पुराना दललाई रवि लामिछानेको चेतावनी–चार वर्षअघि नै घण्टी बजाएको छु, एउटा सटर बन्द हुने नै छ
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले ठूला दलले मिसन ०८४ गरेको पटक्कै नसुहाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । उनले ठूला दललाई अहिले नै काम गर्ने समय भएको र चार चार वर्ष बाँकी हुँदा नै मिसन ०८४ को अर्थ नहुने बताएका हुन् ।
“जनताले तपाईंहरुलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस् । चार वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ । तपाईंहरु चार चार वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाईंको कि हाम्रो । चार वर्षअघि नै एडभान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला ।”
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब नेपालमा १०० भन्दा माथिका भारतीय नोट राख्न नपाइने जनाएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै नेपालमा १०० भन्दा ठूला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लागेको जानकारी दिएको हो।
भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन लैजान सकिने जनाउँदै राष्ट्र बैंकले त्योभन्दा बढी भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ।
भारत भ्रमणका लागि भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने जनाइएको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने सूचनामा जनाइएको छ।
कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ। (थाहा खबरको सहयोग)
पृथ्वीपुर – जोकाही सडक पानी पिच हुँदै, सडक छेउछाउ खाली गर्न वडा कार्यालयको निर्देशन
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालयले सडक छेउछाउ खाली गर्न निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले पृथ्वीपुरदेखि राजीपुर, सुगरखाल हुँदै जोकाहीसम्मको सडक पानी पिचको तयारी भएको हुँदा सडक छेउछाउ खाली गर्न निर्देशन दिएको हो ।
यदि सूचनाको अटेर गरि सडकमा गाईबस्तु बाध्ने, दाउरा घाँस राख्ने, घर निर्माण सामाग्री थुपार्ने कार्य गरेको पाइएमा सडक पानी पिचका क्रममा लाग्ने जेसीबीसम्मको खर्च स्वम व्यक्तिले तिर्नुपर्ने तथा समान जफतसम्म हुने जनाएको छ ।
यसैगरी सूचना प्रकाशित भएको ३५ दिनभित्र सो कार्य नगरी सडक मापदण्ड विपरितको कार्य गरेको पाइएमा प्रचलित नियमअनुसार कारबाही गरिने वडा अध्यक्ष रामकृष्ण डगौरा थारुद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
ग्राभेलिङ सडकका कारण लामो समयदेखि यहाँका नागरिकले धुलो धुवामा आवातजावत गर्नुपर्ने अबस्थालाई मध्यनजर गरि सो सडक पानी पिच गर्न लागिएको र यसमा सहयोग गर्न वडा अध्यक्ष थारुले वडाबासीलाई आग्रह गर्नुभयो ।
काठमाण्डाै – कोशी, बाग्मती, महाकालीसहित देशका धेरै नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । जलसतह बढेपछि यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बाँके, बर्दिया र कैलाली भइ बग्ने साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
ओखलढुङ्गामा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेकाले दुधकोशी र सुनकोशी दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ । उदयपुर, सिन्धुली र धनुषाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा ठाउँहरुमा पनि आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक बन्द भएको छ । हेलम्बु–४ को सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ ।
कक्षाकोठा पनि जोखिममा परेका हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो । सरस्वती माध्यमिक विद्यालयमा आज पठनपाठन नहुने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिनुभयो ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सडकपुर बौनिया युवा क्लबको १९ औं बार्षिक साधारण सभा तथा ७ औं चुनाबी साधारण सभा बिहिवार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष जीवन बि सि को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।
क्लबका बरिस्ठ उपाध्यक्ष धिरज शाहिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, सडकपुर बौनिया युवा क्लबका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट , टेकराज जोशी, नेपाली काङ्ग्रेस बर्दगोरिया सभापति कृष्ण बिस्ट, नेकपा एमाले बर्दगोरियाका युवा दिपक गौतम, नेकपा माओवादी केन्द्र बर्दगोरिया अध्यक्ष राम बहादुर साउद , राष्ट्रिय स्वतन्त्र पार्टी बर्दगोरिया अध्यक्ष केशव भण्डारी , बौनिया बजार व्यवस्थापन समिती अध्यक्ष अमर बम , नेपाल रेडक्रस सोसाइटी दोदोधरा सभापति लक्ष्मीराज जोशी लगाएतका शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अध्यक्षमा सहमति जुटन नसक्दा भाद्र २२ गते सम्म निर्वाचनको कार्यक्रम सारिएको छ । अध्यक्षमा क्लबका वरिष्ठ उपाध्यक्ष धिरज शाही र क्लबका महासचिव कृष्ण प्रसाद ओझा बिच सहमति जुट्न नसकेको हो । बाकी रहेको अन्य पदमा भने एकल उम्मेदवारी परेको छ । जसको उपाध्यक्षमा दिपक गौतम र महासचिवमा भरत ताम्राकारको एकल उम्मेदवारी परेको हो ।
कार्यक्रमको संचालन क्लबका महासचिव कृष्ण प्रसाद ओझाले गर्नु भएको थियो । साथै क्लबका पुर्ब अध्यक्ष प्रकाश साउद लाई क्लबले जिल्ला फुटबल संघमा मनोनीत भएकोमा दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट , पुर्ब अध्यक्षहरु देव राज स्वार, तपेन्द्र खडका, प्रकाश साउद लगाएतको सहभागिता रहेको थियो ।
९० वर्षको उमेरमा कक्षा १ मा भर्ना भए प्रेमबहादुर
तुलसीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।
उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका छन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका छन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् ।
‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्’, उनले भने, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।’
घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन् । उनकी श्रीमतीको २०३२ सालमा निधन भयो । त्यसपछि उनी एकल रूपमा घरमा बस्दै आएका थिए । उनको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् ।
नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । उनले आफू बाँच्दासम्म पढिरहने बताए । ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उनले भने, ‘जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।’
उनी पढ्नमा पनि त्यति कमजोर छैनन् । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए ।
‘परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ’, उनले भने, ‘त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।’ अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेको बताए ।
उनीजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्त्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए ।
‘उहाँ सुरुमा आउँदा अचम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ’, उनले भने, ‘अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।’
विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए । उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोसाक लगाउनुपर्ने भएकाले विद्यालय पोसाक पनि किनिदिने योजना बनाएको बताए ।
धनगढी । सुदूरपश्चिम प्रदेश अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । सो पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष निकालेका थिए । सो निष्कर्ष गत पुस २५ मै स्वीकृति भएको थियो ।
यसैबीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो. दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ति जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन आग्रह गर्नु भएको छ ।
शास्त्रीय मान्यता अनुसार यो पर्व अगस्त्योदय पश्चात् र असोज अर्थात् कन्यार्कम गर्नु हुँदैन भन्ने सर्वविदितै छ उहाँले विज्ञप्तिमा भन्नु भएको छ भाद्र ७ गते पश्चात् यो पर्व मनाउँदा प्रचलित अगस्त्योदयसाधना गर्ने गणितद्वारा अगस्त्यको उदय हुने र सुतकलाग्ने भएकोले भाद्र ७ गते नै सो पर्व मनाउनुपरेको यथार्थ पनि समस्त गौरा पर्वनुरागी सज्जन वृन्दमा सादर निवेदन गर्दछु ।
तत्कालीन राज्यमन्त्री स्व. प्रेमसिंह धामीको पहलमा २०५२ सालदेखि गौरा पर्व मनाउन सुदूरपश्चिम प्रदेशमा बिदा दिन थालिएको थियो । गौरामा डेउडा खेल्ने र प्रसादको रुपमा विरुडा ग्रहण गर्ने चलन छ ।
सो पर्व सुदूरपश्चिम प्रदेशका डोटी, डडेलधुरा, बैतडी, दार्चुला तथा पछिल्लो समय तराईका कैलाली, कञ्चनपुर र नेपालको राजधानी काठमाडौँमा समेत विषेशरुपमा मनाइने गरिएको छ । दुर्वाष्टमीमा सुरु हुने गौरा पर्व ठाउँ अनुसार चार दिनसम्म मनाइने गरिन्छ ।
काठमाडौं । देशका धेरै स्थानमा शनिबार वर्षा भएको छ । केही स्थानमा भारी वर्षा समेत मापन गरिएको छ । अझै कम्तीमा तीन दिन यस्तै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालनजिक) रहनु नै अहिलेको वर्षाको मुख्य कारण भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
यस्तै, अहिले नेपालमा भारतको उत्तरपूर्वी उत्तर प्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् झाका अनुसार न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फबाट तल झर्न कम्तीमा चार/पाँच दिन लाग्नेछ । “कम्तीमा अझै तीन दिन देशका धेरै स्थानमा वर्षा हुनेछ,” उनले भने, “योभन्दा अझै केही दिन बढ्न पनि सक्छ ।”
महाशाखाका अनुसार शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।
आइतबारको मौसम पूर्वानुमान
आइतबार (भोलि) दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ । यस्तै, सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबारको मौसम पूर्वानुमान
सोमबार (पर्सि) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, कोसी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ । यस्तै, सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षापछि नदीको जलसतह बढ्ने, गेग्रान बहाव र बाढीपहिरोजस्ता प्रकोप हुनसक्छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
शनिबारदेखि मनसुन थप सक्रिय हुने, बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहन आग्रह
काठमाडौं । देशका अधिकांश भू–भागमा शनिबार (भोलिदेखि) मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । भारतको विहारको उत्तर–पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
आगामी केही दिनसम्म मनसुनको न्यूनचापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । यसका कारण मनसुनी गतिविधि थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शनिबार राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको हुनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
विभागका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
“शनिबारदेखि सोमबारसम्म पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । सहरी क्षेत्रमा डुबानको जोखिम रहेको छ,” विभागले भनेको छ, “ठूला तथा साना नदी,नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्नेछ ।”
बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।
काठमाडौं । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा बाढीपहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता छन् ।
ती जिल्लामा विपद्मा परी ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महादेव पन्थले जानकारी दिए ।
उनका अनुसार विपद्का घटना भएका ५० मध्ये २० जिल्लामा मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् । यस्तै, बेपत्ता हुनेहरू ६ जिल्लाका छन् । संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरीका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । २८ जिल्लाका ५५ जना घाइते भएका छन् ।
विपद्मा परेर कुल १३० घर पूर्ण रूपमा क्षति भएको छ । १९३ घरमा आंशिक क्षति पुगेको छ ।
मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो । रासस