बर्दगोरिया । कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावल र बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरसहितको टोलिले यहाँको समग्र बस्तुस्थिति बारे जानकारी लिएको छ ।
शनिबार बर्दगोरिया बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को स्थलगत अनुगमन तथा नागरिक सङ्गको भेटघाट गरि यहाँका समास्याका बारेमा जानकारी लिएको छ । भने वडा नम्बर ३ मा भएको नदी कटान, सडक ,अपांग भएका व्यक्ति तथा दृष्टिविहिन नागरिक सङ्ग भेटघाट गरि उनीहरूको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
सो क्रममा सांसद झपटबहादुर रावलले वडा नम्बर ३ मा निर्माणको प्रक्रियामा रहेका झोलुङ्गे पुल, र काडा कुइरा नदीमा बन्ने दुई पक्की पुलको बारेमा जानकारी गराएका थिए । सेती लोकमार्ग अन्तर्गत बर्दगोरिया ३ मा निर्माणको प्रक्रियामा रहेका पुल छिटो भन्दा छिटो निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले कुइरा नदिमा दशैपछी र काडा नदीमा बन्ने पुलको प्रक्रिया शुरु भएको भन्दै छिटो बनाउने दावी गरे ।
सोही क्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बर्दगोरियामा नदी कटानको जोखिम न्यूनीकरण, सडक स्तरोन्नति ,खानेपानी निर्माणको काम छिटोभन्दा छिटो सम्पन्न गर्ने बताएका थिए । उनले वडा नम्बर ३ मा नदि कटानको समस्या तत्काल रोक्न छिटो धार परिवर्तनको काम थाल्न निर्देशन दिए ।
पालिका अध्यक्ष कुवरले आउँदो दशैमा आफुले पाउने सेवा सुविधाको रकम सबै यहाँका अपांग ,अशक्त र दृस्टीबिहिनलाई प्रदान गर्ने बताए ।
टोलिमा सहभागी वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्यले वडाको समग्र समस्या र तिनको समाधानका लागि सांसद रावललाई आग्रह गरे ।