बौनिया । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का नेताहरुले सम्बृद्धि र विकासका लागि पुनः नेपाली जनताले माओवादी केन्द्रलाई देशव्यापी रूपमा जिताउनुपर्ने बताएका छ्न । नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँपालिका ६ को वडा भेलामा बोल्ने नेताहरुले जनताको अधिकार् स्थापित गर्नका लागि पुनः एकपटक नेपाली जनताले माओवादी केन्द्रलाई सत्तामा पुर्याउन आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश साङ्सद नन्द बहादुर साउद (राजेन्द्र ) नेपाली जनताको त्याग, बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरि जनताको हक अधिकार स्थापित गर्न अझै माओवादी केन्द्रलाई नै भोट हाल्न आवश्यक रहेको बताए । उनले जसको नीति, उसैको कार्यक्रमका लागि माओवादी केन्द्र जिताउन समेत आब्हान गरे । उनले जसको विचार उसैको नेतृत्व नहुँदा जनताले अहिले दुख भोक्नु परेको बताए । ‘स्थानीय तहको परिकल्पनाकार माओवादी नै भएको भन्दै ‘उनले माओवादी हारे जनता हार्ने बताए ।
उनले आउदो बैशाख ३० को निर्वाचनमा निमुखा जनताको उन्मुक्तिका लागि माओवादी केन्द्रलाई विजयी गराउन आब्हान गरे । नेपालीले काँग्रेस, एमालेहरुले विपन्न र दलित, जनजातिलाई हेपेको भन्दै माओवादी निमुखाको पार्टी भएकाले सरकारको नेतृत्व माओवादीलाई दिन आब्हान गरे ।
कार्यक्रममा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु, सुदुरपश्चिम प्रदेश कमिटी सदस्य गणेश राज गिरि (लालदिप) ,रुपक सुनार ,माओवादी केन्द्र बर्दगोरिया अध्यक्ष रामबहादुर साउद (आइएम) लगाएतले मन्तव्य राखेका थिए । सो क्रममा उनीहरूले हरेक गाँउको जनताको विकास र सम्बृद्धिका लागि माओवादी केन्द्र शक्तिशाली बन्न आवश्यक रहेकोे बताए । उनीहरूले संविधानको रक्षा र विपन्न जनताको भलाईका लागि माओवादी केन्द्र जिताउन आब्हान गरे । उनीहरूले माओवादी केन्द्रलाई आउँदो निर्वाचनमा जिताउन आब्हान गर्दै माओवादीले जनताको समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने बताए ।
कार्यक्रममा दलित मुक्ति मोर्चा बर्दगोरिया अध्यक्ष ध्वज बहादुर सुनारले स्वागत मन्तव्य राखेका थिए । सो क्रममा उनले संघीयता, संविधान एव स्थानीय सरकारको नीति अनुरुप जनताको सेवा सुविधाका लागि माओवादी केन्द्र जिताउन आब्हान गरे ।