मुडा । आउँदो मङ्सिर ४ गते हुन गईरहेको आम निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा घरदैलो अभियान तीब्र पारेको छ ।
मङ्लबार कैलालीको बर्दगोरियाको बौनिया बजारमा प्रदेश सभा सदस्य उम्मेदवार डेजि पाण्डेसहितको टोलिले घरदैलो कार्यक्रम गरेको छ ।
घरदैलो अभियानमा सुर्य चिन्हमा मतदान गर्न आव्हान गरिएको छ । घरदैलो अभियानमा सहभागी उम्मेदवार पाण्डेले यहाँको शिक्षा ,स्वास्थ्य र पुर्बाधारका क्षेत्रमा उल्लेखनीय बिकास गर्दै आफुले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन आफ्नो उम्मेदवारि रहेको बताए ।