बौनिया । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कैलालीको बर्दगोरियामा उपाध्यक्षका लागि नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम् प्रदेश कमिटी सदस्य गणेश राज गिरि (लालदिप) ले उम्मेदवारी दर्ता गराउने भएका छ्न ।
नेपाली काङ्ग्रेस ,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीबाट गिरि साझा उम्मेदवारका रूपमा चुनिएका हुन । गठबन्धनले लामो रस्साकस्सीका बिच उपाध्यक्षमा साझा उम्मेदवारको टुङो लगाएको हो ।
गिरि माओवादी केन्द्रका क्षेत्रीय सचिब समेत हुन ।गिरि सक्रिय राजनीति सङ्गै एक सफल कृषि व्यवसायी समेत हुन । गिरिले बिगत दुई वर्षदेखि बर्दगोरिया ४ मा जग्गा भाडामा लिई कृषि पेशामा अबल्ल बन्दै आएका छ्न ।