काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ ।यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ । व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो ।
भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु पनि अनुरोध गरेको छ ।
विगतमा विभिन्न मुलुकबाट स्वदेश फर्कंदा विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान नेपालको विमानस्थलसम्म पु¥याइदिनु र विमानस्थलमा आफ्नो मान्छेले लिन आउने भनेर दिएर पठाउने गर्दै आएका थिए ।
यसपालि मोटरसाइकलको बे्रक सुको आवरणमा एक क्विन्टल सुन भित्रिएपछि झस्किएको विमानस्थलसहित भन्सार कार्यालयले विभिन्न आवरणमा अवैध सामान भित्रिएला र सोझासिधा फस्ला भनेर अग्रिम रूपमा स्वदेश फर्किनेलाई चेतावनी दिएको हो ।
विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइलैन्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिले मेरो घरको सामान हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउँछन् र लगेबापत केही पैसा दिन्छु भनेर प्रलोभनमा पारी ल्यापटप, मोबाइल, सुन, घडी आदि पठाउने गरेका छन् ।
कार्यालयका अनुसार यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्ति कानुनी कारबाहीमा पर्ने घटना बढ्दै गएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
पाथिभरा मन्दिरको ८८ लाख बढी रकम ‘गायब’ !
इलाम । इलामको रोङ गाउँपालिका–३ पाथिभरा मन्दिरमा उठेको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ भेटी घोटाला भएको पाइएको छ । भेटीको अनियमितता छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको आम्दानी र खर्चबाट ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ घोटाला भएको देखिएको हो ।
छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले ८८ लाखबढी रुपैयाँ घोटाला देखिएको बताए । ‘अहिले प्रतिवेदनले देखाएको आम्दानी रकम समितिकै जिम्मेवारीमा हुनुपर्छ,’ प्रजिअ पोख्रेलले भने । उनले यो प्रतिवेदन सार्वजनिक भएपछि प्रशासनले समितिलाई सो रकमका ’बारेमा बोलाउने र प्रक्रिया अघि बढाउने बताए ।
जिल्ला प्रशासन कार्यालय इलामले गत २३ जेठमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिमा गाउँपालिकाका तर्फबाट लेखापरीक्षक प्रज्वल अधिकारी थिए । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनले आर्थिक वर्ष २०७५–०७६ देखि २०७९ माघ मसान्तसम्मको संस्थाको कुल आम्दानी, खर्च, बैंक मौज्दात गरी ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ नगद मौज्दात रहेको देखाएको भए पनि सो रकम कहाँ छ भन्ने प्रतिवेदनमा उल्लेख छैन । प्रतिवेदनले सो रकम कहाँ छ भन्ने उल्लेख नहुँदा घोटाला भएको नै हो भन्ने देखाउँछ ।
२५ दिनमा सक्नेगरी छानबिन समिति गठन भएपछि चार महिनापछि मात्रै छानबिन प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले छानबिन प्रतिवेदन सार्वजनिक नगरेपछि यसअघि नै पालिकाले अध्ययन प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।
काठमाडौं । सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तीन तलाकलाई सम्बन्धविच्छेद मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुनबमोजिमको सम्बन्धविच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्धविच्छेदले महिलामाथि अन्याय हुने अदालतको आशयसहितको फैसलाको पूर्णपाठ आएको छ ।
इस्लाम समुदायका एक पुरुषले आफूले श्रीमतीलाई तलाक दिइसकेको (सम्बन्धविच्छेद गरिसकेको) भन्दै गरेको अर्को विवाहलाई सर्वोच्च अदालतले कानुनविपरीत ठह¥याएको हो । सर्वोच्चले यस मुद्दामा पुरुषलाई बहुविवाहमा दोषी ठहर गरेको छ ।
न्यायाधीश टंकबहादुर मोक्तान र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले २६ चैत २०७९ मा गरेको फैसलाको पूर्णपाठमा भारतसहित अन्य छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिनुसार गरेको तलाकलाई कानुनले मान्यता नगरेको अवस्थामा नेपालमा पनि तलाक दिएको आधारमा दोस्रो विवाह गर्न छुट नहुने उल्लेख छ ।
सर्वोच्चको फैसलामा भनिएको छ, ‘इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्धविच्छेदको सम्बन्धमा प्रचलित नेपाल कानुनले मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन प्रचलनमा रहेकाले तथा स्वेच्छाचारी प्रकृतिका सम्बन्धविच्छेदजस्तै तीन तलाकलाई अन्य मुलुकहरूमा कसुरजन्य कार्य बनाइँदै गरेको अवस्थामा छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिनुसार गरेको तलाक वा सम्बन्धविच्छेदलाई कानुनले मान्यता नगरेको अवस्थामा दोस्रो विवाह गर्न छुट भएको भन्न मिल्ने देखिँदैन ।’
काठमाडौं महानगरपालिका–१६ मा बस्ने मनौवर हसनविरुद्ध उनकी पत्नी सविया तनविर हसनले दिएको जाहेरीको दुई तहका अदालतबाट फैसला भई आउनेक्रममा भएका त्रुटिहरू सच्याउँदै सर्वोच्च अदालतले कस्तो अवस्थामा सम्बन्धविच्छेद मान्ने र कस्तोलाई बहुविवाह मानिने भन्ने प्रस्ट व्याख्या गरेको छ ।
सर्वोच्चको फैसलामा इस्लामिक कानुन (सरिया ल) अन्तर्गत सम्बन्धविच्छेदसम्बन्धी प्रचलनहरूको विस्तृतमा विश्लेषण गरिएको छ । सरिया कानुनबमोजिम तलाक, लियान र खुला गरी तीन प्रकारका सम्बन्धविच्छेद रहेको भन्दै अदालतले तलाकलाई मुस्लिम समुदायमा श्रीमान्को विशेषाधिकार मानिने भनेको छ । सिया र सुन्नी दुवै मुस्लिम समुदायले मान्ने यस प्रचलनमा पत्नीले सम्बन्धविच्छेद गर्नसक्ने तलाक र लियान तथा दुवैको मञ्जुरीले गर्नसक्ने खुला र मुबारतको पनि विश्लेषण गरिएको छ ।
काठमाडौंका मनौवर हसनले सविया तनविर हसनसँग विवाह गरेका थिए । उनीहरूका दुई सन्तान भए । आफू शारीरिक र मानसिक रुपमा ठीक छँदाछँदै श्रीमान्ले मीना हलुवाइसँग दोस्रो विवाह गरेको भन्दै २०६६ असोजमा सवियाले बहुविवाहको मुद्दा हालेकी थिइन् ।
प्रहरीले पक्राउ गरेपछि मनौवरले आफूहरूको मन नमिलेकाले आफूहरूले इस्लाम धर्मअनुसार सम्बन्धविच्छेद गरी मीना हसनसँग दोस्रो विवाह गरेको स्विकारे । प्रहरीसँगको बयानमा मीनाले आफ्नो श्रीमान्ले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेको भनेकाले बिहे गरेको बताइन् ।
तर, जिल्ला अदालत काठमाडौंमा मुद्दा पुगेपछि मनौवर र मीना दुवैले विवाहको इन्कारी बयान दिए । मनौवरले श्रीमतीसँग सम्बन्धविच्छेद भएको त स्विकारे तर दोस्रो विवाह गरेको आरोप इन्कार गरे । मीनाले पनि मनौवरसँगको विवाहको अभियोग अस्वीकार गरिन् । त्यसपछि जिल्ला अदालतले उनीहरूलाई बहुविवाहको आरोपबाट सफाइ दियो ।
त्यसपछि यो मुद्दा तत्कालीन पुनरावेदन अदालत पाटनमा पुग्यो । पाटनले मनौवरलाई एक वर्ष कैद र ५ हजार जरिमानाको सजाय सुनायो । मनौवर र मीनाले यस फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिए । सर्वोच्च अदालतले पुनरावेदन अदालतकै फैसला सदर गरेको छ । त्यसैक्रममा सर्वोच्चले कानुनी रूपमा सम्बन्धविच्छेदको प्रक्रिया पूरा नगरी तलाक दिएका भरमा अर्को विवाह गर्न छुट नहुने भनी व्याख्या गरेको हो ।
सर्वोच्चले इस्लाम धर्ममा प्रचलित तलाकलाई सम्बन्धविच्छेद नमान्ने विदेशका उदाहरणहरू पनि फैसलामा उल्लेख गरेको छ । आदेशमा भनिएको छ, ‘भारतमा मुस्लिम महिला (विवाह अधिकारको संरक्षण) ऐन, २०१९ जारी गरी तलाकलाई अवैध घोषणा गरी कसुरजन्य कार्यका रूपमा मानी सजायको व्यवस्था गरेको पाइन्छ ।’
मुसलमान समुदायमा पतिका तर्फबाट, पत्नीको तर्फबाट र दुवैको सहमतिमा गरी तीन रूपमा सम्बन्धविच्छेद हुने गरेको छ । सर्वोच्च अदालतले भारतको सर्वोच्च अदालतको नजीर उल्लेख गर्दै त्यहाँ तीन तलाकलाई स्वेच्छाचारी भनी असंवैधानिक घोषणा गरेको औंल्याएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौँ । मणिपाल शिक्षण अस्पतालक चिकित्सकमाथि कुटपिट गरेको बताएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ ।
गृह मन्त्रालयले इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको र उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि सरुवा गरिएको जानकारी दिएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।
इन्सपेक्टर श्रेष्ठले मृतकका आफन्तहरु आक्रोशित भएका बेला ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
मणिपालका चिकित्सकहरु दोषीलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका थिए । यस प्रकरणमा प्रहरीले चिकित्सक कुटेको आरोपमा विनय गुरुङलाई पक्राउ गरेको छ ।
गुमनाम सुनकाण्ड, जाँचबुझ आयोग नै अन्योलमा
//sudurchitra.com/wp-content/uploads/2023/08/FB_IMG_1692106578284.jpg" alt="" width="1057" height="1600" />
महेन्द्रनगर । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला रु
आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला रु ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन ।
शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन । पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी पक्राउ परेकी छन् । चौधरीले आफैले जन्माएकी छोरीलाई उखुबारीमा एक हात बाधेर छोडेको आरोपमा पक्राउ परेकी हुन् ।
शर्मिलाले यस अघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी बिबाह गरेकी थिइन । केही समय बिबाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसंग भागी विवाह गरेकी थिईन । सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर्वचौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी सर्मिला शनिबार पक्राउ परेकी हुन ।
शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले सनिवार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । ‘नौ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा सर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा सर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा गएराती बाख्रा चोरी भएको छ । बौनिया – भजनी सडकखण्ड अन्तर्गत वडा नम्बर १ शान्तिनगर निवासी रग बहादुर विष्टको घरबाट गएराती ४ वटा बाख्रा र १ खसी चोरी भएको हो ।
पिडित विष्टकाअनुसार बाख्रा खोर नै रित्तो पारेर बाख्रा चोरी भएको छ । गएराती घरपरिवार सुतेका बेला चोरले बाख्राको खोरबाट चोरी गरेको र विहान मात्र आफुले थाहा पाएको पिडित विष्टले बताए । उनले भने, ‘हाम्रो खोरमा ५ वटा बाख्रा थिए। हिजो राति तीनै चोरी भए।’ चोरीको विषयमा विष्टले ईलाका प्रहरी कार्यालय बौनियालाई जानकारी गराएको बताए ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । चाडपर्व नजिकिदै जादा चोरीका घटना घट्न थालेपछि स्थानीयमा चिन्ता छाएको छ ।
विवाह र जन्मदर्ता माग गर्दा फोनबाटै ‘तलाक’
राजविराज । विवाह दर्ता र सन्तानको जन्मदर्ताको माग गर्दै आएकी एक महिला अहिले घर न घाटकी बनाइएकी छन् । यही दुईवटा मागका कारण वर्षौंदेखि श्रीमान्, सासू र ससुराबाट हिंसा सहन बाध्य भएकी राजविराज–२ राजदेवी चौककी २५ वर्षीया पलिया खातुन पछिल्लोपटक दुई नाबालक सन्तानसहित घर निकालामा परेकी छन् ।
सप्तरीको कञ्चनरूप नगरपालिका–२ महादेवपट्टी माइत भएकी पलियाको ५ वर्षअघि राजविराज–२ निवासी आशिकसँग विवाह भएको थियो । ‘विवाह भएपछि सुरुका दुई वर्षसम्म श्रीमान् आशिक, सासू नाजमिन, ससुरा अकबर र घरपरिवारका अन्य सबैले राम्रै व्यवहार गरे । यस अवधिमा हसान र हसनेन गरी दुई सन्तानको जन्म भयो,’ मंगलबार दुई नाबालक सन्तानसहित न्यायका लागि पहल गरिदिन अधिकारकर्मी र सञ्चारकर्मी गुहार्न पुगेकी पलियाले विगत सुनाउँदै भनिन्, ‘विवाह दर्ता र सन्तान जन्मेपछि जन्मदर्ता गराइदिन पटकपटक आग्रह गर्दा हिंसामा मात्र होइन, घर निकालामा नै परें ।’
उनले विवाह दर्ता र जन्मदर्ता गराइदिन श्रीमानलाई ताकेता गर्दा घरजग्गा नै बेचेर सिरहाको लहानमा गई बसेका र त्यहीँबाट फोन गरेर ‘तलाक’ दिएको उनले सुनाइन् ।
‘अहिले दुवै छोरालाई विद्यालय भर्ना गराउन जन्मदर्ता चाहियो, जन्मदर्ताका लागि विवाह दर्ता आवश्यक प¥यो,’ पलियाले भनिन्, ‘तर, मसँग ती दुजै चिज नभएकाले विद्यालय भर्ना गराउनसमेत सकिएको छैन ।’
विवाह र जन्मदर्ताका लागि आग्रह गर्दा श्रीमान्, सासू र ससुराले यातना मात्र दिएनन्, मुस्लिम धर्म परम्परानुसार भन्दै ‘तलाक’ समेत दिएर सम्बन्ध विच्छेदको अवस्थामा पु¥याइ दिएको उनले बताइन् । ‘अब कति हिंसा सहनु ?’ पलियाले सञ्चारकर्मीसँग पीडा पोखिन् ।
अहिले उनी माइतीको शरणमा छिन् । पलियाकी आमा हसेमुनले छोरीलाई ज्वाइँ, सासू र ससुराले सधैं कुटपिट गरेर घरबाट निकाल्ने गरेपछि समाजमा कयौंपटक न्यायका लागि याचना गर्दा ज्वाइँ आशिकले विवाह र जन्मदर्ता बनाइदिने कबोल गरे पनि त्यो बाचा पूरा नगरेको सुनाइन् । उल्टै छोरीलाई घर निकाला नै गरेपछि आफूहरू अदालतको शरणमा पुगेको उनको भनाइ छ ।
७ भदौ २०७९ मा सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले पलियामाथि घरेलु हिंसा भएको ठहर गर्दै अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो । आदेशमा पीडित महिलालाई शान्त र निर्भय वातावरणमा घरमा बस्न, खान लाउन दिनु तथा दाइजो माग्ने र कुटपिटलगायतका यातना दिने काम नगर्नु भनी उल्लेख थियो । तर, आरोपितहरूले गृह प्रवेश गर्न दिए पनि थप दाइजो माग्ने, विवाह र जन्मदर्ता बनाइदिन आलटाल गर्ने तथा यातना दिनेक्रम अझ बढाएको पलियाले सुनाइन् ।
विवाहमा ४ लाख रुपैयाँ दाइजो लिएका आशिक परिवारले पछिल्लो समय माइतबाट थप ३ लाख रुपैयाँ तथा सोफासेट र सुनको औंठी लिएर आउन दबाब दिएको र सोही निहुँमा घर निकाला गरिदिएको पीडित पलियाको कथन छ ।
‘विवाह र जन्मदर्ता पनि बनाइदिएनन्, मोबाइलबाट ‘तलाक’ दिइसकें भन्छन्, घरजग्गा पनि बेचेर हिँडिसके, अब म के गरूँ ?’ पलियाले थपिन्, ‘दुई नाबालक सन्तानसहित न्यायका लागि भौंतारिरहेकी छु ।’
कानुन व्यवसायी मो. समिमले भने, ‘न त उनीहरूको विवाह दर्ता भयो, न त धार्मिक विधिनुसार मौलाना, कारी वा हाफिजले ‘तलाकनामा’ गराएका छन्, धार्मिक कानुनको औपचारिक हैसियत नभएको फाइदा आशिक परिवारले लिन खोजेका छन् ।’
राजविराजमा भएको सबै घरजग्गा बेचविखन गरेर दुई महिनाअघि श्रीमान्, सासू र ससुरा सिरहाको लहान बजारमा कपडा सिलाइ गर्ने टेलर्स खोलेर बसेका थाहा पाएको पलियाले बताइन् ।
एक कठ्ठा जग्गामा बनेको दुईतले पक्की घर १ करोड १० लाख रुपैयाँमा बिक्री गरे पनि २ नाबालक सन्तान र आफ्नो भरण पोषणका लागि १ रुपैयाँ पनि खर्च नदिएको उनले बताइन् । यस’bout प्रहरी प्रशासनमा जानकारी गराउँदा समेत खासै पहल नभएको र खोज तलास भइरहेको भन्ने जवाफ र आश्वासन मात्र पाउने गरेको उनको गुनासो छ ।
पलियाका तर्फबाट निःशुल्क कानुनी सहायता तथा बहस पैरवी गर्दै आएकी प्रदेशसभा सदस्यसमेत रहेकी अधिवक्ता किरण साहले घरेलु हिंसा मुद्दामा जिल्ला अदालत सप्तरीबाट संरक्षणात्मक आदेश भई गृह प्रवेशसमेत गराइसकेकी पलियालाई पुनः यातना दिँदै घर निकाला गर्नु घोर अपराध मात्र नभई अदालतको आदेशको अवज्ञा भएको बताएकी छन् ।
‘त्यतिबेला पनि पलियालाई घर प्रवेश गराउन परिवारले अवरोधको प्रयास गरेका थिए,’ प्रदेशसभा सदस्य किरणले भनिन्, ‘तर, जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीय र प्रहरीको सहयोगमा गृह प्रवेश गराइएको थियो ।’
किरणले यस घटना महिला हिंसाको पराकाष्ठा र अदालतको आदेशको पूर्ण अवज्ञा भएको भन्दै पलियाको न्यायका लागि सबै मिलेर दबाब बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।
चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको विजयनगर गाउँपालिकाले शौचालय नबनाउने वडाध्यक्षसहित कर्मचारीको सेवा सुविधा रोक्का गरेको छ ।
खानेपानी तथा सरसफाइ कार्यविधि, २०७६ बमोजिम वडा नं १ अध्यक्ष इन्नर चौधरीसहित कर्मचारी शिक्षकको सेवा सुविधा रोक्का गर्न सिफारिस गरिएको छ ।
खानेपानी तथा सरसफाइ कार्यक्रमका वास संयोजक अर्जुन बेल्वासेसहितको टोलीले जनप्रतिनिधि र कर्मचारीको घरमा शौचालय भए÷नभएको निरीक्षण गरेको थियो ।
निरीक्षणमा वडाध्यक्ष इन्नरको घरमा शौचालय नभएको पाइएको छ । वडा नम्बर ७ बडसुडका जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ ।
वडा नम्बर १ गुगौलीका गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन सङ्गम खटिक, वडा नम्बर १ गुगौलीकै गाउँपालिका–६ बद्धौर आधारभूत स्वास्थ्यचौकीका कार्यालय सहयोगी राजेश कोरीको घरमा शौचालय छैन ।
वडा नम्बर २ महुवादुधारका वडासदस्य सोमइ केवट, वडा नम्बर २ पडरियाका पशु विकास शाखाका कार्यालय सहयोगी हेमराज तेलीले खुला ठाउँमा शौच गर्ने गरेका छन् ।
वडा नम्बर २ बगहियाका गुगौली स्वास्थ्यचौकी कार्यालय सहयोगी त्रिभुवन भरले शौचालय निर्माण गरेको तर ढोका नलगाइएको फोहर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ ।
शौचालय नभएका जन–प्रतिनिधि, कर्मचारी र शिक्षकको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्क गर्न गाउँपालिकालाई सिफारिस गरिएको वास संयोजक बेल्वासेले बताए ।
गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो । रासस
काठमाडौं । देशभरिका अदालतमा सबैभन्दा बढी मुद्दा कुन विषयका होलान् ? सम्बन्ध विच्छेद अर्थात् पारपाचुके।
सम्बन्ध विच्छेद भनेको विवाहित पति र पत्नी विभिन्न कारणले सँगै बस्न नसकेर कानूनी रूपमा छुटिभिन्न हुनु भन्ने बुझिन्छ। नेपालमा तथ्यांक हेर्दा सम्बन्ध विच्छेदका मुद्दा बिस्तारै उकालो ग्राफमा छन्।
२०७९ सालको तथ्यांकले देशभरका अदालतमा दर्ता भएका कुल मुद्दामा १२.३ प्रतिशत पारपाचुकेका छन्। पारपाचुकेको मुद्दा गत वर्षदेखि एक नम्बरमा पुगेको हो। यसले नेपालमा पारिवारिक विखण्डन बढ्दै गएको भन्ने बुझ्न सकिन्छ।
आव २०७९/८० को तथ्यांक हेर्दा देशभरिका जिल्ला, उच्च र सर्वोच्च अदालतमा गरी ३७ हजार ४ सय ३४ वटा मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका थिए। त्यसमध्ये २७ हजार ७८ वटा मुद्दा छिनिएका छन्।
२०८० साउनयता १० हजार ३ सय ५६ जनाका सम्बन्ध विच्छेदका मुद्दा छिन्न बाँकी छन्। जिल्ला, उच्च, सर्वोच्चमा दर्ता भएका पारपाचुकेका मुद्दामा दैनिक सरदर १ सय २ जोडी छुटिभिन्न हुन अदालत पुग्ने गरेका छन्।
देशभरि छिनिएका मुद्दाको संख्या हेर्दा सरदरमा दैनिक करिब ७४ जोडीले अदालतबाटै कानूनी रूपमा सम्बन्ध विच्छेदको प्रमाणपत्र लिने गरेका छन्। सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै जिल्ला अदालतहरूमा दर्ता हुने गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।