बौनिया । न्यूनतम तलब भत्ताको मागसहित विभिन्न ८ बुदे मागहरु अघि सार्दै निजामति कर्मचारी संगठन बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । संगठबले आज कर्मचारीहरुको कार्यसम्पादनको मुल्यांकन गरी दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्ने ,न्यूनतम तलब भत्ता लागू हुनुपर्ने लगाएताका विभिन्न ८ बुदे माग राख्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरामार्फत सो ज्ञापनपत्र बुझाएको हो ।
संगठनले गाउँपालिकाको आउँदो गाउँसभामामार्फत पालिकामा सेवा करारमा कार्यरत कर्मचारीको न्यूनतम तलब भत्तासहितको प्रत्याभूति गराउनुपर्ने माग अघि सारेको छ ।
यसैगरी बर्दगोरिया गाउँपालिका अन्तर्गत सेवा करारमा वडाकार्यालय, स्वास्थ्य, कृषी, पशु लगाएत पालिकामा कार्यरत सबै कर्मचारीहरुलाई न्यूनतम तलब भत्ता (पद/तह अनुसारको नेपाल सरकारले तोकेको तलब र महंगी भत्ता) कायम गरिनुपर्ने, सेवा करारको सम्झौता वार्षिक रुपमा हुनुपर्ने ,सामाजिक सुरक्षा कोषमा आवद्ध हुन स्थानीय तहको तर्फबाट प्रतिबद्धता तथा जिम्मेवारी वहन गरिनुपर्ने माग अघि सारेको जनाएको छ ।
यसैगरी स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि (LISA), २०७७ ले समेत कर्मचारीहरुको दक्षता तथा क्षमता विकासमा लगानी/कार्यक्रम संचालन गर्नुपर्ने अन्यथा गाउँपालिका कार्यक्षमतामा समेत कमजोर हुने उल्लेख गरेको अवस्थामा दक्षता तथा क्षमता विकासका लागि कार्यक्रम तथा तालिम संचालन गरिनुपर्ने, ८औ गाउँसभाबाट सर्वसम्मत पारित सबै कानुन तत्काल कार्यान्वन गरियोस, विशेषत: स्थानीय सेवा व्यवस्थापन तथा प्रोत्साहन सुबिधाको व्यवस्था गर्न बनेको ऐन २०७८ कार्यान्वनमा ल्याई कर्मचारीको थप सेवा सुबिधा लागु गरिनुपर्ने, सेवा करारमा कार्यरत एम्बुलेन्स चालकको दुखः आपतको क्षणमा झन दुखाई हुने गरी हटाउने भन्ने जानकारी आएकोमा सो तत्काल बन्द गरी सेवा करार अवधि थप गरी राहत गरिनुपएने माग पनि अघि सारेको छ ।
यस्तै सेवा गर्दा गर्दै कोभिड १९ कोरोनाका कारण दुखद निधन हुन पुगेका वडा न. ३ का सचिब रामभजन डगौरा थारुको परिवारलाई उचित राहत हुने गरी जागिर तथा प्रोत्साहनको व्यवस्था गरिनुपर्ने, चालु आ.व. २०७८/७९ को स्वीकृत बजेटमा दक्षता तथा क्षमता विकासमा भएको बमोजिमका कार्यक्रम तत्काल कार्यान्वनमा ल्याउन आवश्यक सहयोग गरियोस।साथै कर्मचारीहरुको दक्षता तथा क्षमता विकासमा थप बजेट विनियोजन गरिनुपर्ने माग अघि सारिएको जनाइएको छ ।