बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको नयाँ कमिटी गठन गरिएको छ ।
शनिबार एक कार्यक्रमका बीच पदम डगौराको अध्यक्षतामा मोर्चाको २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा खडक कठरिया, कोषाध्यक्षमा रमिता कुमारी डगौरा, सचिबमा कुसुम चौधरी रहेका छ्न । यसैगरी सदस्यहरुमा रिता चौधरी ,राम बहादुर चौधरी ,रामहुलारे डगौरा, दीपा डगौरा,बजारी डगौरा, नेहा चौधरी ,लक्ष्मी डगौरा,छत्र बहादुर डगौरा, छेदालाल डगौरासहित अन्य सदस्य रहेका छ्न ।
प्रेमा कुमारी चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र, सुदुरपश्चिम प्रदेश कमिटी सहसचिब नन्द बहादुर साउद (राजेन्द्र) तथा विशिष्ट अथितिका रूपमा प्रदेश कमिटी सदस्य रुपक सुनार लगाएतको उपस्थिति रहेको थियो ।