सुजिता मृत्यु प्रकरणः एकजना पक्राउ, हाडनाताभित्रको प्रेम सम्बन्धले निम्त्याएको आत्महत्या
चितवन, ९ साउन २०७८ ।
पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् ।
जिल्ला प्रहरी कार्यालयद्वारा हिजाे आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिनुभयो । गतअसार ११ गते घरबाट हराएकी सुजता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी थिइन ।
पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवैबीचको प्रेम सम्बन्धका रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रउअधिकारीले जानकारी दिनुभयो ।
असार ९ गते उनीहरुबीच विवाहका बिषयमा विवाद हुँदा सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र रु ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।
आज गुरु पूर्णिमा मनाइँदै, ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु : प्रधानमन्त्री देउवा
काठमाडौँ, ९ साउन २०७८ ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिकरुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।
व्यास जयन्ती
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।
आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।
अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो ।
यस वर्ष गुरुपूर्णिमा र व्यास जयन्तीका कार्यक्रम मनाउन नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइँदैछ । कतिपय विद्यालय एवं संस्थाले जुम प्रविधिका माध्यमबाट गुरुपूर्णिमा र व्यास जयन्तीका कार्यक्रम मनाउन लागिएको जनाइएको छ ।
यता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताउनुभएको छ । असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उहाँले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुमकामना व्यक्त गर्नुभएको छ ।
ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको र मातापिताजस्तै गुरुलाई पनि देउता समान मानिएकाले आचार्य देवो भवः भन्ने गरिएको बताउनुभएको छ । उहाँले हरेक मानिसलाई सत्मार्ग देखाउँदै शिक्षा र चेतनाले मानव मनमा नैतिकता र सदाचारिताको विकास गराउनेप्रति आदर सत्कार गर्नुभएको छ । गुरु पूर्णिमा कै दिन वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ । ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेद गरी वेदलाई चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाउने गरिन्छ ।
वेदव्यासले वेदान्त, १८ पुराण, उपनिषद्लगायत धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ । व्यासले पुराण उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ भन्दै अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएको कुरा धर्मग्रन्थमा उल्लेख पाइन्छ । प्रधानमन्त्री देउवाले गुरु पूर्णिमा तथा व्यास दिवसको अवसरमा सबैमा शिक्षा, ज्ञान, चेतना र नैतिकताको सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
प्राविधिक विषय पढ्न जैमिनीका विद्यार्थी उत्साहित, प्रवेश परिक्षामा ६३ जना सहभागी
सुजन प्रेमी
बागलुङ, ७ साउन २०७८ ।
कक्षा ९ र १० मा प्राविधिक विषय पढ्न जैमिनीका विद्यार्थी उत्साहित देखिएका छन् । प्राविधिक धार अन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने प्रत्येक वडाबाट एकजना विद्यार्थीलाई जैमिनी नगरपालिकाले निशुल्क पढाउने भएपछि विद्यार्थीको उत्साह बढेको हो ।
जैमिनी नगरपालिकाले विगतका बर्षहरुबाट नै प्रत्येक वडाका १÷१ जना विद्यार्थीलाई कक्षा ९ र १० को लागि निःशुल्क आवासीय सुविधा सहित पुर्ण छात्रवृत्ति प्रदान गर्ने गरेकाले यस बर्षको शैक्षिक सत्रको लागि पनि निरन्तरता दिइएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । प्रविधिक विषय पढ्नका लागि ५ वटा परिक्षा केन्द्रबाट लिइएको परिक्षामा विद्यार्थी र अविभावकहरुले उल्लेख्य चासो दिएका थिए ।
नगरपालिकाको छात्रबृत्ति सहित नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको एकमात्र कम्प्युटर ईन्जिनियरिङ विषय पढाई हुने शान्ति माध्यामिक विद्यालयमा कम्प्युटर ईन्जिनियरिङ पढ्न चाहनेहरुको लागि साउन ५ गते ५ वटा परिक्षा केन्द्रबाट परिक्षा लिइएकोमा ६३ जना विद्यार्थीले सहभागिता जनाएको शान्ति माध्यामिक विद्यालय कुश्मिसेराका प्रधानाध्यापक यम बहादुर जिसीले जानकारी दिनुभयो ।
नगरपालिकाको संकृत मा.वि.बेलबगर, सर्बोदय जनक मा.बि.बिनामारे, शान्ति मा.बि.कुश्मिसेरा, सुन्तलाचौर मा.बि.दमेक र गाउँ फर्क आधारभुत विद्यालय पैञ्युँथन्थापमा परिक्षा केन्द्र बनाएर परिक्षा सञ्चालन गरिएको थियो । परिक्षामा अन्य पालिकाको विद्यार्थीहरुले पनि उत्साहजनक सहभागिता जनाएको प्र.अ. जिसीले बताउनुभयो ।
नगरपालिकाको छनोटमा नपरेकाहरुलाई शान्ति मा.वि ले विशेष सर्तमा सहुलियत रुपमा अध्यापन गराउनेछ ।
बिहिबार दक्षिणकाली माताकाे दर्शन गरे साेचेकाे कुरा पुरा हुन्छ,दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
आजकाे राशिफल
मेष – ARIES
प्रारम्भमा केही चुनौती देखा पर्नेछन्। हल्लाको पछि लाग्दा केही समस्या पनि हुनेछ। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। शत्रु परास्त हुनेछन्। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ।
वृष – TAURUS
पहिलेको सफलताले विशेष जिम्मेवारी दिलाउनेछ। स्राेत सबल देखिए पनि सुरुमै आम्दानी नहुन सक्छ । परिवारमा केही मतभेद हुनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन समय रहेकाले सजग रहनुपर्ला। तापनि मिहिनेत गर्दा घरमा सुख–समृद्धि प्राप्त हुने समय छ। मनोरञ्जन तथा विलासी मनोवृत्तिले अध्ययनमा भने बाधा पुर्याउन सक्छ। जुझारु कार्यशैलीले कर्मक्षेत्रमा लाभ मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन् भने शत्रुहरूसमेत नजिकिन सक्छन्।
मिथुन – GEMINI
प्रारम्भमा केही काम सम्पादन हुनाले सामान्य लाभ हुनेछ। वादविवादमा परिने हुँदा आत्मसम्मानका लागि केही समय मौन रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्यमा पुग्न सकिनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ।अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
कर्कट – CANCER
विभिन्न अवसर प्राप्त हुनेछन्। केही अवराेध आए पनि आँटले काम सम्पादन हुनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। विभिन्न अवसर प्राप्त भइरहनेछन्। आर्थिक पक्षमा सुधार ल्याउन सकिनेछ। साथीभाइको सञ्जाल फराकिलो हुनुका साथै शुभचिन्तकहरूको सहयोगले धेरै रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले दिगो काममा अग्रसर गराउन सक्छ।
सिंह – LEO
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। मंगलवारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। सुखद समाचारले मनमा उत्साह जगाउनेछ। बिछाेडिएका आफन्तसँग रमाइलाे भेटघाट हुनेछ। सानाे असावधानीले वादविवाद निम्त्याउन सक्छ, सजग रहनुहाेला।
कन्या – VIRGO
विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू सबल बन्नुका साथै मनग्य धनलाभ हुनेछ। मंगलवारदेखि सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। यस बीचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीवारदेखि केही अवराेध सामना गर्नुपरे पनि तारिफयोग्य कामको चर्चा हुनेछ। स्वास्थ्य कमजाेर रहे पनि आम्दानीले उत्साह जगाउनेछ।
तुला – LIBRA
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रयत्न गर्दा विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नाले भने अलि धाेका पनि दिन सक्छन्, सजग रहनुहाेला। तर आकस्मिक खर्च बढ्नाले अर्थ सञ्चय भने नहुन सक्छ। खर्चिलाे काम आँट्नाले रकम जुटाउन दौडधुप गर्नुपर्ला। सुखद समाचारले मनमा उत्साह जगाउनेछ।
वृश्चिक – SCORPIO
काम गर्ने अवसर आए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। धेरै समय सामाजिक काममा जुट्नुपर्ला। तापनि तारिफयाेग्य काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। मिहिनेतले आयस्राेत सबल बनाउन सकिनेछ। परिश्रमअनुसार अलि कम प्रतिफल प्राप्त हुनेछ।
धनु – SAGITTARIUS
स्वास्थ्य कमजोर रहनाले काममा पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। मिहिनेत गरेर नाम र दाम हात पार्न सफल भइनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरु होला।
मकर – CAPRICORN
प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाए पनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ।
कुम्भ – AQUARIUS
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर समेत जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। तापनि बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न गर्ने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला।
मीन – PISCES
प्रारम्भमा चुनौती देखिए पनि बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि मंगलवारदेखि आँट गर्दा रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार तथा उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहला। शुभचिन्तकहरूकाे साथले काम बन्न सक्छ।
बागलुङ, ६ साउन २०७८ ।
बागलुङको जैमिनीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । जैमिनी नगरपालिका–१० राङ्खानीमा कन्ट्याक्ट ट्रेसिङमा परेकाको परिक्षण गर्दा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेका लक्षण सहितका संकास्पद विरामी सहित ४८ जनाको एन्टिजेन परिक्षण गर्दा ८ जनामा कोरोना देखिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
यो सहित अहिले जैमिनीमा १६ जना सक्रिय संक्रमितहरु रहेका छन् । जैमिनी नगरपालिका ५ विनामारेका ८ जना र बुधबार थपिएका ८ जना गरी १६ जना नै होम आइशोलेसनमा रहेको संयोजक आचार्यको भनाई छ ।
उनिहरुको अवस्था सामान्य भएको र असहज अवस्था भए कुश्मिसेरामा रहेको जैमिनी कोभिड १९ अस्थाई अस्पतालमा ल्याइने आचार्यले बताउनुभयो ।
पोखरामा परिक्षण गराउँदा राङ्खानीका एकजनामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रसिङ गरिएको थियो ।
चिनबाट ४८ लाख डोज खोप आउने निश्चित,खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै
काठमाडाैं, ६ साउन २०७८ ।
चिनबाट ४८ लाख डाेज खाेप नेपाल आउने निश्चित भएको छ ।
चीनले अनुदानमा दिएकाे सहित ४८ लाख डोज काेराेना बिरूद्धकाे खोप नेपाल आउने निश्चित भएको हाे । ४८ लाख डोज खाेप मध्ये केही दिनभित्रै २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
चिनबाट ल्याउने निश्चित गरीएकाे ४८ लाख डोजबाहेक थप खोप ल्याउन पनि पहल भइरहेको बताइएकाे छ । यस अघि चीनले १८ लाख डोज खोप अनुदान श्वरूप दिएको थियो । केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप पनि अहिले वितरण भइरहेको छ ।
कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने निगमले जनाएकाे छ । चीनसँग खरिद गरिएका खोप लिन आज राति ११ बजे गएर भोली दिउँसो २ बजे जहाज नेपाल आउने छ । यस्तै भोली राति ११ बजे फेरि उडेर जहाज पर्सी दिउँसाे आउने छ ।
यस्तै, खोप लिन ९ गते जाने जहाजले १० गते खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमित रूपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।
साउनमा महादेवकाे आराधनाले सफलता मिल्छ, हलेसी महादेवकाे दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
तपाइँकाे आजकाे भाग्यफल हेर्नुहाेस्
मेष
प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।
वृष
आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।
मिथुन
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
कर्कट
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।
सिंह
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।
कन्या
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।
तुला
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।
वृश्चिक
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहर्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।
धनु
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।
मकर
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ
माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।
मीन
महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
बागलुङ, ५ साउन २०७८ ।
बागलुङमा विषाक्त मदिरा पिएर चार जना मजदुरको ज्यान गएकाे घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।
सोमवार बेलुकी विषाक्त रक्सी पिएका ६ मध्ये चार जनाको ज्यान गएकाे थियो । ज्यान गुमाउनेहरूमा गलकोट नगरपालिका ७ मल्ममा रहेकाे खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् । उनीहरूको उपचारका क्रममा ज्यान गएकाे बताइएको छ । त्यस्तै उनीहरूसँगै रक्सी पिएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्तासमेत रहनुभएका डीएसपी हवारीकाे नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ । बाग्लुङमा पहिलो पटक चार जनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कृष्णबहादुर पल्लिमगरले बताउनुभयो । ‘सात दिनको समय दिएर डीएसपीको नेतृत्वमा टोली पठाएको छु’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म दुई जना पक्राउ परेका छन्, मजदुरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडासमेत बरामद गरेका छौँ ।’
पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल रहेका छन् । उनीहरूसँग अहिले सोधपुछ चलिरहेको र शव परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उहाँले बताउनुभयो ।
काठमाण्डौ, ५ साउन २०७८ ।
पछिल्लो समय नेपालमा तीन हजार एक सय आठ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार १ सय ३५ जनाको परिक्षण गर्दा तीन हजार एक सय आठ जनामा कोरोना देखिएको हो ।
पछिल्ले समय आठ हजार आठ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय दुई जनामा र चार हजार दुई सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ६ जनामा कोरोना देखिएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या सात लाख २१ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो समय एक हजार पाँच सय ९५ जना कोरोना सङ्क्रमणमुक्त भएर नियमित काममा फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेहरुको कुल सङ्ख्या ६ लाख ३४ हजार नौ सय २७ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार चार सय १९ रहेको मन्त्रालयले जनाएको छ ।
यता पछिल्लो समय कोरोनाका कारण २५ जनाको ज्यान गएको छ । या् सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरुको कुल संख्या नौ हजार ६ सय सात पुगेको छ ।
वैशाख १६ देखि यता ६३ जिल्लामा ६ सय ८० महिलामाथि हिंसा,५० प्रतिशत घटना घरेलु हिंसाका
काठमाडाैँ, ५ साउन २०७८ ।
वैशाख १६ देखि यता नेपालमा ६ सय ८० जना महिला माथि हिंसा भएकाे छ ।
वैशाख १६ अर्थात यस वर्षकाे निषेधाज्ञाको अवधि शुरू भए देखि असार मसान्तसम्म ६ सय ८० महिलामाथि हिंसा भएकाे हाे । कोरोना महामारी रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाको अवधिमा महिला पुनर्स्थापना केन्द्र, ओरेकले सङ्कलन गरेको तथ्याङ्कअनुसार ६३ जिल्लामा ६ सय ८० महिला हिंसामा परेका तथ्याङ्क सार्वजनिक भएको छ ।
निषेधाज्ञाको अवधिमा अभिलेखीकरण गरिएका ६ सय ८० घटनामध्ये तीन सय ४१ घटना घरेलु हिंसाका रहेका छन् । ५० प्रतिशत हिंसा घरभित्रै हुने गरेका पाइएको ओरेक नेपालले जनाएकाे छ ।
घरेलु हिंसाका घटनामा महिलालाई दाइजो नल्याएको वा कम ल्याएको, छोरी जन्माएको, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएको लगायतका कारण हिंसा भएको देखिन्छ । सामाजिक हिंसाका घटनामा यौन दुर्व्यवहार तथा मानव बेचबिखनका घटना धेरै छन् ।
यस्तै धेरैजसो महिला श्रीमान्, घरका सदस्य, नातेदार तथा छिमेकीबाट पीडित भएको पाइएको बताइएकाे छ । हिंसामा पर्ने महिलामध्ये ३१ प्रतिशतभन्दा धेरै १७ देखि २५ वर्ष उमेर समूह भित्रका रहेका छन् ।