बौनिया,कैलाली । आउँदो स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेलाई बर्दगोरिया गाउँपालिकामा पहिलो शक्तिका रूपमा स्थापित गराउन एमाले नेताहरूले निर्देशन दिएका छ्न । बर्दगोरियाबासीको समग्र विकास र समृद्धिका लागि एमाले पहिलो शक्तिका रूपमा निर्वाचित हुनुको विकल्प नभएको उनीहरूले बताए ।
बुधबार अखिल नेपाल महिला संघ बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को प्रथम वडा सम्मेलनमा बोल्दै उनीहरूले नेतृत्व तहमा जबसम्म एमालेको शक्ति र पहुँच पुग्दैन तवसम्म बर्दगोरिया बासीको विकास र समृद्धि देख्ने चाहाना पूरा नहुने उनीहरूको भनाई थियो । बर्दगोरियाको समग्र विकासका लागि हरेक तह र तप्काका रही आगामी निर्वाचनमा एमालेलाई जिताउनै पर्छ, अनि मात्र यहाँको विकास सम्भब छ ,उनीहरूले कार्यकर्तालाई निर्देशीत गर्दै भने – जनताको बहुदलीय जनबादको मुल मर्म नभुली अगाडि बढौ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य कर्ण कुवरले पार्टी नेता र पार्टी कार्यकर्ताहरुले आत्म समिक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको बताए । उनले बर्दगोरियाबासीको विकासका लागि सिङ्गो पालिका जित्नेगरी आम नेता कार्यकर्ताले जिम्मेवारी लिनुपर्ने बेला आएको छ, कुवरले भने त्यसका लागि पार्टीलाई एक ढीक्का बनाइ अगाडि बढनुपर्ने हुन्छ ।
पार्टी भित्र र आम कार्यकर्तामा देखिएको केही कमजोरीको कारण हिजोका दिनमा पालिकामा एमाले नेतृत्व तहबाट चुक्नु परेको कुरा बिर्सनु हुदैन । उनले भने त्यसका लागि गुटबन्दी पार्टीका लागि घातक भएको हुदा गुटबन्दी त्यागेर पार्टी निर्माणकार्यमा जुट्नुपर्ने बेला आएको छ ।
कुवरले बर्दगोरिया बासीका लागि निर्माणाधीन सेती लोकमार्ग एक अभिन्न विकास मार्ग भएको बताए । स्थानीय सरकार हुदाहुदै पनि बर्दगोरियाबासीले आफुले चाहेजस्तो विकास नपाएको भन्दै एमालेलाई नेतृत्व तहमा पुगाए यहाँका नदीमा तटबन्ध, पुल लगाएत समग्र क्षेत्रमा परिवर्तन हुने दावी समेत गरे ।
कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय कमिटी सदस्य तथा ,प्रदेश कमिटी सदस्य साबित्रा सापकोटा,जिल्ला कमिटी सदस्य जयरुप खतिवडा ,जिल्ला कमिटी सदस्य पदम पूरा साउद लगाएतले पनि आउँदो स्थानीय निकायको चुनावमा व्यक्ति भन्दा पनि पार्टीको जीतको लागि शसक्त भयर लाग्न आग्रह गरे । जसका लागि अहिले देखि नै हरेक क्षेत्रबाट संगठन सुदृढीकरण र बिस्तारको अभियान थाल्न सुझाव समेत दिए ।
बुधबार सम्पन्न अखिल नेपाल महिला संघ बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को प्रथम वडा सम्मेलनले आशिका थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा पवित्रा साउद, सचिबमा शान्ति ओली, सहसचिवमा जगमति देवि चौधरी, कोषाध्यक्षमा बासु विक रहनु भएको छ । सम्मेलनल लक्ष्मी कडेललाई वडा नम्बर ३ को इन्चार्जमा सर्वसम्मत चयन गरेको छ ।
सम्मेलनबाट सदस्यम कल्पना बिक, लक्ष्मी रावल,गङ्गा ओली ,धना ओली, निर्मला बिक, खगिसरा रिजाल ,चन्द्रकला साउद, कमला बिक,नानसरा बिक, भुमिका थापा,गुलावी देवि चौधरी ,संगिता विक, पार्वती विक, दिपा देवि गौतम लगाएतलाई चयन गरेको छ ।
अखिल नेपाल महिला संघ बर्दगोरियाकि
अध्यक्ष जमुना नेपालीको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथितिका रूपमा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य कर्ण कुवर रहनु भएको थियो । यसैगरी विशिस्ट अथितिमा अखिल नेपाल महिला संघ केन्द्रिय कमिटी सदस्य सावित्रा सापकोटा ,जिल्ला कमिटी सदस्य पदम पूरा साउद, एमाले जिल्ला कमिटी (कैलाली) सदस्य तथा वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा रहनु भएको थियो भने अथितिमा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती, वडा नम्बर ४ का वडा अध्यक्ष पुरन सिंह बीसी, एमाले बर्दगोरिया वडा नम्बर ३ का वडा कमिटी इन्चार्ज आत्म प्रसाद रिजाल ,निवर्तमान जिल्ला कमिटी सदस्य टङ्क राज ओली, मिथुन गौतम लगाएत रहनु भएको थियो ।
प्रतीक्षा रिजालको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम संचालन एमाले कैलाली जिल्ला कमिटी सदस्य कोकीला खत्रीले गर्नुभएको थियो ।