बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका सरकार यतिबेला धमाधम सडक सुधारको अभियानमा छ । कच्ची र ग्राभेल गरिएका सडकका कारण आम नागरिकमा परेको सास्तीलाई मध्यनजर गरि यहाँको स्थानीय सरकार सडक सुधारको अभियान छ ।
सबैभन्दा पहिला अन्तरपालिका जोड्ने सडक मर्मत सुधार गरि पानी पिचको अभियानमा सक्रिय स्थानीय सरकारको लक्ष्य आगामी आर्थिक वर्षको माघ फागुन महिनासम्म पालिकाभित्रका ६ वटै वडाका हरेर गल्लिगली पानी पिच गर्ने लक्ष्यमा छ । सोही अभियानलाई मुर्तरुप दिन यतिबेला गाउँगाउँमा फराकिला सडक निर्माण गरिदै छ । सडक सुधारको अभियानमा स्थानीय सरकार जागरुक बनेर लागेपछि अहिले कच्ची सडक ग्राभेलसहित पानी पिच हुदैछ्न ।
वर्षौदेखिका साघुरा सडक अहिले फराकिला बन्न थालेका छ्न । कच्ची सडकका कारण बन्दै आएको नागरिकको सास्ती कम हुँदै गएको छ । स्कुल पढ्ने बालबालिकादेखि अटोरिक्सा चलायर जिबिकोपार्जन गर्नेहरुलाई धमाधम सडक पानी पिच भएपछि झन सहज भएको छ । सम्भावित दुर्घटनाको जोखिम हटेको छ । बजारसम्म पुग्ने दुरी नागरिकलाई छोटो लाग्नुका साथै समयको पनि बचत हुन थालेको छ ।
स्थानीय सरकारले नागरिकको घर आगनको बाटो बनाउन आफ्नै सवारी साधन किनेको छ । बर्दगोरिया वडा नम्बर ५ को रामपुरदेखि जोशीपुर गाउँपालिका जोड्ने सडक, वडा नम्बर १ को सशस्त्र वेस क्याम्पदेखि वडा नम्बर ३ हुँदै छिमेकी मोहन्याल गाउँपालिका १ जोड्ने सडक, वडा नम्बर ३ कै भित्री गाउँका केही सडकहरु पानी पिच भैइसकेका छ्न । यसैगरी वडा नम्बर ४ मा यतिबेला सडक पानी पिचको काम तीब्र बनिरहेको छ ।
गाउँमा रहेका कच्ची बाटाहरु धमाधम पानी पिचसहित चिल्ला देखिन थालेपछि यहाँका नागरिकको मुहारमा खुशी छाएको छ ।स्थानीय भन्छ्न ५ बर्ष अगाडीको तुलानामा अहिले यहाँका गाउँहरुको मुहार फेरिन लागेको छ ।
स्थानीय राजेश चौधरीले सोच्दै नसोचेको आफ्नो ठाउँमा फराकिला सडक निर्माण हुन थालेपछि निकै खुसी भएको बताए । उनले विकास बल्ल आफूहरुको घरदैलोमा पुगेको महशुस भएको बताए ।‘सडक निर्माण हुन थालेपछि आफूहरु निकै शुसी भएका छौ । सोच्दै नसोचेको ठाउँमा बाटो निर्माण हुन थालेपछि हामी निकै खुसी भएका छौ’ उनले भने ‘विकास घरदैलो सम्म पुगेको महशुस भएको छ । अहिले सम्मको काम हेर्दा राम्रो नै भएको छ ।
प्राकृतिक स्रोत साधनले समृद्ध बर्दगोरिया गाउँपालिका विकासमा फड्को मार्दै भन्ने जनप्रतिनिधिहरुको काम गर्ने शैलीले नै प्रष्ट हुन्छ , बर्दगोरिया विकास समितिका अध्यक्ष नवीन जोशीले भने यहाँका जनप्रतिनिधिहरूको सक्रियताले विकासको गति बढेको छ । जनप्रतिनिधिहरूले अझ निर्वाचनका बेला गरेका बाचा अक्षरशः पालना गर्दै योजनाबद्ध विकासका काम अगाडि बढाएका छन् ।
निर्वाचित भयर कार्यालय सम्हालेको १ बर्षमै यति ठूलो परिवर्तन आउनेमा नागरिकहरु नै विश्वस्त थिएनन् ,उनले भने यहाँका जनप्रतिनिधिको सक्रियताले त्यो सम्भव भएको छ । उनले भने सामुदायिक विद्यालयतर्फ १ देखि कक्षा १० सम्म पुर्णरूपमा निशुल्क शिक्षा लागू, खानेपानी आयोजना र विस्तार ,सुबिधासम्पन्न १५ शैया अस्पताल, भुमिहिनलाई जग्गाको मालिक बनाउन धमाधम ऐलानी जग्गाको नापनक्साको कार्य यसको गतिलो उदाहरण हुन ।
एउटा जनप्रतिनिधिले आफ्नो शक्तिशाली र व्यवहारिक दर्शन, योजना, कार्ययोजना र नीतिहरुको कार्यान्वयनले आम नागरिकको मुहार फेर्न सक्छ , छोटो समयमै धेरै कामहरु गर्नु सकिन्छ भन्ने कुराको पुष्टी बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधिले दिइसकेका छन् । बर्दगोरियाबासी जनताले चुनेका र मन मस्तिष्कमा राखेका जनप्रतिनिधिमा त्यो क्षमता र इच्छा शक्ति भएको महसुस गरिसकेका छन् ।
यता स्थानीय सरकारका उपप्रमुख तथा अनुगमन समिति संयोजक गणेश राज गिरिले भने बर्दगोरियालाई नमूना गाउँपालिका बनाउने लक्ष्यका साथ आफुहरु लागि परेको बताए । समृद्धिको मार्गमा बर्दगोरियालाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक हुने उनको भनाईछ । पालिकामा संचालित योजना र विकास निर्माणका कामको गुणस्तरीयता ,प्रभावकारीताका बारेमा निरन्तर अनुगमन र निरीक्षण आफुहरुले गर्ने गरेको बताए ।
यसैगरी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले भने बर्दगोरियाबासीको विकास र समृद्धिका लागि आफू सधैब अग्रपंक्तिमा रही काम गर्दै आएको बताए । उनले थोरै बजेटवाट पनि कसरी धेरै र गुणस्तरीय काम गर्न सकिन्छ भन्ने सोच विचारका साथ आफुहरु जनताको सेवामा लागिपरेको बताए । उनले चुनावमा जनताको सामु गरेको बाचा सम्झिदै भने – म यही ठाउँमा जन्मे, यही ठाउँमा हुर्के ,यही गाउँ ठाउँले मलाई जसरी चिनायो त्यसैगरी यो ठाउँ र यो गाउँपालिकालाई देशकै नमूना पालिका बनाउने गरि काम गर्छु ।