बौनिया । कैलालीको बर्दगोरिया ६ मा आइतबार हुन गईरहेको दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ को तयारी पूरा भएको छ ।
भाषा ,कला संस्कृतिके करि सम्मान ,भेषभुषा ,कला संस्कृति हमार पहिचान भन्ने नारासहित बर्दगोरिया ईभेन्ट एण्ड मार्केटिङ प्रा.लि.को आयोजनामा पालिकाको वडा नम्बर ६ जगतपुरमा हुन गइरहेको सास्कृतिक कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रमका लागि गेट निर्माण ,मंच निर्माण लगाएतको सबैकाम लगभग सकिएको आयोजक बर्दगोरिया ईभेन्ट एण्ड मार्केटिङका निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रममा चर्चित थारु कलाकार गाएक मनिराम चौधरी ,वसन्त महत्तो,मोडेल रीतु चौधरी लगाएतले प्रस्तुति दिनेछ्न । यसैगरी स्थानीय कला सस्कृती झल्किने विभिन्न नृत्य समेत कार्यक्रममा प्रस्तुत गरिने जनाइएको छ ।
कार्यक्रमको आज राती ७ बजे उद्घाटन गरिनेछ । कार्यक्रमलाई सुव्यवस्थित सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिनेछ ।