काठमाडौं । सरकारले शिक्षकको पारिश्रमिक मासिक रूपमा दिने व्यवस्था मिलाउने भएको छ । मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त व्यवस्था मिलाइने जानकारी दिएका हुन् ।
सरकारले शिक्षकको क्षमता र शैक्षिक गुणस्तर बढाइने नीति लिएको छ । शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन तथा मूल्यांकन तालिमलगायत विषयको वस्तुपरक जानकारी दिने एकीकृत विद्युतीय प्रणाली विकास गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारको नीति तथा कार्यक्रम ; सेती लोकमार्ग र महाकाली करिडोर निमार्ण सरकारको प्राथमिकतामा
काठमाडौं । सरकारले रणनीतिक महत्त्वको सेती लोकमार्ग र महाकाली करिडोर निमार्णलाई प्राथमिकतामा राखेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।मंगलबार संघीय संसद्को संयुक्त बैठकमा उनले भने, “रणनीतिक महत्त्वका सेती लोकमार्ग तथा महाकाली करिडोरका ट्र्याक तथा संरचना निमार्णलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।”
जेठ ०१, बाैनिया । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीले आफ्नो स्थापनाको ३५औं वर्षगाठ मनाउने क्रममा मंगलबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा रहेको असाहयका लागि सहयोगी हातहरु नेपालद्धारा सञ्चालित सहारा घरमा सहयोग हस्तान्तरण गरेको छ ।सहयोग हस्तान्तरण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचन रहनु भएको थियो भने कार्यक्रमका विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओली रहनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य कपेन्द्र रावल (कमल),नेकपा एमाले माेहन्याल गाउँ कमिटी अध्यक्ष भवानी प्रसाद देवकाेटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बाेल्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचनले राष्ट्रिय युवा संघ नेपाली युवा हरु गाेलबद्घ रुपमा रहेकाे युवाहरुकाे सबैभन्दा ठुलो संगठन भएको जिकिर गर्दै युवाहरु सधैं परिवर्तनको पक्षमा रहनुपर्ने कुरामा जाेड दिनु भएको थियो ।
साेहि अवसरमा अगाडि बाेल्दै तुलाचनले युवाहरू परिवर्तनका संबाहक भएकाले युवाहरु आबद्ध रहेका संगठन का क्रियाकलाप फरक हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओलीले राष्ट्रिय युवा संघ नेपाल स्थापनाकाे ३५ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेकपा एमाले पार्टिलाइ मजबुत बनाउने महत्त्वपूर्ण जिम्मेवार राष्ट्रिय युवा संघ नेपालको काधमा रहेको बताउदै सोही बाटाेमा एक भएर अगाडि बढ्न सबैलाई अनुरोध गर्नुभएको थियोे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एव बर्दगाेरिया गाउपालिका इञ्चार्ज रामचन्द्र कठरिया , राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य विराज धमाला लगाएता राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य र विभिन्न पालिकाका अध्यक्ष हरुकाे सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य राजेन्द्र रावलकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन जिल्ला कमिटी उप सचिव छत्र बुढाले गरेका थिए ।
जीविकोपार्जनका लागि बाख्रा वितरण
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित विशालनगरका विपन्न ,एकल महिला ,मुक्तकमैया तथा मुक्तकमलहरीलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो।
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनगढी, कैलालीको सहयोगमा लालिगुरास समुह विशालनगरमार्फत यहाँका विपन्न ,दलित ,एकल महिला, मुक्तकमैया तथा मुक्तकमलहरी गरि १० जनालाई बाख्रा वितरण गरिएको हो ।सोमबार एक कार्यक्रमकाबिच सुदुरपश्चिम् प्रदेश सरकारका निवर्तमान भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बाख्रा वितरण गरेका हुन । सो क्रममा उनले सधै आफू विपन्न ,गरिब असाहयको आर्थिक सशक्तीकरणका लागि लागि पर्ने बताए ।समुहका अध्यक्ष गणेश बहादुर विस्वकर्माको सभाध्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु, वडा सदस्य धनसरा सुनार,पशु सेवा शाखा पृथ्वीपुरका पशु प्राविधिक युवराज कठरिया लगाएतको उपस्थिति थियो ।
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज
काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो ।विपक्षी झिकाउन आदेश भएकै इजलासमा पेसी परेपछि हेर्न नमिल्नेमा परेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ अधिकारीले जानकारी दिएका थिए ।
त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।
काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ ।उच्च अदालतले यसअघि पीडित गौशाला २६ (छ)को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट पनि गौशाला २६ (छ)को जन्मदर्ता झिकाउन तीनपटकसम्म आदेश भएको थियो । एकपटक पीडित गौशाला २६ (छ)की आमाको समेत जन्मदर्ता झिकाउने आदेश काठमाडौं जिल्ला अदालतबाट भएको थियो ।
उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् ।
तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पुर्पक्षको अवधि कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।
काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।आइतबार एम चिन्नास्वामी रंगशालामा भएको खेलमा बेंगलुरुले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९.१ ओभरमा सबै विकेट गुमाएर १४० रनमात्र बनाउन सक्यो ।
दिल्लीका कप्तान अक्षर पटेलले ५७ रन बनाए पनि टिमको हार टार्न सकेनन् । साइ होपले २९, ज्याक फ्रेसर क्याकग्रुकले २१ र राशिक सलामले १० रन थपे । बेंगलुरुका यस दयालले तीन विकेट लिए । ३.१ ओभर बलिङ गरेका उनले २० रन खर्चिए । लोकी फर्गुसनले दुई विकेट लिँदा स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो । बेंगलुरुका रजत पटिदरले ५२ रन बनाएका थिए । विल ज्याक्सले ४१, क्यामरुन ग्रिनले ३२, विराट कोहलीले २७ र महिपाल मोरुरले १३ रन थपे ।
दिल्लीका खलिल अहमेद र राशिक सलमाले दुई विकेट लिए । इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान एक विकेट लिए । जितसँगै १३ खेलबाट १२ अंक जोडेको बेंगलुरु तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंक नै जोडेको दिल्ली तालिकाको छैटौँ स्थानमा छ ।
कस्तो रहला आजको मौसम ?
३१ वैशाख,काठमाडौ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
३१ वैशाख,काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.२३ रुपैयाँ रहेको छ ।यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२६ रुपैयाँ रहेको छ ।
३० वैशाख ,सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरूलाई कुनै राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र राजीनामा दिई सो को जानकारी गराउन सूचना जारी गरेको छ ।शिक्षक तथा कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने गाउँ शिक्षा समितिको बैठकबाट निर्णय भएको सूचनामा उल्लेख छ । गाउँपालिकाले बिहीबार सूचना जारी गरी शिक्षक तथा कर्मचारीलाई दलको सदस्यता त्याग्न १५ दिनको समय दिएको हो ।गाउँपालिका भित्रका विद्यालयहरूमा कार्यरत कुनै पनि शिक्षक-कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजीनामा दिई सो को जानकारी यस कार्यालयमा पेस गर्न र पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धी उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने भनी गाउँ शिक्षा समितिको मिति २०८१/०१/२४ को बैठकबाट निर्णय भएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ शिक्षा अधिकारी सरस्वती भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।कपुरकोट गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरू कुनै पनि राजनैतिक दलको सक्रिय सदस्यता लिइएको वा कार्यकारी पदमा क्रियाशील रहेको भएमा निजहरूलाई उल्लेखित पदहरूबाट राजीनामा गराइ सो को जानकारी पालिकालाई गराइ सार्वजनिक शिक्षा तथा सेवा प्रवाहलाई निष्पक्ष र मर्यादित बनाउन महत्त्वपूर्णमा सहयोगको लागि हार्दिक अनुरोध छ ।’