बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया गाउपालिकाको दोस्रो गाउँ परिषद शनिबार सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला उपाध्यक्ष प्रभु नाथ जैशि रहनु भएको थियो ।
“गौरवशाली बिगत चुनौतीपूर्ण बर्तमान, गुणस्तरीय शिक्षाको लागि शैक्षिक सुशासन” भन्ने नारा सहित नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको दोस्रो गाउँ परिषद शनिबार भएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाका उपाध्यक्ष धनराज जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तारा प्रसाद जोशी, लक्ष्मी बिनाडी, महुन्याल मावि का प्रअ चन्दृका जोशी, बालकन्या माविका प्रधानाध्यापक भुमी प्रसाद शर्मा, कर्मेस्वर मा वि भजनिका प्रधानाध्यापक लिलाराम बि क लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष सापकोटाले संगठनले बर्दगोरिया गाउपालिकामा विभिन्न दबाब मुलक कार्यक्रम गर्दै आएको बताए । साथै शिक्षण पेशा , शिक्षकका हकहित र गुणस्तरीय शिक्षाका लागि पटकपटक दबाबमूलक ,सम्बाद र ज्ञापनपत्र समेत बुझाएको बताए ।
अध्यक्ष सापकोटाले प्रतिबेदन प्रस्तुत गर्दै बालबिकास , निजिस्रोत तथा बिधालयका कर्मचारी लगाएत शिक्षकहरुका मागहरु पुरा गर्न सफल भएको बताए ।
अध्यक्ष सापकोटाले आर्थिक बर्ष २०७८/०७९ को फागुन मसान्तसम्मको १ लाख , ५१ ह्जार, ४ सय ,२५ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।
शिक्षक संगठनले एक बर्षमा हासिल गरेका केही उपलब्धिहरु
१) हाल सम्म १० वटा बैठक र जिल्ला समितिको बैठकमा सहभागी भएको ।
२) १० जना आजिबन र ५५ जना साधारण सदस्य गरि जम्मा ६५ जना सदस्य बनाउन सफल
३) बालबिकास, कर्मचारी ,निजिस्रोत शिक्षक व्यवस्थापन तथा तलब वृद्धिका लागि गा.पा मा ज्ञापनपत्र बुझाएको ।
४) शिक्षक व्यवस्थापन तथा गा.पा को शिक्षा क्षेत्रको बिकासका लागि शिक्षा समिती , कार्यबिधी बनाउन सुझाव तथा दबाबका लागि भुमिका निर्वाह गरेको ।
५) शुभकामना बधाई तथा सम्मान कार्यक्रम गरेको ।
६) गा. पा बाट जिल्ला कार्य समितिमा उपाध्यक्ष सहित २ जना सदस्य बनाउन सहयोग गरेको ।
७) शिक्षक सहकारीमा धेरै शिक्षकहरुलाई सदस्य बनाउन भुमिका निर्वाह गरेको ।
८) झोला तथा पिकनिक कार्यक्रम सम्पन्न गरेको ।
कार्यान्वयन गर्न नसकेका कार्यक्रम तथा केही चुनौतिहरु
१) शैक्षिक गुणस्तर सुधारका कार्यक्रम ल्याउन ।
२) स्थानीय पालिकामा शिक्षा कार्यबिधी निर्माणमा जोड दिन ।
३) पालिकामा प्रशिक्षण तथा नेतृत्व बिकास तालिम कार्यक्रम संचालक गर्न ।
४) स्थानीय संगठनको कार्यालय व्यवस्थापन गर्न
५) निजिस्रोत शिक्षक व्यवस्थापनका लागि भएका प्रयासहरु कार्यान्वयन गर्न ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तुल्सीपुरमा रहेको श्री लक्ष्मी आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा वीरेन्द्र कठरिया चयन भएका छ्न ।
शुक्रबार सम्पन्न विद्यालयको अभिभावक भेलाबाट कठरिया विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन । भेलाबाट छनोट भइ आएका सदस्य मध्यबाट जेष्ठ सदस्य सयिष कठरियाको अध्यक्षतामा बसेको भेलाले कठरियालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
भेलाले कठरियाको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गरेको जनाइएको छ । कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित ) विद्यालयका प्रधानाध्यापक राजेश कठरिया, शिक्षक प्रतिनिधि रामबहादुर डगौरा लगाएतको उपस्थिति रहेको थियो ।
कालिका ग्रामिण विधुत सहकारी संस्थाको अध्यक्षमा देव बहादुर स्वाँर, अन्यमा को ?
बौनिया । कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मुडामा रहेको कालिका ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको चौथो चुनावी साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारण सभाले देव बहादुर स्वारलाई अध्यक्षमा सर्बसहमत बाट अध्यक्षमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा हेमराज चौधरी, सचिवमा जन्मदेव संज्याल, कोषाध्यक्षमा धनादेवी साउद सहित ११ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन ।
संस्थाका अध्यक्ष पदम बुढ्थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम रहेका थिए ।
संस्थाका कोषाध्यक्ष दिपेन्द्र कुमार बमको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा आर्थिक बर्ष २०७६/०७७ को जम्मा २८ लाख,३ ह्जार ९ सय ३४ रुपैयाँ बराबरको आय /व्यय, २०७७/०७८ को ३१ लाख,८८ ह्जार १ सय १७ रुपैयाँ बराबरको आय व्यय र आर्थिक वर्ष २०७८/०८९ को ४० लाख, ९८ ह्जार, ६५४ रुपैयाँ आय र २४ लाख, ९९ ह्जार ९ सय १८ रुपैयाँ बरबर व्यय गर्दै संस्थाले १५ लाख ९८ ह्जार ७ सय ३६ रुपैयाँ बचत गर्न सफल भएको संस्थाका सचिब चक्र बहादुर शाहिले आय व्यय प्रस्तुत गर्दै जानकारी दिएका थिए ।
साधारण सभामा संस्थाका पुर्ब अध्यक्ष नन्दलाल रावल, समाजसेवी नवराज कुँवर,जन्मदेव संज्याल ,मोहन तिरुवा लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सचिव चक्र बहादुर शाहीले गरेका थिए । कार्यक्रममा नियमित रुपमा विधुत महशुल बुझाएका ७५ जना सदस्यहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
जय महाकाली ग्रामीण विधुत सहकारीको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने,अध्यक्षमा ४ जनाको दावी
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री जय महाकाली ग्रामीण विधुत सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने भएको छ ।
नयाँ कार्यसमिति चयनका लागि सहमति जुट्न नसकेपछि अन्ततःनिर्वाचन प्रक्रिया मार्फत नयाँ कार्यसमिति गठनको तयारी थालिएको छ । यसअघि संस्थामा लगतार तीन कार्यकाल सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका हिक्मत बहादुर बम पुनः दोहोरीन खोजेपछि नयाँ कार्यसमिति चयनमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रियामा जानू परेको हो । निर्वाचनको मिति भने यही फागुन १६ गते तोकिएको छ । निर्वाचनका क्रममा नागरिकताको प्रतिलिपी वा नागरिकता, विधुत कार्ड वा सो नभए बिल तिरेको रसिद अनिवार्य गरिएको छ ।
संस्थाको अध्यक्ष पदमा रविराम कडेल, हिक्मत बहादुर बम, मदनराज ढुंगाना र रुद्रसिंह देउवा गरि ४ जना चुनावी मैदानमा उत्रिने भएका छ्न । यद्यपि उम्मेदवारी फिर्ताको समय भने भोलि ३:३० बजेसम्म तोकिएको निर्वाचन कार्यतालिकामा उल्लेख् छ । यसैगरी उपाध्यक्ष १ पदको लागि झुरकुले दमाई र सन्तलाल थारु गरि दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचनको मिति तोकिए संगै उम्मेदवारहरु आ-आफ्नो प्यानल बनाई भोट्को लागि लविङ्गमा जुटेका छ्न ।
यसैगरी सचिबमा भने दिलिप ढुंगाना निर्बिरोध निर्वाचित भएका छ्न । सचिबमा ढुंगाना बाहेक अरु कसैको उम्मेदवारी नपरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । यस्तै कोषाध्यक्षमा कुशुम देवि चौधरी र अशोक बहादुर थापाको उम्मेदवारी परेको छ भने अन्य ५ जन सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ । निर्विरोध हुने सदस्यमा नवराज जोशी, चन्द्रकला सुनार, रामकिसान थारु, ममता विक (सुनार) र मनबहादुर विक छ्न ।
यस्तै तीन सदस्यीय लेखा समितिमा रमाकान्त अवस्थी (संयोजक) मा, नन्दकला देवि शर्मा सदस्यमा निर्विरोध भएको निर्वाचन उपसमिति संयोजक अमर बहादुर बमले जानकारी दिए ।
बर्दगोरियामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सुरु,३५ हजार बढीलाई औषधी खुवाइने
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । बिहिवारदेखि शुरु भएको अभियानको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न ।
अभियानको उद्घाटन गर्दै अध्यक्ष कुवरले हात्ती पाइले रोग निवारणका लागि लक्षित उमेर समूह र व्यक्ति सबैले औसधि सेवन अनिवार्य रूपमा गर्नुपर्ने बताए । उद्घाटन समारोहमा पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप), प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की, स्वास्थ्य शाखा प्रमुख नृप विष्ट लगाएतको उपस्थिती रहेको थियो ।
पालिकाको स्वास्थ्य शाखाको आयोजनामा ६ वटै वडामा यो अभियान शुरु भएको हो स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए । यसपटक बर्दगोरियाका करिब ३५ हजार नागरिकलाई औषधी सेवन गराईने छ ।
उनले भने – फाइलेरीया परिजिबीबाट लाग्ने हात्तीपाईले रोग लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । हात्तीपाईले रोगको औषधि पूर्ण रुपमा सुरक्षीत र प्रभावकारी औषधि भएकाले सुत्केरी र जटील रोग लागेका व्यक्ति बाहेक २ वर्ष माथिका उमेर समूहका स्वास्थ्यकर व्यक्तिले खान सक्ने बताए । उनले हात्ती पाइले रोग निवारण कार्यक्रम प्रभावकारी रुपमा सन्चालन गरि हात्ती पाइले रोगबाट बच्नको लागि सबैले औँषधी सेवन गनुपर्ने बताए ।
हात्तीपाइले रोग कस्तो हो ?
हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउदँछ । यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निकी पार्न सकिँदैन ।
हात्तीपाइले रोगको परजीवि मुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एकपटक लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्नुपर्छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि क–कसले सेवन गर्नुपर्दछ ? कसले हुँदैन ?
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्दछ । दुई वर्ष उमेर पुगेका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरुले यो औषधि सेवन गर्नु हुँदैन ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान दिनुपर्ने केही कुराहरू के छन् ?
यो औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भने बुझ्नु पर्दछ । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने हुन्छ । केही गरी ती लक्षण लामो समयसम्म रहिरहेमा नजिरको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्दछ ।
बर्दगोरियामा बहु-सरोकारवाला निकायसंग कानुन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा सरोकारवाला निकायसंग कानुन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बर्दगोरिया गाउँपालिका, न्यायिक समितिको आयोजनामा संचालित कानुन सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा पालिकाभित्र रहेका विभीन्न युवा क्ल्व, किशोरी समुह,महिला संजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक,विभिन्न वडाका भलमन्सा, सामाजिक अगुवा, बुद्धिजिवि, समाजसेवी ,मेलमिलापकर्ता तथा न्यायिक समितिका सदस्य लगाएतलाई समेटिएको थियो ।
कार्यक्रमका सहभागीलाई वरिष्ठ कानुनविध तथा अधिवक्ता गणेश कडायतले नेपालको कानुन सम्बन्धि जानकारी गराएका थिए । सो क्रममा उनले लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण तथा कानुनी प्रावधान, सामाजिक अपराध ,बालबिबाह, लागू औषध दुर्व्यसनी र यसको न्यूनीकरण, यौन हिंसा,बोक्साबोकी ,छाउपडी तथा जातिय छुवाछूत प्रथा र यश सम्बन्धि बनेका कानुन र सजायलगाएतका बारेमा जानकारी गराएका थिए ।
पछिल्लो समय समाजमा व्याप्त सामाजिक कुरिती ,कुसंस्कार ,सामाजिक अपराध र जघन्य अपराधजस्ता घटनाहरु न्यूनीकरण र यसको कानुनी उपचारका लागि समाजमा रहेका बहुसरोकारवाला निकायका व्यक्ति तथा प्रतिनिधिलाई सचेत तुल्याउन र नेपालको कानुन सम्बन्धि बनेका ऐन तथा प्रावधान बारे सचेत तुल्याउनका लागि पालिकाको न्यायिक समितिले अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो ।
तालिममा सहभागीलाई कानुन भनेको के हो? कानुनको नयाँ ब्यवस्था कस्तो छ ? संविधानमा हाम्रो हक अधिकार कसरी समेटिएको छन ? भन्ने लगाएका विभिन्न कानुनी प्रावधान तथा मानवअधिकार सम्बन्धि कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिमको समापन गर्दै बर्दगोरिया गाउँपालिका न्यायिक समिति संयोजक तथा उपाध्यक्ष गणेश राज गिरिले तालिममा सहभागिता भएर मात्र नहुने बताउदै यसबाट सिकेका कुराहरुलाई व्यवहारमा प्रस्फुटन गरि समाज रुपान्तरणको क्रियाकलापमा लाग्न अपिल गरे । उनले सामाजिक अगुवा तथा बहुसरोकारवाला निकाय समाजको अभिन्न्न अंग भएको हुँदा समाज परिवर्तनको अभियानमा उनीहरूको महत्वपूर्ण योगदान तथा भुमिका हुने भएको हुँदा तालिमको माध्यमबाट सिकेका कुरालाई आत्मसात गरि अगाडि बढ्नुपर्ने बताए ।
न्यायिक समिति संयोजक गिरिले आगामी दिनमा न्यायिक समिति र न्यायिक निकयलाई अझ व्यवस्थित ,न्यायिक निकायको बलियो कडि बनाउनेतर्फ आफु लागिपर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी विभिन्न वडाका वडा अध्यक्षहरुले समाज परिवर्तनको अभियानमा यो तालिम तथा अभिमुखिकरण कार्यक्रम निकै सार्थक भएको बताए । भने सहभागीले यो कार्यक्रमबाट ठूलो सिकाइ र ज्ञान हासिल गर्न सफल भएको बताए ।
बौनिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को जोकाही – पृथ्वीपुर जोड्ने कालोपत्रे सडकको शिलान्यास गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उक्त कालोपत्रे सडकको शिलन्यास गरेका हुन ।
संघीय सरकारको समपुरक कोषबाट उक्त सडक कालोपत्रे बन्ने भएको छ । उक्त सडक कालोपत्रेको लागि जे.एस.बि.आर कन्स्ट्रक्सन कम्पनी बौनियाले पाएको छ ।
पालिकाले ठेक्काका लागि आव्हान गरे बमोजिम जे. एस. बि. आर कन्स्ट्रक्सनले भ्याट सहित ५३ लाख,६५ ह्जार ६ सय २३ रुपैयाँमा सम्झौता गरेको छ ।
सो सडकको लम्बाई ११०० मिटर रहेको छ । उक्त सडक मिति २०८० साल असार १० गते भित्र सम्पन्न गरिसक्नु पर्ने छ । सडकको शिलान्यास गर्दै पालिका अध्यक्ष कुँवरले गुणस्तरिय काम गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन । उनले गुणस्तर संगै सम्झौता भएको समयावधिमा कालोपत्रको काम सम्पन्न गर्न समेत निर्देशन दिएका छन ।
कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु, वडा सदस्य हिक्मत कठायत,समाजसेवी मीन बहादुर बम र निर्माण कम्पनीका संचालकको सहभागिता रहेको थियो ।
सांसद अरुण चौधरी आज रिहा हुँदै
कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन्। कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन्।
कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डेले राष्ट्रपतिबाट आम माफी पाएर चौधरी छुट्न लागेको बताए। उनले गृह मन्त्रालयले आम माफीको पत्र विभागलाई पठाए लगत्तै उनी छुट्ने बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्। त्यसमा चौधरीको पनि नाम रहेको छ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। चौधरीले शुक्रबार नै ८ लाख धरौटी बुझाइसकेका छन्।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।
दिगो विकास समाज भजनीको बर्दगोरियामा परिचयात्मक तथा समन्वयात्मक गोष्ठी सम्पन्न
बौनिया । दिगो बिकास समाज भजनी कैलालीले बर्दगोरिया गाउपालिकामा पालिका स्तरिय परियोजना परिचयात्मक तथा सरोकारवाला संग समन्वयत्माक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।दिगो बिकास समाज भजनीले लुथरन विश्व फेडरेशन नेपालको सहयोगमा पालिकाको ४,५ र ६ नम्बर वडामा विभिन्न सिपमुलक तथा कृषिका क्षेत्रमा सहयोग तथा समन्वय कार्यक्रम गर्दै आएको छ ।
दिगो बिकास समाज भजनी कैलालीले आज एक कार्यक्रमका बिच पालिकामा २०७९/०८० मा संचालन हुन लागेका विभिन्न कार्यक्रम तथा सहयोगका बारेमा जानकारी गराएको हो ।
कार्यशाला गोष्ठीमा गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स-साना योजना भन्दा ठुला तथा प्रभाबकारी योजनालाई अगाडि बढाउन आग्रह गर्नु भयो । साथै गोष्ठीमा पालिका अध्यक्ष कुँवरले आगामी दिनमा हुने कार्यक्रममा बजेट बनाउदा पालिका संग सहकार्य गरेमा पालिकाले पनि सहयोग गर्ने बताउनु भयो ।
यस्तै कार्यशाला गोष्ठीमा पालिका उपाध्यक्ष गणेश राज गिरिले दिगो बिकास समाज भजनिले गरेका काम उत्कृष्ट भएता पनि स सानो बजेट हुदा प्रभाबकारी नहुने बताउदै आगामी बर्षमा अलि ठुला योजना ल्याउनु पर्ने बताउनु भयो ।
कार्यशाला गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्किले दिगो बिकास समाज भजनिले आगामी दिनमा पालिका संग सहकार्य गरि बजेट बिनियोजित गर्दा सल्लाह गर्न आवस्यक रहेको औल्याउनु भयो ।
कार्यशाला गोष्ठीमा पालिका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि संगै वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु लगाएतको सहभागिता रहेको थियो ।
दिगो बिकास समाज भजनिले यश बर्ष बर्दगोरियाका ३ वटा वडामा विभिन्न क्षेत्रमा करिब ५ लाख ७८ ह्जार बराबरको कार्यक्रम गर्ने योजनाका बारेमा जानकारी गराएको थियो।
दिगो बिकास समाज भजनिले यो भन्दा पहिले पनि कोरोनाका बेला पालिकालाई करिव १०/१२ लाख बराबरको स्वास्थ्य सामग्री समेत सहयोग गरेको थियो ।
काठमाडौं । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।