बर्दगोरियामा कर्मचारीको नियमितता र सेवा प्रवाहका बारेमा उपाध्यक्ष गिरिको निगरानी [तस्बिरसहित]
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरि (लालदीप) ले पालिकाका विभिन्न वडा कार्यालय र स्वास्थ्य संस्थामा कर्मचारीहरुको नियमिततासहित सेवाग्राही संग सेवा प्रवाहका बारेमा जानकारी लिनु भएको छ ।
अनुगमन समिति संयोजक समेत रहनु भएका उपाध्यक्ष गिरिले पालिकाका वडा नम्बर १, २ ,३ ,४ ,५ र ६ को वडा कार्यालय तथा स्वास्थ्य इकाईमा पुगेर कर्मचारीहरुको नियमिततासहित सेवाग्राही संग सेवा प्रवाहका बारेमा जानकारी लिनु भएको हो ।
दिगो विकास र समृद्धिको मार्गचित्रलाई अगाडि बढाउदै सेवा प्रदायक र सेवाग्राहीबिचको सम्बन्धलाई चुस्तदुरुस्त बनाउन र पालिकामा सुशासन र जवाफदेहितालाई नागरिकमैत्री बनाउन पछिल्लो समय सबै वडा कार्यालय र त्यहाँ रहेका विभिन्न सरकारी निकायको अनुगम ,त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिने काम थालिएको उपाध्यक्ष गिरिले बताउनुभयो ।
सो क्रममा सेवा प्रदायक निकायले सेवाग्राहीलाई के – कस्तो व्यवहार गर्छ्न ? कर्मचारी समयमै कार्यालय आउछ्न कि आउदैन ? सेवालिन कस्तो व्यवहार गर्छ्न ? सेवालिदा के कति समस्या पर्छ वा पर्दैन ? स्वास्थ्य संस्थामा आवश्यक औसधि छ कि छैन ? लगाएतका विषयमा जानकारी लिइ समस्या समाधान गर्ने गरिएको उपाध्यक्ष गिरिले बताउनुभयो ।
अनुगमन तथा निरीक्षणका क्रममा सेवा प्रदान गर्दा केकती समस्या ,चुनौती छ्न ? आवश्यक कर्मचारी छ्न वा छैन्न ? भन्ने बारेमा जानकारी लिनुका साथै स्वास्थ्य संस्थाका प्रमुखलाई हरेक स्वास्थ्य इकाइमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि के गर्न आवश्यक छ ? भनि सल्लाहसमेत माग गर्ने गरिएको छ ।
यसैगरी अनुगमनका क्रममा उपाध्यक्ष गिरिले कर्मचारीहरुले सेवा लिन आउने नागरिकलाई सिष्ट ,नम्र व्यबहार गर्न निर्देशन दिनुभयो । साथै सबै कर्मचारीहरुले कार्यालय समयमै सरकारी पोषाक लगाई आउनु पर्ने र नियमित हाजिरी गर्नुपर्ने बारेमा सुझाव समेत दिनुभयो ।
रासस,बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्।
छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् ।
सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउन क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् । उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए । ‘खै किन हो, चुचुरोमा पुग्ने बित्तिकै भक्कानो फुटेर आयो, धेरै बेरसम्म आँसु थाम्न सकिनँ’, उनी भनिछन् । ‘छाउपडी प्रथा अन्त्य गरौँ’, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन् ।
रोकायाले विसं २०७५ कात्तिकमा पहिलो पटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर)आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन् । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।
शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । ‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन’, उनी भन्छिन्, ‘सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।’ मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उनले भनिन्, ‘खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।’
एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्न करिब रु २५ लाख खर्च लागेको उनले बताइन् ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नवलपुर बालबाटिका बिद्या मन्दिरले विद्यालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्ने प्रक्रियाको सुरुवात गरेको छ ।
नवलपुर बालबाटिकाले नयाँ अभ्यास स्वरुप विद्यालयमा निर्वाचन मार्फत क्याप्टेन,उप-क्याप्टेन र कक्षा क्याप्टेन र उप- क्याप्टेनको चयन गर्न खोजेको हो । विद्यार्थीको मताधिकारको प्रयोग र आगामी दिनमा हुने विभिन्न निर्वाचनमा मतदान गर्न सजिलो होस भन्ने उद्देश्यले निर्वाचन प्रक्रिया गरेको बिधालयका संस्थापक प्रमोद मल्लले बताउनु भयो । साथै बालबाटिका बिद्या मन्दिरले प्रत्येक शुक्रबार नर्सरी देखि कक्षा १ सम्म झोला नल्याउने अभियानको समेत सुरुवात गरेको छ ।
विद्यालयका प्रिन्सिपल हर्क ओडले विद्यालयमा क्याप्टेनको निर्वाचन गराउदा नयाँ अभ्यास संगै कसैलाई टीका लगाएर आफुखुशी बनाउने कुराको अन्त्य समेत भएको बताउनु भयो । उहाँले सानै उमेर देखि निर्वाचनको अभ्यास गराउदा अन्य संघीय, प्रदेश र स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गर्दा राम्रो मान्छेलाई छान्न र मत सदर गराउन सहज हुने बताउनु भयो ।ला
सोही निर्वाचनलाई अनुगमन गर्न पुग्नुभएका बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले नवलपुर बालबाटिकाले रम्म्रो कामको सुरुवात गरेको बताउनु भयो । उपाध्यक्ष गणेश राज गिरिले सानै उमेर देखि विद्यार्थीहरुलाई यसरी निर्वाचनमा सहभागी गराउदा उनिहरुले आफुले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने बताउनुभयो ।
विद्यालयले विद्यार्थीको पढाई संगै अतिरिक्त क्रियाकलाप समेत गर्दै आएको छ । विद्यालयले यश क्षेत्रमा रहेका खेलाडीको पहिचान गराउन सुदृरपस्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता समेत आयोजना गरि सकेको छ ।
विद्यालय क्याप्टेनमा रोशन साउद र इमरान खान बिच निर्बाचन हुदा उप क्याप्टेनमा तनिशा हमाल र बिस्ना जैशी बिच निर्बाचन भएको हो । निर्वाचनमा कक्षा २ देखि १० सम्मका जम्मा ३ सय २५ जना मध्य ३ सय ४ जनाले मतदान गरेका थिए । यसै गरि विद्यालय क्याप्टेन र उप-क्याप्टेनलाई बिद्यालयमा कार्यरत २१ जना शिक्षकले समेत मतदान गरेका थिए ।
बर्दगोरिया । विद्यार्थीहरुलाई पढाइसँगै मानवीय सेवामा अभिप्रेरित गर्ने उद्देश्यका कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित आदर्श सामुदायिक विद्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ ।
बिहिवार एक कार्यक्रमकाबिच स्मारिका चौधरीको अध्यक्षतामा युवा रेडक्रस सर्कल गठन गरिएको हो । जसको उपाध्यक्षमा किरण रोकाय,सचिबमा स्मृति देबकोटा,कोषाध्यक्षमा न्युजन साउद,उप-सचिबमा भुपिन पौडेल, उप-कोषाध्यक्षमा रेनुका जैशी रहेका छ्न ।
यसैगरि युवा सर्कलका संरक्षकमा विद्यालयका प्रीन्सिपल बिकास थापा , शिक्षक नायक सुनिल भण्डारी र सहयोगी शिक्षक नायक सि.पि. पान्डे रहेको जनाइएको छ ।
अखिल र राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण
लम्की,कैलाली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे ५९औ र राष्ट्रिय युवा संघ नेपालकाे ३४औ स्थापना दिवसको अवसरमा कैलालीको लम्कीमा संचालित एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
साेमबार लम्कीचुहा नगरपालिका वडा नम्बर ४ स्थित श्री नव जिवन माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच युवा संघले विद्यालयमा अध्यनरत २५ जना गरिब तथा जेहन्दार विद्यार्थीलाई सामाग्री वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहा नगर कमिटी अध्यक्ष नकुल बमले जानकारी दिनुभयो ।
साे अवसरमा बाेल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य एवम् लम्कीबहुमुखी क्याम्पसका स्ववियु सभापति कल्पना तिमिल्सिनाले कुनै पनि विद्यार्थीले गरिबीका कारणले मात्र शिक्षा हासिल गर्न नपाउने बाताबरणको अन्त्य हुनुपर्ने भन्दै त्यसका लागि अब लम्कीचुहा नगर क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु एक भएर अगाडि बड्ने कुरामा जाेड दिनुभयो ।
साे अवसरमा कार्यक्रममा उपस्थित नेकपा एमाले जिल्ला कमिटी कैलालीका सदस्य युवा नेता राम बहादुर बाेगटीले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुकाे स्थापना दिवसको शुभकामना दिदै युवा र विद्यार्थीले गर्ने रचनात्मक कार्यमा आफू सधैं साथमा रहने कुरा बताउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता कमल रावल लगायत लम्कीचुहा नगर कमिटीका राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थ युनियन (अनेरास्ववियु) का नेता कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो ।
गाउँपालिका उपाध्यक्षलाई मार्ग दर्शनका विद्यार्थीको प्रश्न – हालसम्म के-कस्ता कार्य सम्पन्न गर्नुभयो ?
बर्दगोरिया । प्रायः कार्यक्रमहरुमा जनप्रतिनिधिहरुले आफ्ना कुरा सुनाएर जान्छन् । आफूलाई अति नै व्यस्त जनाउन तोकिएको समयभन्दा ढिलो आउने र भाषण गरेर जाने चलन रही आएको छ ।
स्थानीय स्तरमा विकास र समृद्धिको सपनाहरु संगै शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाको नारापनि मुख्य एजेन्डानै उनीहरूको हुनेगर्छ । तर विकासे योजनादेखि शैक्षिक क्षेत्रको सुधारका लागि गरिएका कार्यक्रम र योजना छनौटमा विद्यार्थीलाई प्राय सहभागितानै शुन्य जस्तै हुन्छ भन्दा फरक नपर्ला । जसको प्रभावका कारण विद्यार्थीले आफ्ना कुराहरू सम्बन्धित ठाउँसम्म पुराउन सक्दैनन् ।
तर मंगलबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित मार्ग दर्शन बोर्डिङ स्कुलमा दृश्य फरक देखियो । गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) ,शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट ,पालिकाका प्रवक्ता एवंम वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमसहितको टोलि संस्थागत विद्यालयको अनुगमनका क्रममा त्यहाँ पुगेको थियो । टोलिले विद्यालयको भौतिक अबस्था, खानेपानी ,शौचालय, डेक्सबेन्चसहित विद्यार्थी भर्ना अभियान ,विद्यालयमा विद्यार्थी र शिक्षकको अबस्था, शैक्षिक रणनीति लगाएतका विषयमा अनुगमनसहित जानकारी लिएर फर्किदै थियो ।
सोही क्रममा नजिकै कोठा रहेको कक्षा ७ का विद्यार्थीले पालिका उपाध्यक्ष गिरिसङ्ग केहीकुरा सोध्ने जमर्को गर्यो र पालिका उपाध्यक्ष गिरिसङ्ग प्रश्न सोधियो । उपाध्यक्ष गिरि विद्यार्थी बस्ने डेस्क-बेञ्च र उनीहरुकै कक्षा कोठामा थिए । उनीहरुको हातमा कलम कापी थियो । सोही क्रममा कक्षा ७ मा अध्यनरत छात्र विपिन बमले पालिका उपाध्यक्ष गिरिलाई स्वागतगर्दै केही प्रस्न सोध्ने अनुमति मागगरे र प्रश्न सोध्न शुरु गरे ।
विपिनको पहिलो प्रश्न थियो – उपाध्यक्ष ज्यु आज पहिलोपटक तपाईहरु हाम्रो स्कुलमा अनुगमनका लागि आउनु भएको छ ,यो अनुगमन किन र के – को लागि ? विपिनको प्रश्नको जवाफ दिदै पालिका उपाध्यक्ष गिरिले भने – हामी पालिकमा रहेका सबै विद्यालयको (सामुदायिक र संस्थागत) अनुगमन गरिरहेका छौ । खासगरी पालिकामा रहेका सबै विद्यालयको शैक्षिक अबस्था राम्रो होस भन्ने हाम्रो संकल्प हो ।
लगत्तै विपिनले दोस्रो प्रश्न सोधे – हाम्रो पालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम सबै विद्यार्थीले कहिले पाउछन् ? प्रश्नको जवाद दिदै उपाध्यक्ष गिरिले भने – धेरै विद्यार्थीले प्राप्त गरिसकेको अबस्था छ । बाकिले छिट्टै पाउनेछ्न ।
विपिनले यतिमात्रै सोधेन्न उनको अर्को प्रश्न थियो – उपाध्यक्ष ज्यु तपाईंहरु निर्वाचित भइसकेपछि हालसम्म के कति महत्त्वपूर्ण काम सम्पन्न गर्नुभयो ? विपिनको प्रश्नमा उपाध्यक्ष गिरिको जवाफ थियो – हामीले यसै शैक्षिकसत्र देखि पालिकाभरका सामुदायिक विद्यालयमा १ देखि कक्षा १० सम्म पुर्णरुपमा निशुल्क शिक्षा लागु गरिसकेका छौ । यस्तै भौतिक पुर्वाधार ,विकास निर्माणदेखि खानेपानी र स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम पूरा भएका छ्न । उपाध्यक्ष गिरिको जवाफ सुनिसकेपछि विपिनले नियमित रूपमा विद्यालयको अनुगमन गर्नुपर्ने बताए ।
उपाध्यक्ष गिरिलाई प्रश्न सोध्ने मार्ग दर्शनका छात्र विपिन विद्यालयका निकै अनुशासित ,इमानदार विद्यार्थी भएको विद्यालय प्रशासनले जनायो ।
पालिकाले सामुदायिक विद्यालयतर्फ कक्षा १ देखि १० सम्म पुर्ण रूपमा निशुल्क लागु गरिसकेको अबस्थामा यहाँ संचालित संस्थागत विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको यथार्थ जानकारी लिन अनुगमन सुरु गरिएको शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले बताईन । उनले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका बमोजिम सञ्चालन भए÷नभएका बारेमा अनुगमन सुरु गरिएको बताइन ।
अनुगमनका क्रममा टोलिले मार्ग दर्शन ,नव बालबाटीका, जगत तारा र द सनराइज इङलिस बोर्डिङ स्कुलमा पुगेर विद्यालयमा शिक्षक तथा विद्यार्थीको सङ्ख्या, भौतिक पूर्वाधार, विद्यार्थी शिक्षकको नियमितता, शैक्षिक गुणस्तर सुधारको योजना,खानेपानीको अबस्था, विद्यार्थी भर्ना तथा मासिक शुल्क लगायतका विषयमा जाचबुझ गरेको थियो ।
बर्दगोरियामा संस्थागत विद्यालयको अनुगमन सुरु, मापदण्ड नपुगेकालाई कारबाही गरिने !
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले संस्थागत विद्यालयको अनुगमन थालेको छ। पालिकामा विद्यार्थी भर्ना अभियान चलिरहेका बेला शिक्षा शाखाले यहाँ संचालित संस्थागत विद्यालयको अनुगमन थालेको हो ।
पालिकाले सामुदायिक विद्यालयतर्फ कक्षा १ देखि १० सम्म पुर्ण रूपमा निशुल्क घोषणा गरिसकेको अबस्थामा यहाँ संचालित संस्थागत विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको यथार्थ जानकारी लिन अनुगमन गरिएको शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले बताउनुभयो । पालिकामा संचालित संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका बमोजिम सञ्चालन भए÷नभएका बारेमा अनुगमन सुरु गरिएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा विद्यालयमा शिक्षक तथा विद्यार्थीको सङ्ख्या, भौतिक पूर्वाधार, विद्यार्थी शिक्षकको नियमितता, शैक्षिक गुणस्तर सुधारको योजना,खानेपानीको अबस्था, विद्यार्थी भर्ना तथा मासिक शुल्क लगायतका विषयमा जाचबुझ गरिएको पालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज गिरिले बताउनुभयो ।
अनुगमन टोलिले आइतबार बर्दगोरिया ३ मा संचालित एनटी विएस बोर्डिङ स्कुलबाट अनुगमन सुरु गरेको हो । अनुगमनमा शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट, पालिका उपाध्यक्ष गणेश राज गिरि, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको सहभागिता रहेको थियो ।
सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्वारा बर्दगोरिया १ मा रहेको बालकन्या माविको अबलोकन
बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित बालकन्या माध्यमिक विद्यालयको अबलोकन गर्नुभएको छ ।
शुक्रबार मुख्यमन्त्री शाहले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीसहित विद्यालयको अनुगमन तथा अबलोकन गर्नुभएको हो । मुख्यमन्त्री शाहले विद्यालयको शैक्षिक तथा भौतिक अबस्था, विद्यालयमा खानेपानी अबस्था लगाएतका बारेमा अनुगमन ,अबलोकन गर्नुभएको हो ।
सो क्रममा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य चक्र बहादुर विष्टले विद्यालयमा निर्माणाधीन अबस्थामा रहेको भवनको पुर्णता, खानेपानीको समस्या लगाएतका विषय समेटी मागपत्र बुझाउनु भएको थियो ।
मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले सो समस्या समाधानका लागि आफुले सक्ने सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
काङ्ग्रेस बर्दगोरियाद्वारा स्थानीय शिक्षा ऐन संशोधनको मागसहित पालिकालाई ज्ञापनपत्र
बर्दगोरिया । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमितिले यहाँको बर्दगोरिया गाउँपालिकाले जारी गरेको स्थानीय शिक्षा ऐन, २०७९ संघीय शिक्षा ऐनसँग बाझिएको भन्दै संशोधनको माग गरेको छ ।
स्थानीय सरकारले २०७९ चैत्र २७ मा जारी गरेकोे स्थानीय शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको पदावधि, गठन प्रक्रिया, शिक्षक अभिभावक संघ, शिक्षक नियुक्ति, सरुवा, प्रधानाध्यापक तथा कर्मचारीको नियुक्तिका विषयमा संघीय शिक्षा ऐनलाई मिचेर स्थानीय सरकारको अधिकार खोस्नेगरी स्थानीय शिक्षा ऐन जारी गरेको भन्दै काङ्ग्रेस बर्दगोरियाले संशोधनको माग गरेको हो ।
नेपाली काङ्ग्रेस बर्दगोरियाले बुधबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरलाई ज्ञापनपत्र बुझाउँदै पालिकाले जारी गरेको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ संशोधनको माग गरेको हो।
ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस बर्दगोरियाका सभापति कृष्ण विष्टले सामुदायिक विद्यालयको व्यवस्थापकीय भूमिकामा रहेको व्यवस्थापन समितिको पदावधि, मनोनयन, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारीको सरुवा, समायोजन र पेसागत वृत्ति विकासमा अधिकार कटौती गरी कार्यपालिका अन्तर्गत राखिएकाले यथाशीघ्र स्थानीय शिक्षा ऐन संशोधन वा खारेजी हुनुपर्ने बताउनुभयो ।
उहाँले संघीय शिक्षा ऐन, २०२८ मा भएको व्यवस्थाविपरीत स्थानीय शिक्षा ऐन जारी भएको हुँदा कार्यान्वयनमा समस्या हुने बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समिति गठन लगायतको प्रावधान संघीय शिक्षा ऐन २०२८ र शिक्षा नियमावली (संशोधनसहितको २०५९) ले दिएको अधिकार कटौती गरी कार्यपालिका अन्तर्गत ल्याइएको भन्दै शिक्षा क्षेत्रलाई मनोमानी ढंगले चलाउन नहुने बताउनुभयो ।
शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न सरोकारवालाहरूसँग राय सल्लाह, सुझाव लिन आवश्यक रहेको भन्दै सभापति विष्टले स्थानीय ऐन बनाउँदा स्थानीय राजनीति दलका प्रतिनिधि, कानुनविद्, शिक्षाक्षेत्रका प्राज्ञिक व्यक्तित्व र शिक्षासम्बन्धी जानकारसँगको परामर्श तथा छलफलबाट जारी हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।
ज्ञापनपत्र बुझ्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले महिनौँ दिनसम्म शिक्षा क्षेत्रका विज्ञ र वकिलहरूसँगको छलफलका आधारमा शिक्षा ऐन २०७९ जारी गरिएको बताउनुभयो । उहाँले शिक्षा जस्तो पवित्र क्षेत्रको विकासका लागि सबै एकहुनु पर्ने बताउदै शिक्षाक्षेत्रमा देखिएका समस्या समाधान गर्न र सरकार सञ्चालनमा सहजताका लागि शिक्षा ऐन ल्याइएको बताउनुभयो ।
बर्दगोरिया १ का वडा अध्यक्ष गौतमले आफ्नो छोरालाई सामुदायिक विद्यालय भर्ना गराए
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आफ्नो छोरालाई सरकारी विद्यालयमा भर्ना गराएका छन् । वडा नम्बर १ कट्टिपुरमा रहेको श्री वालकन्या माध्यामिक विद्यालयमा उनले छोरालाई भर्ना गराएका हुन् ।
समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान` भन्ने मुल नारासहित देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला वडा अध्यक्ष गौतमले आइतबार छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन । उनका छोरा प्रसान्त गौतम कक्षा ९ मा भर्ना गरिएको हो । उनी यसअघि पनि सोही विद्यालयमा अध्यनरत विद्यार्थी हुन । पछिल्लो समय नेता तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालय नभैइ संस्थागत विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको आरोप चुलिरहेका बेला त्यसको चिरफार गर्न आफुले आफ्नो छोरालाई पुनः सामुदायिक विद्यालयमै भर्ना गराएको वडा अध्यक्ष गौतमले बताए ।
छोराको भर्नासँगै विद्यालयका तर्फबाट नयाँ पाठ्यपुस्तक वितरण गरीएको थियो । सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक, सरकारी कर्मचारीहरू र जनप्रतिनिधिहरूले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने विषयले चर्चा पाइरहेका बेला वडा अध्यक्ष गौतमले आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् ।
सो क्रममा वडा अध्यक्ष गौतमले सामुदायिक विद्यालयमा नेता, सरकारी कर्मचारी तथा शिक्षकहरूले आफ्ना छोराछोरी भर्ना नगरेसम्म शिक्षाको गुणस्तर वृद्धि नहुने उनले बताए । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरू अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न हुन उनले अनुरोध समेत गरे ।
वडा अध्यक्ष गौतम यसअघि बालकन्या माद्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा उनले विद्यालयको शैक्षिक तथा भौतिक पुर्वाधार विकासमा ठूलो योगदान पुर्याएका थिए ।