एकैदिन ४३ जनाकाे ज्यान गयाेः२९३६ जनामा काेराेना संक्रमण,कुल संक्रमित ७ लाख १२हजार नाघे
काठमाडौं, १ साउन २०७८ ।
काेराेना संक्रमणका कारण नेपालमा एकै दिन ४३ जनाकाे ज्यान गएकाे छ ।
केहिदिन यता मृत्यु हुनेकाे संख्यामा कमि आए पनि शुक्रबार मात्रै थप ४३ जनाकाे ज्यान गएकाे हाे । पछिल्लो २४ घण्टामा ४३ जनाकाे मृत्यु भएकाे विवरण भए पनि यस अघिको केहि विवरण प्राप्त भएको सहित कुल ४३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा मात्रै देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीका प्रयाेगशालामा ९ हजार ६ सय १३ नमुनाकाे पीसीआर परीक्षण गर्दा २ हजार ६ जना र ४ हजार ५ सय ६९ नमुनाकाे एन्टिजेन परीक्षणमा ९ सय ३० जना गरी कुल २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ७ लाख १२ हजार ३ सय ७३ जपुगेकाे छ ।
यस्तै थप १ हजार ७ सय ७५ जना काेराेना संक्रमण निकाेभइ डिस्चार्ज भएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले देशभर २६ हजार ८ सय २७ संक्रमण सक्रिय छ । सक्रिय संक्रमितमध्ये २४ हजार २ सय ७४ जना होम आइलेसनमा रहेका छन् भने २ हजार ५ सय ५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५ सय ७८ जनाको आईसीयू र १ सय ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
कुन प्रदेशमा कती संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ५३, प्रदेश २ मा ५७ बागमती प्रदेशमा ७ सय ४० जनामा, गण्डकी प्रदेशमा २ सय १८, लुम्बिनी प्रदेशमा १ सय ३, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना काेराेना संक्रमित थपिएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुख र सांसदहरुको एण्टीजेन परीक्षण हुँदै
काठमाडौं, १ साउन २०७८ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुख र सांसदहरुको एण्टीजेन परीक्षण सुरु गरीएकाे छ ।
पर्सि अर्थात साउन ३ गते दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुखसहित सांसदहरुको एण्टीजेन परीक्षण सुरु गरिएको हाे । बिहान ११ बजेदेखि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण सुरु गरिएको संसद सचिवालयलयले जानकारी दिएकाे छ ।
यस्तै संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको पनि आजै एण्टीजेन परीक्षण गराइने संसद सचिवालयले जनाएको छ । साउन ३ गते दिउँसो ४ बजेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउनु भएकाे थियाे ।
गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएकाे भएपनि सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन समेत आदेश दिएको थियो ।
संघीय संसद सचिवालयलयकाे एण्टीजेन परीक्षण सम्बन्धि सुचना हेर्नुहाेस् ।
काठमाडाैं, १ साउन २०७८ ।
लगातारको वर्षापछि आएको बाढीले डुबान हुँदा युराेपमा जनजिवन प्रभावित बनेकाे छ ।
बाढीले युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन प्रभावित भएको हाे । बाढीका कारण करीव ७० जनाको ज्यान गैसकेकाे छ । ज्यान गुमाउनेमा धेरैजसो जर्मनीका नागरिक छन् भने केहि बाढीमा परेर हराइरहेका छन् ।
सुरक्षाकर्मीले हेलिकप्टरमार्फत बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धारकाे काम गरिरहेका जनाउँदै बाढीका कारण पश्चिम जर्मनीका विद्यालयहरु बन्द भएकाे र कयौँ सडक खण्डमा पनि क्षति पुगेको बीबीसीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था लागू गरिएको छ । प्रभावित क्षेत्रका सयौँ नागरिकहरु उद्धारको पर्खाइमा घरको छतमा बसेका छन् ।
पश्चिमी जर्मनीसँग जोडिएका अन्य देशमा पनि बाढीको असर परेको खबरमा उल्लेख छ। आज पनि जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स लगायत युरोपका केही देशमा ठूलो पानी पर्ने चेतावनी दिइएको छ ।
अहिले पश्चिमी युरोपमा एक शताब्दीयताकै भीषण वर्षा भएको त्यहाँका मौसम विभागहरूले बताएका छन् ।
नेपालमा मोबाइल बन्द गर्ने सफ्टवेयर लागूः अबदेखि चल्दैन अबैध माेबाइल,बन्द भइहाल्छ ?बिस्तृतमा
काठमाडौँ, १ साउन २०७८ ।
नेपालमा मोबाइल बन्द गर्ने सफ्टवेयर आजबाट लागू गरीएकाे छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) साउन १ अर्थात शुक्रबारदेखि लागू गरेको हाे । अवैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित याे प्रणाली लागू भएपछि नेपालमा भित्रिएका अवैध मोबाइल बन्द र वैध मोबाइल मात्रै सञ्चालन हुने अवस्था सिर्जना हुनेछ ।
६ महिनाभित्र काम सक्ने गरी प्राधिकरणले २०७६ असारमा ७६ करोड लागतमा ठेक्का दिए पनि लकडाउनका कारण भन्दै ढिला गरी यो प्रणाली सञ्चालनमा आएको हो । साउन १ देखि सुरु गर्ने घोषणा भएदेखि नै यो प्रणाली कस्तो हो, यसले कसरी काम गर्छ अनि कस्ता मोबाइल बन्द हुन्छन् भन्ने जनचासो बढ्दै गएकाे छ ।
एमडीएमएस भनेकाे केहाे ?
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मोबाइल डिभाइसको तथ्यांकका लागि प्रयोग गरिने प्रणाली हो । यसमा राखिएको मोबाइल तथ्यांक प्रणालीले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउँछ । हरेक मोबाइल डिभाइसमा हुने इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा मोबाइल वैध–अवैध भन्ने छुट्याइन्छ । यस्तो नम्बर सामान्यतः १५ अंकको हुन्छ । मोबाइल किन्दा सिम राख्ने स्लट वा ब्याट्रीमा यस्ता नम्बर लेखिएको हुन्छ ।
एमडीएमएस प्रणालीले यसरी काम गर्छ :
नेपालमा भन्सार तिरेर भित्रिएका हरेक मोबाइलको आईएमईआई नम्बर प्राधिकरणले एमडीएमएस प्रणालीमा राखिरहेको छ । नेपालमा भन्सार महसुल तिरेर भित्रिएका हरेक मोबाइल वैध मोबाइलका रूपमा यो प्रणालीमा सूचीकृत भएका हुन्छन् । यसबाहेक विदेशबाट उपहारमा वा किनेर ल्याइएका मोबाइलको आईएमईआई नम्बर प्रयोगकर्ता आफैंले दर्ता गराउन सक्छन् । यसका साथै एमडीएमएसको प्रणाली हरेक सेवा प्रदायकको सर्भरमा पनि एकीकृत गरिएको हुन्छ । यो प्रणाली नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमको सर्भरमा पनि जोडिएको छ । यस्ता सेवा प्रदायकले वितरण गरेको सिम कुनै मोबाइलमा प्रयोग भइरहेको छ र ती मोबाइलको आईएमईआई दर्ता भएको रहेनछ अथवा चोरी भएको वा हराएको भनेर उजुरी परेको छ भने तिनमा सिम चल्दैन ।
उधेश्य के हाेत ?
विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्न यो प्रणाली लागू गरिएको हो । वैध रूपमा आयात हुने मोबाइलमा भ्याट र भन्सार शुल्क पनि लाग्छ । तर भन्सार छलेर ल्याइएका मोबाइलमा भन्सार र भ्याट पनि नतिर्दा त्यस्ता मोबाइल बजारमा सस्तोमा पनि पाइन्छ । कर नतिरिएको मोबाइल सस्तोमा पाइने भएकाले यस्ता मोबाइलको बिक्री बढी हुन्छ । यसबाट सरकारले राजस्व पनि गुमाउँछ ।
नेपालमा भएका मोबाइल बन्द भइहाल्छत ?
आईएमईआई शुक्रबारदेखि सुरु भए पनि आईएमईआई दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । नेपालमा भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा सूचीकरण गर्ने काम भइरहेको छ । यो प्रणाली लागू भए पनि नेपालमा चलिरहेका कुनै पनि मोबाइल बन्द नहुने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणले नेपालबाहिर किनिएका वा उपहार पाएका मोबाइल दर्ता गराउन निश्चित समय दिनेछ । उक्त अवधिमा पनि दर्ता नभएका मोबाइललाई वर्गीकरण गरी प्रयोगकर्तालाई चेतावनी दिने वा बन्द गर्ने काम हुनेछ ।
कस्तो मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ?
कुनै फोन विदेशबाट किनेर वा उपहारका रूपमा आएको हो भने त्यस्तो मोबाइलको मात्रै आईएमईआई नम्बर दर्ता गर्नुपर्छ । नेपालमा भ्याट बिलसहित किनेको मोबाइलको आईएमईआई दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । नेपालमा कानुनी रूपमा भित्रिएका मोबाइल सेटको आईएमईआई नम्बर विक्रेताबाटै लिएर प्राधिकरणले यो प्रणालीमा सूचीकृत गर्ने काम गर्छ । यो प्रणाली लागू भएपछि नेपालमा वैधानिक रूपमा बिक्री भएका मोबाइललाई वैधको सूचीमा राखेर अन्य मोबाइल डिभाइसको वर्गीकरण थालिनेछ ।
आईएमईआई नम्बर कसरी, कहाँ दर्ता गर्ने ?
नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको आईएमईआई नम्बरसहित एउटा सरकारी परिचयपत्र पनि अपलोड गर्नुपर्छ । यसबाहेक आफ्नो माोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर जाँच्ने सुविधा पनि त्यहीँ हुनेछ ।
पर्यटककाे हकमा के सुविधा छत ?
कुनै देशबाट नेपाल घुम्न आउने पर्यटकले आफ्नो देशमा रहेकै सेवा प्रदायकको सिममै रोमिङ सेवा लिएर आएका छन् भने त्यस्तो मोबाइल बन्द नहुने प्राधिकरणका प्रवक्ता पौडेल बताउँछन् । कसैले नेपाल आएर सिम हाल्छन् भने त्यस्तो मोबाइल भने नचल्ने उनले जानकारी दिए । यद्यपि प्राधिकरणले नेपाल आएर आफ्नो मोबाइलमा नेपालको सिम प्रयोग गर्ने पर्यटकलाई १५ दिनसम्म वा त्योभन्दा बढी अवधिका लागि पनि आईएमईआई दर्ता नगरे पनि मोबाइल बन्द नहुने सुविधा दिने तयारी पनि गरेको छ ।
सुजन प्रेमी
बागलुङ, १ साउन २०७८ ।
जैमिनीमा १ हजार ५ सय २८ जनालाई भेरोसेल खोप लगाइएको छ । बागलुङको जैमिनी नगरपालिकाले बिहिबार १ हजार ५ सय २८ जनालाई खोप लगाएको हो ।
जैमिनी नगरपालिकाको छिस्ती र नेपाने स्वास्थ्य चौकी बाहेक सबै स्वास्थ्य चोकीबाट ८ सय २५ जना महिला र ७ सय ३ जना पुरुषलाई खोप लगाइएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
नेपाल सरकारले प्राथमिकतामा राखेको शिक्षक, विद्यालयका कर्मचारी, चालक, सहचालक, विदेश जाने तयारीका नागरिकहरु र ५५ बर्ष माथिका नागरिकहरुलाई खोप लगाइएको उहाँको भनाई छ ।
यस अघि प्राथमिकतामा परेर खोप लगाउन छुटेकाहरुलाई पनि खोप लगाइएको नगरपालिकाले जनाएको छ । खोप सेवा शुक्रबार पनि निरन्तर हुनेछ ।
काठमाडाैं, ३१ असार २०७८ ।
विप्लव समुहका नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले आज नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको हो । मुटुको उपचारका लागि सहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा उपचाररत वलीलाई थुनामा राखेर पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले मनासिव नदेखिएको उल्लेख गरीएकाे छ ।
आदेशमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुने गरी साधारण तारेखमा राखेर छाड्न भनिएको छ । एनसेलको मुख्यालय भैँसेपाटी ललितपुरमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालत ललितपुरले वलीलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उच्च अदालतले पनि वलीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । आदेशविरुद्ध सर्वोच्च अदालतमा वलीकाे निवेदन परेकाे थियाे ।
आदेश हेर्नुहाेस् ।
काठमाडाैंमा साउन १० गते सम्म निषेधाज्ञा,कस्ता सेवा सञ्चालन गर्न पाइन्छ ? बिस्तृतमा
काठमाडाैं, ३१ असार २०७८ ।
काठमाडाैंमा साउन १० गते सम्म निषेधाज्ञा लागु हुने भएकाे छ ।
थप गरीएकाे मिति सकिँदै गरेकाे अवस्थामा उपत्यकामा लगाइएकाे निषेधाज्ञा शुक्रबार देखि लागु हुनेगरी पुनः १० दिन थपिएको हाे । काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकाको निषेधाज्ञा आउँदो साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनअनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । त्यसबाहेकका अरू पसल बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । रेस्टुरेन्ट तथा खाजा घरहरूले टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने बताइएकाे छ ।
काठमाडाैं उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दुरीका सवारी साधान चलाउन नपाइने तर अत्यावश्यक काम विशेषले उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई चल्न दिने प्रशासनले जनाएको छ । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी नहुने गरी सञ्चालन गर्न पाउने व्यवस्था यसअघिनै गरीएकाे हुनाले साे व्यवस्था यथावत् छ ।
निर्माण सामग्रीकाे ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । चलचित्र हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, दर्शकसहितका खेलकुद, नित्य पूजाबाहेक मन्दिर तथा शैक्षिक संस्थामा भौतिक उपस्थितिलाई अझैपनि निषेध गरिएको छ । एउटा कोठामा २५ जनासम्म राखेर परीक्षा सञ्चालन गर्न पाइनेछ व्यवस्था गरीएकाे छ ।
काठमाडौं,३१ असार २०७८ ।
नेपालमा २६७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । देशभरीका प्रयाेगशालाहरूमा ८ हजार २ सय ५६ नमुनाकाे पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ नमुनाकाे एन्टिजेन परीक्षणमा ८ सय ९४ जना गरी कुल २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ६ लाख ६२ हजार ५ सय ७० पुगेको छ ।
साथै थप १७५७ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेकाे छ । हाल २६ हजार ६ सय ३९ जनामा संक्रमण सक्रिय छ । जस मध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने २ हजार ६ सय १४ जना अस्पताल आइसोलेसनमा छन् ।
यस्तै काेराेना संक्रमणका कारण थप ३३ जनाकाे ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ४ सय ६३ पुगेको मन्त्रालयले जनाएकाे छ । जिल्ला अनुसार थप संक्रमितकाे विवरणः सबैभन्द धेरै काठमाडौंमा ३ सय ३९, चितवन र कास्कीमा १ सय ५५/१ सय ५५ , ललितपुरमा १ सय ३४, मोरङमा १ सय ५ जना, सुनसरीमा ८७ यस्तै भक्तपुरमा ८०, नवलपरासी पूर्वमा ५८, झापामा ५७, सिन्धुपाल्चोकमा ४८, काभ्रेपलाञ्चोक र गोरखामा ४१/४१ जना, स्याङजामा ३८,जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
यस्तै नुवाकोटमा ३७, दोलखामा ३६, मकवानपुर र रुपन्देहीमा ३५/३५ बागलुङ र बर्दियामा २२/२२ जना, कैलालीमा १९, बाँकेमा १७, धादिङमा १५, धनकुटा र दाङमा १४/१४ जना, खोटाङ र तनहुँमा ११/११ जना र दैलेख र सुर्खेतमा १०/१० जनामा कोरोना संक्रमण देखिएकाे छ ।
बिहिबार बागलुङ कालिकाकाे दर्शन गरे भाग्याेदय हुन्छ, दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजकाे राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा केही चुनौती देखा पर्नेछन्। हल्लाको पछि लाग्दा केही समस्या पनि हुनेछ। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। शत्रु परास्त हुनेछन्। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा यात्राको अवसरका साथै आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेको सफलताले विशेष जिम्मेवारी दिलाउनेछ। स्राेत सबल देखिए पनि सुरुमै आम्दानी नहुन सक्छ। मंगलवारदेखि परिवारमा केही मतभेद हुनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन समय रहेकाले सजग रहनुपर्ला। तापनि मिहिनेत गर्दा घरमा सुख–समृद्धि प्राप्त हुने समय छ। मनोरञ्जन तथा विलासी मनोवृत्तिले अध्ययनमा भने बाधा पुर्याउन सक्छ। सप्ताहान्तमा जुझारु कार्यशैलीले कर्मक्षेत्रमा लाभ मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन् भने शत्रुहरूसमेत नजिकिन सक्छन्।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा केही काम सम्पादन हुनाले सामान्य लाभ हुनेछ। वादविवादमा परिने हुँदा आत्मसम्मानका लागि केही समय मौन रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्यमा पुग्न सकिनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। बिहीवारदेखि परिवारमा असमझदारी देखिने हुँदा काम रोकिन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि सप्ताहान्तमा लक्ष्य प्राप्त हुनेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आगन्तुकले अलमल्याए पनि प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन्। केही अवराेध आए पनि आँटले काम सम्पादन हुनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। विभिन्न अवसर प्राप्त भइरहनेछन्। आर्थिक पक्षमा सुधार ल्याउन सकिनेछ। साथीभाइको सञ्जाल फराकिलो हुनुका साथै शुभचिन्तकहरूको सहयोगले धेरै रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले दिगो काममा अग्रसर गराउन सक्छ। सप्ताहान्तमा भने अरूकाे भरपर्दा धाेका पाइने र काम राेकिने सम्भावना छ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। मंगलवारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। सुखद समाचारले मनमा उत्साह जगाउनेछ। बिछाेडिएका आफन्तसँग रमाइलाे भेटघाट हुनेछ। बिहीवारदेखि केही विवादास्पद काममा अलमिलनुपर्ला। सानाे असावधानीले वादविवाद निम्त्याउन सक्छ, सजग रहनुहाेला। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ र चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुनेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू सबल बन्नुका साथै मनग्य धनलाभ हुनेछ। मंगलवारदेखि सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। यस बीचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीवारदेखि केही अवराेध सामना गर्नुपरे पनि तारिफयोग्य कामको चर्चा हुनेछ। स्वास्थ्य कमजाेर रहे पनि आम्दानीले उत्साह जगाउनेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रयत्न गर्दा विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नाले भने अलि धाेका पनि दिन सक्छन्, सजग रहनुहाेला। मंगलवारदेखि आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तर आकस्मिक खर्च बढ्नाले अर्थ सञ्चय भने नहुन सक्छ। खर्चिलाे काम आँट्नाले रकम जुटाउन दौडधुप गर्नुपर्ला। तापनि सप्ताहान्तमा राम्रै उपलब्धि प्राप्त हुनेछ। सुखद समाचारले मनमा उत्साह जगाउनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काम गर्ने अवसर आए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। धेरै समय सामाजिक काममा जुट्नुपर्ला। तापनि तारिफयाेग्य काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। मिहिनेतले आयस्राेत सबल बनाउन सकिनेछ। तर, बीचमा लेनदेनले केही वादविवाद समेत निम्त्याउन सक्छ। सप्ताहान्तमा परिस्थितिवश सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। परिश्रमअनुसार अलि कम प्रतिफल प्राप्त हुनेछ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले काममा पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने धार्मिक मनोवृत्ति बढ्नेछ। मिहिनेत गरेर नाम र दाम हात पार्न सफल भइनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। बीचमा मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरु होला। सप्ताहान्तमा आम्दानी बढ्नेछ तर उठेकाे रकम तत्काल खर्चनुपर्ने परिस्थिति रहनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलवारदेखि भने अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाए पनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। बिहीवारदेखि टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धामा उत्रनुपरे पनि सुरुमा विभिन्न अवसर प्राप्त हुनेछन्। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर समेत जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। तापनि बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न गर्ने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। सप्ताहान्तमा शुभचिन्तकहरूको साथ जुट्नाले चिताएको काम बन्नेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा चुनौती देखिए पनि बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि मंगलवारदेखि आँट गर्दा रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार तथा उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहला। शुभचिन्तकहरूकाे साथले काम बन्न सक्छ।
गण्डकी, ३० असार २०७८ ।
गण्डकी प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । बहुवर्षीय योजनाका साथै स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई समेत निरन्तरता नदिइएको भन्दै नेकपा एमालेका प्रदेशसभा सदस्यले उठेर बैठक अवरुद्ध गर्नुभएको हो ।
बैठक अवरुद्ध भएसँगै सभामुख नेत्रनाथ अधिकारीले नेकपा एमालेका रामशरण बस्नेतलाई बोल्न दिनुभएको थियो । सदस्य बस्नेतले बजेटको न्यायोचित वितरण नगरिएको आरोप लगाउँदै मन्त्रालयमा एकमुष्ट रकम राखिएको छ भन्नुभयो । जिल्लागतरुपमा पनि बजेट वितरण न्यायोचित नभएको उहाँको भनाइ छ ।
नेकपा एमालेका तर्फबाट बुझाइएको १० बुँदे ध्यानाकर्षणबारे सम्बोधन नहुँदासम्म सभाका गतिविधि अघि बढाउन नदिने उहाँले बताउनुभयो । एमालेको ध्यानाकर्षणपत्रमा बहुवर्षे आयोजना पूर्वाग्रहका आधारमा रद्द गरिएको, सालबसाली सञ्चालनमा रहेका योजना अलपत्र पारिएको, निर्माणाधीन सडकलाई अनुसूचीमा राखेर सत्तापक्षीय सदस्यको क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको आरोप लगाएको छ ।
त्यस्तै उज्यालो गण्डकी प्रदेश कार्यक्रम, स्थानीय पालिका केन्द्र जोड्ने सडक, निर्वाचन क्षेत्रीय सडकको दोस्रो खण्ड, एक पालिका एक खेल मैदान, एक घर एक धाराजस्ता महत्वपूर्ण योजनालाई निरन्तता नदिएको भन्दै ध्यानाकर्षणपत्रमा असन्तुष्ट व्यक्त गरिएको छ । दुर्गम र पिछडिएको क्षेत्रको बजेट कट्टा गरेको, विभिन्न मन्त्रालयमा योजना उल्लेख नगरी बजेट एकमुष्ट राखिएको, वार्षिक विकास कार्यक्रम नीति कार्यक्रम र बजेट वक्तव्यभन्दा फरक परेकाले सोहीअनुसार समायोजन गर्न पनि एमालेले माग गरिएको छ ।
सभामा एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोके । त्यसक्रममा एमालेका केही सांसदले बैठक हलको टेबल उचालेर फालेका थिए ।