यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.९४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०३ रुपैयाँ रहेको छ ।
काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन् ।दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ३९५ मत पाएका छन् । सुहाङभन्दा खड्का २ हजार २८२ मतले पछि छन् ।
स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरेका छन् ।
रास्वपाका मिलन लिम्बूले १ हजार ६६५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित १६ जना शिक्षक तथा कर्मचारीहरूलाई कारबाही सिफारिस गरेको छ ।गत चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि उनीहरूलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय भएको हो । नगर कार्यपालिकाको बैठकले शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, शिक्षा शाखा अधिकृत रविलाल मिजार, शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपालीसहित शिक्षक तथा कर्मचारीलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकले शिक्षा शाखा प्रमुख हमाललाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ (क) बमोजिम कारवाही गर्ने र काज फिर्ता गर्ने निर्णय गरेको छ । शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ बमोजिम विभागीय कारवाही र दफा ६४ बमोजिम निलम्बन गर्ने निर्णय भएको छ।यसै गरी शिक्षा शाखा सहायक पाँचौँ बल बहादुर नेपालीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ क बमोजिम, शिक्षक कर्मचारीहरूलाई शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (क) बमोजिम र नगरपालिकाको स्रोतबाट करारमा नियुक्ति पाई छानबिनको क्रममा कारवाहीको सिफारिस गरिएका शिक्षक वा कर्मचारीलाई करारनामा बमोजिम सम्झौता भङ्ग गर्ने निर्णय नगरपालिकाले गरेको छ । मिजार निलम्बनमा परेका छन् भने करारका कर्मचारीको सम्झौता भंग गरिएको छ ।
कस्तो रहला आजको मौसम ? यस्तो छ,पुर्वानुमान
काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरीको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो । बाँकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।विभागले दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । हावाहुरीले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा पनि रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ । पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ ।ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।
बर्दगोरिया ६ मा संचालित घर रङ्ग रोगन तथा वाल पेन्टिङ्ग सम्बन्धि आधारभुत तालिम सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा संचालित घर रङ्ग रोगन तथा वाल पेन्टिङ्ग सम्बन्धि आधारभुत तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत बेरोजगार युवायुवतीहरुलाई सिप सिकेर उद्यमी बनाउने उदेश्यले तालीमको आयोजना गरीएको थियो ।पछिल्लो समय युवायुवतीहरु रोजगारी नपाएर विदेश पलाएन भईरहेको अवस्थामा उनीहरूलाई आर्कसित गराउदै उद्यमी बनाउने उदेश्यका साथ सीपमुलक तालिम अन्तर्गत गत वैशाख २९ गतेदेखि घर रङ्ग रोगन तथा वाल पेन्टिङ्ग सम्बन्धि आधारभुत तालिम संचालन गरिएको थियो ।१५ दिनसम्म संचालन भएको आधारभुत तालिमको शनिबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यतामा समापन गरिएको छ । सो अबसरमा बोल्दै उनले तालिमका सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो । उहाँले रोजगार पाएन भनेर बिदेश पलाएन हुनु भन्दा पनि नेपालमै बसेर केही गर्न सुझाब दिनुभयो ।कार्यक्रममा वडा सदस्य हिक्मत कठायत र धनसरा विकले बेरोजगार युवायुवतीहरुलाई प्रदान गरिएको सिपमुलक तालीम निकै उपलब्धिपुर्ण हुनुपर्ने बताउनुभयो । उहाँले तालीम सिकेर मात्र नभई व्यवहारमा लागु गरेर एक सफल उद्यमी बन्न सुझाव समेत दिनुभयो ।तालीमका सहभागीहरुलाई विवेक आर्ट्सका संचालक तथा प्रशिक्षक बुद्धि सिंह डगौरा थारुले वाल पेन्टिङ, साइनबोर्ड लेखाई, भित्ते लेखन, हाउस पेन्टिङ लगायतका बारेमा सीप प्रदान गर्नुभएको थियो । तालीममा वडा नम्बर ६ का २२ जना युवायुवतीक सहभागीता रहेको थियो ।
तालीमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् ।
डढेलोमा परेर ८५ वर्षिय वृद्धको मृत्यु
खोटाङ । खोटाङमा डढेलोमा परेर एकजना वृद्धको मृत्यु भएको छ। रावाबेंसी गाँपालिका वडा नम्बर–१ स्थित हरमटार–मैनचौर सामुदायिक वनमा लागेको डढेलोमा परि सोही ठाउँका ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
हरमटार–मैनचौर सामुदायिक वनको किनारमा बुधबार दिउँसो झिक्रा तथा पातपतिङ्गरमा लागेको आगो निभाउनेक्रममा आगो अनियन्त्रित भई उनको जलेर मृत्यु भएको प्रहरीले बताएको छ ।
वैशाख १२,बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को कार्यालयले जथाभावी आगो नलगाउन आग्रह गरेको छ । पछिल्लो केही दिनयता प्रतिकुल मौसमका कारण बढी हावाहुरी चलिरहेको भन्दै यसप्रति सचेत रहन आग्रह गरेको हो ।कार्यालयले बुधबार सूचना जारी गर्दै यतिबेला केही किसानले गहुँबाली भित्राइसकेको र केहिले अझैपनी बाली भित्राउन बाकी रहेको हुँदा आगलागीजन्य कुनैपनी क्रियाकलाप नगर्न भनेको हो । आगलागीजन्य कारणबाट जनधनको ठूलो क्षति हुने तथा केही दिन अगाडि मात्रै आगलागीबाट पालिकाभित्रकै वडामा किसानले लगाएको गहुँबालीमा ठूलो क्षति पुगेको भन्दै सचेत रहन सूचनामार्फत आग्रह गरेको हो ।यदी यस सूचनालाई अटेर गरि आगलागीजन्य क्रियाकलापबाट कोही कसैको क्षति भएको खण्डमा जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४(१) बमोजिम ५ लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
बर्दगोरिया १ कट्टिपुरमा मंगलबारदेखि २४ कुण्डिय गायत्री महायज्ञ संचालन हुँदै
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा मंगलबारदेखि २४ कुण्डिय गायत्री महायज्ञ संचालन हुँदैछ । अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डल बर्दगोरियाको आयोजनामा संचालन हुन लागेको महायज्ञको तयारी लगभग पूरा भएको आयोजकले जनाएको छ ।२४ कुण्डिय गायत्री महायज्ञमा भारतको प्रज्ञा अभियान शाँन्तीकुन्ज हरिद्धारका धर्म गुरुको विशेष उपस्थिति हुने आयोजकले जनाएको छ । महायज्ञका माध्यमबाट मानवमा आचिन्ता चिन्तनलाई परिवर्तन गरेर समाजमा नैतिक मूल्यको स्थापना गर्न मुख्य उद्धेश्य रहेको अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डल बर्दगोरियाका अध्यक्षका रङ्गलाल शर्मा रिमालले जानकारी दिए ।भारतको प्रज्ञा अभियान शाँन्तीकुन्ज विश्वविद्यालय हरिद्धारद्धारा संचालित ज्ञान, यज्ञ, कथाहरुको लोकप्रियता सबै भन्दा महत्वपुुुर्ण मानीन्छ । पावन प्रज्ञा पुुरान कथाको बिशेष एउटा प्रकाश स्तम्भ हो । महायज्ञको उद्घाटनका दिन मंगलबार बिहान बृहत कलशयात्रा गरिनेछ ।मानवले जीवन जिउने कला प्रज्ञा पुराणको विशेषता भएको उल्लेख गर्दै भक्तजनलाई महायज्ञमा सहभागी हुन वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आग्रह गरे ।आयोजककाअनुसार महायज्ञ बैशाख १४ गतेसम्म संचालन हुनेछ । यसअघि ९० दिन अगाबै महायज्ञलाई लक्षित गरि महायज्ञ स्थल परिसरमा भुमी पुजा गरिएको थियो । कुनै पनि शुभ कार्य गर्नु पहिला भुमी पुजा गर्नुले भुमी सुद्द हुने र कार्य सफल हुने भएको हुँदा पुजा गरिएको अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डलको भनाई छ ।
आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दिएको राप्रपाको टिप्पणी
काठमाडौँ । कतारका राजाको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वागत गरेको छ। तर आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेको छ ।
राप्रपाका एक नेताले नेपालका राजालाई पनि सम्मान गर्न आग्रह गरेका छन्। विदेशीको योजनामा नेपालका राजालाई पाखा लगाइएको उनको भनाइ छ। उनले नेपालका राजालाई पनि स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन्।
राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै सरकारलाई ४० बुँदै ज्ञापनपत्र बुझाएको छ।