बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साडेपानी जङ्गलको मुख्य राजमार्गमा धराप बनेर बसेको रुख हटाइएको छ ।
मुख्य सडकमार्गकै छेउमा रुख ढलेको महिनादिन वितिकस्दा पनि
नेपाल विद्युत प्राधिकरण र सामुदायिक वनको बेवास्ताका कारण नागरिकको ज्यान धरापमा परेको,वर्षातको समयमा विधुतको पोल ढ्ल्ने, तार चुडिने र सडकमा आवातजावत गर्नेमाथि दुर्घटनाको जोखिम बढाएको समाचार सुदुरचित्रले प्रकाशित गरेको थियो ।
बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सगरमाथा सामुदायिक वनले आफ्नो क्षेत्रभित्र पर्ने सो रुख हटाएको हो । जसमा वन कर्मचारी ,विधुत प्राधिकरण र ईलाका प्रहरी कार्यालय बौनियाको टोलिको सहयोग र सहकार्य रहेको थियो । यसैगरी सगरमाथा सामुदायिक वनले आफ्नो क्षेत्रभित्र पर्ने वनमा विधुत चुहावट नहोस भन्नका लागि बिधुतको तारसम्म जोडिएका रुखका हागा काटेर व्यवस्थापन गरेको छ । रुखका कारण सडकमा हिड्ने यात्रुदेखि सवारीसाधन जोखिममा परेको हुँदा सो रुख हटाइएको सगरमाथा सामुदायिक वनकी कोषाध्यक्ष पवित्रा शाहीले बताउनुभयो ।