” “दिउँसो, अपराह्न बादल र वर्षाको सम्भावना देखिन्छ । घामको सम्भावना छैन ।”
आइतबारको तुलनामा सोमबार र मंगलबार वर्षाको सम्भावना कम रहेको उनले बताए । नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको उनले उल्लेख गरे । नेपालमा मनसुनी प्रभाव सुरु नभएको उनले जानकारी दिए । स्थानीय र पश्चिमी वायुकै प्रभाव रहेको उनले स्पष्ट पारे ।
बर्दगोरियामा १ दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, चारसय ४४ जनाले लिए निशुल्क सेवा
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व हिन्दु परिषद नेपाल,धनगढी नगर समिति कैलालीको आयोजना तथा बर्दगोरिया गाउँपालिकाको सहयोगमा स्थानीय दोदोधरा अस्पतालमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।शिविरमा महिला पुरुष गरि ४ सय ४४ जनाले सेवा लिएको अस्पताल स्रोतले जनाएको छ । शिविरमा कन्सल्टेण्ड रेडियोलोजिस्ट डा. अशोक राज पन्त, हाडजोर्नी तथा मेरुदण्ड विषेशज्ञ डाक्टर ज्ञानेन्द्र जोशी, पेट,छाती,मुटु,सुगर,दम रोग सम्बन्धि विषेशज्ञ डाक्टर विकास रिजाल ,स्त्रीरोग तथा प्रसुती विषेशज्ञ डाक्टर जगदीश चन्द्र विष्ट लगाएतको विशेषज्ञ टोलिद्वारा परामर्श सेवा प्रदान गरिएको थियो ।शिविरको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नुभएको थियो । विश्व हिन्दु परिषद नेपाल,धनगढी नगर समिति कैलालीका अध्यक्ष महेन्द्र राज पन्तको सभाध्यतामा भएको कार्यक्रममा उहाँले स्वास्थ्य मान्छेको अति अभिन्न पक्ष भएको र आफ्नो शरीरलाई विभिन्न रोगलाग्न बाट जोगाउन सबै सचेत हुनु पर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारले नागरिकलाई स्थानीय स्तरमै सेवा पुर्याउने उदेश्यले शिविर संचालन गरिएको बताउनुभयो ।गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरिले स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम कारबाही अगाडि बढाइरहेको समेत बताउनुभयो । उहाँले स्वास्थ्य संवेदनशील क्षेत्र भएकोले आफूहरुले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरूको बारेमा छलफल गर्दै अरू थप कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो ।
कस्तो रहला आज देशभर मौसम,यस्तो छ पुर्वानुमान
१९ जेष्ठ ,काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
२१ जेष्ठ ,बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जुनोटिक रोग सम्बन्धि सरोकारवाला निकायसंग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । पालिकाको पशु सेवा शाखाको आयोजनामा शुक्रबार यहाँका सरोकारवाला निकायका बिच अन्तरक्रिया भएको हो ।कार्यक्रममा जुनोटिक रोगबारे परामर्श गरिनुका साथै यसबाट बच्ने उपायका बारेमा परामर्श गरिएको छ । कार्यक्रममा पशुपन्छि रोग अन्वेषण प्रयोगशालाका डाक्टर नरेश प्रसाद जोशीले जुनोटिक रोग के हो, यो रोगको संक्रमण कसरी हुन्छ र जुनोरिक रोगको संक्रमणबाट बाच्न के गर्नुपर्छ लगायतका विषयमा जानकारी गराउनुभयो ।सो क्रममा उहाँले जुनोटिक रोगबाट बच्न सधैं दूध उमालेर मात्र खाने, काचो मासु नखाने, रोगि वा रोग लागेर मरेको पशुपन्छिको मासु नखाने तथा सधैं सफा मासु मात्र खाने बानिको बिकास गर्न सुझाव दिनुभयो । साथै यो रोग कुकुर र बिरालोबाट समेत सर्ने भएकाले उनीहरुलाई काचो मासु नखुवाउने, तुहिने रोगमा नाङ्गो हातले नछुने तथा प्रत्यक तीन/तीन महिनामा कुकुरलाई जुका र फित्ते जुकाको औसधि खुवाउन जरुरी रहेकोे बताउनुभयो ।उहाँले ६० प्रतिशत रोगहरु जनावरबाटै मानिसमा सर्ने भएकाले रेबिज, बर्डफ्लु जस्ता रोगबाट बच्नका लागि सतर्कता अपनाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा पशु सेवा सम्बन्धी संञ्चालन भएका कार्यक्रम, रेबिज र जुनोटिक रोगको रोगथाम, नियन्त्रण, खोप लगाउने विधि, र पशु प्राविधिकहरुको समस्या, तथा समाधानका उपाय, प्रभावकारी पशु विकासका लागी कार्यक्रम, कृषक लाभाम्बित कार्यक्रम र विभिन्न योजना तर्जुमा लगायतका विषयमा छलफल समेत भएको थियो । अन्तरक्रियामा बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय किसान ,विद्यालयका शिक्षक, मासु व्यवसायी लगाएतको उपस्थिति रहेको पशुसेवा शाखा प्रमुख जय प्रसाद कोइरालाले बताउनुभयो ।
पेट्रोलियम पदार्थको मुल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।
सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ ।