बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कठरिया (थारु) समुदायलाई ढोल (बाजा) वितरण गरिएको छ । कठरिया (थारु) समुदायको पहिचान बोकेको होली पर्वको नाचमा प्रमुख बाजाको रुपमा बजाइने ढोल हराउँदै गइ रहेको समयमा वडा नम्बर ६ को कार्यालय पृथ्वीपुरले सो बाजा वितरण गरेको हो ।
कठरिया समुदायले होली पर्वमा मुख्य तय यस बाजाको प्रयोग गर्दछ्न । सोही अबसरलाई पारी बिहिवार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश साङ्सद नन्दबहादुर साउद (राजेन्द्र ) र वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले सो बाजा हस्तान्तरण गरेका हुन ।
बर्दगोरिया गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बर्दगोरिया ६ का कठरिया समुदायलाई छनोट गरि अनुदानमा सो ढोल (बाजा) बितरण गरिएको हो ।
कार्यक्रममा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य गणेश राज गिरि (लालदिप) ,रुपक सुनार ,माओवादी केन्द्र बर्दगोरिया अध्यक्ष रामबहादुर साउद (आइएम) ,दलित मुक्ति मोर्चा बर्दगोरिया अध्यक्ष ध्वज बहादुर सुनार लगाएतको उपस्थिति रहेको थियो ।
हुनत यो ढोल बाजा बितरण कार्यक्रम हेर्दा सामान्य जस्तो लाग्छ तर यो कार्यले कठरिया (थारु) समुदायमा सस्कृति संरक्षण हुने कार्यमा महत्वपुर्ण स्थान राख्ने वडा अध्यक्ष थारुले बताए ।