काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आजदेखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ ।दशरथ रंगशाला खेल्न योग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तिम समय खेल स्थल सारेको हो ।
नेपालसहित ६ देशको सहभागी रहनेछ । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् ।
पेट्रोलको मूल्य एकैपटक पाँच रुपैयाँले घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो ।निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको छ ।मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रुपैयाँ कायम भएको छ ।दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई गरिएको छ । ढुंगानाको सरुवा छिमेकी जोशीपुर गाउँपालिकामा भएपछि मंगलबार फेरि भेटौला कार्यक्रम अन्तर्गत विदाई गरिएको हो ।बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि , विभिन्न शाखा प्रमूख तथा कर्मचारीहरुले ढुंगानालाई फूलमाला , अविर तथा दोसल्ला ओढाई विदाई गरेका थिए ।
अधिकृत ढुंगाना २०८० साल पुष ११ गते अछाम जिल्लाको बान्नीगढी गाउँपालिकाबाट बर्दगोरिया गाउँपालिकामा हाजिर भएका थिए । ढुंगानाको सरुवा ८ महिना पछि जोशीपुर गाउँपालिकामा भएको हो ।
विदाई कार्यक्रममा शिक्षा शाखा प्रमुख नन्दाकुमारी भट्टले स्वागत गरेकी थिईन् भने जनप्रतिनिधिका तर्फबाट गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदीप) , कर्मचारीका तर्फबाट प्रशासकीय अधिकृत ढुंगानालाई आगामी कार्यभारको सफलताको शुभकामनासहित विदाई गरे ।
कार्यक्रममा आफ्नो कुरा राख्दै अधिकृत ढुंगानाले बर्दगोरिया गाउँपालिकामा रहदा यहाँका नागरिक ,जनप्रतिनिधि तथा सरोकारवाला सबैको साथ र सहयोग पाएको बताए ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आजको विनिमय दर : अमेरिकी डलर अहिलेसम्मकै उच्च
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। मूल्य बढेर अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा थियो। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८४ पैसा थियो।
आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६७ र बिक्रीदर ३५७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५४र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा थियो।
कैलाली। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् ।आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए।
नेपाली कांग्रेस संसदीय दलका नेता शाह कांग्रेस र नेकपा (एमाले)को समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।शाह नेतृत्वको सरकारमा अहिले काङ्ग्रेस एमालेसहित नागरिक उन्मुक्ति पार्टी पनि सहभागी छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ। नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ ।
बर्दगोरिया १ मा चट्याङ लागेर घाइते भएकाहरुको निशुल्क उपचार स्थानीय सरकारले गर्ने
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित उत्तर मुडा गाउँमा आइतबार चट्याङ लागेर १० जना घाइते भएका छ्न ।घाइते हुनेमा उत्तरमुडा बस्ने बर्ष ५० की फिरिया देबि चौधरी, बर्ष ३५ की रित देबि चौधरी, बर्ष ३२ की माया चौधरी, बर्ष ४५ की कमलापती चौधरी, बर्ष ३२ की किरन चौधरी रहेको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । यसैगरी सोही ठाउँ निवासी बर्ष ३८ कि उर्मिला डगौरा ,बर्ष ४० की पार्बती चौधरी, बर्ष ५० की फुलकुमारी चौधरी,बर्ष ३५ की निर्मला देबि थारु, र घोडाघोडी नगरपालिका ३ ढुसर बस्ने बर्ष ३० की ममता थारु रहेको प्रहरीले जनाएको छ ।घाइते भएका सबैको बौनिया स्थित बर्दगोरिया अस्पतालमा सामान्य उपचार पश्चात् स्थानीय दोदोधरा अस्पताल उपचार भइरहेको छ । चट्याङ परी घाइते भएका सबैको स्थानीय बर्दगोरिया गाउँपालिकाले उपचारको जिम्मा लिएको छ । विपतजन्य घडिमा परेका नागरिकको उद्दार र उनीहरूलाई राहात तथा उनीहरूलाई सहयोग गर्नु सरकारको मुख्य भुमिका हुने भन्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले घाइतेको नियमानुसार उपचारको जिम्मा लिएको जनाए ।
आइतबार दिउँसो सवा तीन बजेतिर बर्दगोरिया १ स्थित उत्तर मुडा बस्ने भिम बहादुर चौधरीको घरमा मानिसको मृत्यु भई १३ दिनेको पुण्य तिथिमा उनीहरू सहभागी बनेका थिए । सो क्रममा घरको अघाडी अमट्टाको रूख मुनि टेन्ट हालि खाना पकाउने क्रममा अचानक चट्याङ पर्दा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।घटना पश्चात् ईलाका प्रहरी कार्यालय बौनियाबाट खटिएको प्रहरी निरीक्षक लिलाराम आचार्यसहित ६ जना र स्थानीयको सक्रियतामा घाइते भएकालाई अस्पताल पुर्याइएको थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रको मूल्य तलमाथि भएको छैन।
हिजो कारोबार भएकै मूल्यमा आज धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।
ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु
काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् । वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।
साओपाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी नभएको जनाएको छ ।
तर, दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान खसेको आवासीय क्षेत्रमा कोही पनि घाइते नभएको अधिकारीहरूले जानकारी दिएको बीबीसीले बताएको छ ।सामाजिक सञ्जालमा पोष्ट गरिएका धेरै भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् ।घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको छ ।
दुर्घटनाको खबरपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले दुर्घटना धेरै दुखद् भएको बताएका छन् ।
बर्दगोरिया । साउन शुक्ल पक्ष (गुरही) का अवसरमा कैलालीकाे बर्दगोरिया गाउँपालिकाले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिएकाे छ ।गाउँपालिकाले बिहिवार सुचना जारी गर्दै थारू सामुदायले मनाउने गुरही पर्वमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।
‘गुरही’ नागपञ्चमिमा थारू समुदायका युवायुवतीहरू संस्कृति झल्काउने पहिरन लेहेङ्गा र चाेलिया लगाइ रमाइलाे गर्दै कपडाकाे पुत्ला सेलाउने (अन्साउने) गर्छन्, जसलाई गुरही भन्ने गरिन्छ ।गुरही पर्व थारु समुदायका बालबालिकाहरुको पर्व हो छ । यस पर्वमा कपडाको गुरहागुरही (गाइने किरा) बनाएर साँझतिर चौबाटोमा सेलाउने चलन गरिन्छ । गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधिबाट छुटकारा मिल्ने जनविश्वास थारु समुदायमा रहेको पाइन्छ ।