बेलिब्रिज भाँचिदा जाजरकोटमा चारजनाको मृत्यु
जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा अरू चारजना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाइएको आठबीसकोट नगरपालिकाका पूर्वनगरप्रमुख गोरखबहादुर केसीले बताए ।
मृतकको ठेगाना खुलेको छैन । रासस
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन
काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
आजको दिन दिवङ्गत आमाको सम्झनामा काठमाडौँस्थित माता तीर्थमा ठूलो मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एक पटक माता तीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।
नेपालगन्जमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन गरिने
बर्दगोरिया ६ मा व्यक्तिगत घटना दर्ता अभियान सुरु
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा व्यक्तिगत घटना दर्ता अभियान सुरु भएको छ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको देशव्यापी अभियानअन्तर्गत पालिकाको वडा नम्बर ६ मा यो कार्यक्रम सुरु भएको हो ।
वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्तागर्ने अभियान स्वरुप बर्दगोरियामा पनि यो कार्यक्रम सुरु भएको पालिकाका पञ्जीकरण शाखा प्रमुख मदन जोशीले जानकारी दिनुभयो । व्यक्तिगत घटना दर्ता अभियान अन्तर्गत सोमबार वडा नम्बर ६ मा जनचेतनामुलक र्याली निकालिएको थियो । वडा नम्बर ६ मा रहेको श्री जनजागरण युवा क्लबको सहयोगमा जन्म, मृत्यु ,बसाइँसराइ तथा सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना समयमै दर्ता गराउ भन्ने सन्देशमुलक प्लेकार्ड सहित र्याली निकालिएको थियो ।
व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको पालिकाका पन्जीकरण शाखा प्रमुख जोशीले बताउनुभयो । यो अभियान पालिकाका ६ वटै वडामा संचालन हुनेछ ।
सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गरिएको हो ।
पालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) ले बर्दगोरिया ६ मा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान चलाइने भएकोले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइसराई लगायतका घटना दर्ता गर्न आग्रह गर्नुभयो ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अभियान सुरु भएको छ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको देशव्यापी अभियानअन्तर्गत पालिकामा यो कार्यक्रम सुरु भएको हो ।
वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्तागर्ने अभियान स्वरुप बर्दगोरियामा पनि यो कार्यक्रम सुरु भएको पालिकाका पञ्जीकरण शाखा प्रमुख मदन जोशीले जानकारी दिनुभयो । व्यक्तिगत घटना दर्ता अभियान अन्तर्गत आइतबार वडा नम्बर १ कट्टीपुर चोकदेखि वडा कार्यालयसम्म जनचेतनामुलक र्याली निकालिएको थियो । वडा नम्बर १ मा रहेको बर्दगोरिया एकता युवा क्लबको सहयोगमा जन्म, मृत्यु ,बसाइँसराइ तथा सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना समयमै दर्ता गराउ भन्ने सन्देशमुलक प्लेकार्ड सहित र्याली निकालिएको थियो ।
व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको पालिकाका पन्जीकरण शाखा प्रमुख जोशीले बताउनुभयो । यो अभियान पालिकाका ६ वटै वडामा संचालन हुनेछ ।
सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गरिएको हो ।
पालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले बर्दगोरियाका सबै वडामा व्यक्तिगत घटना दर्ता अभियान चलाइने भएकोले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइसराई लगायतका घटना ३५ दिनभित्र दर्ता गर्न आग्रह गर्नुभयो ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेका किसानहरुलाई घाँसको विउ वितरण गरिएको छ । पालिकाको पशुसेवा शाखाले बर्दगोरिया ६ मा रहेका किसानलाई ५० प्रतिशत अनुदानमा बर्षे घाँस ( सुडान ) को बीउ वितरण गरेको हो ।
मंगलबार एक कार्यक्रमका बिच गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित ), वडा सचिब दुर्गा ढुंगानाले किसानलाई घाँस को बीउ वितरण कार्यक्रमको उद्घाटन गरेका थिए ।
पशुपालक किसानलाई सहजता दिनका लागि अनुदानमा घासको बीउ वितरण गरिएको पशुसेवा इकाई पृथ्वीपुरका (नापसेप्रा) युवराज कठरियाले जानकारी दिए । उनकाअनुसार वडा नम्बर ६ का १७५ जना किसानलाई घाँस को बीउ वितरण गरिएको छ ।
काठमाडौं । एकल महिलाबाट जन्म भएका बच्चाको जन्म दर्ता आमाकै थर र स्थायी ठेगानाबाट हुने भएको छ । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले आइतबार सूचना जारी गरी एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न सकिने जनाएको हो ।
विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितद्वारा जारी आठ बुँदे परिपत्रमा विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता गरिदिन भनिएको छ ।
बर्दगोरिया १ मा जग्गाको नाप नक्सा कार्य सुरु, भुमिहीनलाई छिट्टै जग्गाको मालिक बनाउने प्रतिबद्धता
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा भूमिहिनहरुलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु भएको छ । पालिकाको वडा नम्बर ३ मा फागुन २ गतेदेखि सुरु भएको नाप नक्साको कार्य सकिएपछि वडा नम्बर १ को उत्तर दमौरी क्षेत्रबाट यहाँका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम सुरु भएको हो ।
आइतबारदेखि वडा नम्बर १ मा सुरु भएको नाप नक्साकार्यको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । सो क्रममा उनले पालिकाभित्रका सबै वडामा जग्गाको जतिसक्दो छिटो नाप नक्साको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छ्न । उनले वडा नम्बर ३ मा नाप नक्साको कार्य सकिएको भन्दै अब वडा नम्बर ३ मा रहेका स्थानीयलाई जग्गाको लालपुर्जा पनि छिट्टै बाड्ने बताए । वडा नम्बर ३ मा लालपुर्जा वितरणको काम सकिएपछि बाकी वडामा क्रमश जग्गाको नाप नक्साको काम थाल्ने बताए ।
पालिका अध्यक्ष कुवरले पालिकाका ६ वटै वडाका भूमिहीन तथा अव्यस्थित बसोबासिलाई छिटोभन्दा छिटो जग्गाधनि पुर्जा वितरण गर्नेगरि आफुले काम थाल्ने बताए ।
कार्यक्रम वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो जग्गा कसरी उपलब्ध गराउन सकिन्छ भन्दै कार्य अगाडि बढाइएको बताए ।उनले लामो समयदेखि जग्गा कमाउँदै आए पनि स्वामित्व नपाएका व्यक्तिलाई चाँडै जग्गाको मालिक बनाइने बताए ।
जग्गा नापीको कार्य यति चाँडै होला भन्ने सोचेका थिएनौँ’ उनले भने, ‘छोटो अवधिमै अव्यवस्थित बसोबासी जग्गाका मालिक बन्न लागेका छन् ।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले बर्दगोरियामा अन्य पालिकाभन्दा छिटो तवरले जग्गाको नाप नक्साको कार्य पूरा गरि स्थानीयलाई छिटो लालपुर्जा वितरणको काम प्रभावकारी तवरले थाल्नुपर्नेमा जोड दिएका थिए ।
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
कैलाली । सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन् । सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने दश लाख १५ हजार ३७ रहेको छ । प्रदेशमा कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने २९ हजार आठ सय ५६ रहेको निर्देशनालयले जनाएको छ ।
बैतडीमा भने एकजनाले पनि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा नलगाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। जिल्लामा केही दिनमै चौथो मात्रा दिइने अभियान सञ्चालन गरिने लेखकको भनाइ छ ।
सुदूरपश्चिममा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर, मोडर्ना खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने अभियन जारी रहेकाले खोप लगाउन बाँकी सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।
सुदूरपश्चिममा विसं २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको अभियान सुरु गरिएको थियो । प्रदेशसमा हालसम्म ६ लाख ४६ हजार सात सय तीनजनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये ६१ हजार नौ सय ५५ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना सङ्क्रमण बढ्दै छ । सङ्क्रमण देखिने अधिकांश भारतबाट फर्किएका यहाँ जोखिम बढ्दै गएको छ । प्रदेशका सबै सीमानाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको र अनिवार्य कोरोना परीक्षण गराएर मात्रै भित्रिन दिइएको छ । सङ्क्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा शनिवार एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को आयोजना तथा मालिका दन्त सेवा प्रालिको प्राविधिक सहयोगमा शिबिर वडा नम्बर ४ मा भएको हो ।
शिबिरबाट वडा नम्बर ४ का करिव २ सय ८० जनाले सेवा लिएका छन । दन्त शिबिरमा दात हेर्दा सबैको राम्रै देखिएको मालिका दन्त सेवा प्रालिका संचालक तथा सिडिएस केशव शाहिले बताए । पालिकाको वडा नम्बर ४ ले दन्त शिबिर गरेर राम्रो काम गरेको मालिका दन्त सेवा प्रालिका केशव शाहिले बताए । हामिले खानेकुरामा ध्यान नदिदा मुख र दात सम्बन्धि जटिल समस्या उत्पन्न हुने हुदा सधै दात माझ्नु पर्ने वडा नम्बर ४ का अध्यक्ष जगत शाहिले बताए ।
शिबिरमा डाक्टर प्रज्ञा मल्ल, सिडिएस केशव शाही, डेभिड शाहि, टंक शाही लगाएतकाले दन्त परिक्षण गरेका थिए । शिबिरमा ९२ जनाले दात निकालेका छन । ७६ जनालाई रिफर गरिएको छ भने २ सय ६० जनालाई औषधि बितरण गरिएको छ ।