बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बाट लोकराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार नेता तथा कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले बर्दगोरिया १ को अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
युवा पिढी, असल व्यक्तित्व र स्वभाव ,सामाजिक कार्यमा सक्रिय जोशीले वडा नम्बर १ लाई नमुना बनाउने यसअघि नै उद्घोष गरेका थिए ।
बर्दगोरियामा नेपाली काङ्ग्रेस ,नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा छ्न । सोही अनुसार वडा नम्बर १ मा जोशीले उम्मेदवारी पाएका थिए ।