आज सोनाम ल्होछार मनाइँदै
काठमाडौँ । सोनाम ल्होसार २८५९ सुरु भएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ।
तामाङलगायत हिमाली समुदाय ह्योल्मो आदिले मान्ने ल्होछार चान्द्रमानको पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा सुरु हुन्छ।
प्रत्येक वर्ष एकरएक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात् वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ। सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन भव्य रूपमा मनाउँदै आएका छन्।
ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा सांस्कृतिक कार्यक्रम गरेर मनाउँछन्।
ल्होछारको अवसरमा आइतबार काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे कार्यक्रमको उद्घाटन गर्नेछन्।
त्यसअघि सांस्कृतिक वेशभूषासहितको र्याली निकालिने ल्होछार मूल समारोह समितिका संयोजक कुमारसिं घिसिङले जानकारी दिए।
पक्की पुलले जोड्यो कर्णाली र सुदूरपश्चिम
सुर्खेत। कर्णाली नदीमा पक्की पुल बनेपछि कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन् । सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदीमाथि पक्की पुल निर्माण भएपछि अन्तरप्रदेश जोडिएका हुन्।
तीन सय मिटर दूरीको पुल ३२ करोड रुपियाँ लागतमा निर्माण सम्पन्न भएको हो । पुल बनेपछि पश्चिमका नागरिकलाई जोखिम मोलेर कर्णाली नदी तर्नुपर्ने बाध्यता हटेको छ । यसअघि सुदूरपश्चिमसँग जोडिएको सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दालाई कैलाली हुँदै भारतबाट आउने व्यापारिक सामग्री ढुवानी गर्न असहज हुनेगरेको थियो ।
‘अब पुल बन्यो, भारतबाट दैनिक उपभोग्य सामग्री सस्तो र छिटो यहाँ आउनेभयो,’ पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले भन्नुभयोे, ‘यसअघि सामानकै लागि झोलुङ्गे पुल र नाउ तर्दै कर्णाली चिसापानी हुँदै कटासे, गौरीफन्टा र कैलालीका विभिन्न बजारमा पुग्नुपर्ने बाध्यता थियो ।’
दुई प्रदेश जोड्न मोटरेबल पुल निर्माण भएपछि १४ किलोमिटर दूरीमा महेन्द्र राजमार्गको चिसापानी पुग्न सकिने भण्डारीले बताउनुभयो । पुल बनेपछि कर्णालीका १० वटै जिल्लाका नागरिकलाई भारत जान होस् या व्यापार व्यवसायका लागि सहज हुने उहाँको भनाइ छ ।
बर्दगोरिया र मोहन्याल गाउँपालिकाको सीमा निर्धारण, आईई गरिएका खोला क्षेत्रलाई आधार मानिने !
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाबिच सीमा निर्धारण गरिएको छ । दुई गाउँपालिका बिच अबदेखि आईई गरिएका खोलालाई आधार मानि शीमा निर्धारण गरिएको छ ।
केहिदिन अधि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,मोहन्याल गाउँपालिका कार्यकारी अध्यक्ष तथा उपाध्यक्ष कमल साउद, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा, वडा नम्बर ३ का अध्यक्ष नवीन गिरिसहितको टोलिबीच सीमा क्षेत्र निर्धारणका विषयमा समझदारी भएको थियो ।
पछिल्लो समय बर्दगोरिया र मोहन्याल गाउँपालिका क्षेत्रमा नदिजन्य बस्तुको रोयल्टी संकलनका विषयमा सृजना भएको विवाद समाधानका लागि दुबै पालिकाका प्रमुख व्यक्तिहरुको संयुक्तअनुगमन गरि विवाद समाधानको महत्त्वपूर्ण समझदारी पश्चात् बुधबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य, मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बहादुर बुढा क्षेत्री लगाएतको टोलिले अबदेखि आईई गरिएका खोला क्षेत्रलाई आधार मानी सीमा तोकिएको छ ।
जसअनुसार अबदेखि दुबै पालिकाले आईइ र ठेक्का सम्झौता भएका खोलाबाट मात्रै नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्नेछ्न ।अब मोहन्याल गाउँपालिकाले आईइ भएको स्थान माथिबाट र बर्दगोरियाले तल्लो आफ्नो क्षेत्रबाट मात्रै यसको रोयल्टी संकल्न गर्नेछ ।
यसैगरी बर्दगोरिया संग सीमा जोडिएको र ठेक्का सम्झौता भएको मोहन्याल ३ स्थित भैशीमार हाल्ने खोलाको मात्रै आईइ भएको क्षेत्र अन्तर्गत मोहन्याल ३ मा पर्ने माथिल्लो क्षेत्रबाट मात्रै ठेक्का सम्झौता पाएको कम्पनीले नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्न पाउनेछ भने ठेक्का सम्झौता नभएको बर्दगोरिया ३ र मोहन्याल १ अन्तर्गत पर्ने खण्डीखोला क्षेत्रबाट भने रोयल्टी संकल्न गर्न पाउनेछैन ।
बर्दगोरिया धाममा माघी मेलाको तयारी अन्तिम चरणमा
बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
“बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ” भन्ने नाराका साथ सुरु हुन लागेको माघि मेला पुष २८ गतेदेखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।
विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन,रामलीला र भारतको चर्चित नौटंकीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन लागेको हो । बर्दगोरिया धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघि मेलाको आयोजना गरिएको मेला मूल आयोजक समितिका संयोजक रामनारायण थारुले जानकारी दिए ।
यहाँ माघीमा परापुर्ब काल देखिनै ठुलो मेला लाग्ने गरेको छ । उनले भने , ‘विशेष त थारु जातिले नया बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया,शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।’
माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको ताल,पोखरीमा नुहाउदै आएका छन । उनले थपे,“बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।”
बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचार प्रसार गर्ने मेलाका प्रचारप्रसार तथा मिडिया संयोजक टीकाराम साउँदले बताए ।
साउँदले परापूर्व काल देखीको पौराणीक महत्व वोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा,तथा पिरुवा,पुरैना ताल,राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल,ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने जानकारी दिए ।
मेलामा थारु समुदायका परिकार र कला संस्कृती र मौखिकता झल्काउने भेष भुसा र ,पंचे बाजा सहितको ,झाकिहरु प्रदर्शन गरिने सास्कृतिक संयोजक गोविन्द बमले बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्र्धन गर्नु पनि हाम्रो दायित्व हो ।’
माघी मेलाको उद्घाटन समारोहमा स्थानिय कलाकार देखि राष्ट्रिय र भारतीय नौटङ्गी लगाएत कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले गर्ने समेत आयोगले जनाएको छ ।
बर्दगोरियामा हरेक वर्ष माघीका अवसरमा विभिन्न ठाउँबाट मेला भर्न तथा स्नान गर्न भक्तजन आउने गर्दछन् । यो दिन बर्दगोरियामा नुहाएर पूजा गर्नाले वर्षभरीको पाप काटिन्छ भन्ने जनविश्वास रही आएको छ ।
बर्दगोरीयामा माघमा लाग्ने माघी मेलाबाहेक कात्तिक, मङ्सिरमा लवाङ्गी पूजा, केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा र भदौमा बोलबम कलश यात्रा हुने गरेको छ ।
करिब १८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुई वटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् र अहिले फेरि बने तयारीमा रहेका छन्।
बर्दगोरिया परिसरभित्र देवीदेउताले पानी पिउन प्रयोग गर्ने कुवा समेत रहेको विश्वास गरिन्छ । यो ठाउँमा पुरानो राजाको दरबार रहेको समेत अनुमान गरिएको छ । पुरानो राजाको दरबार रहेको र पछि राजाले सो दरबार छोडेर गएपछि दरबार भत्कीएर रहेका ईटाहरूबाट अहिलेका मन्दिरहरू निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको अधिकांश भक्तजनहरु बताउँछन् ।
बौनियाँ बजार व्यवस्थापन समितिले २०६७ सालमा पहिलो पटक यस क्षेत्रलाई चिनाउँन बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव आयोजना गरेको थियो ।
बर्दगोरीया धाममा माघी मेलाको तयारी तिव्र
बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी तिव्र गतिमा अघि बढेको छ ।
“बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ स्थास्थ्य, शिक्षा, साहित्य, कला र संस्कृती जोगाऔं” भन्ने नाराका साथ सुरु हुन लागेको माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।
विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन,रामलीला र भारतको चर्चित नौटंकीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन लागेको हो । बर्दगोरिया धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघि मेलाको आयोजना गरिएको मेला मूल आयोजक समितिका संयोजक रामनारायण थारुले जानकारी दिए ।
यहाँ माघीमा परापुर्ब काल देखिनै ठुलो मेला लाग्ने गरेको छ । उनले भने , ‘विशेष त थारु जातिले नया बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया,शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।’ माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको ताल,पोखरीमा नुहाउदै आएका छन । उनले थपे,“बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।”
बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचार प्रसार गर्ने मेलाका प्रचारप्रसार तथा मिडिया संयोजक टीकाराम साउँदले बताए । साउँदले परापूर्व काल देखीको पौराणीक महत्व वोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा,तथा पिरुवा,पुरैना ताल,राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल,ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने जानकारी दिए ।
मेलामा थारु समुदायका परिकार र कला संस्कृती र मौखिकता झल्काउने भेष भुसा र ,पंचे बाजा सहितको ,झाकिहरु प्रदर्शन गरिने सास्कृतिक संयोजक गोविन्द बमले बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्र्धन गर्नु पनि हाम्रो दायित्व हो ।’
माघी मेलाको उद्घाटन समारोहमा स्थानिय कलाकार देखि राष्ट्रिय र भारतीय नौटङ्गी लगाएत कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले गर्ने समेत आयोगले जनाएको छ ।
बर्दगोरियामा हरेक वर्ष माघीका अवसरमा विभिन्न ठाउँबाट मेला भर्न तथा स्नान गर्न भक्तजन आउने गर्दछन् । यो दिन बर्दगोरियामा नुहाएर पूजा गर्नाले वर्षभरीको पाप काटिन्छ भन्ने जनविश्वास रही आएको छ ।
बर्दगोरीयामा माघमा लाग्ने माघी मेलाबाहेक कात्तिक, मङ्सिरमा लवाङ्गी पूजा, केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा र भदौमा बोलबम कलश यात्रा हुने गरेको छ ।
करिब १८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुई वटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् र अहिले फेरि बने तयारीमा रहेका छन्।
बर्दगोरिया परिसरभित्र देवीदेउताले पानी पिउन प्रयोग गर्ने कुवा समेत रहेको विश्वास गरिन्छ । यो ठाउँमा पुरानो राजाको दरबार रहेको समेत अनुमान गरिएको छ । पुरानो राजाको दरबार रहेको र पछि राजाले सो दरबार छोडेर गएपछि दरबार भत्कीएर रहेका ईटाहरूबाट अहिलेका मन्दिरहरू निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको अधिकांश भक्तजनहरु बताउँछन् ।
बौनियाँ बजार व्यवस्थापन समितिले २०६७ सालमा पहिलो पटक यस क्षेत्रलाई चिनाउँन बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव आयोजना गरेको थियो ।
बर्दगोरिया १ मा जग्गाको निस्सा वितरण शुरु, लालपूर्जा बिहीनलाई मालिक बन्ने प्रक्रिया शुरु
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा आइतबारदेखि जग्गाको निस्सा वितरणको कार्य शुरु भएको छ । राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम यहाँका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो ।
वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका छ्न । सो क्रममा उनले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आएको भएपनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए । उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण प्रदान गरिएको बताए । कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती विकको पनि उपस्थिति रहेको थियो ।
यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उनले भने – ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने अध्यक्ष गौतमले बताए ।
वडा अध्यक्ष गौतमले जग्गाको निस्सा प्राप्तीले ‘जग्गा मेरो हो’ भनेर ढुक्कका साथ भोगचलन गर्न पाइने बताए। उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर निस्सा दिइएको बताए ।
‘तपाईहरुको पूर्जा छैन । त्यो नहुँदा पसल सञ्चालन गर्नसमेत नातागोताको सहारा लिनु परेको छ । बैंकले ऋणसमेत दिदैंन’, उनले भने – अब तपाईहरुको आत्मसम्मानको समय सुरु हुँदैछ । उनकाअनुसार जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुनेछ ।
वडा नम्बर १ मा आइतबारदेखि शुरु भएको निस्सा वितरणको कार्य माघ २ गतेसम्म चल्नेछ । निस्सा लिन जादा नागरिकता अनिवार्य गरिएको छ । निस्सा वितरणको काम सहज होस भन्नका लागि टोलअनुसार वितरणको कार्य थालिएको छ ।
मोहन्याल । भौगोलिक हिसाबले ग्रामीण क्षेत्रको रूपमा परिचित कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ चायाभावरमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् ।
विगत लामो समयदेखि सोलार र टुकीको भरमा बस्न बाध्य स्थानीयवासी गाउँमा बिजुली पुगेपछि खुशी भएका हुन् । शनिबार चायभाभरमा बिजुलीको गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष कमल साउद, मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बहादुर बुढा क्षेत्री, नेपाल विद्युत प्राधिकरण सुदुरपश्चिम प्रदेश प्रमुख जंग बहादुर चन्द, भजनी वितरण केन्द्रका प्रमुख शंकर सिंह ठकुरी उपस्थिति रहेको थियो ।
नेपाल विधुत प्राधिकरण पहलमानपुर वितरण केन्द्रबाट वडा नम्बर १ का चायभावर, बडिकाथाइ, तल्लापानीसहितका गाउँमा बिजुलि पुर्याउने लक्षका साथ काम थालिएको वडा नम्बर १ का वडा अध्यक्ष पिरम बुढा क्षेत्रीले बताए । उनले भने गाउँमा पहिलोपटक बिजुलि पुगेपछि स्थानीय खुशी भएका छ्न, अब गाउँ- गाउँमा लाइन विस्तार र मिटर् जडानको काम तीब्र गतिमा अगाडि बढाउछौ ।
बिजुलि बिस्तारको काम पूरा भएपछि यहाँका करिब दुईसय ५० घरधुरी लाभान्वित हुनेछ्न । उनले अबको एक हप्ताभित्रमा चायभावरका ५०-६० घरमा बत्ती बाल्ने योजनासहित काम थाल्ने बताए ।
यता नेपाल विधुत प्राधिकरण पहलमानपुरले अबको तीन महिनाभित्र सबै घरमा बत्ती बालिसक्ने लक्ष्य रहेको जनाएको छ ।
मोहन्याल १ मा पहिलोपटक बिजुलि पुग्नु निकै खुशीको कुरा भएको मोहन्याल गाउँपालिका उपाध्यक्ष कमल साउदले बताए । उनले मोहन्याल गाउँबासीको विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने उपाध्यक्ष साउदले बताए ।
पालिका अध्यक्ष कर्ण कुवरद्वारा बर्दगोरिया ३ मा रिङ्गरोडको शिलान्यास [फोटो फिचरसहित]
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा ६ किलोमिटर रिङ्गरोड बन्ने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको ६ करोड ६२ लाखको लागतमा रानिकुण्डा रिङ्गरोड बन्ने भएको हो ।
रिङ्गरोडको शनिबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शिलान्यास गर्नुभएको छ । कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी, कार्यपालिका सदस्य भिम बहादुर विस्वकर्मा, वडा सदस्य बसन्ती साउद, रामबहादुर चौधरी लगाएतको उपस्थिति रहेको थियो ।
रिङ्गरोड निर्माणको लागि स्वार कन्ट्रक्सनले ठेक्का सम्झौता पाएको छ । रिङ्गरोडको शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले गुणस्तरीय सडक निर्माणका साथै समयमै निर्माण कार्य सक्न निर्देशन दिएका छ्न । सो क्रममा उनले गाउँको विकासका लागि सडक अति आवश्यक भएको बताए ।
मुडा,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
वडा अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षतामा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक प्रगति विवरणको समिक्षा तथा बिनियोजित योजना र कार्यक्रमको सार्वजनिकरण गरिएको हो ।
कार्यक्रममा चालू आर्थिक वर्षमा वडाभित्र संचालित र निर्माणाधीन योजनाको बारेमा जानकारी गराइनुका साथै विनियोजित वार्षिक कार्यक्रम र योजनाको बारेमा स्थानीय नागरिकलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,भल्मन्सा, समाजसेवी, बुद्धिजीवी ,शिक्षक ,महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको सहभागिता रहेको थियोे ।
स्थानीय जनताले आफ्नो वडमा भएका र हुने गरेका विकास निर्माणका योजना र तिनको गतिविधि ,आर्थिक लागत, गुणस्तरीयता तथा वडा कार्यालयबाट प्रदान हुने सेवासुबिधा स्पष्ट रूपमा जानकारी गरून् भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको वडा अध्यक्ष जगत बहादुर शाहीले बताए ।