नेपालमा काेराेनाकाे नयाँ भेरियन्ट फेला, खतरायूक्त तेस्राे लहर आउन सक्नेप्रति सजग रहन आग्रह
काठमाण्डाै, १२ साउन २०७८ ।
नेपालमा काेराेनाकाे नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको दिल्ली पठाएर ४७ वटा नमुनाको परीक्षण गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । जसलाई ‘ए वाई वान’ नाम दिइएको मन्त्रालयले जनाएको छ ।
उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टकाे रूपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।
खतरायूक्त तेस्राे लहर आउन सक्नेप्रति सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकाे छ ।
फेरी बढ्याे काेराेना संक्रमणः एकैदिन झण्डै ४ हजारमा संक्रमण पुष्टि,१७७३ निकाे भए,२० को मृत्यु
काठमाडाैं, ११ साउन २०७८ ।
नेपालमा काेराेना फेरी काेराेना संक्रमण बढेकाे छ ।
पछिल्लाे समय दिनानुदिन काेराेना संक्रमण बढ्दै गएकाे हाे । मंगलबार एकैदिन नेपालमा ३ हजार ८ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । देशभरीका प्रयाेगशालामा कुल १७ हजार ५ सय १८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७ सय २६ जना र एन्टिजेन विधिबाट १ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख ८५ हजार ६ सय ७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १ सय ४४ जना गरी कुल ७ लाख १५ हजार ८ सय १७ जनामा काेराेना संक्रमण पुष्टि भैसकेकाे छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ७८ जना काेराेना संक्रमण निकाे भएर नियमित काममा फर्किएका छन् । याेसँगै काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ६ लाख ४७ हजार ७९ पुगेकाे छ । अहिले सम्म नेपालमा कुल संक्रमित मध्ये ९४ दशमलव ४ प्रतिशत निकाे भैसकेका छन् ।
यस्तै नेपालमा एन्टिजेन परीक्षण गरीएका बाहेक पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएका मध्ये ३८ हजार ५ सय ९४ जनामा संक्रमण सक्रिय रहेकाे छ । हालसम्म ३४ लाख ६२ हजार ३ सय ४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६ सय ७० जनाले दुवै डोज खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।
साथै काेराेना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ७ सय ५८ पुगेकाे छ । हाल सम्मकाे मृत्युदर कुल संख्याकाे १.५ प्रतिशत हाे ।
काठमाडाैं, ११ साउन २०७८ ।
यौन दुर्व्यवहारकाे मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दिएकाे छ ।
यौन दुर्व्यवहारकाे मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको हाे । काठमाडाैं जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाउनुभएको छ ।
न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडाैं जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो । पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाण्डाै जिल्ला अदालतले सफाइ दिएको थियो ।
सानिमा लाइफ इन्स्योरेन्सकाे आईपीओे निष्कासन हुँदै, साधारण सेयर मात्रै ५४ लाख कित्ता
काठमाडौं, १२ साउन २०७८ ।
केहिदिनमै सानिमा लाइफ इन्स्योरेन्सकाे आईपीओ खुल्ने भएकाे छ ।
साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको हाे। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो ।
६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पाँच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ ।
त्यसपछि बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत सेयर आईपीओमार्फत बिक्री गर्न लागेको हो ।
आईपीओमा साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आईपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आवेदन दिने म्याद छ । निवेदकले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् ।
बागलुङ, १२ साउन २०७८ ।
जैमिनीमा १३ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार १६ जनाको स्वाव संकलन गरी पीसिआर परिक्षण गर्दा साेमबार १३ जनामा कोरोना देखिएको हो ।
कोरोना देखिएका सबै कुश्मिसेरा बजारबासी र अधिकांश ब्याडमिन्टन खेल्नेहरु रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
बाहिरफेर बढि हिँडडुल गर्नेहरुलाई नै कोरोना संक्रमण भएपछि कुश्मिसेरा बजार सहित नगरपालिकाको कार्यलय समेत एक हप्ताका लागि बन्द गरिएको छ ।
नगरपालिकाका सरोकारवालाहरुको बैठकले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको संयोजक आचार्यले बताउनुभयो । नगरपालिकाका सबै पसल, बैंक तथा वित्तिय संस्था सहित विद्यालय र कुनै पनि खेलकुद तथा भिडभाड हुने कार्य नगर्ने नगराउन नगरपालिकाले अनुरोध गरेको छ ।
यता जैमिनी नगरपालिका–३ का एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छ ।
धौलागिरी अस्पताल बागलुङमा उपचाररत ५२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको धौलागिरी अस्पतालले जनाएको छ ।
यहि साउन ३ गते धौलागिरी अस्पताल बागलुङको आइसोलेशन कक्षमा उपचाररत उहाँको ४ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
मनसुनी वायुको प्रभावः देशभर वर्षा हुने, यस्ताेछ १३ गते सम्म नेपालकाे माैसमी अवस्था
काठमाडाैं, ११ साउन २०७८ ।
नेपालमा अबकाे तीन दिन सम्म देशभर वर्षाकाे सम्भावना देखिएकाे छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेका कारण अबकाे तीन दिन सम्म देशभर मध्यम देखि भारी वर्षाकाे सम्भावना देखिएकाे हाे । अहिले देशभर सामान्य देखि पूर्ण बदली हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
सोमबार दिउँसो,देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिएकाे छ । सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातीमा देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छभने प्रदेश १ का केहि स्थानमा भारी वर्षाको सम्भावना देखिएकाे छ ।
साथै मंगलबार दिउँसो, देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै बुधबार दिउँसो, देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिएकाे छ । प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातीभने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती , गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश १ र सदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा भारी बर्षाको संभाबना देखिएकाे हुनाले पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले समयमै आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।
साेमबार पशुपतिनाथकाे एक दर्शनले भाग्य चम्कन्छ,दर्शन गर्दै नाम अनुसारकाे राशिफल हेर्नुहाेस्
आजकाे राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्नेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक सभा समारोहमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै लाभ मिल्ला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । भक्ति भाव पनि बढ्नेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज समान हराउन सक्नेछ । आज बन्नु पर्ने काममा व्यवधान आउन सक्छ, तर साँझमा शुभकार्यको चर्चा चल्नेछ र आफन्तको सहानुभूति मिल्नेछ ।
मनकाे देवता पाथिभरा माताकाे दर्शनले साेचेकाे कुरा पुग्छ, दर्शन गर्दै हप्ताभरीकाे राशिफल हेर्नुहाेस्
साप्ताहिक राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि राम्रो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। कृषि, व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। भोगविलासको मानसिकताले प्रगतिमा बाधा पुग्नेछ। ज्वरो तथा टाउको वा घाँटीकाे समस्याले स्वास्थ्य कमजाेर रहनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। स्वास्थ्यमा रक्तचाप, शिर वा आँखासम्बन्धी समस्याले सताउन सक्छ। सोखका विषयमा खर्च बढ्नेछ। प्रयत्न गर्दा ठूलो जिम्मेवारी हातलागी हुनेछ। तर, बलियाे शक्तिकाे आडमा काम गर्दा धाेका हुन सक्छ। अरूको भावनालाई ख्याल नगर्दा परिवारजनमा असन्तुष्टि र मित्रजनसँग वैरभाव बढ्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। साथीभाइलाई दिएको आश्वासन पूरा गर्न नसकिएला। टाउको दुख्ने र आँखाको समस्याले सताउन सक्छ। आसन्न यात्राको व्यवस्थापनमा खर्च हुन सक्छ। महिनाकाे तेस्राे सातापछि भौतिक साधन प्राप्त हुनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। सुखद समाचारले उत्साह ल्याउनेछ। पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। समाजमा प्रभुत्व जमाउन सफल भइनेछ। व्यापार, कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। मानसम्मान पाइनेछ। तर बेसुरको यात्राले समस्या निम्त्याउन सक्छ। खुट्टामा चोटपटक लाग्ने सम्भावना देखिएकाले हतियार तथा सवारी उपयोग गर्दा होसियार रहनुहोला। बलजफ्ती गर्ने बानीले शुभचिन्तकहरू टाढिन सक्छन्।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विशेष अवसर प्राप्त हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व बढ्न सक्छ। मनग्य लाभ हुने कामको जिम्मेवारी हातलागी हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भूमि तथा वाहनका लागि रकम जुटाउने समय छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। पैत्रिक सम्पत्तिको उपयोग गरी फाइदा उठाउने माैका छ। प्रयत्न गर्दा नोकरीमा प्रवेश तथा पदाेन्नति हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। तारिफयाेग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेतले सफलताकाे उचाइमा पुर्याउनेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सम्पादित कामले कीर्तिमानी दिलाउन सक्छ। नोकरी वा राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा उठाउने समय छ। परोपकारी काम गर्नाले समाजमा ख्याति बढ्नेछ। व्यवसायले मनग्य फाइदा दिनेछ। बहुमूल्य वस्तु हातलागी हुन सक्छ। पुरस्कार, मानसम्मान आदि प्राप्त हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। प्रतिभा प्रदर्शन गरेरै शुभचिन्तकहरू बढाउन सकिनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। भूमि तथा वाहन प्राप्तिकाे याेग रहेकाे छ। पैत्रिक सम्पत्तिकाे उपयाेगबाट मनग्य लाभ उठाउन सकिनेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही अवसर प्राप्त भए पनि व्यावहारिक कठिनाइ सामना गर्नुपर्ने देखिन्छ। शारीरिक अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। अरूकाे भरपर्दा काममा धोका हुन सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। परिस्थितिलाई बुझेर अघि बढ्दा विशेष लाभ उठाउन सकिनेछ। केही जाेखिम उठाउनुपरे पनि आँटले काम लिनेहरूलाई भाग्यले साथ दिनेछ। तेस्रो सातादेखि शुभचिन्तकहरूकाे साथ जुट्नाले परिस्थिति अनुकूल बन्नेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसर आए पनि भोगविलासको मानसिकताले काममा पछि परिनेछ। व्यवसाय तथा आयमूलक काममा मन्दी आउनाले अर्थअभाव देखापर्न सक्छ। खराब व्यक्तिको विश्वास गर्नाले काममा धोका पाइनेछ। सामाजिक हिसाबले पनि अलि कमजोर भइनेछ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। चोटपटक सम्भावना देखिएकाले जोखिमपूर्ण कार्यबाट सजग रहनुहोला। तेस्राे सातादेखि स्थितिमा सुधार आउनेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झन सकिनेछ। सुखद समाचारले आनन्द पाइएला। प्रतिस्पर्धीहरूले हात झिक्नेछन् भने काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने समय छ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। तर, पारिवारिक सम्बन्ध कमजोर बन्न सक्छ। आफ्ना काममा अरूले अधिकार जमाउन खोज्नेछन्। प्रेममा धाेका हुनेछ। महिनाको अन्त्यतिर पतिपत्नीबीच असमझदारी बढ्न सक्छ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो काममा जग बसाउने समय छ। भौतिक साधनहरू पनि सजिलै जुट्नेछन्। दोस्रो सातासम्म स्थिति अनुकूल रहनेछ। तेस्राे सातापछि साझेदारीमा समस्या र सगोलको सम्पत्तिमा विवाद आउन सक्छ। नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला। पठनपाठनमा प्रगति भए पनि व्यवसायमा अलि कमजोरीको समय छ। आफ्नो उपलब्धि जोगाउन व्यवहारमा पनि सजग रहनुपर्ला।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। बलजफ्तीले पारिवारिक असमझदारी बढाउन सक्छ। एकसाथ अनेक काम सुरु भए पनि धेरै काम अधुरै रहनेछन्। कीर्ति राख्ने महत्त्वाकांक्षाले उल्टै क्षति हुन सक्छ, सजग रहनुहोला। माता-पिताको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। अरूको उक्साहटमा लगानी गर्दा बेफाइदा हुन सक्छ। तर, तेस्राे सातादेखि साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले व्यवसायमा लाभ उठाउन सकिनेछ। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर समेत प्राप्त हुनेछ। अध्ययनमा पनि सामान्य प्रगति हुनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रारम्भमा वादविवादमा समेत परिने योग देखिएकाले सावधान रहनुहोला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। दाजुभाइको सम्बन्ध प्रगाढ हुनेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
महिनाको सुरुमा शिर वा आँखाको समस्याले सताउन सक्छ। अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बन्न सक्छ। तापनि प्रयत्न गर्दा अप्ठ्यारै काम समेत सम्पादन हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। केही आरोप लागे पनि मेहनत गर्दा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ।
सुजन प्रेमी
बागलुङ, ९ साउन २०७८ ।
गाउँमा बाँदर आतंक बढ्न थालेपछि सर्कुवाका कृषकहरु चिन्तित बनेका छन् । खाद्यबाली भित्राउने बेलामा बाँदरले मासिदिएपछि बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवाका किसानहरु चिन्तित बनेका हुन् ।
मुखमा आएको बाली बाँदरको बथान आएर खाइदिने गरेको तल्लो सर्कुवाका किसान यमन पौडेलले जानकारी दिनुभयो । “बाँदरले खेतिबाली मात्रै होइन बाल बालिकाहरुलाई समेत झम्टिने गरेको छ, एक्लै मान्छे देखे भाग्दैन उल्टै जिस्काउँछ” जिल्लाखबर डटकमसँग उहाँले भन्नुभयो “खेतिबाली लगाएपनि बाँदरलाई ठिक्क हुन्छ, बाँदरकै कारण खेतबारी बाँझै छोड्ने अवस्था आयो ।”
बाँदरको एक सय भन्दा बढिको बथान आएर घर गोठको छाना र कोठामा जाने गरेको उहाँको भनाई छ । बाँदरकै कारण कतिपय मानिसहरु गाउँको जग्गा बाँझै छोडेर तराई झरेको उहाँले बताउनुभयो ।
बाँदरको बथान बढ्दै जाँदा भोलिका दिनमा समेत ठुलो समस्या आउन सक्ने भन्दै उहाँले सम्बन्धित निकायले यसको रोकथाम र नियन्त्रणमा ध्यान दिनुपर्ने माग गर्नुभएको छ ।
यता जैमिनी नगरपालिकाले बर्सेनी बाँदर नियन्त्रण भन्दै बजेट विनियोजन गर्ने गरेको छ । तर प्रभावकारी भने बन्न सकेको छैन । चालु आर्थिक बर्षका लागि पनि नगरपालिकाले बाँदर नियन्त्रणका लागि भन्दै ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बाँदर आतंक समग्र नगरपालिका कै मुख्य समस्या भएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बताउनुभयो । जैमिनीले मात्रै नियन्त्रण गर्न खोजेर सम्भव नहुने भन्दै उहाँले छिमेकी पालिकाहरुमा पनि समन्वय गरिने बताउनुभयो ।
रसुवा, ९ साउन २०७८ ।
नेपालको उत्तरी नाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उक्त जुम क्रेन आयात भएको हो ।
रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार नयाँ आर्थिक वर्ष २०७८/७९ को शुभारम्भमा विकास निर्माण कार्यमा प्रयोग हुने दुई वटा ठूलो क्रेन आयात भएको हो ।
भन्सार हातामा प्रवेश भएका दुईवटा मेसिनमध्ये एउटा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र एउटा भन्सार हाताबाट लाने तयारी भइरहेको छ । चिनियाँ मोडेलको उक्त मेसिन प्रतिवटा ९० हजार अमेरिकी डलर बराबर हुन आउने रकम भन्सार मूल्य कायम भएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।
रसुवागढी नाका सञ्चालन भएयता यस्ताखाले मेसिन सीमाक्षेत्रको लेहेन्दे खोला मितेरी पुलबाट पहिलो पटक नेपाल भित्रिएको भन्सार कर्मचारीले बताएका छन् ।
यस्तै धेरै वर्ष प्रक्रियागत रूपमै अलमल परिरहेको रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणको आयात एवं प्राविधिक तथा कामदार बस्ने पूर्वाधार निर्माणले विद्युत् उत्पादनका लागि छिट्टै सुरुङ मार्गको काम अगाडि बढ्नेमा आशावादी भएको स्थानीय बासिन्दाले बताएका छन् ।
रु ५० अर्बभन्दा बढीको लागतमा निर्माण हुने उक्त आयोजनामा कोरियाको लगानी रहेको र सुरुङलगायत पूर्वाधार निर्माणका लागि चाइना पावर नामक चिनियाँ कम्पनीले जिम्मा पाएको आयोजनाका प्राविधिकले बताएका छन् ।
निर्माण कार्यका लागि आवश्यक पर्ने उपकरण तथा औजार चीनबाट आयात भइरहेको र धुञ्चे पुछारको ड्याम साइट, हाकुबेँसी, मैलुङ दोभानका तीन स्थानमा आवासका साथै काम गर्ने स्थलमा जाने सहजताका लागि मैलुङ नजिक त्रिशूली नदीमा बेली ब्रिज निर्माण गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।
बाहिरी सतहको पूर्वाधार निर्माण सम्पन्न हुन लागेकाले आगामी अक्टोबरको पहिलो हप्ताबाट सुरुङको काम अगाडि बढाउने कार्य तालिका रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले जनाएको छ ।