बौनिया, कैलाली । कोरोना संक्रमणबाट कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका ४ बस्ने बर्ष ७५ पुरुषको बिहिवार मृत्यु भएको हो । ती व्यक्ति क्षयराेग सम्बन्धि विरामी भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा यही माघ ७ गते भर्ना भएका थिए ।
ती पुरुषमा पीसीआर चेक गर्दा रिपोट कोरोना पोजेटिभ भई अस्थायी कोरोना अस्पताल धनगढीको आइसीयुमा राखि उपचार भई रहेको थियो ।
उनको बिहिवार दिउसो पौने ५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।